हिन्दू रास्ट्र कयम गर अरु धर्म बन्द गर! यो देस कस्को हिन्दुको हिन्दु कस्को : सामान्तबाद,निरङकुसताबाद,अधिनायकवाद ,प्रतिक्रियावाद, हेपुवाबाद,पेलुवाबाद,दमान्बाद,सोसनबाद,अत्याचारीबाद,नौटङ्कीबाद र भ्रष्टाचारबाद् अनि र्हिन्दुधर्मको नामलाई कालङ्कीत पार्दै धर्ममा राजनीति गर्नेहरुको हो ।तर तर नेपाल र आम नेपालिको स्वाभिमानलाई सिरमा राखेर आम जनताको समान हअक हितमा लागेर लोकतान्त्रिक पद्धतिको सुरुवात स्थापन र स्थाइत्वको लागि हरपल संघर्षशिल परिवर्तन प्रेमीहरु भने हिन्दु धर्मको अहंकार घमण्ड र महत्त्वकाङ्क्ष एक रति पनि छैन ।जो सबै धर्म जाती र बर्गको हक अधिकार सुनिस्चित गर्न लागिरहेका छ्न।
वास्तविक रुपमा धर्मको कुरा गर्दा धर्ममा एकल स्वार्थ लुकेको हुदैन जुन अहिले हाम्रो देसमा भैरहेको छ। नेपालमा हिन्दुबाद होइन यथास्थितिवाद लाद्न खोज्दै छ ,यो हिन्दु दाजुभाइ दिदिबहिनीको काम नभई धार्मिक र जातीय द्वन्द्व निम्त्याएर हिन्दु धर्म सङ्ग अरु धर्मको अस्थित्वमा दाग लगाउने नियतले गरिएको गैरलोकतान्त्रिक र गैरजिम्मेवार ब्यक्तिहरुको हर्कत मात्रा हो।
अनेथा हरेक देस बिदेस आफ्नो गाउँ समाजमा जातीय र धार्मिक भेतभाब रहित एकाअपसमा दाजुभाइ दिदिबहिनीको रुपमा बसेका हामी नेपाली जनतालाई धर्मनिरपेक्ष हुँदा अस्विकार गर्ने कोहि हुनेछैन ।
जनतालाई धार्मिक द्वन्द होइन धार्मिक र जातीय एकता चहिएको छ।आमजनता सानोठुलो होइना समान भएर एउटै अङ्गालोमा बाधन चहान्छ,एक अर्कामा लढेर होइना। अरु धर्मले पनि आफ्नु धर्मको मात्र अवाज उथाएको छैन तेसैले सबैलाइ समेट्ने धर्मनिरपेक्षमा अशल हिन्दु प्रेमी हरुको पनि कुनै बिरोध हुदैन र हुनुपनी हुदैन।।
यो हिन्दुस्तनले परिचित भारत बाट समेत पाठ सिक्नुस ।भारत स्वए हिन्दुस्तान भएर पनि दुर्दशा भारत हिन्दु राज्य भनेर लेखेको छैन ।तेसैले हाम्रो जस्तो बहुजाती, बहुभाषि, र बहुधर्मले सुशोभित सुन्दर नेपाललाई एकल धर्म र एकल जातिको देस बनाउनु के दुरदर्शिता र हाम्रो महानता हो ।यो त केबाल हिजोको निरङ्कुस र सामन्ती सरकार र राज्याले स्थापना गरेको अलोकतान्त्रिक ब्यबस्था हो ।
के हामी लोकतान्त्रिक पद्धति को भासण दिएर हिजोको निरङ्कुस र सामन्ती ब्यबस्थालाइ नै निरन्तरता दिनु लोकतान्त्रीकरण हुन्छ? हिजो को शोषक शासक हरुले नेवार,मदेशी,राई,लिम्बू,र दलित लाई हिन्दु धर्मको नाम मात्रा दिएर छुद्र तुच्छ,अभद्र,र छुवाछूतको व्यबहार गाउँ देखि शहर स्थानीय देखि अढ्ढ अदालत र स्व राज्यले समेत राज्यको हरेक अङ्गमा निशेध र बहिष्कार गरि अन्याय गर्यो। होइन भने अर्को तथ्य के छ भने नेपाली लाई चार बर्ण ब्राह्मण ,क्षेत्री,वैश्य र सुद्रमा बिभाजन गरि बाहुन क्षेत्रीलाइ ठुलो बनाइ नेवारलाई वैश्य र अरु जातिलाई सुद्र बनाइ जनावर झैं गरि बाच्न बाध्य बनायो।
तेसैले आजसम्म जनजाति हरु राज्यको हरेक अङ्गमा नगन्य मात्रमा छ्न भने ९०%जनजाती अति गरिब र निम्न स्तरको जिबन निर्बाह गरीरहेका छन।के यो पनि धर्म हुनसक्छ ? यो हिजोको अहंकारबादी र अत्याचारबादी हिटलरहरुको क्रूर शासन हो ,आजको लोकतान्त्री ब्यबस्थाको सर्जकहरुको होइन।तेसैले यी ब्यबस्थाको अन्त्य गरि लोकतान्त्रिक गणतन्त्र प्रेमी आम जनताको हितानुरुप आमूल परिबर्तन गर्नु पर्दछ।
--- धर्मनिरपेक्ष रास्ट्र नेपाल जिन्दावाद ---
#कुरा #बुझ्नुभो ?
No comments:
Post a Comment