Sunday, October 17, 2021

येशूको पापहीनताबारे प्रसिद्ध भनाइहरू !!

येशु  पूर्णत: निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरू साथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो।


                महात्मा गान्धी, भारतीय स्वाधीन अभियानका सर्वश्रेष्ठ अगुवा :-


येशूले यस धर्तिमा एक करोड पचास लाख मिनेटको जीवन बिताउनु भयो । उहाँले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो । तरै पनि पृथ्वीमा जन्म लिनुभएदेखि क्रूसमा प्राणत्याग नगरुन्जेलसम्म उहाँको हरेक विचार, हरेक कार्य, हरेक उद्देश्य, हरेक काम जुन व्यक्तिगतरूपमा गरिएका हुन् वा सार्वजनिक रूपमा गरिएका हुन् ती सबै नै परमेश्वरद्वारा अनुमोदित थिए । एकै पटक पनि हाम्रा प्रभुले पापको स्वीकार गर्नुभएन किनकि उहाँमा कुनै पाप थिएन।


विल्बर स्मिथ :-


येशूको जीवनबाट हामीले प्राप्त गर्ने पहिलो प्रभाव भनेकै पापले भरिएको संसारको बिचमा उहाँको सिद्ध निर्दोसिता र पापहीनता हो । निष्कलङ्क बाल्यावस्थाको पापरहित शुद्धतालाई उहाँले मात्र युवावस्था र प्रौढावस्थासम्म जोगाउनुभयो ।तसर्थ, थुमा र ढुकुर उहाँका उपयुक्त प्रतीकहरूहुन् ।


फिलिप स्काफ, प्रसिद्ध मण्डली इतिहासकार :-


                 


पापरहित सिद्धता र सिद्ध पापरहितत्व त्यो कुरो हो जुन अवतारी परमेश्वरबाट हामीले अपेक्षा गर्नुपर्छ र येशूमा हामी यो पाउँछौँ ।


बर्नाड र्‍याम :-


पृथ्वीमा येशूभन्दा अरु निष्पाप व्यक्ति कोही बाँचेन ।उहाँले कसैलाई चोट पुर्‍याउनुभएन; उहाँले कसैबाट कुनै फाइदा लिनुभएन; उहाँले कहिल्यै अनुचित वचन बोल्नुभएन; उहाँले कहिल्यै गलतकाम गर्नुभएन ।


फिलिप स्काफ, प्रसिद्ध मण्डली इतिहासकार :-


तब यो प्रष्ट छ कि जसरी येशूले आफू मसीह रपरमेश्वरका पुत्र हुनुभएको विश्वास गर्नुभयो त्यसैगरी उहाँले आफू पापरहित हुनुभएको विश्वासगर्नुभयो ।


जोन स्टट :- 


[येशू ख्रीष्ट] सदाचारी र मिलनसार मानिस हुनुहुन्थ्यो । उहाँले प्रचार र अभ्यास गर्नुभएको नैतिकता सबैभन्दा बढी उपकारी किसिमको थियो ।


थोमस पाइने :- 


ख्रीष्टको पापहीनता हामीलाई उदाहरणको लागि मात्र होइन । यो हाम्रो उद्धारको लागि आधारभूत र अपरिहार्य छ । यदि ख्रीष्ट “निष्खोट थुमा”हुनुहुन्थेन भने उहाँले कसैको उद्धारलाई सुरक्षितराख्न नसक्नुहुने मात्र होइन तर उहाँ आफैलाईमुक्ति दाताको खाँचो पर्थ्यो । येशूले क्रूसमा बोक्नु भएको मनग्गे पापहरूका लागि एउटा सिद्धबलिदानको खाँचो पर्थ्यो । त्यो बलिदान त्यस्तो व्यक्तिले गर्नुपर्थ्यो जो सिद्ध हुनुहुन्थ्यो ।


आर. सी. स्प्रौल :-


उहाँको पापहीनता बाट नै येशूले आफैलाई हाम्रा पापको निम्ति सिद्ध बलिदानको रूपमा योग्य ठहराउनुभयो । ... येशू असिद्धहरूका निम्ति सिद्ध र पापीहरूका निम्ति पापरहित मानिसको रूपमा मात्र मर्नुभएन तर उहाँले हाम्रो उद्धारको निम्ति आवश्यक सिद्ध आज्ञापा लनको जीवन पनि जिउनु भयो ।


आर. सी. स्प्रौल :- 


तब उहाँ [येशू] को मिसनसाथै एकैनासको चालचलन र सुस्पष्ट समर्पणबाट यो सत्यतानिर्विवाद छ कि ख्रीष्टले आफैलाई पाप र दोषबाट मुक्त भएको रूपमा चिन्नुहुन्थ्यो । यस सत्यताको लागि एउटै मात्र तर्कसङ्गत व्याख्या यही हो कि ख्रीष्ट पापी हुनुहुन्थेन ।


फिलिप स्काफ, प्रसिद्ध मण्डली इतिहासकार :-


येशूको चेतनामा यस्तो कुनै कुरो छैन जसले उहाँकुनै पापको दोषी हुनुहुन्थ्यो भनी अङ्कित गर्छ ।


सी. ई. जेफरसन :-


अहिलेसम्म देखा पर्ने सबै मानिसहरूमध्ये येशू सर्वाधिक सिद्ध हुनुहुन्छ ।


राल्फ वाल्डो इमर्सन:-


उहाँ [येशू] सद्गुणको महानतम नमुना मात्रहुनु भएको छैन तर यसको अभ्यासको लागि सर्वाधिक मजबुत प्रेरक व्यक्तित्व पनि बन्नु भएकोछ ।


Friday, October 15, 2021

बाइबलला उपलब्ध १० ओटा बैज्ञानिक सत्यताहरु !!

 बाइबल आधुनिक समयमा लेखिएको वैज्ञानिक पाठ्यपुस्तक होइन  तर प्राचीन समयमा लेखिएको धार्मिक ग्रन्थ हो । तरै पनि बाइबलले यस्ता वैज्ञानिक सत्यताहरूलाई अभिलिखित गरेको छ जसले एउटा सचेत, तार्किक साथै बौद्धिक व्यक्तिलाई छक्क पार्छन् । आधुनिक समयमा पत्ता लगाइएका ती मनग्गे वैज्ञानिक आविष्कारहरूलाई बाइबलले हजारौँ वर्ष पहिलेनै उल्लेख गरेका थिए भन्ने सत्यताले हाम्रोआश्चर्यको सिमा झनै बढ्छ । यहाँ हामी दसओटा त्यस्ता आविष्कारलाई सङ्क्षिप्त रूपमाध्यान दिनेछौँ ।


१. यो विश्व–ब्रम्हाण्डको एउटा निश्चित बिन्दुमा आरम्भ भयो । 


बाइबलको पहिलो पदमा नै लेखिएको छ, “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । स्मरण रहोस्, यो हजारौँ वर्ष पहिले लेखिएको कथन हो ।वैज्ञानिकहरू लगायत सामान्य मानिसहरूले लामो समय देखि यो विश्व अनन्त छ अर्थात यसको सुरु पनि छैन र अन्त्य पनि छैन भनी विश्वास गर्दै आएका थिए । तर बिसौँ शताब्दीका नयाँ खोजहरूले त्यस सिद्धान्तलाई झट्का दिए। सम्पूर्ण समय, सम्पूर्ण पदार्थ र सम्पूर्ण अन्तरिक्षको एउटा निश्चित बिन्दुमा आरम्भ भएको छ भन्ने महानतम वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तल गायत अन्य नव वैज्ञानिक खोजहरूले विश्व–ब्रम्हाण्डको एउटा निश्चित बिन्दुमा आरम्भ भएको छ भनी पुष्टि गर्छन् ।


२. सूर्यले परिक्रमा गर्छ ।


३,००० वर्षअगि भजनका लेखकले यी वचनहरू कोरे, “आकाशको एक छेउमा उस [सूर्य] कोउदय हुन्छ, र अर्को सीमासम्म परिक्रमा गर्छ” (भजनसंग्रह १९:६) । पृथ्वीले सूर्यको परिक्रमा गर्छ तर सूर्य आफै भने स्थिर छ भनी वैज्ञानिकहरूले लामो समयदेखि विश्वास गर्दै आएका थिए । तर पछिल्ला खोजहरूले उदाङ्गोपारेका छन् कि सूर्य पनि स्थिर छैन जस्तो बाइबलमा लेखिएको छ । सौर्यमण्डलमा भएकासबै ग्रह, उपग्रह र आकाशिय पिण्डहरूलाई साथमा लिई प्रतिघन्टा ६ लाख माइलको गतिमा सूर्य आकाश गङ्गाको वरिपरि घुमिरहेको छ । 


३. यो विश्व–ब्रम्हाण्ड अदृश्य तत्त्वबाट बनेकोछ ।


२,००० वर्षअगि हिब्रूका लेखकले लेखे, “विश्वासद्वारा हामी बुझ्दछौं कि सारा विश्वपरमेश्वरको वचनद्वारा सृष्टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो” (११:३) । सम्पूर्ण पदार्थ परमाणुहरूबाट बनेका छन् । विगतमा यस विषयबारे विज्ञान पूर्णत: अज्ञान थियो ।हालै मात्र विज्ञानले पत्ता लगाएको छ कि हामीले देख्ने हरेक कुरो हाम्रा नाङ्गा आँखाले देख्न नसक्ने मसिना कणहरूबाट बनेका छन् जसलाई परमाणु भनिन्छ ।


४. आकाशमा ताराहरू अनगिन्ती छन् ।


२,५०० वर्षअगि यर्मियाले लेखे, “आकाशका तारा गन्न नसकिने र समुद्रका किनारका बालुवा जोखिन नसकिने ...” (यर्मिया ३३:२२) छ ।सत्रौँ शताब्दीमा ग्यालिलियो ग्यालिलीलेदूरदर्शक यन्त्रको आविष्कार गर्नुअगि धेरैविद्वान्हरूले ताराहरूको सङ्ख्या गन्न कोसिस गरे र तिनीहरूले करिब १,००० ओटा ताराको सूची लगाए । तर आज हामीलाई थाहा छ कि आकाशमा ताराहरू खरबौँको सङ्ख्यामा छन्।  


५. पृथ्वी शून्यतामा झुण्डिएको छ ।


अय्यूबले लेखे, “उहाँ [परमेश्वर] ले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ, र शून्यतामा पृथ्वीलाई झुण्डयाउनुहुन्छ” (अय्यूब २६:७) ।आजभन्दा ३,५०० वर्ष पहिले नै यसलाई लेखिएको थियो । पृथ्वीलाई एउटा अजिङ्गर  वा एटलस नाउँ गरेको राक्षसले बोकेकोथियो भनी प्राचीन समयका मानिसहरूले विश्वास गर्थे । वैज्ञानिक ज्ञान नभएका मानिसहरूका बिचमा यस्तै खालकाअवधारणाहरू अझै पनि विद्यमान छन् ।बाइबलले भनेजस्तै गरी पृथ्वी शून्यतामा झुण्डिएको छ भन्ने सत्यता पोल्यान्डका गणितज्ञ साथै खगोलविद् निकोलस कोपर्निकस(१४७३–१५४३) को समयदेखि वैज्ञानिक साँचो ठहरिएको छ । गुरुत्वाकर्षणको शक्तिले गर्दा यो पृथ्वी हावामा तैरन सकेको हो भनी आज विज्ञानको साधारण विद्यार्थीलाई पनि थाहा छ ।


६. पृथ्वी गोलो छ ।


यशैयाले लेखे, “उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुनुहुन्छ” (४०:२२) । २,८००वर्ष अगि लेखिएको यस पदले पृथ्वी गोलो छभनी बताउँछ । एउटा यस्तो समय थियो जुन समयमा पृथ्वी चेप्टो थियो भनी साधारणतया विश्वास गरिन्थ्यो । जनमानस बिच त्यस्तो विश्वास भए तापनि क्रिस्टोफर कोलम्बस(ख्रीष्टाब्द १४५१–१५०६) लाई पृथ्वीको जलयात्रा गर्न बाइबल धर्मशास्त्रले नै प्रेरणा दिएको थियो । आज विज्ञानको साधारण चिन्तकलाई पनि थाहा छ कि पृथ्वी वास्तवमै गोलो छ, चेप्टो होइन ।


७. जीवको उत्पत्ति जीवबाट मात्रै हुन्छ ।


जीवको उत्पत्ति जीवबाट मात्रै हुन्छ निर्जीव वस्तुबाट होइन भन्ने नियमलाई विज्ञानको भाषामा जीवजननको नियम भनेर चिनिन्छ । थप रूपमा यस नियमले बताउँछ कि जीवले सधैँ उही किसिमको जीवलाई जन्म दिन्छ, अर्कोकि सिमको जीवलाई होइन । प्राचीन समयका वैज्ञानिक अरस्तुले अजैविक पदार्थबाट जीवको उदय हुन्छ भनी सिकाएका थिए जसलाई लुईपास्चरको समयसम्म विश्वास गरिन्थ्यो । तर उन्नाइसौँ शताब्दीका वैज्ञानिक पास्चरले अजैविक पदार्थबाट जीवको उदय हुँदैन भनीप्रयो गात्मक रूपमा सिद्ध गरिदिए । उत्पत्ति१:११–१२; २४–२५ मा यस पुस्तकका लेखक मोशाले जीवजननको नियमलाई उल्लेख गरेकाछन् ।


८. पानीको एउटा चक्र छ ।


३,५०० वर्षअगि लेखिएको थियो, “उहाँले समुद्रबाट पानीको थोपा खिँच्नुहुन्छ, र आफूले बनाउनु भएको मेघबाट झरी बर्साउनुहुन्छ ।वृष्टिको मेघले मुसलधारा पानी बर्साउँछ,मानिस–जातिमाथि ती झरी भएर झर्छन्” (अय्यूब ३६:२७–२८) ।  खोला, नदी हुँदै समुद्रमा झर्ने ती करडौँ लिटर पानी कहाँ जान्छ ?यसको उत्तर दिन्छ जलचक्रले । सूर्यको तापको कारणले गर्दा पानी बाफमा परिणत हुन्छ अनि आकाशमा बादलको रूप धारण गरी वृष्टि बनेरफेरि पृथ्वीमा खस्दछ । सोर्‍हौँ/सत्रौँ शताब्दीसम्म पानीको यस चक्रलाई पूर्णत:स्वीकार गरिएको थिएन । 


९. जीवधारीको प्राण त्यसको रगतमा हुन्छ ।


३,४०० वर्ष अगि मोशाले लेखे, “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ” (लेवी १७:११) । आजयो स्थापित सत्यता हो कि तपाईंले आफ्नो शरीरको रगत प्रचुर मात्रामा गुमाउनुभयो भनेतपाईंले आफ्नो जीवन गुमाउनुहुन्छ । प्राचीन कालदेखि उन्नाइसौँ शताब्दीसम्म डाक्टरहरूले बिरामीको रोगको उपचारको लागि उसको शरीरबाट रगत बग्न दिन्थे जुन अज्ञानताको परिणाम थियो । आज जीवन दिने रगतको महत्त्व छर्लङ्ग भएको छ । 


१०. समुद्रका पिँधहरूमा पहाडहरू छन् ।


समुद्रको गहिराइमा पुगेका योनाले व्यक्त गरे, “मत डाँडाहरूका फेदीसम्मै तल डुबें” (योना २:६) ।योनाले यो पुस्तक झन्डै २,८०० वर्षअगि लेखे काथिए । विगतमा समुद्रका पिँधहरू चेप्टा छन्भनी विश्वास गरिन्थ्यो । तर हालैका खोजहरूले समुद्रका पिँधहरूमा डाँडा–काँडाहरू रहेछन भनि देखाएका छन् ।

के उहाँ तपाईको लागि मर्नुभयो ?

प्रसिद्ध  जर्मन चित्रकार स्टेनवर्गले एउटी जिप्सी ठिटीलाई देखेपछि उसको चित्र बनाउन साह्रै मन गन्यो । उसले त्यस ठिटीलाई आफ्नो स्टुडियोमा आउने निमन्त्रणा दियो ।


त्यो ठिटी भोलिपल्ट आफ्नो चित्र उतार्न भनी स्टेनवर्गको सामुन्ने खडा भई यतिकैमा उसले स्टुडियोको एक कुनामा येशू खीष्टको अपूर्ण चित्र देखिन् र भनिन, शायद यी मानिस औधिनै दृष्ट थिए होलान् । किनकि उसलाई त्यसरी नझुण्डयाउनु पर्ने थियो ! त्यतिकैमा स्टेनबर्गले भने;

तिमीले गलत कुरा भनिरहेकीछ्यौ ।

 यथार्थमा येशू ख्रीष्ट मानिसहरुमा सबैभन्दा नम्र र दीन थिए । उनले अरु मानिसहरुको निम्ति आफ्नो प्राण दिए ।



त्यो सानो ठिटीले अति सरल तथा सोझो प्रश्न गरिन;- के तपाईको लागि पनि मर्नुभयो ?

ठिटीको यो सरल र अवोध प्रश्नले स्टेनवर्गको हृदयको तहसम्म छोयो । स्टेनवर्ग स्वयं क्रिश्चियन थिएनन् । यसपछि उनी येशू ख्रीष्टलाई प्रेम गर्न लाग र विश्वास गरी क्रिश्चियन भए । 


आज त्यही प्रश्न तपाइलाई पनि छ; के उहाँ तपाईको लागि मर्नुभयो ?


Friday, August 27, 2021

ᤁᤢᤎᤰ ᤛᤰ - कुधक् सक् (व्यञ्जन वर्ण)

ᤁᤢᤎᤰ ᤛᤰ - कुधक् सक् 
                (व्यञ्जन वर्ण)

ᤁ           ᤂ            ᤃ             ᤅ    
क          ख            ग              ङ    

ᤆ           ᤇ            ᤈ              ᤏ
च           छ           ज              न

ᤋ           ᤌ            ᤍ              ᤎ     
त           थ            द              ध      

ᤐ          ᤑ            ᤒ              ᤓ
प           फ            ब              भ     

ᤔ          ᤕ             ᤖ              ᤗ
म          य             र               ल

ᤘ          ᤛ             ᤜ              ᤄ
व          स             ह               घ

Saturday, August 7, 2021

हिन्दु धर्मको सत्यानाश बाहुनले नै गरेका हुन l


श्यामजँग खत्री



बाहुन भन्ने बितिक्कै अहिले नाक खुम्च्याइनु बाहुनका बिषयमा धेरै जोक बन्नु बाहुनकै बिरुद्द राजनैतिक पाटी खुल्नु राजनीतिको मूल बिषय नै बाहुनका चर्चा परीचर्चामा बित्नु भनेको बाहुनका सन्तानहरु  आफैले गती छोडेर हो ।

कुनै जमाना थियो भाले बास्दा  उठी सक्ने बाहुन अरु समाज उठ्दा नुहाएर पुजा पाठ गरी सक्थे ।

अहिले उनिहरुका सन्तान भाले बास्दा  सम्म रक्सी धोकेर बसेका हुन्छन |पुजा पाठ त परको कुरा यो देसमा जनै सस्किर्ती भित्र्याउने बाहुनहरु कै सन्तानले जनै लगाएका हुँदैनन । म हिन्दु धर्मको रक्षा गर्छु भनेर सडक तताउने हरुको काँधमा जनै हुदैन ।

नुहाएर धाराबाट पानी बोकेर आएको बाहुन लाई सारा गाउले ले सन्मान का साथ बाटो छोडी दिन्थे । अहिले उनिहरु का सन्तान लाई नि गाउले ले बाटो त छोडी दिन्छन बिहानै धोकेर यो बाटो नि मेरो त्यो बाटो नि मेरो भन्दै एउटा जुत्ता डिल मुनी अर्को डिल माथी बनाएर ओल्लो छेउ र पल्लो छेउ भएर हिडेको हुन्छ बाटो नछोडी सुख नै छैन् । र बाटो छोड्छन अहिले पनि ।

माछा मासु लसुन छुँदै नछुने बाहुन का सन्तान अहिले यो फेसबूक मा गाइ लाई राष्ट्रीय जनवार मान्न सकिन्न भन्दै कुर्लेर बसेका छन किनकी खान का लोभी यीनिहरु ले मिठो हुन्छ भन्ने सुनेर मन थाम्न नसकेर खाइ सके उहिले नै । आफ्नै दाजु भाइ ले रक्सी मासु खायो भन्ने सुनेको भर मा जात झारेर दलित बनाउने यीनै बाहुन हुन ।

हिन्दू धर्म को रक्षा गर्ने बाहुन हरु धेरै अहिले यीनिहरु का सन्तान देस मा धर्म निरेपेक्ष हुनु पर्छ भन्छन किनकी यीनिहरु ले पैसा खाएर पादरी भए । हिन्दू राष्ट्र हटाउने मा सहीछाप गर्ने सबै कथित कातिके बाहुन नै थिए |

ब्राामण के हो ?

काँसीमा पढेर आचार्य पास गरेर हिन्दू सस्कार अनुसार कर्म काण्ड गराउन सक्ने ब्याक्ती नै ब्रामण हो । यो कुनै जात होईन पद हो । यदी यो पद भए पछी कसरी एउटा जड्या ले आफ्नो बाउ बाहुन भएकै आधार मा आफु बाहुन हु भनेर गर्ब गर्न मिल्छ यो त पाइलट को छोरा ट्याक्टर ड्राइभर ले म पाइलट हु भनेर गर्ब गरे जस्तो भएन र ? ? ? ?

पहिले बाहुन हरु सात्विक भोजन गर्थे , टुपी पाल्थे अध्यायन सिल हुन्थे , रामायण, गिता , पुराण का श्लोक हरु पाठ गर्थे ।

अहिले त बुडो भैसी को मम नभै छाक टर्दैन , कपा॥ रातो कालो सेतो पहेलो रँगाएर कसैले घिच्चुक मा रााख्छन टुपी कसैले कन्सिरी मा । वाईनको बोतल बोकेर जानी नजानी अँग्रेजी पप गाउछन । यिनिहरु कसरी बाहुन भए ??

बाहुन थर हुनै सक्तैन जसरी पादरी का सन्तान ले म पादरी हु भनेर पादरी लेख्दैन् जसरी भिक्षु थर हुदैन जसरी फेदाङ्बा थर हुन्न मुलवी थर हुदैन , मौलाना थर कहिले सुनिएन तर समाज मा आफ्नो प्रतिस्ठा जोगाइ राख्न बाहुन का सन्तान नि बाहुन नै हु भनेर बसे र आज बद्नामी कमाए ।

अहिले देशको पुनर्सँरचना गर्ने भन्दै , छदाखादाँ को देश लाई चिरफार गर्न ब्यस्त राजनैतिक दल ले जातिय बिभेद हटाउन लाई कहिल्यै सोचेका छैनन । बाँचुन्जेल सम्म जातिय बिभेद को बिरुद्ध काम गरेको नेता ले नै आफुभन्दा सानो जात लाई घरमा छिर्न दिदैन । किनकी उसको छोरा ले पनि त्यै बिषयमा राजनीति गरेर जिबन चलाओस भन्ने उसको भित्री धारणा हुदो रहेछ । यदी जातिय बिभेद को अन्त्त गरियो भने कमाईखाने भाँडो नै सकिन्छ भनेर यिनिहरु सजग हुदा रहेछन ।

आआफ्नो धर्म यदी जोगाउने भए अब हिन्दू धर्मालम्बी ले बाहुन को परिभासा खोज्ने बेला भएको छ ।

नभए बाहुन जात उचो हो भनेर यी १३% बाहुन बोकेर हिन्दू धर्म जोगिने वाला छैन ।

कुनै सँस्कृत बिस्व बिधालय मा पढेर हिन्दू धर्म अनुसार को कर्म काण्ड गराउने लाई बाहुन भनेर बाकी लाई आर्य भनेर बिगत मा छुटेका दबिएका र अहिले दलित भनिएका हरु लाई एउटै बर्ग मा राखेर समाज को पुन सम्रचना नगरी हिन्दू धर्म ले अव सम्मान पाउन गार्हो छ ।