Thursday, September 10, 2015

तिम्रो बिरानो भगवान !!

मन्दिर भित्र भगवान छ भन्छौ फेरि मलाई छिर्न दिदैनौं तिम्रो बिरानो भगवान ! गंगाजल भगवानलाई भन्छौ पानीको मुहान मलाई छुन दिदैनौं तिम्रो बिरानो भगवान ! सबैको सृष्टिकर्ता एउटै हुन फेरि तिम्रो घरमा छिर्न दिदैनौं तिम्रो बिरानो भगवान ! मैले सिएको लुगाले तिम्रो ईज्जत् ढाक्छौ फेरि मलाई तल्लो जात भन्छौ तिम्रो बिरानो भगवान ! तिमिले पुज्ने मुर्ति मेरो हातको सीप हो फेरि मलाई मन्दिर जान रोक लगाउछौ तिम्रो बिरानो भगवान ! भो अब हेला गर्न छोड मलाई चाहिएन भेदभाव गर्ने तिम्रो बिरानो भगवान ! पुज्दिन मैले - पुज्न नपाउने तिम्रो बिरानो भगवान ! सदियौं देखि दासताको बन्धनले बांधिदा पनि चुप बस्ने तिम्रो बिरानो भगवान ! उच्च निच ठूलो जात सानो जात को विभेद राख्न सिकाउने तिम्रो संस्कृति अनि तिम्रो बिरानो भगवान ! #दलित_कहलाईएका_मानिसहरू_उभिएको_धरातलमा_उभिएर_हेर्दा

No comments:

Post a Comment