Saturday, April 22, 2017

आफ्नै बलमा होइन तर परमेश्‍वरको कृपा र महिमामा !!

 उपदेश हाम्रो आत्मिक युद्ध र परमेश्‍वरसँग बिछेद भएको सम्बन्धबाट हामी आफ्नै बलमा उठनु पर्छ भन्ने होइन तर यो सेवकाई परमेश्‍वरको कृपासँग सम्बन्धित छ। यो सेवकाई र कृपाको बारेमा हामी २ कोरन्थी ३:१६-१८ बाट हेर्न सक्छौ।

“तर जब मानिस प्रभुतिर फर्कन्‍छ, त्‍यो घुम्‍टो हटाइन्‍छ। अब प्रभु आत्‍मा हुनुहुन्‍छ, अनि जहाँ प्रभुका आत्‍मा हुनुहुन्‍छ, त्‍यहाँ स्‍वतन्‍त्रता हुन्‍छ। हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।” २ कोरन्थी ३:१६, १७

जब परिक्षाको समयमा हामी प्रभुतिर फर्कन्छौ र उहाँको कृपा खोज्छौ तब हामीले हरेस खाएका छैनौ भन्‍ने प्रमाणित हुदँछ। जब हामी येशू तिर फर्कन्छौ र उहाँको मुहारलाई हेर्न लाग्छौ तब हामीमा भएको अन्धकारको घुम्टो हटाइदछ। परिक्षा र विभिन्न कष्‍टको सामाना गर्दा हामी जीवनमा बनिदै जाँदछौ। येशू ख्रीष्‍टद्वारा परमेश्‍वर पिताको महिमा हामीमा चम्केको छ, यसैकारण हामी हरेस खाँदैनौ।

No comments:

Post a Comment