Friday, April 22, 2016

जे लेखिएको छ त्यो भएरै छोड्नेछ !!

end of the world. second comming of jesus...Beware....
जसरी परमेश्वर ले प्रलय को कुरा गर्नु भो कसैले पत्याएनन यहाँ तक कि संसार मा यती पाप बढ्यो कि यसले गर्दा संसार लाई एक पटक प्रलय गराई नया सिर्जित गर्नु थियो ।

 परमेश्वर ले भन्नु भयो अब प्रलय का दिन आउदैछन तिमिहरु आराधना गर तब पनी कसैले सुनेनन मानिस हरु परमेश्वर भंदा पनी ठुला हुन खोजे परमेश्वर ले मानिस को यो घमण्ड तोड्नु थियो उहाँले नोआ लाई एउटा जहाज बनाउन लगाए निकै समय लगाएर नोआ ले जहाज बनाए जहाजबनाउदा उनलाई समकक्षी ले खिसी गरेका थिए ।

ताकि धर्ती मा पानी नै छैन ए मुर्ख त मुर्खको कुरा सुनेर जहाज बनाउदैछस नोआ ले उनी हरु को कुरा नसुनी परमेश्वर ले दिनु भएको आदेश पालना गरे जब त्यो जहाज तयार भयो परमेश्वर ले आफ़्नो क्रोध प्रिथिबी मा पोख्नु भयो मेघ गर्जन थाल्यो चालिस रात चालिस दिन सम्म बर्षात भयो जल प्रलय भयो ।

जहाज मा नोआ का परिवार र केही जिब जनावर मात्र थिए पानी जमिन बाट माथी आयो अनी त्यो जहाज उत्रियो जहाज को ढोका बंद भयो पहाड़ हरु पानी ले ढाकिए सारा संसार जलमग्न भयो मानिस हरु पानीमा डुबेर मरे जलचर थलचर सबै मरे जब प्रिथिबी मा भएका सबै कुरा को नाश भयो तब परमेश्वर को क्रोध शांत भयो बर्षात रोकियो परमेश्वर ले हावाहुरी को माध्यम ले जमिन सुकाउदै लानु भयो जमिन पहिला को अवस्था मा आयो जहाज बाट नोआ का परिवार र बाकी सबै जनावर निस्किए ।।


 हे ख्रिष्टीय जन हरु हरु हो अब फ़ेरी परमेश्वर आउनुहुनेछ किनकि प्रिथिबी मा पाप र कलंक ले थाम्न नसक्ने अवस्था आईसकेको छ अधर्म हत्या हिंसा बढिरहेको छ अब फ़ेरी प्रलय हुनु जरुरी छ पापी हरु नाश हुनु जरुरी छ अब स्वर्ग बाट परमेश्वर ओर्ली आउनुहुनेछ र अधर्मीहरु को नाश गर्नुहुनेछ ।

हामी सबै जो धर्मी छौ उहा ले एउटा हात ले उचालेर सबैलाई स्वर्ग लैजानुहुनेछ तसर्थ हे धर्मीजन हरु पबित्र बाईबल को बचन लाई ठट्टा नगर यहाँ जे लेखिएको छ त्यो भएरै छोड्नेछ अझै पनी समय छ आउनुहोस हामी सबै पश्चाताप गरौ अनी परमेश्वर को सेवा आराधना प्राथना संगती गरौ आमेन हल्लेलुयाह ।।।

जोसन लिम्बू

No comments:

Post a Comment