Saturday, April 15, 2017

आनन्दको परमेश्वर उहाँ मात्र हुनुहुन्छ ।"

"आनन्दको परमेश्वर उहाँ मात्र हुनुहुन्छ ।"

* एलीशाको आखिरी समय नजीकै थियो। उत्तरी राज्यमाथि अश्शूरीहरूले आक्रमण गर्न लागेका थिए। परमेश्‍वरका पूजाहारी र अगमवक्ताहरू पनि बिदेशी देवी-देवताको प्रभावमा परेका थिए। यस समयमा यहूदाको लागि यशैया र मीका अनि इस्राएलको लागि आमोस र होसे परमेश्‍वरका मुख्य अगमवक्ताहरू थिए।

यिनीहरूले इस्राएलीहरूको खोक्रिएको आत्मिक अवस्थालाई पूरा गर्ने घोर प्रयास गरे तर खासै सफल हुन सकेनन्। यस्तैमा यहोयादाको प्रतिज्ञाको करार यस खण्डमा महत्त्वपूर्ण छ। उनले राजा र मन्दिरको सुरक्षा गर्न सैन्य दल खडा गरे। जब राजा राजगद्दीमा बसे तब मानिसहरू साह्रै आनन्दित भए। त्यहाँ शान्ति भयो।

* परमेश्‍वरले आफ्नो समयमा आफ्नो काम आफै गर्नुहुन्छ, मानिसको प्रयास व्यर्थै छ। हरेक मानिसले यसलाई अनुभव गर्नुपर्छ। इस्राएलीहरूको बिग्रिएको अवस्थाबाट परमेश्‍वरले तिनीहरूलाई आफूतिर फर्काउनुभयो र मानिसहरू अति आनन्दित भए हाम्रो जिवनमा पनि प्रभुले आनन्दको समय दिनुहुनेछ। सङ्कष्ट पछि उद्धार ,अभावमा पनि भरिपुर्ण हुनेछौ ।

    हामीहरु प्रत्येकले उहाँको दिन र समयको प्रतीक्षामा अटल रहेर प्रार्थना गर्नु सबैभन्दा अति बुद्धिमान हो ।

No comments:

Post a Comment