Wednesday, April 26, 2017

वास्तविकतामा को हुन साधु सुन्दर सिंह ?

भारतको लुधियान शहर नजिकै रामपुर भन्ने गाउँको एक सिख परिवारमा साधु सुन्दरको जन्मा भएको थियोे । सुन्दर सिहँको बुबा पेसाले किसान हुनुहुन्थ्यो । आमा घरायसी काममा छोराछोरी लाई हुर्काउनमा सहयोग गर्नुहुन्थ्यो । सुन्दर लाई आमाले असाध्यै माया गर्नुको साथै उनको भबिस्य प्रती निकै चिन्ता गर्नुहुन्थ्यो । सुन्दर सानै देखि सिख परिवार हुर्केकोले उहाँ लाई पुजापाठ, धर्म्कर्मा सम्बन्धि आमाले धेरै सिकाउनु भएको थियोे । आफ्नो धर्मको परम्परा अनुसार प्राय बाबा ज्योतिष कहाँ गैइ सुन्दरको भबिस्यमा कस्तो हुन्छ भनेर सोधपुछ गर्नुहुन्थ्यो । आफ्नै भबिस्यबाणी थाहा नभएको बाबाहरुले सुन्दरको जीवनको केही भबिस्यबाणी बोल्थे तरै पनि सुन्दरकि आमाले विस्वास विस्वास लाग्थ्यो ।



जब सुन्दर १२ बर्षको हुनुभयो उहाँलाई माया गर्ने आमाले संसार सधैभरीको लागि छोडनु भयो । अब भने सुन्दरको जीवन निकै निरास जनक रहन थाल्यो । शारीरिक रूपमा निकै दुब्लो हुनुहुन्थ्यो । सुन्दरम अरुहरुको दुख हेर्नै नस्क्ने स्वभाव बाल्यकाल मै थियोे । उहाँ कुनै मानिसलाई सहयोगको खाचो छ भने आफुसग जे छ त्यो दिएर सहयोग गरिहाल्ने स्वभाव थियोे । कयौं पटक उहाँको बुबाले सुन्दरले सहयोग गरेको देखेर गाली गर्नुहुन्थ्यो ।
आमाको मृत्यु पछी सुन्दर लाई बुझ्ने, प्रेम गर्ने कोही भएनन् । उहाँको जीवन दिनदिनै खराव हुँदै गयो । उहाँको बुबाले सुन्दरलाई आफ्नै गाउँमा रहेको एक मिसनेरी स्कुलमा राखिदिनुभयो । स्कुलमा कोर्सको किताबको साथै केही बाइबलको पनि पढाई हुन्थ्यो । सुन्दरलाई आफू सिख परिवार जन्मिएको र बाइबल पढ्दा पाप हुन्छ जस्तो खाल्को गलत संस्कार सिकाइएको थियोे ।


 त्यसकारण उनी बाइबलको बिरोध गर्थे । एकदिन आफ्नो अभिभावक लगाएत छिमेकीलाई भने हामी सिखलाई बाइबल पढ्ाउछ सरले भनेर भन्दा अबिभावकले सबै मिलेर बाइबल जलाई देउ भन्ने सल्लाह दिन्छ्न । जवान सुन्दर केही साथीहरू लाई बटुलेर बाइबल जलाउदै बिरोध गर्छ्न । इसाई लाई सतावट दिन थाल्छन् ।
यो कार्यगर्दा सुन्दरको जीवन झन बिग्री दै गयो । उहाँको निम्ति ख्रीष्टियानहरुले निरन्तर प्रार्थना गरिराख्नुभएको थियोे । केही समय पछी सुन्दर सिह जीवन देखि हार खाएर आत्मा हत्या गर्ने योजना जानुभयो । यो कुरा सुन्दर बाहेक कसलाई थाहै थिएन । उहाँले आफ्नो पुस्तकमा लेख्नुहुन्छ । सुन्दर सिहँ प्रार्थना गरे “हे खुदा तपाईं साचो ईश्वर हुनुहुन्छ भने मकहा प्रकट हुनुहोस् नत्र म आत्मा हत्या गर्छु ” भन्दै रुदै परमेस्वर लाई प्रार्थना गर्नुहुन्छ । परमेस्वरले उहाँको प्रार्थना सुनुहुन्छ । पबित्र आत्माले सुन्दरको हृदय परिवर्तन गर्नुहुन्छ । उहाँले बिरोध गरेको येशू ख्रीष्टको बिसयमा उहाँ बाइबलको बिषयमा बुझ्न पुरानै प्रीन्सिबल कहाँ जानू अगुवाइ गर्नुहुन्छ ।


 सुन्दर गएर विस्वास गर्नुभयो ।
प्रीन्सीपलले उहाँलाई बाइबल दिनुभयो । सुन्दरले रातदिन बाइबल पढ्थल्नुुभयो । येशूलाई विस्वास नगरेको आत्मा नरक जाने रैछ भनी बुझेर मानिसको बिना डर घरघर गैइ येशूको सुसमाचार प्रचार गर्नुभयो । उहाँले प्रभुमा आफ्नो जीवन समर्पित गर्नुभयो । प्रेम दयाँ र उहाँको अनुग्रहको भरपुरमा पुरै गाउँमा ख्रीष्ट प्रचार गर्नुहुन्थ्यो । यो कुरा सबैलाई बिस्तारै थाह हुन लाग्यो । उहाँको परिवारलाई सुन्दरले बिश्वास गरेको कुरा थाहा भयो । उहाँले येशूलाई विस्वास गरेको खातिर परिवार समाझमा ठुलो बिरोध भयो । उहाँको मिसनेरी स्कुललाई जवर्जस्ती धर्म परिवर्तन गराए भनी झुठो मुद्दा लगाई अदालत लगियो । परिवारले थुप्रै धनसम्पतीको लोभ देखाई ख्रीष्टलाई छोडने हुकुम गर्नुभयो तर उहाँको निम्ति येशू नै सबैभन्दा ठुलो धन भैसकेको थियोे । कुनै उपाय नचल्दा उहाँको बुबा आफन्त र समाजले उहाँ लाई कुटपिट गरि घर बाट निकालि दिए ।



सुन्दरको साथमा प्रभु हुनुहुन्थ्यो । प्रभुले उहाँको जीवन द्वारा ठुलो काम गर्दै हुनुहुन्थ्यो । उहाँले त्यति ठुलो बिरोध थुकाई कुटपिट सहेर पनि त्यो समाजमा ख्रीष्ट नै मुक्ति दाता हुनुहुन्छ ।उहाँ हाम्रो पापको निम्ति क्रुसमा मर्नुभ्यो, गाडिनुभयो र तेस्रो दिनमा जिवित हुनुभयो भनेर सिख (सरदार) हरुलाई गवाही दिइनै रहनुभयो ।
१९०३ म उहाँको बुबाले घरबाट निकाले पश्चात् हिमाल चल प्रदेशको राजधानी सिम्ला जानुभयो । त्यहाँ एउटा चर्चमा गरिव, बिरामीको सेवा गर्नुभयो । १९०५ म उहाँले पिता,पुत्र, र पबित्र आत्माको नाममा डुब्काउ बप्तिस्मा लिनुभयो । उहाँले सिमलाको विभिन्न गाउँहरुमा येशू ख्रीष्टको सुसमाचार प्रचार गर्नुभयो । उहाँको प्रचार बाट धेरैले प्रभुलाई विस्वास गरे ।



१९०८ म उहाँ भारत हुँदै तिब्बत जानुभयो । तिब्बतको थुप्रै गाउँहरुमा सुसमाचार प्रचार गर्नुभयो । सुसमाचार प्रचारको क्रममा त्यहाँको धर्म बिपरित भयो भनी त्यहाँको राजाले मृत्यु दण्डको सजाय दियो । सुन्दर लाई एउटा ठुलो इनार जस्तो खाल्डामा हालियो । जहाँ बिछी आदिद्वारा टोकाउनालाई राखिएको थियोे । हर कोइहीलाई मृत्यु दण्ड दिनु छ भने त्यहीँ खाल्डा फालिन्थ्यो र कहिल्यै पनि त्यहा बाट मानिस जिवित आउदैथ्यो । सुन्दर सिहको जीवन आस्चॠ पुर्ण तरिकाले त्यहाँ बाट परमेस्वरले उनलाई बचाउनुहुन्छ । उहाँ लाई बाहिर ल्याउनु हुन्छ । सुन्दरले फेरि पनि त्यहीँ सतावट भएको ठाँउमा प्रभु प्रचार गर्नुहुन्छ । उहाँ लाई पक्रेर खाल्डाम हाल्ने मानिसहरुले अचम्म मानेर राजालाई भन्छन् र राजाले सुन्दर लाई बोलाएर साच्चिकै सुन्दरको प्रभु साच्चो प्रभु हुनुहुन्छ भनी बुझेर केही सुसमाचारको वचन तिब्बती भाषाम अनुबाद गरि प्रचार गर्न दिनुहुन्छ ।
करिब ३ बर्ष तिब्बतमा प्रचार गरेपछि १९१२ म उहाँ नेपालमा पनि आउनु भयो ।



यो समयमा समबभ नेपालको प्रधानमन्त्री चन्द्रसमशेर थिए । नेपालमा उहाँ लाई ठुलो सतावट दिएको थियोे । मृत्युको मुखबाट बचाइनु भयो । नेपालमा प्रचार गर्दै उहाँ तिब्बत जानुभयो । उहाँले थुप्रो पुस्तक लेख्नु भएको छ । Religion and Reality, cross and Heave …… आदि….
यहाँ सम्म पढ्नु भएको लागि धन्यवाद ।
प्रभुले तपाईंलाई आशिष दिनुभएको होस ।

Saturday, April 22, 2017

आफ्नै बलमा होइन तर परमेश्‍वरको कृपा र महिमामा !!

 उपदेश हाम्रो आत्मिक युद्ध र परमेश्‍वरसँग बिछेद भएको सम्बन्धबाट हामी आफ्नै बलमा उठनु पर्छ भन्ने होइन तर यो सेवकाई परमेश्‍वरको कृपासँग सम्बन्धित छ। यो सेवकाई र कृपाको बारेमा हामी २ कोरन्थी ३:१६-१८ बाट हेर्न सक्छौ।

“तर जब मानिस प्रभुतिर फर्कन्‍छ, त्‍यो घुम्‍टो हटाइन्‍छ। अब प्रभु आत्‍मा हुनुहुन्‍छ, अनि जहाँ प्रभुका आत्‍मा हुनुहुन्‍छ, त्‍यहाँ स्‍वतन्‍त्रता हुन्‍छ। हामी सबै घुम्‍टो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिम्‍बित गर्दछौं, अनि एउटा महिमादेखि अर्को महिमातिर उक्‍लँदै उहाँको रूपमा बद्‌लिँदैजान्‍छौं। परमप्रभुबाट यो आउँछ, जो आत्‍मा हुनुहुन्‍छ।” २ कोरन्थी ३:१६, १७

जब परिक्षाको समयमा हामी प्रभुतिर फर्कन्छौ र उहाँको कृपा खोज्छौ तब हामीले हरेस खाएका छैनौ भन्‍ने प्रमाणित हुदँछ। जब हामी येशू तिर फर्कन्छौ र उहाँको मुहारलाई हेर्न लाग्छौ तब हामीमा भएको अन्धकारको घुम्टो हटाइदछ। परिक्षा र विभिन्न कष्‍टको सामाना गर्दा हामी जीवनमा बनिदै जाँदछौ। येशू ख्रीष्‍टद्वारा परमेश्‍वर पिताको महिमा हामीमा चम्केको छ, यसैकारण हामी हरेस खाँदैनौ।

Saturday, April 15, 2017

ईष्टर हाेइन पुनरूत्थान दिवस भनाैं, पढ्नै पर्ने ईष्टरकाे रहष्य !

 पास्टर बिमल क्षेत्री

जब हामी एक अर्कासँग Happy Easter भनेर शुभकामना दिन्छौँ भने त्यहाँ प्रभु येशुको होइन तर इष्टर देवीको महिमा भइरहेको हुन्छ !

“मेेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भयो।” (होशे ४:६) “अौ तिमीहरुले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरुलाई स्वतन्त्र तुल्याउेछ।” (यूहन्ना ८:३२)


सारा विश्वले प्रभु येशू ख्रीष्टको पुनरूत्थानको दिनलाई ईष्टर सण्डे‌ (Easter Sunday) भनेर मनाउने गर्छन।‌ यदि हामीले पुनरूत्थानको दिन‌लाई ईष्टर सण्डे भनेर मनाउँदैछौ भने “ईष्टर” शव्दको अर्थ के हो ? येशुको पुनरूत्थानको दिनलाई किन ईष्टर सण्डे भनेर मनाइन्छ ? यो प्रचलन कहाँबाट र कहिले देखी शुरु भयो ?

के हामीले मनाईरहेको उत्सब बाइबल आधारित छ ? इत्यादि कुराहरु हामीले बुझ्नु जरुरी छ साथै हाम्रो विश्वासको जग ठोस र सत्य कुरामा बसालिएको हुनुपर्छ। “ईष्टर” “Easter” शव्द बेबिलोनको “Ishtar” शब्दबाट आएको हो। यसलाई युनानी भाषामा “आस्त्रात” र हिब्रुमा “अस्तारेत” भनिन्छ जसलाई‌ पछी रोमीहरुले “Easter” “इष्टर” भनेका हुन्। हाम्रो नेपाली बाइबलमा यो नाम अस्तोरत वा असेरा देवी भनेर लेखिएको छ। (न्यायकर्ता ६:१-३२, १ शमुएल ७:३ र अन्य थुप्रै पदहरुमा पनि)

प्राचिन समयमा मुर्ती पुजाको केन्द्र बाबेल अर्थात बेबिलोन थियो। त्यस समय मध्यपूर्वका मानिसहरुले बेबिलोनी धर्म नै मान्थे। बिस्तारै बेबिलोनी धर्म विश्वको अन्यभागहरुमा पनि बढ्दै गए। तिनीहरुको प्रमुख देवहरु सुर्य, चन्द्र र ताराहरु थिए। शुरुदेखि नै बेबिलोनको मुर्ती पुजाले इस्राएलीहरुलाई धेरै पल्ट परिक्षामा पारेको घटनाहरु बाइबलमा वर्णन गरिएको छ। अब्राहामका पुर्खाहरुपनि कल्दीमा मुर्ती पुजक नै थिए।(यहोशू २४:२)

बेबिलोनको पहिलाको नाम कल्दी, दोस्रो बाबेल अर्थात बेबिलोन, तेस्रो मेसोपोटामिया थियो र आजकल यस देशलाई इराक भनिन्छ। प्रेरितकालमा यो धर्मको केन्द्रबिन्दु ग्रीसको राजधानी एथेन्स थियो। (प्रेरित १७:१६) बेबिलोनमा मुर्ती पुजाको शुरुवात निम्रोद राजाको समयदेखी भएको हो जसले बाबेलको धरहरा बनाएका थिए।।(उत्पत्ति ११:१-९)

हिब्रु भाषामा ‘बा’ भनेको ‘ढोका’ र ‘एल’ भनेको ‘परमेश्वर’ हो। यसको अर्थ परमेश्वरकहाँ पुग्ने ढोका भन्ने हुन्छ। उत्पत्ति १०:८-१० अनुसार त्यस समय निम्रोद एक शक्तिशाली राजा र परमप्रभुको दृष्टिमा शक्तिशाली शिकारी थिए। तिनी नोहाको माइला छोरा हामको कान्छा छोरा कुसको छैठाैं छोरा थिए। कुसको पत्नी निम्रोदको आमा सेमीरामिसलाई‌ बेबिलोनीहरुले प्रमुख देवी ‘चन्द्र देवी’ को रुपमा पुज्दथे। निम्रोदको पिता कुसको मृत्यु पछी तिनले आफ्नै आमा सेमीरामिसलाई विवाह गरे।

तर जब तिनको छोरा र  पति निम्रोद पनि शत्रुहरु द्वारा मारिए तब सेमीरामिसले आफैलाई ‘स्वर्ग की रानी’ भनेर दाबी गरिन र निम्रोदलाई सुर्य देव ‘बाल’को रुपमा पुज्न लगाईन जो बेबिलोनीहरुले विश्वास गरे। निम्रोदको मृत्यु पछी सेमीरामिस बेबिलोनको शक्तिशाली रानी भईन्। तिनले अनैतिक सम्बन्ध बनाएर व्यभिचारबाट एउटा छोरा जन्माईन् र दाबी गरीन, ‘यो सुर्य देव अर्थात बाल नै मेरो गर्वबाट फेरी जन्मिएको हो’। तिनको नाम तम्मुज थियो। निम्रोद नै फेरी तम्मुज भएर यो संसारमा आएको हो भन्ने कुरा बेबिलोनीहरुले विश्वास गरे। तम्मुज पनि एक शिकारी नै थिए। तिनी एकदिन शिकार खेल्नु जाँदा तिनलाई बदेल अर्थात जंगली सुंगुरले मारेका थिए। तम्मुजको मृत्यु हुदाँ अामा सेमीरामिस धेरै दःखी भइन र मानिसहरुलाई हरेक वर्ष चालिस दिन तम्मुजको निम्ति सोक मनाउन एउटा नियम बनाइन्।

हरेक वर्ष बसन्त ऋतुको शुरुवातमा पहिलो पुर्णिमा देखि चालिस दिनसम्म उपवास बस्ने र मासु नखाने‌ यो एउटा परम्परा नै भएर गयो। ठिक चालिसाैं दिन आइतबार उपवास सकिन्छ र त्यस दिन नै सुँगुरको मासु, रंग लगाएको अण्डा र टी वा क्रस बनाएको रोटी खाएर इष्टर सण्डे मनाउने चलन बेबिलोनीहरुमा पाइन्छ। अाफ्नो छोरा तम्मुजको निम्ति बिलौना गरेको कुरा इजकिएल ८:१४ मा लेखिएको छ। रानीले बाल र तम्मुजको पुजा गर्नेहरुलाई भनिन, ‘जब तम्मुजलाई बंदेलले मारयो तब तिनको खुन एउटा रुखको ठुटामा पनि लाग्यो जसको कारणले त्यो ठुटा एकै रातमा बढेर एउटा विशाल रुख भयो।’

उनले यो पनि भनिन्, ‘जब त्यो रुखको ठुटामा तम्मुजको खुन लाग्यो त्यसले गर्दा त्यो रुखले मुक्ति पायो। उनको आशुले नै त्यसको आयु बढेको हो। र त्यस रुखमा फूल फूलेको दिनलाई नै इष्टर भन्न थालियो। यस दिनमा बेबिलोनीहरुले तम्मुजको पुर्नजन्म भएको विश्वास गर्छन्। बाल र तम्मुजको पुजा गर्नेहरुले पुजा गर्दा छात्तीमा टि (T) को चिन्ह्र बनाउछन् , मैन बत्ती बालेर ध्यान गर्छन, मैन बत्तीको ज्वालामा सुर्यदेवले अाफ्नो उपस्थिती दिनुहुन्छ भन्ने तिनीहरु विश्वास गर्छन् र टि या क्रस लेखिएको रोटी खाने गर्छन् जसलाई ‘पुण्य दिने रोटी’ भनिन्छ। सेमीरामिसलाई प्रजनन् (fertility) देवी पनि भनिन्छ जसलाई ‘इस्तार’ ‘Ishtar’ भनिन्छ र यसलाई रोमीरुले अाफ्नो परम्परा बनाए पछी ‘इष्टर’ ‘Easter’ भनियो।

इष्टरको उत्सवमा रंग लगाएको अण्डा लुकाउने र नानीहरुले खोज्ने जसलाई खरायोले लुकाएको हो भन्ने परम्परा धेरै चर्चहरुमा गरिन्छ तर यो कहाँ बाट र कसरी शुरु भएको हो भन्ने थाह छैन। बेबिलोनको परम्परा अनुसार अण्डाले‌ पुर्नजन्मलाई देखाउछ। यो बाइबल आधारित होइन जो अाजकल इसाईहरुले‌ पुनरूत्थानको दिन गर्ने गर्छन। रगिंन अण्डाहरुको यो परम्परा पालन गर्ने इसाईहरुले भन्ने गर्छन्, ईष्टर अण्डा प्रभु येशुको चिहानको प्रतिक हो। जसरी कुखुराको चल्ला अण्डा बाहिर निस्कन्छ त्यसरी प्रभु येशु चिहानबाट बाहिर निस्किनु भयो। तर वास्तवमा यो अण्डाको कथा अरु नै छ। यो पनि त्यहि प्रजननको देवी सेमीरामिससँग नै जोडिएको छ यसकारण यसलाई प्रभु येशुको पुनरूत्थानसँग तुलना गर्न कदापि मिल्दैन। तर दुःखको कुरा अाज यो परम्परा सारा विश्वमा पुनरूत्थानको‌ एउटा भाग नै भएको छ।

अण्डा बेबिलोनीहरुको धार्मिक चन्ह्र हो। उनीहरु विश्वास गर्छन की स्वर्गबाट एउटा विशाल अण्डा युफ्रेटिस नदीमा झरेको हो र त्यसबाट नै सेमीरामिसको जन्म भएको हो। यो कुरापनि रानी सेमीरामिस आफैले दाबी गरेको कुरा हो। यहाँ बाटनै इष्टर अण्डाको प्रचलन शुरु भएको हो। यसरी नै बेबिलोनको सुर्य देव “बाल”, चन्द्र देवी “ईष्टर” र “तम्मुज” अर्थात तारा देवहरु पुज्ने र अन्य थुप्रै मुर्ती पुजाहरुको चलनहरु बिस्तारै विश्वभरी फैलिएर गएको‌ हो। रोमीहरुले आफ्नो महान देवीको पुजा गर्दा एउटा विशेष जुलुस निकाल्ने गर्छन् र त्यस जुलासमा उनीहरुले यो अण्डालाई गुप्तरुपमा राखेर हिड्ने प्रचलन छ।

यो तिनीहरुको पवित्र समारोहको एउटा रहष्य थियो। रोमीहरुले पनि अण्डालाई पवित्र चिन्ह्र मान्ने गर्छन्। उत्तर युरोप, चिन र जापानमा‌ पनि तिनीहरुको पवित्र उत्सवको समयमा अण्डाम‌ा रंग लगाउने गरिन्छ। अण्डा पनि यौन प्रजननको चिन्ह्र हो। र इष्टर प्रजननको देवी थिइन्। यस बाहेक अन्य विभिन्न देशहरुमा पनि अण्डालाई आफ्नो धार्मिक कार्यहरुमा प्रयोगमा ल्याइन्छ जसको शुरुवात वास्तवमा बेबिलोनबाट नै भएको हो। इष्टरसँग अर्को एउटा कथा पनि जोडिएको छ त्यो हो “इष्टर खरायो” । कति देशहरुको इसाईहरुले इष्टरको दिन एक ले अर्कोलाई रंग लगाएको अण्डा दिन खरायोलाई प्रयोग गर्छन्।

यस्ता खरायो क्रिसमसको सान्ता क्रुज जस्तै खरायोको भेष लगाएका हुन्छन्। खरायोलाई पनि बेबिलोनीहरुले योन शक्तिको देवीको रुपमा पुज्ने गर्छन्। भनिन्छ, खरायो कम्ती समयमा धेरै पल्ट प्रजनन् र बच्चा जन्माउन सक्ने प्राणी हो। यसले बच्चा जन्माउन साथ फेरी अर्को गर्भधारण गर्न सक्षम‌ हुन्छ। यसकारण यसलाई पनि प्रजनन् अर्थात उरवर्ताको देवीकाे प्रतिक मानिन्छ। संसारको ‌प्राय धर्महरु जो बेबिलोनबाट अाएको छ त्यसमा‌ खरायोलाई मानिस र चन्द्रकाल चक्रसँग जोडेको पाइन्छ। स्मरण रहोस इष्टर देवी को सम्बन्ध चन्द्र सँग छ अर्को शव्दमा भन्नु हो भने इष्टर खरायोले चन्द्र देवी सेमीरामिसलाई नै दर्शाउँदछ। भनिन्छ प्राचिनकालमा खरायोको स्त्री र पुरुष दुवै योन अंग एउटै शरीरमा थियो। यसकारण मानिसहरुले यसले आफै आफ गर्वधारण गर्नसक्छ भन्ने विश्वास गर्थे। तर दुःखको कुरा त्यो खरायोलाई कतीले मरियमसँग तुलना गर्छन्। मरियमले पवित्र आत्मा द्वारा गर्वधारण गरिन र प्रभु येशु जन्मिनु भयो तर खरायोको आफै आफ गर्वधारण गर्ने प्रकियालाई मरियमसँग तुलना गर्नु सही होइन। यसरी प्राचिन समयमा मानिसहरुले अरु परम्पराहरुलाई इसाई विश्वाससँग मिलाएको छ।

सन् चार सय शताब्दी तिर रोमका दशौं राजा कन्सट्यानटिनोपल इसाई भए तब तिनले देशको नागारिकहरुलाई इसाई बन्ने आह्वान गरे। त्यस समय देखी नै ‘इसाई विश्वास’ ‘इसाई धर्म’ भयो। यो एउटा ठूलो राजनैतिक षड्यन्त्र थियो इसाईहरुलाई अधिकार जमाउने। तर राजाको अाज्ञा अनुसार मात्र इसाई बन्ने‌ रोमी नागारिकहरुलाई खुशी पार्नलाई इसाई विश्वासमा ती सबै रोमी परम्परालाई पनि मिलाए जो तिनीहरुले बेबिलोनबाट ल्याएका थिए।

जस्तै मैन बत्ती बाल्ने, क्रुसको चिन्ह्र बनाउने, पुन्य केक खाने,इष्टर अण्डा र इष्टर खरायो इत्यादि । यसरी बेबिलोनको सेमीरामिस अर्थात इष्टर देवी द्वारा शुरु गरिएको तम्मुजको पुनरूत्थान अर्थात इष्टर सण्डेलाई रोमीहरुले येशुको पुनरूत्थानसँग जोडेका हुन। इसाई मण्डलीमा इष्टर सण्डेको शुरुवाद सन् ५१९ ख्रीष्टाव्द देखी भएको हो शुरुमा यो पर्व आइतबार मनाउने की यहूदीहरुको फसलको पर्वको दिन मनाउने भन्ने विषयमा पनि धेरै विवाद भएको थियो। तर आइताबार मनायो भने इसाईहरुको साथमा आइतबार सुर्यपुजा गर्ने जातीहरुलाई पनि खुशी राख्नु सकिन्छ भन्ने विचार गरेर आइतबार शुरु गरिएको हो। यसकारण हाम्रो प्रभु येशुको पुनरूत्थान कुनै इष्टर सण्डे, इष्टर अण्डा र इष्टर खरायोमा आधारित छैन। इष्टर सण्डेसँग प्रभु येशुको पुनरूत्थानको केही सम्बन्ध नै छैन। जब हामी एक अर्कासँग Happy Easter भनेर शुभकामना दिन्छौँ भने त्यहाँ प्रभु येशुको होइन तर इष्टर देवीको महिमा भइरहेको हुन्छ। हामी इष्टर सण्डे होइन तर पुनरूत्थानको सण्डे मनाउछौँ। हामीले एक अर्कालाई शुभकामना व्यक्त गर्दा Happy Easter होइन तर Happy Resurrection Day भन्नु उचित हुन्छ। किनभने हामी येशु ख्रीष्टको पुनरूत्थानलाई मान्छौ तर इष्टरलाई‌ होइन। आमेन ।

आनन्दको परमेश्वर उहाँ मात्र हुनुहुन्छ ।"

"आनन्दको परमेश्वर उहाँ मात्र हुनुहुन्छ ।"

* एलीशाको आखिरी समय नजीकै थियो। उत्तरी राज्यमाथि अश्शूरीहरूले आक्रमण गर्न लागेका थिए। परमेश्‍वरका पूजाहारी र अगमवक्ताहरू पनि बिदेशी देवी-देवताको प्रभावमा परेका थिए। यस समयमा यहूदाको लागि यशैया र मीका अनि इस्राएलको लागि आमोस र होसे परमेश्‍वरका मुख्य अगमवक्ताहरू थिए।

यिनीहरूले इस्राएलीहरूको खोक्रिएको आत्मिक अवस्थालाई पूरा गर्ने घोर प्रयास गरे तर खासै सफल हुन सकेनन्। यस्तैमा यहोयादाको प्रतिज्ञाको करार यस खण्डमा महत्त्वपूर्ण छ। उनले राजा र मन्दिरको सुरक्षा गर्न सैन्य दल खडा गरे। जब राजा राजगद्दीमा बसे तब मानिसहरू साह्रै आनन्दित भए। त्यहाँ शान्ति भयो।

* परमेश्‍वरले आफ्नो समयमा आफ्नो काम आफै गर्नुहुन्छ, मानिसको प्रयास व्यर्थै छ। हरेक मानिसले यसलाई अनुभव गर्नुपर्छ। इस्राएलीहरूको बिग्रिएको अवस्थाबाट परमेश्‍वरले तिनीहरूलाई आफूतिर फर्काउनुभयो र मानिसहरू अति आनन्दित भए हाम्रो जिवनमा पनि प्रभुले आनन्दको समय दिनुहुनेछ। सङ्कष्ट पछि उद्धार ,अभावमा पनि भरिपुर्ण हुनेछौ ।

    हामीहरु प्रत्येकले उहाँको दिन र समयको प्रतीक्षामा अटल रहेर प्रार्थना गर्नु सबैभन्दा अति बुद्धिमान हो ।