Friday, October 15, 2021

के उहाँ तपाईको लागि मर्नुभयो ?

प्रसिद्ध  जर्मन चित्रकार स्टेनवर्गले एउटी जिप्सी ठिटीलाई देखेपछि उसको चित्र बनाउन साह्रै मन गन्यो । उसले त्यस ठिटीलाई आफ्नो स्टुडियोमा आउने निमन्त्रणा दियो ।


त्यो ठिटी भोलिपल्ट आफ्नो चित्र उतार्न भनी स्टेनवर्गको सामुन्ने खडा भई यतिकैमा उसले स्टुडियोको एक कुनामा येशू खीष्टको अपूर्ण चित्र देखिन् र भनिन, शायद यी मानिस औधिनै दृष्ट थिए होलान् । किनकि उसलाई त्यसरी नझुण्डयाउनु पर्ने थियो ! त्यतिकैमा स्टेनबर्गले भने;

तिमीले गलत कुरा भनिरहेकीछ्यौ ।

 यथार्थमा येशू ख्रीष्ट मानिसहरुमा सबैभन्दा नम्र र दीन थिए । उनले अरु मानिसहरुको निम्ति आफ्नो प्राण दिए ।



त्यो सानो ठिटीले अति सरल तथा सोझो प्रश्न गरिन;- के तपाईको लागि पनि मर्नुभयो ?

ठिटीको यो सरल र अवोध प्रश्नले स्टेनवर्गको हृदयको तहसम्म छोयो । स्टेनवर्ग स्वयं क्रिश्चियन थिएनन् । यसपछि उनी येशू ख्रीष्टलाई प्रेम गर्न लाग र विश्वास गरी क्रिश्चियन भए । 


आज त्यही प्रश्न तपाइलाई पनि छ; के उहाँ तपाईको लागि मर्नुभयो ?


No comments:

Post a Comment