Monday, May 30, 2016

बाइबलमा पाइने 4 प्रकारको प्रेम !!


By -लालु पौडेल । 

 बाइबलमा बिभिन्न प्रकारका प्रेमको बारेमा उल्लेख भएको पाईन्छ । ती प्रेम के के हुन भनेर के हामीले खरर भन्न वा केही न केही व्याख्या गर्न सक्छौ कि सक्दैनौ होला ? यो कुरा आफै विचार गर्नुहोस । प्रेम पनि फरक फरक हुन्छ र ? परमेश्वरले हामीलाई गर्ने प्रेम र मानिसले मानिसलाई गर्ने प्रेमको बीचमा केही भिन्नता छ कि छैन होला ? आदि इत्यादी कुराहरु बारे आज यहाँ संछिप्त रुपमा हेरिदैछ -

१. स्टोर्ज (पारिवारिक) प्रेम

बाइबलमा पाइने यो स्टोर्ज प्रेमलाई साधारतया पारिवारिक प्रेम भनेर बुझिन्छ । यो 'जीवन्त प्रेमपरिवारभित्र हुन्छ र कहिलेकाही नातेदारको बीचमा पनि हुन्छ । हाम्रो परिवारभित्र यही प्रेमले काम गरेको हुन्छ ।  यस प्रकारको प्रेम हामी बाइबलम धेरै ठाँउमा पाउदँछौ । जस्तै मार्था र मरियमको लाजरसप्रतिको प्रेम । यो यस्तो प्रकारको प्रेम हो जुन प्रेम अब्राहाम र उसको छोराको बीचमा थियोअनि नोआ उसकी श्रीमति र छोराहरुको बीचमा थियो । याकुवमा छोराहरुको लागि पनि थियो । बाबुआमाले छोराछोरी प्रति र छोराछोरीले बाबुआमा प्रति दर्शाउने वा उनीहरु बीचमा रहने प्रेम नै स्टोर्ज प्रेम हो । यो श्रीमान र श्रीमतिको बीचमा पनि हुन्छ । जनावरहरुले भर्खरै जन्माएका साना बच्चाहरुलाई देखाउने माया पनि यस्तै प्रकारको प्रेमको उदाहरणको रुपमा लिईन्छ । स्टोर्ज शव्द ग्रीक भाषाको  στοργή  बाट आएको हो । जसलाई बाइबलमा परिवारको बीचमा हुने प्राकृतिक वा आफसे आफ उत्पन्न हुने स्वभाबिक प्रेमको रुपमा बारम्बार प्रयोग गरिएको पाइन्छ ।
२. एरोज (शारीरिक/दाम्पत्य) प्रेम
यो एरोज प्रेम 'पुरुषर 'स्त्री'को बीचमा हुने शारीरिक वासनामाया प्रेम हो । यसलाई बैबाहिक एकतामा मात्र स्वीकार गरिन्छ । बैबाहिक एकतादेखी बाहेक यस प्रकारको प्रेमलाई पाप मानिन्छ । पावलले १ कोरिन्थी ७ः९ मा भन्दछन कि यदी कसैले आफैलाई संयममा राख्न सक्दैन र त्यसैको अनुरागमा जल्दछ भने त बिबाह गर्नु नै उचित छ । यस प्रकारको प्रेम क्रिश्चियनहरु लगायत सबै मानिसहरुको लागि एउटा चुनौति नै हो किनभने बिबाह पछि पनि यस प्रेममा संयमी नै भइरहनु चुनौती नै हुन्छ। किनभने मानिसले शरीरबाट मात्र नभई हृदय भित्रबाट पनि यस प्रकारको पाप गर्न सक्दछ- मत्ती ५:२८ । असंयम व्यक्ति दुव्र्यसन र अश्लिलतातिर फस्न सक्छ । यो एकदमै आवास्यक प्रेमर भएर पनि बिबाहभन्दा अगाडी वा दायाँबायाँ भयो भने यस प्रेमलो पूर्णत जीवलाई नाश गर्छ ।

३. फिलिया (भात्रृ?) प्रेम

यो यस्तो प्रकारको प्रेम हो जुन प्रेम दाउद र जोनाथन बीचमा थियो, अनि फेरी यो यस्तो प्रकारको प्रेम पनि हो जुन प्रेम परमेश्वरले हामीहरुबाट पनि प्रकट भएको चाहानुहुन्छ । यिनीहरु एक अर्काको लागि मर्न चाहान्छन । यो प्रेम 'एरोजर 'स्टोर्जप्रेमभन्दा तुलना नै गर्न नसकिने प्रकारको र बढी 'शक्तिशालीहुन्छ । क्रिश्चियनहरुलाई यस्तै प्रकारको प्रेम गर्न बाइबलमा आज्ञा दिइएको छ- हेर्नुहोस-रोमी १२१ कोरिन्थी १३ । येसुले पनि चेलाहरुद्धारा आज हामीहरुलाई यही नया आज्ञा आर्थात प्रेम गर्ने आज्ञा दिनुभएको छ- हेर्नुहोस युहन्ना १५:१२-१४  ।  यो बिल्कुल कुनै पनि स्वार्थ नभएको प्रेम हो । एउटा घाइते साथीलाई बचाउन शत्रुसँग भरमग्दुर लडाई गर्ने सिपाही जस्तै । अर्थात अरुको लागि सारा शक्तिले प्रेम गर्नेयाहासम्म कि ज्यान दिन पनि तयार हुने प्रेम हो यो ।

४ अगापे (सर्बोच्च?) प्रेम

अगापे प्रेम यी सबैभन्दा 'सर्वोत्तमप्रेम अर्थात ईश्वरीय सर्वोत्तमप्रेम हो जुन प्रेम हामी परमेश्वरबाट पाउँछौ । मानिसमा स्वभाविक रुपमा यो प्रेम आउदैन । यो प्रेम एकदम अलौकिक हुन्छ । येसुले आफु कू्समा झुण्डिदै गर्दा तिनी पापी मानिसहरुलाई क्षमा दिएर यस्तो प्रकारको प्रेम प्रदर्शन गर्नुभएको छ- लुका २३ः३४ । यो प्रेम, 'प्रेममात्र होइन तर 'कार्यहो । जस्तो की हामी पापी छदा छदै पनि हाम्रो लागि येसू क्रूसमा मर्नुभयो- रोमी ५ः७,-८ । शायद कुनै असलको कामलो लागि त कसैले मर्ने साहास पनि गर्ला तर परमेश्वरले हाम्रो लागि यस्तो अलौकिक प्रेम यसैमा देखाउनुभएको छ कि हामि पापी र शत्रु हुदाहुदै पनि हाम्रो लागि उहाले आफैलाई मार्नुभयो । यसरी शत्रुको लागि प्राण दिने कोही छ रयो कसैलाई दोष लगाईरहने प्रेम होइनयुहन्ना ३ः१६ ।

 माहान आज्ञा

यो माहान आज्ञाको प्रेम अलिकति व्यंग्यात्मक जस्तो लागेपनि यो त केवल प्रेमको बारे मात्र हो  किनकी यसले पहिला 'परमेश्वरलाई'अनि आफैलाई झै आफ्नो 'छिमेकीलाईप्रेम गर्न यसले आव्हान गर्दछ । सबैभन्दा माहान आज्ञा कुन हो भन्ने प्रश्नको जवाफमा येसूले नै भन्नुभयो कि सारा व्यवस्था र अगमबक्ताहरुका शिक्षाको सार नै यही प्रेम हो- मत्ती २२:३७-४० । पहिला परमेश्वरलाई प्रेम गर्नुको अर्थ पहिला उहाँ र उहाको राज्यलाई खोजी गर्नु हो- मत्ती ६:३३ । दोश्रो उहाँको अन्तिम आदेश वा योजना पूरा गर्नु हो- मत्ती २८ः१८-२० र अन्तिममा आफूलाई राख्नु । यी दुईमा बाइबलको सार सदेश प्रेम गर्नु भन्नेलाई समेटिएको छ- मत्ती २२:४० ।

. प्रेम गर्ने  आज्ञा

परमेश्वरले हामीलाई एउटा 'प्रेम गर्ने' 'नयाँ आज्ञादिनुभएको छ- युहन्ना १३:३४-३५ । जसरी येसूले हामीलाई प्रेम गर्नुभयो त्यसरी नै उहाले हामीलाई प्रेम गर्ने आज्ञा दिनुभएको छ । यो चाहिँ एउटा 'उच्चतमआज्ञा हो जुन आज्ञा हामीले हाम्रो जीवनमा दिइएको शक्तिले गर्न सक्दछौ । यस प्रेमद्धारा मात्र 'हराएकार 'बचाईएकासबै जनाले हामी उहाँका चेहाहरु हौ भनेर चिन्न सक्दछन । हामीले यदी यस प्रकारको प्रेम गर्न सकेनौ भने हामी ख्रीष्टका हौ भनेर मानिसहरुले चिन्न सक्दैनन । युहन्नाले यसलाई राम्रोसँग बुझेका थिए । त्यसै कारण उनी लेख्छन कि आफ्नो भाईलाई घृणा गर्ने अन्धकारमै हुन्छ- १ युहन्ना २:१०-११  । त्यो पाखण्डी हो किनकी त्यो अन्धो भएको हुन्छ । आफैलाई मात्र प्रेम गर्ने उहाँको चेला बन्न सक्दैन ।
अन्तमा हामी जान्दछौ कि परमेश्वरले संसारलाई प्रेम गर्नुहुन्छ र यो प्रेम अलौकिक अगापे प्रेमद्धारा क्रूुसमा प्रकट भएको छ । हामी दुष्टपापी र शत्रुको लागि उहाँ आफै मरेर यस प्रेमलाई प्रकट गर्नुभएको छ । यी प्रेमलाई बुझेर हामीले कामद्धारा पनि यसलाई पदर्शन गर्न सकौ । उसको लागि हामीले सम्पूर्ण रुपले उहाँमा बिश्वास र भरोषा गर्न सक्नुपर्दछ । यस प्रेमबाट हामी कोही पनि बञ्चित नहोऔ- प्रकास २०:११-१५  । आमेन ।

0 COMMENTS

Write Down Your Responses

No comments:

Post a Comment