Friday, September 9, 2016

नेपाली मिडियाहरुले पनि माता र पिता मान्ने ईसाई रहेछन भनी खबर लेख्न थाले झुटाे शिक्षा बाट बचाै र बचाअाै" ।

नेपाली मिडियाहरुले पनि माता र पिता मान्ने ईसाई रहेछन भनी खबर लेख्न थाले झुटाे शिक्षा बाट बचाै र बचाअाै"

~पिता पुत्र, पवित्र आत्मा मन्नु हुने प्रभुको प्यारो जनहरुले जन्नै पर्ने र बुझ्नै पर्ने कुराहरु~
***#आखिर_बाइबलीय_सत्य_शिक्षा_के_हो***

1-#के_मुक्तिदाता_कोरियाबाट_आउनुहुन्छ_र?
त्यो पनि चस्मा लगाएर। अनि मुक्तिदाता येशू ख्रीष्ट जसले रोगीहरुलाई निको पर्नुभयो, अन्धाहरुलाई आँखाको ज्योति दिनुभयो। तर आङ साङ ह्वाङ (Ann Sang Hong) स्वयमको अँखा कमजोर भएको कारण चस्मा लगाउनु परेको थियो। र तालु पनि खुइलिएको थियो। जसको मृत्यु उच्च रक्तचापका कारण भयो। र अरुलाई मुक्ति दिन सक्नेले स्वयं आफ्नो शारीरिक रोगहरुबाट मुक्ति पाउन सकेनन्?

-बाइबल धर्मशास्त्रले यसरी भन्छ अब्राहाम, इशाहक, याकुब वा ईस्राएलको 12 कुलमध्ये यहुदाको कुलबाट येशू ख्रीष्ट आउनुहुन्छ। मुक्तिदाता यहुदीबाटै आउनुपर्छ जुन कुरा यशैया अगमवक्ताले प्रभु येशू ख्रीष्ट जन्मिनुभन्दा करिब ७ सय वर्ष अगाडि नै भविष्यवाणी गरेका थिए।-``हेर कन्या गर्ववती हुनेछ र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ' (यशैया 7:14) (मीका 5:2) (गलाती 4:4)
येशू समयको पुर्णतामा यस संसारमा आउनुभयो।
-तर आङ साङ ह्वाङ ( Ann sang hong) को जन्मको विषयमा काहाँ र कसले भविष्यवाणी गरेका छ? के आङ साङ ह्वाङ यहुदी हुन्? के आङ साङ ह्वाङका पिता पुर्खा यहुदी हुन्? कोरियामा इस्राएल जाति अथवा यहुदी जाति छैनन्। अनि आङ साङ ह्वाङ यहुदाको कुलबाट पनि आएको होइनन्। यी सबै कुराहरुका आधारमा उनका शिक्षाहरु र जिवनका चालहरु अति नै भ्रमात्मक र विवादास्पद छ्न्। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, परमेश्वरको मण्डली, (Word mission society, church of god) ख्रीष्ट विरोधी झुटो शिक्षा हो र आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो।

2-#मुक्ति_कसरी_पाउने_त? #निस्तार_चाड_मानेर?
-(एफिसी 2:8,9 पद) अनुसार हामीले मुक्ति परमेश्वरको अनुग्रहबाट र हाम्रो विश्वासद्रारा पाउँछौ र यो परमेश्वरको वरदान हो। तर हाम्रो कर्मद्रारा होइन। (प्रेरित 16 को 31 र 4 को 12 पद) अनुसार हामीले विश्वासद्रारा नै मुक्ति पाउदछौ। आज्ञापालन चाडपर्व, विश्राम दिन मानेर, धर्मकर्म गरेर वा निस्तार चाडले अथवा विभिन्न विधि-विधानले होइन। निस्तार चाड त केवल युहन्ना 6 को 4 पद) अनुसार यहुदीहरुले मान्ने चाड हो। हामीहरुले यो निस्तार चाड मन्नु आवश्यक छैन।  किनभने (गलाती 4 को 10,11) र (कलस्सी 2 को 14,16 पद) अनुसार सबैप्रकारको रितिथितिहरु येशू ख्रीष्टले रद्द गर्नु भएको छ। र नयाँ करारमा कतैपनि निस्तार चाडद्वारा, विश्राम दिनद्रारा मुक्ति  र पाप क्षमा पाउने कुरा लेखेकै छैन। यदि चाडपर्व मानेर उद्घार पाउने भए हाम्रो प्रभु येशू ख्रीष्ट हाम्रो पापको निम्ति किन क्रुसमा मर्नुपर्थ्यो?(हिब्रु 9:12)।
अनन्त जीवन प्राप्त गर्ने कुरा र पाप क्षमा पाउने कुरा विश्वासद्रारा मात्रै पाउन सकिन्छ। साथै हामीहरुले Dec 25 लाई बडा दिन ख्रीष्टमसको रुपमा मानिअएका छौं। जुन कुरालाई आधार बनाई बाइबलमा कतैपनि ख्रीष्टमस मान्नुपर्छ भनी लेखिएको छैन, त्यसैले ख्रीष्टमस मान्नु मुर्तिपुजा हो भनेर उनीहरु भन्छन्, तर उनीहरु चाहिँ (छाङ गिल जा र आङ साङ ह्वाङको जन्मदिनलाई भव्यताका साथ मान्दछ्न् र पुजा गर्दछ्न्। जुनकुरा अत्यन्तै विरोधाभाश छ।

-हामीले (युहन्ना 4:14, 4:36, 5:24,  6:40, 6:47)-(प्रेरित 16:31)  (मर्कुस 16:16) (रोमी 10:9,10) पद अनुसार विश्वासद्रारा मुक्ति पाउँदछौ। त्यसैकारणले गर्दा मुक्ति पाउनको निम्ति निस्तार चाड आवश्यक छैन, र यस्तै कुराले गर्दा यो झुटो शिक्षा हो। र आङ साङ ह्वाङ(Ann Sang Hong) का अनुयायीहरुले निस्तार चाड नमान्नेहरु झुटा विश्वासीहरु हुन्, भनी सिकाउँछ्न् साथ साथै निस्तार चाड नमानी मुक्ति पाउन सकिँन्दैन पनि भान्छ्न्। जुन कुरा बाइबल विरुद्धको कुरा हो। त्यसैकारणले गर्दा उनिहरुले भन्दै आएको सियोन चर्च, परमेश्वरको मण्डली, (Word mission society, church of god) ख्रीष्ट विरोधी झुटो शिक्षा हो र आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो।

3-#विवाह_र_मृत्युबारे:
किनकि मृतकहरुको पुनस्र्त्थानमा मानिसहरुले विवाह गर्दैनन्, न विवाह गरिदिन्छ्न्, तर तिनीहरु स्वर्गका स्वर्गदुत जस्ता हुन्छन्। (मत्ती 22:30)
-यदि (आङ साङ ह्वाङ) फेरी आउनुभएको येशू ख्रीष्ट भए उहाँले किन विवाह गर्नुभयो? पुनस्र्त्थान भएकाहरुलाई विवाहको आवश्यकता पर्दैन। जुन कुरा प्रभु येशू ख्रीष्ट अफैंले नै संसारमा रहँदा भन्नू भयो। तर (आङ साङ ह्वाङ Ann Sang Hong) ले त विवाह पनि गर्‍यो, जुन कुरा बाइबलसँग पटक्कै मिल्दैन। उसको शरीर चाहिँ पुनस्र्त्थान भएपछिको शरीर जस्तो हुनु पर्ने थियो। तर उसले आफ्नो पहिलो श्रीमती (ह्वाङ वन सुन Hwang Won Sun) सँग विवाह गर्‍यो र विवाह विच्छेद पनि गर्‍यो, साथ साथै श्रीमान् (किम जे हुन Kim Jea Hoon) र श्रीमती (छाङ गिल जा Jang Gil Ga) को पनि विवाह विच्छेद गराई दियो। र पछि आफ्नै श्रीमती बानायो। जुन कुराको विरुद्धमा प्रभु येशूले मत्ती 19 को 6 पद) म यसरी भन्नुभएको थियो #यसकारण_परमेश्वरले_जसलाई_एक_साथ_जोड्नु_भएको_छ। #त्यसलाई_कुनै_मानिसले_नछुट्याओस्।

जुन कुरा हाम्रो प्रभु येशू ख्रीष्ट आफैले मनाही गर्नु भयो त्यसको विरुद्धमा आङ साङ  ह्वाङ र उसका धेरैजसो चेलाहरुले पनि विवाह विच्छेद गरेको प्रशस्त मात्रामा पाउन सक्छौ। र यो कुराको गवाही कोरियाकै धेरैजना मिस्नेरी दाजुभाइहरुले दिनुहुन्छ। आफैलाई परमेश्वर भन्ने तर स्वभाव र आचरण चाहिँ समाजमा पनि नसुहाँउदो गने?
-1918 जुन 13 मा जन्मेका ह्वाङको 1985 फेब्रुअरी 25 मा कोरियाको बुसान भन्ने ठाउँको एउटा रेष्टुरेण्टमा खाना खाँदै गर्दा उक्त रक्तचापको कारण 67 वर्षको उमेरमा मृत्यु भयो। यदि उ परमेश्वर भएको भए यस्तो किसिमको मृत्यु आउनु असम्भव थियो। र अर्को कुरा बौरी उठेको मानिसको पनि फेरी अर्को पटक मृत्यु हुन्छ र?
यदि हुन्छ भने हामी अनन्तको राज्यमा प्रवेश गर्ने आशामा जिउँदैछौ, के उसो भए हामी पनि बौरी उठेपछि फेरी मर्छौ त?
बाइबलले स्पष्ट भन्दछ: एकचोटी मानिस बौरी उठिसकेपछि फेरी ऊ कहिल्यै मर्दैन। त्यसैकारणले गर्दा उनिहरुले भन्दै आएको सियोन चर्च, (wrold mission  society, church of God) ख्रीष्ट विरोधी झुटो शिक्षा हो र (आङ साङ ह्वाङ) झुटो ख्रीष्ट हो।

4-#येशूको_दोस्रो_आगमन_कसरी_हुन्छ?
-येशू जसरी जानुभयो त्यसरी संसारमा फेरि आउनुहुनेछ। (प्रेरित 1:10,11)।
प्रधान स्वर्गदुतको आवाज र परमेश्वरको तुरहीको स्वरसँग स्वर्गबाट ओर्लनु हुनेछ र ख्रीष्टमा मरेकाहरु पहिले बौरी उठ्नेछ्न्। साथ साथै हामी पनि आकाशमा उठाई लगिने छौं (1 थेसलोनिकी 4:16,17)।उहाँ बादलको साथ आउने कुरा पवित्र बाइबलमा स्पष्ट लेखिएको छ। हरेक अँखाले उहाँलाई देख्नेछ्न् (प्रकाश 1:7)
-(तर आङ साङ ह्वाङ Ann Sang Hong) शरीरमा आमाको कोखबाट संसारमा अएको हो। बादलको साथमा होइन। अनि कसैले पनि उ बादलको साथमा आएको देखेका छैन्। कोरियाको मान्छेले पनि उ बादलमा आएको देखेको छैन। र उ बदलको साथमा नआएको नै गवाही दिन्छन्। अझै हाँसो लाग्दो कुरा त उसको जन्म हुँदा कोही पनि मृतकबाट जिवित भई बौरी उठेनन्।

पुरानो करारको मुख्य शिक्षा चाहिँ मुक्तिदाता संसारमा आउनुहुन्छ भन्ने हो, जुन कुरा येशू आएपछि पूरा भयो। (गलाती 4:4) र यसको साथै नयाँ करारको मुख्य शिक्षा मृतकबाट बौरी उठ्नु भएको येशू तुरहीको आवाजमा बादलको साथमा फेरी यस संसारमा आउनुहुन्छ भन्ने हो। (1 थेसलोनिकी 4:16,17) (प्रकाश 1:7) जुन कुराको पर्खाईमा हामी छौं।
तर आङ साङ ह्वाङको शिक्षा मन्नेहरुले येशूको दोस्रो आगमन भइसक्यो, त्यो येशू (आङ साङ ह्वाङ Ann Sang Hong) नै हुनुहुन्छ भनेर सिकाउछ्न्, साथै उहाँ फेरी आउनुहुनेछ, भनेर सिकाउदछ्न्। के येशूको फेरी दोस्रो तेस्रो आगमन हुन्छ र?
यो बाइबलसँग मिल्दै नमिल्ने कुरा हो। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, (Church Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)।

5-#अन्तिम_दिनको_बारे_के_भन्छन्_त_उनीहरु:
येशू कहिले कहाँ र कसरी कुनबेला आउने विषयमा उहाँ आफैंलाई नै थाहा नभएको कुरा बताउनु भएको छ। (मत्ती 24:36) (प्रेरित 1:7) सो कुरा पितालाई बाहेक कसैलाई थाहा छैन।
तर उनीहरुले विभिन्न समय नै तोकेर उहाँको आगमन हुन्छ भनी दावी गर्छन्। -1985 फेब्रुअरी 25 म (आङ साङ ह्वाङ Ann Song Hong को मृत्यु भयो, तीन वर्षपछि उनका चेलाहरुले 1988 मा संसार ध्वष्त हुन्छ भनेर मानिसहरूलाई त्रसित पारे, तर संसारमा केहीपनि भएन। त्यसरी नै 1999 मा पनि घोषणा गरे। साथ साथै हामीलाई थाहा भए अनुसार नै यस्ता धेरै मितिहरुमा संसारभरी हल्ला फैलाए। 2012 मा पनि धेरैलाई त्रसित बनाई, ललाई, फकाई आफ्नो धन सम्पत्ति परमेश्वरका मण्डलीमा ल्याउनु पर्छ भनी भ्रमात्मक शिक्षा सिकाई मानिसहरुलाई लुटे। र अहिले 2016 आउँदासम्म पनि संसार ध्वष्त भएन। तर उनीहरुले परमेश्वरको वचनलाई मोडी गलत शिक्षा दिई रहेका छन्। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, (Church Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)।

6-#अनि_को_हुन्_ती_माता_जसलाई_उनीहरु_पुज्छ्न्?(#छाङ_गिल_जा)

-छाङ गिल जा नामक महिला कोरिया (korea) मा जन्मेकी थिइन्, उनको जन्म 1943 डिसेम्बर 29 मा भएको  थियो। उनको श्रीमान् किंङ जे होन ( Kim Jea Hoon) थिए। उनीहरु आङ साङ ह्वाङले स्थापना गरेको (Wrold Mission Society, Church Of God) मा अगुवाको  रूपमा सेवा गर्दै आएका थिए। पछि (आङ साङ ह्वाङ Ann Song Hong) ले नै (किम जे होन र छाङ गिल जा को सम्बन्ध विच्छेद गराएका थिए।
र सम्बन्ध विच्छेद पछि यिनै महिला यरुशलेम माताको रूपमा विश्व माझ प्रचलित भएकी छिन्। तिनी बाइबलीय आधारमा (गलाती 4 को 26 म) लेखिएको आमा भन्ने कुरालाई दाबी गरेर (छाङ गिल जा) आफू यरुशलेम माता हुन् भनी अरुसँग स्वीकार गराउन चाहन्छिन्। वास्तवमा यो माथिको यरुशलेम भनेको रुपक दृष्टान्तमा बताएको हामी ख्रीष्टीयनहरु हौं (गलाती 4:24)।

यस खण्डमा व्यवस्थामुनी रहेकाहरुका सन्तान हागारका सन्तान, तर व्यवस्थाको अधीनमा होइन अनुग्रहको अधीनमा, सु समाचारको अधिनमा रहेका हामीहरु साराका सन्तानहरु हौं।
जो प्रतिज्ञाका वा व्यवस्थामाथि भएका हामीहरु हौं, जुन कुरालाई मोडेर ( छाङ गिल जाले) माता हुँ भनी दावी गर्दछिन्, र अफैलाई (आङ साङ ह्वाङको दुलही हुँ भनी दाबी गर्दछिन्, उनको छोराछोरीहरु पनि कोरियामा नै छ्न् के उसो भए उनका छोराछोरीहरु मात्रै परमेश्वरका सन्तानहरु हुन त? हामी को हौं त उसो भए?
र उनका छोराछोरीहरुले ख्रीष्टलाई मुक्तिदाता भनी विश्वास पनि गरेका छैनन्। उनीहरु अख्रीष्टियानहरु हुन्। माता परमेश्वर भनेर चिनिने छाङ गिल जा को सन्तान नै मुर्तिपुजकहरु हुन्।
के उसो भए उनी मात्रै दुलही हुन् त? हामी दुलही होइनौं?
हामी दुलही होइनौं भने के थुमासँग हाम्रो विवाह हुँदैन?
छाङ गिल जा सँग मात्रै हुन्छ? यो सोच गलत कुरा हो जुन बाइबल विरुद्ध छ। प्रकाशित वाक्य अनुसार मण्डलीलाई दुलहीको रुपमा बताइएको छ। तर यो कुरालाई छाङ गिल जा ले म नै दुलही हुँ भनी दावी गर्छिन्। (प्रकाश 21:9)।
नेपालमा परिचित भएकी छाङ गिल जा चाहिँ (आङ साङ ह्वाङ) को तेस्रो श्रीमती हुन्। आङ साङ ह्वाङको अरु दुईजना श्रीमतीहरु छ्न्। उनीहरुले पनि हामी माता हौं भनी दावी गर्छन, जसमध्ये ह्वाङको पहिलो श्रीमती (ओम सी अन) को पनि दल छ। तर त्यति सक्रिय  छैन। ह्वाङको तीन श्रीमती मध्ये छाङ गिल जा अति सक्रिय देखिन्छ। उनका अनुयायीहरुले (छाङ गिल जा)लाई पवित्र आत्माको रूपमा मान्छ्न्। र बाइबलमा कतैपनि उत्पत्तिदेखि प्रकशसम्म पवित्र आत्मालाई श्रीमान श्रीमतीको रूपमा बताएको छैन।
त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको सियोन चर्च, (Church Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)।

7-#प्रकाशको_पुस्तक 7 र 14 #अध्यायमा_बताएको 1 #लाख 44 #हजार_को_हुन्_त?
-प्रकाश 7:4 मा बताएको यो 1 लाख ४४ हजार को संख्या उनीहरुले उनीहरुको दल भनी सिकाउछ्न्। र 1 लाख 44 हजारभित्र प्रवेश हुनको लागि विभिन्न प्रकारका झुठा प्रलोभन र साथसाथै हुँदै नभएका आशा देखाएर, ख्रीष्टमा रहेका मानिसहरुलाई बहकाएर उनीहरुको अनुयायी बनाउनदछ्न्। र केही समयसम्म आर्थिक सहायता गर्ने र कतिलाई कोरिया पठाई उनीहरुको अगुवा बनाउने गर्दछ्न्। तर #प्रकाश 7 को 4 मा बताएको 1 लाख 44 हजारको संख्या यहुदीहरुको थियो। तब मैले मोहोर लगाएकाहरुको संख्या सुने। तिनीहरु 1 लाख 44 हजार थिए, र तिनीहरु इस्राएलका सन्तानको प्रत्येक कुलबाट थिए)। यो संख्याभित्र ह्वाङको दल समाबेश भएको लेखिएको छैन। यो संख्या यहुदीहरुको हो, तर उनीहरु ह्वाङको दलले मात्रै मुक्ति पाउछ भन्दछ्न्। तर कोरियामा मात्रै 2 3 लाखभन्दा बढी उनका दलहरू भइसकेका छ्न्।
नेपालको चाहिँ  कुन दल हो? सत्य शिक्षालाई मोडी भ्रमात्मक कुराहरु फैलाउदै हिडिरहेका छन्।
( प्रकाश 14:1) मा बताएको 1 लाख 44 हजारको अर्थ चाँही पुर्णताको संख्या भन्ने बुझिन्छ। यो कुनै ह्वाङको दल पनि होइन, यहोवाका साक्षी, मुनको दल, फेद होमको पनि होइन। यो पुर्णताको संख्या मात्रै हो। त्यसैकारणले गर्दा उनीहरुले भन्दै आएको (सियोन चर्च, परमेश्वरको मण्डली, Wrold Mission Society, Chuch Of God) ख्रीष्ट विरोधी शिक्षा हो र (आङ साङ ह्वाङ झुटो ख्रीष्ट हो)

#पिटर_बि_के ज्यु को फेसबुक वालबाट साभार !!

के एउटा मानिस क्रिश्चियन बन्नु अपराध हो ?

नेपाल देश हल्ला, गाली र तालीले चलेको देश हो।
यहाँ सबैलाई ताली खानु परेको छ,
त्यसका लागि गालीबाहेक अरु गर्ने उपाय कसैसँग
छैन । यहाँ कांग्रेसले माओबादीको बिरोध गर्छ,
माओबादीले कांग्रेस/एमालेको बिरोध गर्छ,
गणतन्त्रबादीले राजाबादीको उछित्तो काढ़छन्,
राजावादीले गणतन्त्रवादीको ।
बाहुनबादी बाहुनले दलित जनजातिलाई मान्छे
गन्दैन, कतिपय जनजातिले बाहुन क्षेत्रीको रगत
चाट्छु भन्दै हिँड्छन्।आफूलाई चित्त नबुझ्नेबित्तिकै
बिनाप्रमाण तितो बचन गरिहाल्नु पर्ने त
हामी नेपालीको प्रमुख संस्कार झैं बनेको छ।
यसैक्रममा कतिपय जानेबुझेका जस्ता लाग्ने
व्यक्तिहरुले पनि नेपालका क्रिश्चियनहरु
प्रति निकै नै कायरतापूर्ण तर्कहरु गरेर आफैंलाई
राम्रो लेखक प्रमाणित गराउने
चेष्टा गरेको बेलाबखतमा देख्ने गरिन्छ।वास्तवमा
भन्ने हो भने यहाँ काम
भन्दा सयौं गुणा बढी कुरा हुन्छन् र त आजसम्म देश
पश्चगमनको अवस्थामा छ।
बिश्व इतिहास साक्षी छ: संसारमा आफ्नो धर्म
प्रचार प्रसार नगर्ने कुनै पनि धर्म छैन। हिन्दु,
बौद्ध, इस्लाम, इसाई अनि अरु बाँकी सबैले नै कुनै न
कुनै कालखण्डमा आफ्नो आफ्नो धर्म प्रचार गरेकै
हुन्।
आज अमेरिका र युरोपमा पनि इस्लाम तथा हिन्दू
धर्म फैलिइरहेको छ। अमेरिकाको हरेक
स्टेटमा कम्तीमा एउटा मस्जिद छ।
भोलि अमेरिकामै हरेक स्टेटमा एउटा एउटा मन्दिर
बन्यो भने पनि कसैले आश्चर्य नमाने हुन्छ।
त्यसो भयो भने के त्यहाँका अमेरिकनहरुले
पनि मन्दिर बढ्यो भनेर हुँदा नहुँदा गन्थन गरेर
बस्लान त ? पक्कै बस्दैनन्, किनकि उनीहरु हामीझैं
गफ हानेर खाना पचाउने काम गर्दैनन्।
नमच्चिने पिङको सय झड्का भनेझैं काम
भन्दा कुरा बढी गरिने देशमा नै स्वदेशी धर्म,
बिदेशी धर्म, यो जात, उ जात भनेर
नौटंकी रचिन्छ। होइन भने यूरोप/अमेरिकाले किन
हिन्दु वा इस्लाम वा बौद्ध धर्म मान्नेहरुलाई
पनि निशर्त आफ्नो देशको नागरिक स्वीकार
गर्दछ? अमेरिकनहरुले पनि हामीले जस्तै संकीर्ण
सोच राखेको भए फिलिपिन्स,
नाइजेरिया जस्ता मध्यम स्तरिय क्रिश्चियन
बाहुल्य देशहरुबाट मात्रै डिभी चिठ्ठामार्फत
मानिसहरु भित्र्याएको भए हुदैनथ्यो र ? तर
पनि आज किन डिभी मार्फत अमेरिका जान
चाहनेहरुको ठुलो ठुलो भिड
लाग्नेमा चाहिं बंगलादेश, नेपाल जस्ता देशहरु
पर्दछन् ?
के हामीले क्रिश्चियनहरुलाई विदेशी धर्म
मानेको भनिरहँदा आँफुले दौरासुरुवाल,
गुन्यूचोली वा आफ्नो जातीय पोशाक
लगाइराखेका छौं? के हामीले प्रयोग गर्ने घडी,
मोटरसाइकल, कम्प्युटर, हवाइजहाज सबै
स्वदेशी उत्पादन हो? के सबकासब वैज्ञानिक
आविष्कारहरु हाम्रै पेवा हुन्?
कुनै पनि मान्छे जन्मँदै यो धर्मको भनेर फिक्स भएर
जन्मेको हुँदैन। यो स्वतन्त्रताको संसार हो,
जो कसैले पनि जुनसुकै धर्म छान्न सक्दछ। यसलाई
छेकबार गर्न खोज्नु मानव अधिकारको गम्भीर
उल्लङ्घन हो।
जहाँसम्म बिदेशी पैसाकै बलमा धर्मप्रचार
गरियो भन्ने आरोप छ, त्यो एक आधारहीन
कुरो हो। बिदेशीको पैसा क्रिश्चियनहरुको
चर्चमा त परेको होला ल, त्यो मान्न सकिन्छ। तर
हामी सबैले बुझेको तर नबुझेको झैं गरेको कुरा के
हो भने विदेशी पैसा त हामीले अघि भर्खर
खानामा हालेको नुनमा पनि परेको छ। बिहान
गाडी चढेर हिँडेको बाटोमा पनि परेको छ।
यहाँका सबकासब राजनीतिक
दलमा पनि परेको छ।
कर्णालीमा भोकमरी लाग्दा बाँडिने
पिठोमा पनि विदेशीको पैसा परेको छ। अब के
यी सबैलाई बिदेशीको पैसा परेको भनेर
बिटुलो मान्ने?
चाइनाको लसुन र भारतको प्याज नभई
हाम्रो भान्सा तात्दैन। अरबको खाडीमा नगई
हाम्रो चुलो बल्दैन। नेपाली उत्पादनले
हाम्रो इज्जत जान्छ। युरोप /
अमेरिका जानलाईजायजेथा बेचेर
पनि ज्यानको बाजी लगाउन तम्सिन्छौँ हामी।
जबसम्म समग्र देशको प्रगति हुँदैन तबसम्म
यो अवस्था रहि नै रहन्छ। यो अवस्था क्रिश्चियन
वा हिन्दु वा मुस्लिम मात्रको नभएर यो देशभित्र
जन्मने अधिकांश नेपाली नागरिकहरुको यथार्थ
धरातल हो।
दक्षिण कोरियाको चर्चहरुले
कसैको पनि पैसा लिंदैनन तर धेरैलाई सहयोग
पुर्याउछन किनकि त्यहाँका मान्छेहरु सक्षम छन्।
उनीहरुलाई अरुको पैसा लिनु आवस्यक नै छैन। त्यस्तै
नेपालका पनि केहि चर्चहरुले त कुनै
पनि अर्थमा बिदेशीको पैसा नलिने भनेर
घोषणा गरिसकेको अवस्था छ। उनीहरु
आफैंमा निर्भर छन्।
अधिकांश लेखहरुमा हिन्दु राष्ट्र मासेर धर्म
निरपेक्षता ल्याउनुको मुख्य दोष
क्रिश्चियनहरुलाई लगाएको भेटिन्छ।
यसमा चाहिं हामी क्रिश्चियनहरु खुसी नै हुनुपर्छ
होला, किनकि हामीले गर्दै नगरेको कामको जस
पाइराखेका छौं। हिन्दु राष्ट्र हुँदाको बखत
पनि क्रिश्चियनहरुले हामीलाई धर्म
निरपेक्षता चाहियो भनेर कुनै नारा, जुलुस, बन्द
हड्ताल वा अन्य कुनै दवाबका कामहरु
गरेको मलाई थाहा छैन।
हामी राम्ररि जान्दछौं: हिन्दु राष्ट्र वा धर्म
निरपेक्ष राष्ट्र कुनैले पनि सडकमा सुतेको सडक
बालकको जाडो छेक्दैन,
जाजरकोटमा झाडापखाला लागेर मर्न
आँटेको मान्छेलाई निको गराउदैन,
अरबको खाडीको चरम
गर्मीमा पसिनाको धारा बगाइराखेका हाम्रा दाजुभाइहरुको पसिना पुछ्दैन।
हामी त खालि स्वतन्त्रताको पक्षपाति हौँ,
नकि हिन्दु राष्ट्र वा धर्म निरपेक्ष राष्ट्रको।
नेपालको धर्म निरपेक्षता भनेको धार्मिक खोल
ओढेको राजनीतिक मुद्दा हो।
यसमा नता क्रिश्चियनको नता बुद्दिश्टको नता मुस्लिमहरुको नै
हात छ।
यसो भन्दैमा हामी धर्म निरपेक्षता चाहदैनौं भन्ने
पनि होइन, धर्म
निरपेक्षता लोकतन्त्रको एउटा सर्बमान्य
खम्बा हो। अमेरिका, बेलायत, भारत
जस्ता प्रजातन्त्रका जननी मानिने मुलुकहरु
धर्मनिरपेक्ष मुलुकहरु हुन्।
यतिबेला यहाँहरुमध्ये कतिले
सोचिसक्नुभयो होला: धर्मनिरपेक्ष भनेर के अर्थ?
अमेरिकाको राष्ट्रपतिले त बाइबलमा हात राखेर
सपथ खान्छन त! यो कुरा सत्य नै
हो कि अमेरिकाका राष्ट्रपतिले बाइबलमा हात
राखेर नै सपथ खान्छन। तर हामीले बुझ्न
जरुरि कुरो के हो भने अमेरिकाको कानुनले कुनै
मुस्लिम वा हिन्दु
राष्ट्रपति भएको खण्डमा उनीहरुलाई कुरान
वा गीतामा हात राखेर सपथ ग्रहण गर्नबाट
रोक्दैन। हालसालै एकजना इन्डियन
मुलका अमेरिकन न्यायाधीशले गीतामा हात
राखेर सपथ ग्रहण गरेको त हामीले सुनेकै हौँ।
धर्मनिरपेक्ष राष्ट्रले पनि बहुसंख्यक
समुदायको बिशेष सम्मान गर्न सक्दछ।
अमेरिकामा क्रिश्चियनहरुको बाहुल्य छ त्यसैले
त्यहाँका कतिवटा कुराहरु आफैं
क्रिश्चियानिटीतर्फ ढल्कन्छन्।
नेपालमा हिन्दुहरुको बाहुल्य छ त्यसैले यस
देशका धेरै पक्षहरु स्वत: हिन्दुजस्तै बन्छन्।
राष्ट्रपति क्रिसमस वा इदको कुनै
समारोहमा सहभागी हुँदैनन् तर
भोटो जात्रामा सहभागी हुन्छन्,
दशैंमा सामुहिक टिकाटाला लगाईदिन्छन्।
देशको प्रमुख प्रशासनिक केन्द्र
सिंहदरबारको गेटमा हिन्दु
देवी देवताका मूर्ति राखिएका छन्, हिन्दु
चाडपर्वहरुमा धेरै दिन बिदा हुन्छ, मन्दिरहरुले
बर्षेनी सरकारी कोषबाट रकम प्राप्त गर्दछन।
हिन्दुहरुलाई एउटा धर्मनिरपेक्ष देशले
यहाँ भन्दा बढी के गर्नुपर्यो? बहुसंख्यकको कदर
गर्ने भनेको यही होइन र? तर यति हुँदा हुँदै
पनि संबिधान नै आफ्नै नाममा लेखिनुपर्ने भन्नु त
अतिवादी सोच भएन र?
गल्ति मान्छेबाट नै हुन्छ, निश्चय नै क्रिश्चियनहरु
बाट पनि कति गल्ति भएका होलान। गल्ति,
कमीकमजोरी रहित त पक्कै पनि हिन्दु समुदाय
पनि छैन। त्यसैले सबैमा मेरो अनुरोध छ
कसैको पनि एकोहोरो बिरोध नगर्नुहोला।
आउनुहोस हामी मिलेर गुण र
दोषको आधारमा समर्थन वा बिरोध गर्ने सभ्य
परिपाटीको बिकास गराऔँ। हामीले
गरेका गल्ति छन् भने तोकेर देखाउनुस,
हामी तिनीहरुलाई सच्याउन तयार छौं। तर
यो देशमा चर्च खुल्न नै नहुने, क्रिश्चियन बढ्न नै
नहुने भन्ने तालिवानी शैलीको एकलकांटे
प्रवृतिलाई चाहिं हामी स्वीकार गर्न सक्दैनौं।
धन्यवाद!
=====================
कृपया यस लेखलाई सेयर गरेर सहयोग
गरिदिनुहोला ! उचित
प्रयोजनको निम्ति यसलाई निसंकोच कपि/पेष्ट
गर्न पनि सक्नुहुन्छ ।

Wednesday, August 31, 2016

आफ्नो आखामा भएको मुढा पहिला हटाउ अनि अरुको आखामा भएको कसिङ्गर निकाल्न बल्ल सक्षम हुनेछौ ।

आज भन्दा धेरै समय अघिदेखि नेपाली ख्रीस्टियनहरुलाई लाग्दै आईरहेको अर्थहीन, प्रमाणहिन आरोपहरु बिदेशी धर्म, र डलर को प्रलोभन मा धर्म परिवर्तन । यहाँ मलाई चित्त नबुझेको कुरा, एउटा मानिसले अंलालेको आस्था कसरी स्वदेशी र बिदेशी हुन्छ ? यदि ईश्वर पनि स्वदेशी, बिदेशी हुन्छन् भने के सारा मानव जातिहरुको सृष्टिकर्ता बेग्लाबेग्लै थिए ?

किन नेपाल मा मात्रै ख्रीस्टियनहरुलाई बिदेशी धर्म मानिन्छ ? म अरु कसैको आस्थालाई समाबेश गरेर लेख्न चाहान्न तर हामी नेपालिहरुको सोच आज को यो एक्काइसौं सताब्दी सम्म आईपुग्दा पनि किन परिवर्तन हुन सकेन ? ख्रीस्टियनहरुलाई बिदेशी धर्म भन्ने हरुले आफैले उपभोग गरिएको हर चिजहरु को निरीक्षण गरेको छन कि छैनन ? किनकी आज हामिले जति पनि चिजबिजहरुको उपभोग गरिरहेका छौं ती सबै बिदेशी हुन ।

अहिले तपाईले यो मेरो लेख पढिरहनुभएको मोबाइल अथवा ल्यापटप, कम्प्युटर ईत्यादी सबै बिदेशी प्रोडक्स होइनन् र ? आफुलाई लायक पार्ने सबै चिज स्वदेशी अनि आफुलाई मन नपर्ने कुरा सबै बिदेशी ? ख्रीस्टियन लाई बिदेशी भनिरहदा तपाईले चियामा लगाएको नुन पनि बिदेशी नै हो हजुर अरुको त के कुरा । तपाइहरुको शरीर मात्र नेपाली होला तर तपाईको सोचाइ पनि बिदेशी हो । कमसेकम ख्रीस्टियनहरुले आफ्नो स्वभिमान त बेचेका छैनन ।

डलरको कुरा गरिरहदा लाज लाग्नुपर्छ हामी कोहि पनि डलर बाट अछुतो छैनौं । आज जति नेपाली बिदेशीएका छन तिनीहरु डलर कमाउन गाका हुन अब के ती सबै नेपालीहरुलाई डलरे भन्दै देश निकाला गर्ने कसैको हिम्मत छ होला ? नेपाल मा भएको जतिपनी प्रोडक्सन हरु छन तिनीहरु मा कुनै पनि तरिकाले डलरको समाबेश भएको छ । अर्को कुरा कसैले पनि ख्रीस्टियन बने बापत डलर पाका छैनन तर लाखौं करोडौं डलरले पनि किन्न असमर्थ मुक्ति तिनिहरुले मात्र पाएका छन ।

हिजोसम्म दासत्वको बन्धनले टनटन बाधिएकाहरु आज खुल्ला भएका छन । मानिस मानिस बिच भएको जातीय प्रथा येसुमा समान भएका छन । गन्तव्य बिहिन जीवन गुजारिरहेका हरुले जीवन के हो बुझेका छन ।  कुनै पनि ख्रीस्टियनलाई सोध्नुहोस जवाफ मा पाउनुहुनेछ सत्य येसुमा पाएं पाप क्षमा, उद्दार मुक्ति अनन्त जीवन र अरु थुप्रै कुराहरु जुन हामी संसारिक धन दौलत ले किन्न र प्राप्त्गर्न असमर्थ छौं ।

अबको यो सताब्दिका मानिसहरु लाटो छैनन कि अरुले जे फोर्स गर्छन त्यही मान्नलाई । तर उनिहरु बुझ्ने भैसकेको छन सत्य के हो र असत्य के हो ? आज किन यति धेरै मानिसहरू त्यो पनि धेरै पढेलेखेका बैज्ञानिक सम्मका मानिसहरूले येसुलाई बिश्वास गरिरहेका छन त ? के तिनीहरुको निम्ति येसु बाहेक अरु भगवानहरु थिएनन ? थिए तर यतिमात्र फरक थियो कि येसु बाहेक अरुले उनिहरुलाइ उद्दार मुक्ति दिन सक्दैन थे ।

अन्त्यमा मलाई एउटा फ्रान्सेली बैज्ञानिक पास्कल को भनाईलाई यहाँ उदृत गर्न मन लाग्यो । उनले भनेका थिए :- मानिसको हृदयमा एउटा खाली ठाउँ छ, त्यो खाली ठाउँ सृष्टि गरिएको कुनैपनी थोक ले हैन तर स्वेम सृष्टि कर्ता परमेस्वरको उपस्थितिले मात्र पूरा हुन्छ । त्यसकारण सोच्ने बेला यहि हो आज हामिले अंगालिरहेको आस्थाले भोलि हामिलाई मुक्ति दिन सक्ला कि सक्दैन ? हाम्रो जीवन अमुल्य छ । मान्छे जन्मिनु हुर्कनु बिहे गर्नु छोराछोरी जन्माउनु पैसा कमाउनु ऐस आराम मा जीवन जिउनु मात्र जीवन होइन । जीवन को रहस्यमय तत्व बेग्लै छ त्यो हामी एक्लैले मात्र बुझ्न असम्भव छ त्यहाँ एक जनाको आवश्यकता पर्छ जस्ले तपाईलाई सृष्टि गर्नुभएको थियो ।

उसो अब उप्रान्त अरुलाई दोस लाउने भन्दा आफ्नो दोस पत्ता लाउने तिर पो सोच्ने होकि ? सत्यताको खोजी गर्ने हो कि ? पुरानै सोच र चिन्तन मै रुमालिएर बस्ने ? यो जीवन तपाईंको हो र यसलाई कता डोर्‍याउने त्यो पनि तपाईंको अधिकार हो । येसुले भन्नुभएको छ :- बाटो, सत्य र जीवन म नै हुं म द्वारा बाहेक अरु कोहि द्वारा पनि मानिस स्वर्ग जान सक्दैन ।

युहुन्ना 14:6

#जोसन #लिम्बु

Sunday, August 28, 2016

आफ्नो संस्कृति के हो ? थाहा नहुनेले अरुको आस्थाको किन वकालत गर्ने ?

मैले मेरो आस्था फेरें, मलाई ख्रीस्टियन आस्था सत्य लाग्यो, मन पर्यो अनि मलाई मंगोलहरुले नैं आफ्नो संस्कृति भुल्यौ, डलरमा बिक्यौ भने

तर आज तिनै मंगोलियन भनौदा दिदी बहिनिहरुले तिजको रौनक भन्दै रातो सारी र रातो टीका लाएर गल्ली अनि सहर रंगाउंदा अफसोस लागेर आउँछ, खै त तिमिले चैं तिम्रो मौलिकता झल्काएको ?? खै त तिम्रो पहिचान ? खै त तिम्रो संस्कृति ? त्यसैले त बाइबल मा लेखिएको छ - अरुको शरीरमा भएको मुडा देख्नलाई पहिला तिम्रो आँखाको छेस्कोलाई हटाउ !

यहाँ मलाई धर्म भन्दा आस्था महान लाग्छ ! मैले ख्रीस्टियन भएर संस्कृतिलाई कुल्चेको होइन तर तिनै दासतामा झेलिरहन बाध्य तुल्याउने बन्धन बाट उम्केको मात्रै हो । सारा मानिसहरुको धर्म कर्म गर्नुको मुख्य सार भनेको आफ्नो मृत्यु पश्चात् पुण्य कमाउनु अथवा स्वर्ग जानू भन्ने हो ! तर हामिले काठमाण्डौ बाट अमेरिका जानू छ अब प्लेन टिकट चैं जापानको काट्यौं भने अवस्य हामी जापन पुग्छौं तर अमेरिका होइन ।


यो सामान्य कुराहरुको राम्रो संग ज्ञान भएका हामी चेतनसिल मानव इस्वरिय प्राणी ले यो किन बुझ्न सकिरहेका छैनौं कि स्वर्ग जानलाई बाटो सत्य र जीवन येसु ख्रीस्ट मात्रै हुनुहुन्छ । हामी किन अरुको लहैलहैमा लागेर आफ्नै जीवन बर्बाद गर्न तिर लागिरहने ? यो पुस्ताले त कमसेकम पढ्न र लेख्न मज्जाले जानेका छौँ  । के हो त सत्य ? बाबू बाजेले गरि आएको भन्दैमा हामिले पनि त्यसैलाई नै निरंतरता दिइरहन पर्छ भन्ने पक्षमा म पटक्कै छैन ।

बैज्ञानिकहरु पनि गलत हुँदछन, हाम्रो पुर्खाहरुले पनि नबुझी हचुवाको भरमा या त कसैको दबाबमा ती कुसंस्कारलाई अंगालेको हुनुपर्छ । त्यसकारण यो समयमा पनि म मेरो दमालको साथीहरू या त मानिसहरुले एउटा कुनै चिजको आकृतिको सामु आफ्नो सिर झुक्याएर वर माग्दा मलाई कता कता आफैलाई आत्मग्लानी भएर आउँछ ! अनि सम्झन्छु हे प्रभु कहिले होला हामी मानिसहरुको दिमागको बिर्को खोलिने ?


कसरी मानिसहरूले एउटा कसैको आकृतिलाई पुज्न सुरु गरे ? कसरी धर्मको सुरुवात भयो ? कुन धर्मसास्त्रले के बताइरहेको छ ? के सबै धर्मसास्त्रले मुक्ती कसरी पाइन्छ त्यो बारे स्पस्ट बताएका छन त ? मुक्ती भनेको के हो ? के एउटा हामिलाई सृष्टि गर्ने परमेस्वर कुनै मानिसले वनाएको मुर्ती अथवा जंगल मंगलमा बास गर्नुहुन्छ होला ? यो कदापी हुन सक्दैन । सावनमा हरियो बनेर भाद्र मा रातो बाह्र महिनामा बाह्रै वटा फरकफरक संस्कृति मान्ने अनि एउटा सत्य अंगालेको ख्रीस्टियन लाई चोर औंला ठड्याउने हामी कति सम्म निच सोचाइको पराकाष्ठामा जिइरहेका छौँ ? यो आफुले आफैलाइ जाँचेर हेरौं ।


अन्त्यमा एकले अर्कालाई आरोप प्रत्यारोप गर्दै यो अमुल्य अनुग्रहको समयलाई बर्बाद गरि अनन्तको पीडामा झेलिनु भन्दा आजै एक मात्रै सत्य येसु ख्रीस्ट को बचनलाई अनुसरण गरि अनन्त जीवन मा प्रवेश गर्ने पो हो कि ? यी सबै बिचारहरु मेरो नितान्त ब्याक्तिगत बिचारहरु हुन यदि यो लेख बाट कसैलाई चोट पुगे म हृदयदेखि नै क्षमा प्रार्थी छु ।


#जोशन_लिम्बू

Wednesday, July 27, 2016

आङ सान होङगको सिद्धान्त झुटा शिक्षा !!


•अन्धोलाई दृष्टि दिनुहुने प्रभुयेशु ख्रीस्ट आफू चै आखाको कमजोरिको कारण चस्मा लगाएर आङ सान होङ्गको रुपमा कोरियामा दोस्रोचोटी आउनु भएको होर?

•झुटा शिक्षाको बिसयमा हामिलाई पहिला नै सावाधान गराईएको थियो। हामीले झुटा शिक्षाको बिसयमा बाइबालमा धेरै ठाउँमा उल्लेख भएको पाउछौ जुन अहिले को समयमा पूरा भई रहेको छ।
२पत्रुस को दुई अध्यामा हामिले हेर्छौ भने त्यहा झुटा शिक्षाको बारेमा पाउछौ।
१ यूहन्ना ४:१ पदमा झुटा शिक्षाको पहिचान बारे केही चर्चा गरिएको छ।
[ झूटा शिक्षकहरूको विरुद्ध यूहन्नाको चेतावनी ] मेरा प्रिय मित्रहरू, अनेक झूटा अगमवक्ताहरू अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरूलाई जाँच्ने गर कि तिनीहरू परमेश्वरबाट आएका हुन् वा होइनन्।

•म चै यो भन्छुकि जुन शिक्षा परमेसोरको जिबित वचन बिपररितको छ अनि जुन शिक्षा बाइबलका शिक्षा सङ्ग जुधिरहेको छ वा मिलेको छैन त्यो झुटो शिक्षा हो।
तसर्थ झुटो शिक्षा देखि होसियार र वच्नको लागि हामिमा बचनको ज्ञान अवश्या हुन जरुरी छ।तर पनि भेडाको भेसमा आएर ब्वासाले भेडा फहराएको झै झुटा शिक्षाले आफ्नो सिद्धान्त अनुरुप बचनको शिक्षालाई अर्थ लगाएर धेरै बिस्वासिहरुलाइ भ्रममा पारिरहेको अनि कतिलाइ सिकार बनाइरहेको अवस्था अहिले हाम्रै देश नेपालमा पनि ब्यापत छ।

•प्रभु येशुले आफ्नो जिवनकालमा सु-समचारको साथ साथै धेरै आस्चर्याकर्म गर्नुभएको कुरा हामी सु-समचारको पुस्तकहरुमा पाउछौ।उहाँले जन्मैदेखिको अन्धोलाई दृष्टि प्रदान गर्नु भएको कुरा पनि हामिलाइ थाहा छ।अब के उहाँ दोस्रो चोटि आउनुहुदा के शक्तिका साथ न आउनु भएर कम्जोर अनि दुर्बलताको साथ आउनु हुन्छ र ?के उहाँ आङ सान होङ्गको रुपमा आफ्नै आँखा कमजोर भएर पावर वाला चस्माको साहराले हेर्ने स्थिति सम्मको कम्जोर हुनुहुने थियो र ?

•यसरी परमेसोरको ठट्टा गर्ने हिसावले आफुलाई प्रतीज्ञा गरिएको येशु हो भन्ने आङ सान होङ्गको
झुटो सिद्धान्त एउटा नमिठो जोक्स लाग्छ मलाई।
•यस्ता झुटा शिक्षाहरुलाई शैतानले शक्तिका साथ प्रदशनमा ल्याईरहेको छ।जुन इसाई जगतलो निम्ति बाधा हो। हुनत यो यस्तै हुनेछ भनी गरिएको भबिस्यबाणी नै हो तर हामी होसियारी भएर झुटा शिक्षाको पहिचान गरि आफ्नो मंडली,आफ्नो देशलाई यसको प्रभाबमा पर्नबाट बचाउनु हामी सबै ख्रीस्टियनहरुको दाईत्वा वा काम नै हो।

•मेरा केही ब्याक्तिगत कुराहरु पोख्दै छु।
•काठमाडौ बाइबल ट्रेनिङ रहदाको दिनहरुमा (2012)
झुटा शिक्षाको बारेमा धेरै सुन्नमा आएको थियो।
Sunday मा सु-समचारको निम्ति ग्रुप बनाएर हिडिन्थ्यो।त्यसरि जाँदै गर्दा एक दिन झुटा शिक्षाको प्रचारकहरु सङ्ग भेट भो।
उनिहरुको हातमा पर्चा वा पत्रीका जस्तो केही थियो अनि हाम्रा हातहरुमा पनि सु-समचार पत्रीका।
अनि भेटपछी कुराकानी भयो। अनि उनिहरुले नजिकै आफ्नो अफिस भएको बताए अनि सबै जानकारिको लागि त्यही जानको लागि अनुरोध गर्न लाग्यो कारण हामि पनि बिद्यार्थी नै थियेउ ती दिनहरुमा अनि हामिले पनि प्रश्नमा प्रश्न थुपारेका थिएउ।
अनि झुटा शिक्षा भनेर थाहा थियो तरै पनि अझै कस्ता रहेछन त यिनिहरुको सिद्धान्त भनेर जान्नको लागि भएपनी गयेउ।
•अनि जब अफिस भनिने ठाउँ पुगियो दोस्रो तल्लामा रहेछ।मान्छेहरुको जमात देखिन्थ्यो।हेर्दा लाग्दै थियो कि सायद कुनै कार्यक्रम छ होला जस्तै।कारण त्याहा सबै एकदमै सान दार पहिरानमा देखिन्थ्यो।एक दम उच्च घरानाका धनी ब्याक्तिहरु जस्तै उनिहरुको पहिरान झल्किन्थ्यो।टाई सुट लगाएका युवाहरु देख्दा अचम्म लागिरहेको थियो।भितामा कुनै स्त्रीको तस्बिर जस्तै देखिन्थ्यो।यो गतिबिधी हेर्दै गरेको केही छिनमा एक जना ब्याक्ती आएर सोध पुछ गर्न थाल्यो।अनि हामिले पनि हामी ट्रेनिङका छात्रहरु हौ भनेर भनेम।अनि उस्ले कुरा कसरी सुरु गर्यो भने तपाईहरु एक दम ठिक समयमा आउनु भएछ.............
.......................
हामिलाई हाम्रो प्रभु येशु ख्रीस्टको सत्यता थाहा थियो त उनिहरुलाइ उनिहरुको सिद्धान्त।केही बेरको दोहोरो कुरा पछि कुरा ठ्याम्मै मिलेन।
किनकी मलाई वचनको उल्टो अर्थ लाग्नेकुरा मन पर्दैनथ्यो।त्यसैले म बोलिन।मेरो एउटा साथी चै बोलिरहेको थियो।अबुई के सकिन्थ्यो र हामिमा भर्खरै युवा जोस र ट्रेनिङले गर्दाको जागृति भै रहेको अवस्थामा पनि उनिहरु तटस्थ सङ्ग आफ्नो रायलाई हाम्रो सामु ठोस्दै थियो।अबुई उनिहरु त झन डेन्जर हुदो रहेछन।उनिहरुको सिद्दान्तमा उनिहरु पोख्त देखिन्थ्यो अनि बचनका पदहरु त खररर......... तर ती सबै सुगा रटन वा जति उनिहरुको तयारी थियो त्यतिको लागि रहेछ भन्ने कुरा धेरै पछि आएर बुझ्दा बल्ल थाहा पाए।
सुरुमै माताको कुरा गर्यो।
हामी मातालाई मान्छौ तपाईं पनि मान्नुहोस भन्न थाल्यो।
अनि सुरुमात माता भनेको मलाई थाहा थिएन अनि मैले कोहो माता भनेर सोधी हाले।अनि त बल्लपो निस्कियो त झुटा शिक्षाको कुरा उनिहरुकै मुखबाट।तयारी भन्दा धेरै र थोरै भन्ने कुरा हुदैन रहेछ।जति सिकाईयो त्यति नै बोल्ने र बताउने रहेछन।
•उनिहरु सङ्गको कुराकानी अहिले बिचार गर्दा स्कुलले जिवनका बक्तित्वाकलाको कार्यक्रम झै लाग्छ।
किनकी हामी हाम्रो तर्क दिन्थ्येउ भने उनिहरु आफ्नै सिद्धान्त।सायद त्यो बेला हामिलाइ उनिहरुको सिद्धान्तको बिसयमा थाहा हुन्थ्यो भने त्याहा माहोल अर्कै हुन्थ्यो तर हामिले त उनिहरु झुटा हो भनेर थाहा पाएका थियेउ तर वास्तबिकता र यसको सुरुवात अनि सिद्दान्तहरु के कस्ता छन भन्ने जानेका वा पढेका थिएनौ।
•पछी समय बित्तदै जादा बल्ल विभिन्न पत्रपत्रीका,Web site हरुबाट थाहा पाए।
•आज चै म यहि झुटा शिक्षाको बिसयमा लेख्दै छु।

•कुरै कुरामा धेरै कुरा पहिले नै उल्लेख गरिसकेको रहेछु त्यसैले केही छोटकारिमा यस झुटा शिक्षाको बिसयमा लेख्दैछु।
आङ सान होङगको सिद्धान्त भन्न रुचाउछु म यो यस झुटा शिक्षालाई।आङ सान होङगलाई प्रभु येशुको दर्जा दिईएको छ उनिहरुको यो सिद्दान्तमा।
•आङ सान त मरिसक्यो अहिले उस्को श्रीमती जिबित नै छ जस्लाई माता भनिदो रहेछ।
यो माता परमेसोर भनेर उनिहरुको सिद्धान्त पछ्याउनेहरुले मान्छन।
यो वर्ल्ड मिसन सोसाईटी चर्छ अफ गड बाट सन्चालित भएको छ।जस्लाई माता परमेसोरको सिद्धान्त भन्छु म।
• “वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड” अर्थात् माता परमेश्वर
•सन् १९१८ मा कोरियाको एक बुद्धिष्ट परिवारमा जन्मेर ३० बर्षको उमेरमा अर्थात् सन् १९४८ मा सेभेन्थ डे एडभेन्टिष्ट चर्चमा बप्तिस्मा लिएका एक जना कोरियन नागरिक आङ सान होंगलाई नै दोस्रोपटक आउनुभएका ख्रीष्ट भनेर मान्छन् । त्यस्तै उनकी अवैधानिक श्रीमती झाङ्ग गिल जाहलाई माता परमेश्वर भनेर मान्छन्, जबकी झाङ्ग पहिले अर्कै पुरुषसँग विवाह गरी विवाहबिच्छेद गरेर आङ सान होंगसँग अर्को विवाह गरेकी महिला हुन् । उनीहरू आफ्नो चर्चलाई सियोन भन्छन् अनि प्रार्थना गर्दा प्रार्थनाको अन्त्यमा स्वर्गीय पिता आङ सान होंगको नाममा आमेन भन्छन् । उनीहरूले पिता–यहोवे, पुत्र–येशू अनि पवित्र आत्मा भनिएका आङ सान होंगको नाममा बप्तिस्मा दिन्छन् । उनीहरू क्रिसमस मान्नुहुदैन भन्छन् तर आङ सान होंगको जन्मदिन चाँहि धुमधामका साथ मनाँउछन् । मण्डलीमा क्रुस राख्नु हुँदैन, यो मुतिर्पुजा हो भनेर घमण्ड गर्छन् तर आफ्नो सियोनको भित्तामा माता परमेश्वर भनिएकी महिला झाङ्ग गिल जाहको फोटो झुण्ड्याँउछन् । हामीलाई थाहा भए अनुसार उनीहरुले अहिलेसम्म ३ पटक सन् १९६७, १९८८ र २०१२ मा संसारको अन्त हुने झुटो भविष्यवाणी गरेका छन् ।अनि उनिहरुको यस्ता झुटा भबिस्यबाणीले गर्दा सम्पुर्ण इसाईजगतमा नकरात्मक असर परेको छ।म चै यस्ता झुटा शिक्षालाई किटाणु भन्छु जुन भित्र भित्रै इसाई जगतलाई खाई रहेको छ।
•आङ सान होम जो आफ्फैलाई ख्रीस्ट्को दोस्रो आगमन हु भनि पुष्टि गर्दै थियो उ आएर पनि मरिसक्यो तर खोइ त हामिले थाहा पाएको?खोइ त हामिले आएको देखेको?
बाइबल आधरित अनि परमेसोर पिताको तर्फबाट नै आएको थियो भने के बाइबलमा लेखिएको झै सबैले थाहा पाउनु पर्ने थिएन र ?
• यो कुरालाई हामी तुलनात्मक ढंगले हेर्नेछौं । बाइबलले भन्दछः “येशू जसरी जानुभएको थियो, त्यसरी नै आउनुहुनेछ ।” हामी एकपटक प्रेरित १:११ हेरौं । येशू आकाशमा उचालिनुभएर बादलमा तिनीहरूका दृष्टिबाट लोप हुनुभएपछि आकाशतिरै हेरेर बसेका गालीलका मानिसहरूलाई दुईजना स्वर्गदुतहरूले भनेका कुरा यो पदमा उल्लेख गरिएको छ । यहाँ यसरी लेखिएको छः “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यहि येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ ।”
यो खण्डबाट हामी जान्न सक्दछौं कि जुन येशू स्वर्गमा उचालिनुभएको थियो, त्यहि येशू नै आउनुहुनेछ । उहाँ जसरी स्वर्गतिर उचालिनुभएको थियो त्यसरी नै अर्थात आकाशको बादल हुदैं फेरि आउनुहुनेछ । मत्ती २४:२७ मा यसरी लेखिएको छः “किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ ।”
प्रकाश १:७ ले त झन् ख्रीष्टको दोश्रो आगमनमा उहाँ हरेक आँखाले देख्ने गरि आउनुहुनेछ भनेर भन्दछ ।
•अब हामिले एतिका समय पछि आङ सान होङ्गको आगमनको कुरा उस्कै कति औ चेलामा पर्ने उसैको पुच्छार बाट त्यही पनि उ मरिसकेपछी थाहा पाउछौ भने के यस्तो ब्याक्ती पनि दोस्रो आगमनको ख्रीस्ट हुन सम्भब छ र ?(एउटै उत्तर एक्कै स्वरमा भनौ) =कदापी छैन।
• सन् १९८५ मा ६७ बर्षको उमेरमा अर्थात बुढेसकालमा रोग लागेर मरेका कोरियन नागरिक आङ सान होंग ख्रीष्ट हुन सक्छन त ? जो कसैले पनि सहजै अनुमान लगाउन सक्छः पक्कै सक्दैनन् । स्मरण रहोस आङ सान होंगको मृत शरीर आज पनि चिहानमा नै छ । कोरियामा Khayen Buk Yansan City Suke Park-5, Block-42, Line No. 12 मा उनको चिहान आज पनि देख्न सकिन्छ ।
•एक चोटि त उहाँ हाम्रो पापको खातिर मर्नुभएको थियो।
•अब आङ सान होङ्ग नै ख्रीस्ट भएको भए के येशु ख्रीस्ट दोस्रो आगमनमा मर्नु पर्ने थियो।कदापि थिएन। पवित्र धर्मशास्त्र बाइबलको रोमी ६:९ मा यसरी लेखिएको छ, “हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन । अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन ।”
त्यसैगरी प्रकाश १:१७-१८ मा येशू प्रभु स्वयमले यसरी भन्नुभएको छः “नडराउ, आदि र अन्त्य म नै हुँ । म मरेको थिएँ । हेर, म सदा सर्बदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरु म सँग छन् ।”
ख्रीष्ट येशू एकपटक मर्नुभएपछी अब उप्रान्त कहिल्यै पनि मर्नुहुनेछैन भनेर बाइबल धर्मशास्त्रका माथि उल्लेखित खण्डहरुले स्पष्टसँग बताएका छन् ।
•के आङ सान होङ्ग ख्रीस्ट हुन सक्छन त त्यसो भए?=कदापी हुनै सक्दैन।
•आङ सान होङ्ग मनब शरिरमा जन्मिए।तर प्रतीक्षा गरिएको ख्रीस्ट त स्वर्ग बाट आउनुहुने कुरा छ।
अनि त्यो पनि स्वर्गीय सेनाका साथ,तुरहिको आवजमा।अनि आङ सान होङ्ग त्यसरी आकसमा देखा परेको भए चै हो रहेछ भन्ने एउटा त आधार पाउन सकिन्थ्यो।तर बिस्वास लाग्ने एउटा पक्षा पनि देख्दिन म।
•अब आङ सान होङ्गले बिवाह गरेको छ के येशु ख्रीस्ट दोस्रो आगमनमा उहाँले बिवाह गर्नुहुने छ र ?
कदापी गर्नुहुने छैन किनकी मत्ती २२:३० मा येशूले भन्नुहुन्छः किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न गरिदिन्छन् तर तिनीहरू स्वर्गका स्वर्गदुतहरु जस्ता हुन्छन।
•अब के आङ सान होङ्गको सिद्धान्त बाइबल सङ्ग मिल्दो जुल्दो छ र ?
=छैन।
•आङ सान होङ्गको जन्म एक कठोर बौदिस्ट घरनामा भएको थियो उनी २९ बर्सको उमेर सम्म बौदिस्ट नै थिए।अब यसको मतलब उनले मुर्तिपुजा २९ बर्सको उमेर सम्म गर्दै आएका थिए।अब के ख्रीस्ट जो पापलाई देखि सहनु हुन्न उहाँ आफ्फै यस्तो मुर्तिपुजा गर्न सक्नुहुन्छ होला र?
अब उस्ले अरुको श्रीमती बिहे गरेको छ के बाइबलमा मत्ति १९:९ पदमा प्रभु येशुले के भन्नू भएको छ ?
=जस्ले ब्यभिचारको कारण बाहेक अरु कारण सम्भन्द बिच्छेद गर्छ भने उस्ले ब्यभिचार गर्छ भन्नु भएको छैन र ?
•धेरै छन यस्ता त्रुटिहरु जुन बाइबलका हरेक वचन सङ्ग बाझिएको छ जुन झुटा शिक्षा भन्न मलाई कति पनि अफ्ठ्यारो लाग्दैन।

•अन्तत: आङ सान होङ्गको यो झुटा सिद्धान्तले बाइबाललाई झुटा अर्थ लगाउने प्रयास गरिरहेको छ।जुन शैतानको शक्तिमा सन्चालित भै रहेको छ 

भनेर म भन्छु।
अब यस सिद्धान्तमा हुनुहुने कसैलाई मेरा कुरा अपच्या लाग्ला तर मेरो भन्नू केही छैन।
अब मेरो काम भनेको नै मैले जे सत्य जाने त्यही बताउने हो अब बिस्वस गर्ने नगर्ने सबैको आ आफ्नै स्वतन्त्रताको कुरा हो।यसमा मैले जबर्जस्ति ठोस्ने भन्ने कुरा आउदैन।
•बचन पढ्नुहोस,मनन गर्नुहोस,झुटा शिक्षाको सामना गर्न तयारी रहनु होस।
किनकी झुटा शिक्षा ब्वासो झै भेडाहरुको भिडमा छिर्छ।जस्लाइ सजिलै पहिचान गर्न कठिन पर्न सक्छ।
•परमेसोरले सबैलाई सहि जान्ने ज्ञान र शक्ति दिनुभएको होस।आमेन।

Mr. Prasanna Tamang को फेसबुक बाट साभार गरिएको !