Wednesday, April 26, 2017

वास्तविकतामा को हुन साधु सुन्दर सिंह ?

भारतको लुधियान शहर नजिकै रामपुर भन्ने गाउँको एक सिख परिवारमा साधु सुन्दरको जन्मा भएको थियोे । सुन्दर सिहँको बुबा पेसाले किसान हुनुहुन्थ्यो । आमा घरायसी काममा छोराछोरी लाई हुर्काउनमा सहयोग गर्नुहुन्थ्यो । सुन्दर लाई आमाले असाध्यै माया गर्नुको साथै उनको भबिस्य प्रती निकै चिन्ता गर्नुहुन्थ्यो । सुन्दर सानै देखि सिख परिवार हुर्केकोले उहाँ लाई पुजापाठ, धर्म्कर्मा सम्बन्धि आमाले धेरै सिकाउनु भएको थियोे । आफ्नो धर्मको परम्परा अनुसार प्राय बाबा ज्योतिष कहाँ गैइ सुन्दरको भबिस्यमा कस्तो हुन्छ भनेर सोधपुछ गर्नुहुन्थ्यो । आफ्नै भबिस्यबाणी थाहा नभएको बाबाहरुले सुन्दरको जीवनको केही भबिस्यबाणी बोल्थे तरै पनि सुन्दरकि आमाले विस्वास विस्वास लाग्थ्यो ।



जब सुन्दर १२ बर्षको हुनुभयो उहाँलाई माया गर्ने आमाले संसार सधैभरीको लागि छोडनु भयो । अब भने सुन्दरको जीवन निकै निरास जनक रहन थाल्यो । शारीरिक रूपमा निकै दुब्लो हुनुहुन्थ्यो । सुन्दरम अरुहरुको दुख हेर्नै नस्क्ने स्वभाव बाल्यकाल मै थियोे । उहाँ कुनै मानिसलाई सहयोगको खाचो छ भने आफुसग जे छ त्यो दिएर सहयोग गरिहाल्ने स्वभाव थियोे । कयौं पटक उहाँको बुबाले सुन्दरले सहयोग गरेको देखेर गाली गर्नुहुन्थ्यो ।
आमाको मृत्यु पछी सुन्दर लाई बुझ्ने, प्रेम गर्ने कोही भएनन् । उहाँको जीवन दिनदिनै खराव हुँदै गयो । उहाँको बुबाले सुन्दरलाई आफ्नै गाउँमा रहेको एक मिसनेरी स्कुलमा राखिदिनुभयो । स्कुलमा कोर्सको किताबको साथै केही बाइबलको पनि पढाई हुन्थ्यो । सुन्दरलाई आफू सिख परिवार जन्मिएको र बाइबल पढ्दा पाप हुन्छ जस्तो खाल्को गलत संस्कार सिकाइएको थियोे ।


 त्यसकारण उनी बाइबलको बिरोध गर्थे । एकदिन आफ्नो अभिभावक लगाएत छिमेकीलाई भने हामी सिखलाई बाइबल पढ्ाउछ सरले भनेर भन्दा अबिभावकले सबै मिलेर बाइबल जलाई देउ भन्ने सल्लाह दिन्छ्न । जवान सुन्दर केही साथीहरू लाई बटुलेर बाइबल जलाउदै बिरोध गर्छ्न । इसाई लाई सतावट दिन थाल्छन् ।
यो कार्यगर्दा सुन्दरको जीवन झन बिग्री दै गयो । उहाँको निम्ति ख्रीष्टियानहरुले निरन्तर प्रार्थना गरिराख्नुभएको थियोे । केही समय पछी सुन्दर सिह जीवन देखि हार खाएर आत्मा हत्या गर्ने योजना जानुभयो । यो कुरा सुन्दर बाहेक कसलाई थाहै थिएन । उहाँले आफ्नो पुस्तकमा लेख्नुहुन्छ । सुन्दर सिहँ प्रार्थना गरे “हे खुदा तपाईं साचो ईश्वर हुनुहुन्छ भने मकहा प्रकट हुनुहोस् नत्र म आत्मा हत्या गर्छु ” भन्दै रुदै परमेस्वर लाई प्रार्थना गर्नुहुन्छ । परमेस्वरले उहाँको प्रार्थना सुनुहुन्छ । पबित्र आत्माले सुन्दरको हृदय परिवर्तन गर्नुहुन्छ । उहाँले बिरोध गरेको येशू ख्रीष्टको बिसयमा उहाँ बाइबलको बिषयमा बुझ्न पुरानै प्रीन्सिबल कहाँ जानू अगुवाइ गर्नुहुन्छ ।


 सुन्दर गएर विस्वास गर्नुभयो ।
प्रीन्सीपलले उहाँलाई बाइबल दिनुभयो । सुन्दरले रातदिन बाइबल पढ्थल्नुुभयो । येशूलाई विस्वास नगरेको आत्मा नरक जाने रैछ भनी बुझेर मानिसको बिना डर घरघर गैइ येशूको सुसमाचार प्रचार गर्नुभयो । उहाँले प्रभुमा आफ्नो जीवन समर्पित गर्नुभयो । प्रेम दयाँ र उहाँको अनुग्रहको भरपुरमा पुरै गाउँमा ख्रीष्ट प्रचार गर्नुहुन्थ्यो । यो कुरा सबैलाई बिस्तारै थाह हुन लाग्यो । उहाँको परिवारलाई सुन्दरले बिश्वास गरेको कुरा थाहा भयो । उहाँले येशूलाई विस्वास गरेको खातिर परिवार समाझमा ठुलो बिरोध भयो । उहाँको मिसनेरी स्कुललाई जवर्जस्ती धर्म परिवर्तन गराए भनी झुठो मुद्दा लगाई अदालत लगियो । परिवारले थुप्रै धनसम्पतीको लोभ देखाई ख्रीष्टलाई छोडने हुकुम गर्नुभयो तर उहाँको निम्ति येशू नै सबैभन्दा ठुलो धन भैसकेको थियोे । कुनै उपाय नचल्दा उहाँको बुबा आफन्त र समाजले उहाँ लाई कुटपिट गरि घर बाट निकालि दिए ।



सुन्दरको साथमा प्रभु हुनुहुन्थ्यो । प्रभुले उहाँको जीवन द्वारा ठुलो काम गर्दै हुनुहुन्थ्यो । उहाँले त्यति ठुलो बिरोध थुकाई कुटपिट सहेर पनि त्यो समाजमा ख्रीष्ट नै मुक्ति दाता हुनुहुन्छ ।उहाँ हाम्रो पापको निम्ति क्रुसमा मर्नुभ्यो, गाडिनुभयो र तेस्रो दिनमा जिवित हुनुभयो भनेर सिख (सरदार) हरुलाई गवाही दिइनै रहनुभयो ।
१९०३ म उहाँको बुबाले घरबाट निकाले पश्चात् हिमाल चल प्रदेशको राजधानी सिम्ला जानुभयो । त्यहाँ एउटा चर्चमा गरिव, बिरामीको सेवा गर्नुभयो । १९०५ म उहाँले पिता,पुत्र, र पबित्र आत्माको नाममा डुब्काउ बप्तिस्मा लिनुभयो । उहाँले सिमलाको विभिन्न गाउँहरुमा येशू ख्रीष्टको सुसमाचार प्रचार गर्नुभयो । उहाँको प्रचार बाट धेरैले प्रभुलाई विस्वास गरे ।



१९०८ म उहाँ भारत हुँदै तिब्बत जानुभयो । तिब्बतको थुप्रै गाउँहरुमा सुसमाचार प्रचार गर्नुभयो । सुसमाचार प्रचारको क्रममा त्यहाँको धर्म बिपरित भयो भनी त्यहाँको राजाले मृत्यु दण्डको सजाय दियो । सुन्दर लाई एउटा ठुलो इनार जस्तो खाल्डामा हालियो । जहाँ बिछी आदिद्वारा टोकाउनालाई राखिएको थियोे । हर कोइहीलाई मृत्यु दण्ड दिनु छ भने त्यहीँ खाल्डा फालिन्थ्यो र कहिल्यै पनि त्यहा बाट मानिस जिवित आउदैथ्यो । सुन्दर सिहको जीवन आस्चॠ पुर्ण तरिकाले त्यहाँ बाट परमेस्वरले उनलाई बचाउनुहुन्छ । उहाँ लाई बाहिर ल्याउनु हुन्छ । सुन्दरले फेरि पनि त्यहीँ सतावट भएको ठाँउमा प्रभु प्रचार गर्नुहुन्छ । उहाँ लाई पक्रेर खाल्डाम हाल्ने मानिसहरुले अचम्म मानेर राजालाई भन्छन् र राजाले सुन्दर लाई बोलाएर साच्चिकै सुन्दरको प्रभु साच्चो प्रभु हुनुहुन्छ भनी बुझेर केही सुसमाचारको वचन तिब्बती भाषाम अनुबाद गरि प्रचार गर्न दिनुहुन्छ ।
करिब ३ बर्ष तिब्बतमा प्रचार गरेपछि १९१२ म उहाँ नेपालमा पनि आउनु भयो ।



यो समयमा समबभ नेपालको प्रधानमन्त्री चन्द्रसमशेर थिए । नेपालमा उहाँ लाई ठुलो सतावट दिएको थियोे । मृत्युको मुखबाट बचाइनु भयो । नेपालमा प्रचार गर्दै उहाँ तिब्बत जानुभयो । उहाँले थुप्रो पुस्तक लेख्नु भएको छ । Religion and Reality, cross and Heave …… आदि….
यहाँ सम्म पढ्नु भएको लागि धन्यवाद ।
प्रभुले तपाईंलाई आशिष दिनुभएको होस ।

No comments:

Post a Comment