Friday, October 15, 2021

बाइबलला उपलब्ध १० ओटा बैज्ञानिक सत्यताहरु !!

 बाइबल आधुनिक समयमा लेखिएको वैज्ञानिक पाठ्यपुस्तक होइन  तर प्राचीन समयमा लेखिएको धार्मिक ग्रन्थ हो । तरै पनि बाइबलले यस्ता वैज्ञानिक सत्यताहरूलाई अभिलिखित गरेको छ जसले एउटा सचेत, तार्किक साथै बौद्धिक व्यक्तिलाई छक्क पार्छन् । आधुनिक समयमा पत्ता लगाइएका ती मनग्गे वैज्ञानिक आविष्कारहरूलाई बाइबलले हजारौँ वर्ष पहिलेनै उल्लेख गरेका थिए भन्ने सत्यताले हाम्रोआश्चर्यको सिमा झनै बढ्छ । यहाँ हामी दसओटा त्यस्ता आविष्कारलाई सङ्क्षिप्त रूपमाध्यान दिनेछौँ ।


१. यो विश्व–ब्रम्हाण्डको एउटा निश्चित बिन्दुमा आरम्भ भयो । 


बाइबलको पहिलो पदमा नै लेखिएको छ, “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । स्मरण रहोस्, यो हजारौँ वर्ष पहिले लेखिएको कथन हो ।वैज्ञानिकहरू लगायत सामान्य मानिसहरूले लामो समय देखि यो विश्व अनन्त छ अर्थात यसको सुरु पनि छैन र अन्त्य पनि छैन भनी विश्वास गर्दै आएका थिए । तर बिसौँ शताब्दीका नयाँ खोजहरूले त्यस सिद्धान्तलाई झट्का दिए। सम्पूर्ण समय, सम्पूर्ण पदार्थ र सम्पूर्ण अन्तरिक्षको एउटा निश्चित बिन्दुमा आरम्भ भएको छ भन्ने महानतम वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तल गायत अन्य नव वैज्ञानिक खोजहरूले विश्व–ब्रम्हाण्डको एउटा निश्चित बिन्दुमा आरम्भ भएको छ भनी पुष्टि गर्छन् ।


२. सूर्यले परिक्रमा गर्छ ।


३,००० वर्षअगि भजनका लेखकले यी वचनहरू कोरे, “आकाशको एक छेउमा उस [सूर्य] कोउदय हुन्छ, र अर्को सीमासम्म परिक्रमा गर्छ” (भजनसंग्रह १९:६) । पृथ्वीले सूर्यको परिक्रमा गर्छ तर सूर्य आफै भने स्थिर छ भनी वैज्ञानिकहरूले लामो समयदेखि विश्वास गर्दै आएका थिए । तर पछिल्ला खोजहरूले उदाङ्गोपारेका छन् कि सूर्य पनि स्थिर छैन जस्तो बाइबलमा लेखिएको छ । सौर्यमण्डलमा भएकासबै ग्रह, उपग्रह र आकाशिय पिण्डहरूलाई साथमा लिई प्रतिघन्टा ६ लाख माइलको गतिमा सूर्य आकाश गङ्गाको वरिपरि घुमिरहेको छ । 


३. यो विश्व–ब्रम्हाण्ड अदृश्य तत्त्वबाट बनेकोछ ।


२,००० वर्षअगि हिब्रूका लेखकले लेखे, “विश्वासद्वारा हामी बुझ्दछौं कि सारा विश्वपरमेश्वरको वचनद्वारा सृष्टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो” (११:३) । सम्पूर्ण पदार्थ परमाणुहरूबाट बनेका छन् । विगतमा यस विषयबारे विज्ञान पूर्णत: अज्ञान थियो ।हालै मात्र विज्ञानले पत्ता लगाएको छ कि हामीले देख्ने हरेक कुरो हाम्रा नाङ्गा आँखाले देख्न नसक्ने मसिना कणहरूबाट बनेका छन् जसलाई परमाणु भनिन्छ ।


४. आकाशमा ताराहरू अनगिन्ती छन् ।


२,५०० वर्षअगि यर्मियाले लेखे, “आकाशका तारा गन्न नसकिने र समुद्रका किनारका बालुवा जोखिन नसकिने ...” (यर्मिया ३३:२२) छ ।सत्रौँ शताब्दीमा ग्यालिलियो ग्यालिलीलेदूरदर्शक यन्त्रको आविष्कार गर्नुअगि धेरैविद्वान्हरूले ताराहरूको सङ्ख्या गन्न कोसिस गरे र तिनीहरूले करिब १,००० ओटा ताराको सूची लगाए । तर आज हामीलाई थाहा छ कि आकाशमा ताराहरू खरबौँको सङ्ख्यामा छन्।  


५. पृथ्वी शून्यतामा झुण्डिएको छ ।


अय्यूबले लेखे, “उहाँ [परमेश्वर] ले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ, र शून्यतामा पृथ्वीलाई झुण्डयाउनुहुन्छ” (अय्यूब २६:७) ।आजभन्दा ३,५०० वर्ष पहिले नै यसलाई लेखिएको थियो । पृथ्वीलाई एउटा अजिङ्गर  वा एटलस नाउँ गरेको राक्षसले बोकेकोथियो भनी प्राचीन समयका मानिसहरूले विश्वास गर्थे । वैज्ञानिक ज्ञान नभएका मानिसहरूका बिचमा यस्तै खालकाअवधारणाहरू अझै पनि विद्यमान छन् ।बाइबलले भनेजस्तै गरी पृथ्वी शून्यतामा झुण्डिएको छ भन्ने सत्यता पोल्यान्डका गणितज्ञ साथै खगोलविद् निकोलस कोपर्निकस(१४७३–१५४३) को समयदेखि वैज्ञानिक साँचो ठहरिएको छ । गुरुत्वाकर्षणको शक्तिले गर्दा यो पृथ्वी हावामा तैरन सकेको हो भनी आज विज्ञानको साधारण विद्यार्थीलाई पनि थाहा छ ।


६. पृथ्वी गोलो छ ।


यशैयाले लेखे, “उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुनुहुन्छ” (४०:२२) । २,८००वर्ष अगि लेखिएको यस पदले पृथ्वी गोलो छभनी बताउँछ । एउटा यस्तो समय थियो जुन समयमा पृथ्वी चेप्टो थियो भनी साधारणतया विश्वास गरिन्थ्यो । जनमानस बिच त्यस्तो विश्वास भए तापनि क्रिस्टोफर कोलम्बस(ख्रीष्टाब्द १४५१–१५०६) लाई पृथ्वीको जलयात्रा गर्न बाइबल धर्मशास्त्रले नै प्रेरणा दिएको थियो । आज विज्ञानको साधारण चिन्तकलाई पनि थाहा छ कि पृथ्वी वास्तवमै गोलो छ, चेप्टो होइन ।


७. जीवको उत्पत्ति जीवबाट मात्रै हुन्छ ।


जीवको उत्पत्ति जीवबाट मात्रै हुन्छ निर्जीव वस्तुबाट होइन भन्ने नियमलाई विज्ञानको भाषामा जीवजननको नियम भनेर चिनिन्छ । थप रूपमा यस नियमले बताउँछ कि जीवले सधैँ उही किसिमको जीवलाई जन्म दिन्छ, अर्कोकि सिमको जीवलाई होइन । प्राचीन समयका वैज्ञानिक अरस्तुले अजैविक पदार्थबाट जीवको उदय हुन्छ भनी सिकाएका थिए जसलाई लुईपास्चरको समयसम्म विश्वास गरिन्थ्यो । तर उन्नाइसौँ शताब्दीका वैज्ञानिक पास्चरले अजैविक पदार्थबाट जीवको उदय हुँदैन भनीप्रयो गात्मक रूपमा सिद्ध गरिदिए । उत्पत्ति१:११–१२; २४–२५ मा यस पुस्तकका लेखक मोशाले जीवजननको नियमलाई उल्लेख गरेकाछन् ।


८. पानीको एउटा चक्र छ ।


३,५०० वर्षअगि लेखिएको थियो, “उहाँले समुद्रबाट पानीको थोपा खिँच्नुहुन्छ, र आफूले बनाउनु भएको मेघबाट झरी बर्साउनुहुन्छ ।वृष्टिको मेघले मुसलधारा पानी बर्साउँछ,मानिस–जातिमाथि ती झरी भएर झर्छन्” (अय्यूब ३६:२७–२८) ।  खोला, नदी हुँदै समुद्रमा झर्ने ती करडौँ लिटर पानी कहाँ जान्छ ?यसको उत्तर दिन्छ जलचक्रले । सूर्यको तापको कारणले गर्दा पानी बाफमा परिणत हुन्छ अनि आकाशमा बादलको रूप धारण गरी वृष्टि बनेरफेरि पृथ्वीमा खस्दछ । सोर्‍हौँ/सत्रौँ शताब्दीसम्म पानीको यस चक्रलाई पूर्णत:स्वीकार गरिएको थिएन । 


९. जीवधारीको प्राण त्यसको रगतमा हुन्छ ।


३,४०० वर्ष अगि मोशाले लेखे, “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ” (लेवी १७:११) । आजयो स्थापित सत्यता हो कि तपाईंले आफ्नो शरीरको रगत प्रचुर मात्रामा गुमाउनुभयो भनेतपाईंले आफ्नो जीवन गुमाउनुहुन्छ । प्राचीन कालदेखि उन्नाइसौँ शताब्दीसम्म डाक्टरहरूले बिरामीको रोगको उपचारको लागि उसको शरीरबाट रगत बग्न दिन्थे जुन अज्ञानताको परिणाम थियो । आज जीवन दिने रगतको महत्त्व छर्लङ्ग भएको छ । 


१०. समुद्रका पिँधहरूमा पहाडहरू छन् ।


समुद्रको गहिराइमा पुगेका योनाले व्यक्त गरे, “मत डाँडाहरूका फेदीसम्मै तल डुबें” (योना २:६) ।योनाले यो पुस्तक झन्डै २,८०० वर्षअगि लेखे काथिए । विगतमा समुद्रका पिँधहरू चेप्टा छन्भनी विश्वास गरिन्थ्यो । तर हालैका खोजहरूले समुद्रका पिँधहरूमा डाँडा–काँडाहरू रहेछन भनि देखाएका छन् ।

No comments:

Post a Comment