Saturday, August 7, 2021

हिटलरको बिजय यात्रा र पतन !

त्यसबेला जर्मनीका शासक हिटलरले अष्ट्रियामाथि विजय प्राप्त गरे र जर्मनीमा गाभे । पहिले जर्मनीमै रहेको अष्ट्रियामाथिको आक्रमण र विजयलाई बेलायत र अमेरिकाले पनि ‘कम्प्रमाइज’ गरे, ठीकै छ नि त भनेर वास्ता गरेनन् । 



अव हिटलर पोल्याण्डमाथि आक्रमण गरी जित्न चाहन्थे । पोल्याण्ड र बेलायतबीच तेस्रो कुनै देशले आक्रमण गरे मिलेर सामना गर्ने सम्झौता थियो । पोल्याण्डमाथि आक्रमणको कुनै निहुँ हिटलरसँग थिएन । हिटलरले आइडिया लगाए–जर्मनीको एउटा रेडियो स्टेशनमा पोल्याण्डका सेनाबाट आक्रमण गराउने र त्यसलाई जर्मनीमाथि आक्रमण भएको प्रचार गरी पोल्याण्डलाई हान्ने । 


हिटलरले आफ्नै जर्मनी सेनालाई पोल्याण्डका सेनाको कम्ब्याट ब्यवस्था गरे र जर्मनीको रेडियो स्टेशनमाथि कब्जा जमाउन लगाए । पोल्याण्डको सैनिक ड्रेसमा रहेका जर्मनी सेनाले रेडियो स्टेशन कब्जा गरे र कब्जा भएको रेडियोबाटै घोषणा गरे– ‘हामी पोल्याण्डका सेना हौं र अहिले सफलतापूर्वक जर्मनीको रेडियोस्टेशनमाथि विजय प्राप्त गरेका छौं । अव कोही जर्मनीले हामीसँग आत्मसमर्पण गर्नुपर्नेछ ।’


जर्मनीभरी रेडियोको यो सन्देश फैलिएपछि तत्कालै जर्मनी सेनाले पोल्याण्डमाथि आक्रमण सुरु गरे, विजय पनि पाए । तर, झुठ प्रचारको जमीनबाट सुरु भएको जर्मनीको त्यही विजय हिटलरको अन्त्यको कारण बन्न पुग्यो । अष्ट्रियमाथि जर्मनीको कब्जामा आँखा चिम्लेका बेलायत, फ्रान्स, अमेरिका र रुस सवै हिटलरको विरुद्ध उभिए । हिटलरले खोपीमा आत्महत्या गरेर मर्नुपर्यो । 


सबै मिलेर गरिएको आक्रमण ब्यहोर्न नसकेपछि हिटलरले आत्महत्या गरे, पोल्याण्डमाथिको त्यो जित यसरी हिटलरको नाजीवाद समाप्तिको कारण बन्न पुग्यो ।

No comments:

Post a Comment