Friday, May 20, 2016

राजकुमार रुपाकोटी द्वारा केही बाइबलिय ट्प्स !

जयमसिह म राज कुमार रुपाकोटि हाल बसाई मलेशिया ! आज तपाईहरुको माझमा 4 वटा तर्क लिएर आएको छु 5 मिनेट समय निकालेर पढ्नु होला,!

हामी मध्ये कसैले पनि आफ्नो मस्तिष्क शायदै देखेका हौंला तर पनि हामीमा मस्तिष्क छ भनी हामी विश्वास गर्छौ किनभने त्यसैको नियन्त्रणमा हाम्रो शरीर चलिरहेको हुन्छ ! सृष्टिलाई हेरेर नै परमेश्वर हुनुहुन्छ भनी हामी विश्वास गर्छौ !

1) #ब्रह्माण्ड-विज्ञानको आधारमा तर्क
सँसार यहाँ छ ! यो अवश्य कतैबाट आएको हुनुपर्छ ! कसैले वा कुनै थोकले यसको अस्तित्व कायम गरेको हुनुपर्छ ! अहिले हामिसङ्ग एउटा पुस्तक छ ! यो कसैले लेखेको हुनुपर्छ ! नत्र जतिकै आधुनिक यंत्रले पनि स्वत: कुनै पुस्तक उत्पादन गर्न सक्तैन ! कसैले घर बनायो ! कसैले रुखहरु सृष्टि गर्‍यो ! कसैले यो ब्रह्माण्डलाई संचालन गर्दछ ! कुनै घडीका पुर्जाहरुलाइ एउटा भाडोमा हालेर लाखौं बर्ष त्यस भाडोलाइ बिस्तारै हल्लाइरहे तापनि ती पुर्जाहरु आफै जोदिएर कदापि घडी बनिने अनि चल्ने छैन ! सँसारको अस्तित्वसम्बन्धि प्रश्नको एउटै अर्थपूर्ण उत्तर यहि हुन्छ ! कि यो सँसार बनाउने कुनै सर्वशक्तिमान व्यक्ति हुनुहुन्छ ! जसलाई हामीले परमेश्वर भनी पुकार्दछौ !

2) #बनावटको आधारमा तर्क
घडीको अस्तित्व मात्र छैन तर यसको वास्तविक उद्देश्य पनि छ ! यो विशेष कामको निम्ति बनाइएको हो ! लामखुट्टे बस्नलाई घडी बनाइएको होईन ! ठिक समय दिन सकोस् भनेर घडी बनाइएको हुन्छ ! सँसारमा भएका साना-ठुला चिजहरुलाइ देख्दा हाम्रो विवेकले स्वत: स्वीकार गर्छ , कुनै पनि ज्ञानी सत्ताले विशेष उद्देश्य राखेर नै ती थोकहरु बनाइएका हुन ! 🐴🐫🐎🐘 रङ्गिन पक्षिहरु वा पशुहरुको बनावटको उयाय सँयोगवश हुन आएको होईन ! यी सब सृष्टिकर्ताको #सर्वोत्तम# मनको योजना हो !

3) नैतिकताको आधारमा तर्क !
मानिसको बौद्धिक र नैतिक स्वभावैले सृष्टिकर्ता कुनै निर्जीव शक्ति नभएर एक जिवित बौद्धिक नैतिक व्यक्ति हुनुहुन्छ ! भन्ने बुझाउछ ! उत्पत्ति 1:26 मानिसलाई आफ्नै स्वरुपमा हाम्रै प्रतिरुपमा बनाऔं ! उत्पत्ति 1:27 परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो👍👫👈 भजनसङ्ग्रह 94:9 के कान दिनेले सुन्नुहुन्न र ? के आखा दिनेले देख्नुहुन्न र ? परमेश्वरले मानिसलाई कानहरु आखाहरु ज्ञान-बुद्धि अनि इच्छा-शक्ति दिनुभयो किनभने यी कुराहरू नै उहाँका हुन ! विवेकले मानिसलाई उचित र अनुउचित असल र खराब कुरा सिकाउछ किनभने सृष्टिकर्ता पबित्र नैतिक व्यक्ति हुनुहुन्छ ! जसले धार्मिकतालाइ प्रेम गर्नुहुन्छ अनि दुष्टतालाई घृणा गर्नुहुन्छ !

4) जिवनको आधारमा तर्क !
जीवन जीवनबाटै उत्पन्न हुन्छ , अनि पहिलो अनन्त जीवन प्राप्त व्यक्तिबाट आएको हुनुपर्छ जुन जीवन शारीरिक जीवन शुरु हुनुभन्दा पहिल्यै सृष्टि भएको थियो ! यस्तो जीवन कहाँ पाइन्छ ? - यो जीवन अनन्त जीवन भएको परमेश्वरमा पाइन्छ ! भजनसङ्ग्रह 36:9 जिवनको मुल स्रोत तपाईंसङ्ग छ ! स्याउको बोटले आफ्नो पैतृक बोटबाट जीवन पाउछ ! त्यसतै गरि जन्तुहरुले पनि ! तर ती पैतृक बोट वा माता-पिताले चाहिँ जीवन कहाँबाट पाए ? यसले हामीलाई सोझै उत्पतितिर लैजान्छ ! यहुना 11:25 मा येशुले भन्नुभयो ,,जिवन म नै हु ! साथै यहुना 14:6 मा पनि अनि यहुना 10:28 मा भन्नुभयो म , तिनीहरुलाई अनन्त जीवन दिन्छु ! सबै जीवन परमेश्वरबाटै आउछ ! स्वत: प्रवर्तनको सिद्धान्त झुठो ठहरिएको छ अनि प्रमाणिात विज्ञानले यसलाई एकदमै अस्विकार गरेको छ ! जिवनको शुरूवात त हुनैपर्छ ! यसकारण एउटै मात्र तर्कसंगत उत्तर यहि हुन्छ किन परमेश्वर बाट नै जिवनको सुरुवात भयो !


5) उहाँ अनन्त हुनुहुन्छ !
साचो परमेश्वरको न त कुनै सुरु हुन्छ , नत कुनै अन्त ! मुर्तिमा यो गुण कहिल्यै हुँदैन किनभने यसलाई कसैले निर्माण गरेको हुनाले यसको सुरु र अन्त हुन्छ ! ( भजनसङ्ग्रह 90:2 पहाडहरु उत्पन्न हुनुभन्दा अघि र तपाईले  पृथ्वी सृजनुभन्दा अघिदेखी अनादिदेखी अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ ! ( 1 तिमोथी 1:17( भजनसङ्ग्रह 102:24 -27 ( यसैया 57:15( उत्पत्ति 1:1 आदिमा परमेश्वरले........!, परमेश्वरको अस्तित्व सधैं रहिआएको छ !

6) उहाँ अपरिवर्तनशिल हुनुहुन्छ !
परमेश्वर मात्रै एक यस्तो शक्ति हुनुहुन्छ , जो कहिल्यै बद्लिनुहुन्न ( 1 शमुएल 15:29 परमप्रभु जो इस्राएलका गौरव हुनुहुन्छ , उहाँले छल गर्नुहुन्न , आफ्नो मन पनि बदल्नुहुन्न ! आफ्नो मन बदल्ने मानिस उहाँ हुनुहुन्न !,, ( मलाकी 3:6 किनकि म परमप्रभु कहिल्यै परिवर्तन हुदिन !,, ( याकुब 1:17)

7) उहाँ सर्वसक्तिमान हुनुहुन्छ !
यो गुणबिना त उहाँ परमेश्वर नै हुनुभएन ! ( उत्पत्ति 1:1 आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो !,, सिर्जनामा उहाँको सर्वशक्तिमान सामर्थ देखिन्छ ! उत्पत्ति 1:3 परमेश्वरले भन्नुभयो उज्यालो होस् उज्यालो भइहाल्यो !,, उहाँको वचनमा सामर्थ्य छ ! भएको बस्तुबाट मात्र मानिसले कुनै थोक बनाउन सक्छ तर परमेश्वरले त हुँदै नभएको अर्थात् शुन्याबाट यस्तो थोक बनाउनुहुन्छ जुन सुन्दर र सिद्ध पनि छ ! ( उत्पत्ति 1:4 मा उहाँले भन्नुभयो ,,यो असल छ !,, ( अय्युब 42:2 तपाईं सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु अनि कुनै काम पनि तपाईंको शक्तिको बाहिर छैन ! !,, यसरी अय्युबले परमेश्वरशीत बातचीत गरे ( भजनसङ्ग्रह 33:9 किनकि उहाँ बोल्नुभयो र यो हुनआयो , उहाँले हुकुम गर्नुभयो र त्यो स्थिर , रहयो !,, ( यर्मिया 32:26-27 हेर सबै जिवधारीका परमेश्वर म परमप्रभु हु ! के कुनै कुरो मेरो निम्ति कठिन छ र ? कदापि कठिन छैन किनभने उहाँले सबै कुरा गर्न सक्नुहुन्छ !

8) उहाँ सर्वव्यापी हुनुहुन्छ !
( 1राजा 8:27)( भजनसङ्ग्रह 1397-10 तपाईंको आत्माको दृष्टिबाट म कहाँ जाउ ? अथवा तपाईंको सामनेबाट म कहाँ भागु ? स्वर्गमा उक्ले भने तपाईं त्यहाँ हुनुहुन्छ , पातलमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईं हुनुहुन्छ , बिहानको पखेटामा उडेर समुन्द्रको पल्लो किनारमा बसे भने पनि त्यहाँ पनि तपाईंको बाहुलिले मलाई डोर्‍याउनेछ र तपाईंको दाहिने बाहुलिले मलाई समात्नेछ ! (यर्मिया 23:23 परमप्रभु भन्नुहुन्छ ,के म नजिक मात्र रहने परमेश्वर हु अनि टाडाको चाहिँ होईन ,?, ( एफिसि 1:23)

9) उहाँ सर्वज्ञानी हुनुहुन्छ !
 प्रभुदेखी केही पनि लुकाउन सकिन्न ! (1 इतिहास 28:9 परमेश्वरलाई आफ्नै ईश्वर मान र सारा हृदय र इच्छुक मनले उहाँको सेवा गर किनभने परमेश्वरले सबै हृदय जाच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्छ ! (2 इतिहास 16:9 जसका हृदय उहाँप्रति भक्त छन तिनीहरुलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरी नै परमप्रभुको दृष्टि रहिरहन्छ ! ( भजनसङ्ग्रह 94:11 परमप्रभुले मानिसको विचार जान्नुहुछ ! ( दानिएल 2:20)( यसैया 40:28)( र इजकिएल 11:5) आमेन

No comments:

Post a Comment