मानिस जन्मेपछी मर्नु पर्छ यो सबैले जन्दछ, तर मानिस दुई पल्ट जन्मिन्छ २ पल्ट मर्छ यो जान्ने बिरलै छन्। हो, मानिसको जन्म दुई पल्ट र मृत्यु २ पल्ट हुन्छ। एउटा शरिरमा र अर्को आत्मामा, शरीरमा जन्मिनु भनेको आमाको काखबाट जन्म लिनु हो भने, आत्मामा जन्मिनु भनेको येसु ख्रीस्टलाई आफ्नो ब्याक्तिगत मुक्तिदाता हो भनी बिश्वास गरि पानीको बप्तिस्मा लिए पस्चातको जीवनलाई बुझ्नु पर्दछ !
यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ (सृष्टि)मानिस बनिएको छ। पुराना कुराहरू बितेर गएको छ हेर, नयाँ आएको छ ।
2 कोरिन्थी 5:17
शरिरमा मर्नु कुनै कष्ट छैन् शरीर मर्छ माटोमा मिल्छ सकिन्छ, तर आत्माको मृत्यु चाँही बडो भयंकार र डरलाग्दो हुन्छ, एकदमै दर्दनाक त्यो पनि एक्छिनलाई होईन सदाकाललाइ। यहि आत्माको मृत्युबाट बचाउन येशु ख्रिष्ट हामि मानिस जातिको नीम्ति बली हुनुभयो। अब आत्माको मृत्यु किन? आयो भन्ने प्रश्नमा बाइबलमा यसो लेखिएको छ, रोमी ३:१० मा "धर्मी कोही छैन्, एकजना पनि छैन," मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर पाप गर्यो अनी पापको ज्याला मृत्यु हो। हामी बाइबलमा रोमी ६:२३ मा हेर्न सक्छौ। अनी यो आत्माको मृत्युबाट, पापको मृत्युबाट वा पापबाट मुक्त हुन अथवा मुक्ति (मोक्षा)पाउन रगतको बलिदान चाहिन्छ, यो रगतको बलिदान कुनै पशुको होईन तर ब्यक्तिको चाहिन्छ र त्यो ब्यक्ति निश्खोट, निश्कलङ्क, निश्पाप र निश्छल हुनुपर्छ।
अब हामि मानिसको रगतले त पक्कै पनि मुक्ति मिल्दैन। किनकी बाइबलमा रोमी ३:२३ मा लेखिएको छ सबैले पाप गरेको छ।
अब निश्खोट र निश्पाप ब्यक्ति चाँही एउटै मात्र हुनुहुन्छ उहाँ हुनुहुन्छ येशु ख्रिष्ट! र हिन्दू शास्त्र, वेद वेदान्तले पनि बलिदानलाई नै प्रमुख मानेको पाइन्छ, त्यो पनि ब्यक्तिको बलिदान कुनै पशुपंक्षीको होइन। अब यहाँ हेर्नुहोस्,
वेद वेदान्तले बलिदानलाई प्रमुख मानेको छ।
१> यज्ञे वै भुवनस्य नाभी (ऋग्वेद १:१६४:२५)
अर्थात:- यहि बलिदानद्वारा नै संसारको सबै पापको आन्त्य हुन्छ।
२> [" यज्ञे सुर्वम् प्रतिष्टिठम "
" यज्ञो वै सुकर्मानौ "](ऋग्वेद १:३:१३ ब्राम्हणु)
अर्थात्:- यसैले सबै थोक बलिदानद्वारा पाईन्छ यहि बलिदानले नै सत्य बाटो हिंड्न/हिडाउन र भेटाउन सकिन्छ।
३> ऋतस्याना: पथानयातिविश्वानी दुरिता (ऋग्वेद १०३:१:६)
अर्थात्:- यहि बलिदानद्वारा नै सबै पापको अन्त्य र सत्यको शुरु हुन्छ।
४> ऋ, येजमान: पशु: येजमान मेवा सुर्बगम लोकम गमयति: (तैतारी ब्राम्हण मंगलापत्रम २०२)
अर्थात्:- जसले बलिदान गर्छ त्यहि बलीको पशु हो, त्यसकारण जसले बलिदान गर्छ त्यहि नै स्वर्ग पुग्ने बाटो बनिन्छ।
अब यहाबाट महाबलिदानको बिषेशता पनि गाभिएको छ,
५> [नर्कमणा मनुस्ठा नैरना
दानैस्त पसतिवा कै बल्याम
लबते मर्त्ये :](शिवागिता)
अर्थात्:- नुहाएर ध्यान गरेर तिर्थ गएर दान या धर्मको कुनै पनि कामबाट स्वर्ग पुग्न सकिन्न भनिएको छ।
६> यज्ञ क्ष्यपित कलमस :(भगवत गीता ४:३०)
अर्थत्;- केवल बलिदानद्वारा पापबाट मुक्ति पाइन्छ।
७> सर्बपाप परिहारो रक्तप्रोक्षणमवश्यम । तद् रक्तम् परमात्नेना पुण्यदान बलियमम (सामवेद ताण्डयी ब्राहम्णम्)
अर्थात्;- सबै पापलाई रद्द गर्न पवित्र रगतको आवश्यक पर्छ। यो पवित्र रगत केवल परमेश्वरको पुत्रबाट मात्र सम्भव छ र परमेश्वर आफैले बलिदानबाट पापी मानिसलाई पापको कैदबाट छुटाउनु हुन्छ, परमेश्वर नै बली हुनुहुन्छ, परमेश्वर आफै बली हुनुहुन्छ।
८> ब्र् ("प्रजापतिदेवेभेमआत्मनम् यज्ञम क्रित्वा प्रायच्वत्")(सामवेद(ताण्डिय ब्राहाम्ण बंगाल पत्रम ४ को १० अध्याय ७) खण्ड २)
अर्थात्:- प्रजापती परमेश्वर आफैले बलिदान गरेर प्रजाको पाप मेटाउन पश्चताप र पापको प्रयाश्चित गर्नुहुन्छ।
यसलाई हामि पवित्र धर्मशास्त्र बाइबलमा (प्रेरित ३:१४-१५, १कोरन्थी १५:३ मा पाउन सक्छौ, तर हामिहरूले पवित्र र धर्मिजनद्वारा खोलिएको द्वारलाई अपत्यार गर्यौ।
अब वेदले अर्को यो पनि बताउछ की " सबै बलिदानले एउटा महा बलिदानको नक्कल गरेको हो" भनि बताउछ।
९> आत्मदा बलदा: यस्य छाँया मृतम यस्या मृत्यु: (ऋग्वेद १० को १२१ स:२ ऋक)
अर्थात्:- जसको बलिदानमा नक्कल बोमजीमको सक्कल पूरा हुन्छ, त्यहि मृत शरीर अमृत बन्दछ। यसैले मृत्युमा कैद भएका आत्मालाई स्वतन्त्र गर्दछ र सबै मरेका असक्तलाई शक्ति दिएर पापमा परेका कैदी छुट्दछ।
यध्यपी बाइबलमा पनि हेर्ने हो भने इशा पूर्व पुरानो करारमा हामि धेरै ठाँउमा देख्न सक्छौ, भाकल गरेको र बलीहरू चढाएको तर जसै येशु ख्रिस्ट नयाँ करारमा आउनुभो र ती सबै भाकल र बलीहरूको सक्कल पूरा गर्नु भएको हामि पाउछौ, र त्यसपछि अरु कुनै पनि बलिदान चढाएको हामि पाउदैनौ। र चढाइने पनि छैन। पवित्र धर्मशास्त्र बाइबलमा येशु ख्रिस्ट (परमेश्वर) ले स्वयम भन्नु भएको छ की उहाँ बली अर्थात व्यावस्थालाई पूरा गर्नु आउनुभो। तपाईं पवित्र बाइबल मत्ती ५:१७ मा हेर्न सक्नुहुन्छ।
प्रभुमा प्रियजनहरू यो सब मैले पुस्तक पढेर मैले जानेको कुरालाई अरुले पनि जानुन भन्ने हेतुले लेखेकी हुँ, र अरु थप लेख्दै राख्ने छु, माथी उल्लेखित सबै पठन पाठन गरिदिनु भको लागि धेरै धेरै धन्यबाद।
जुनसुकै क्षेत्रमा युवाहरुको आवश्यकता पर्दछ। युवाहरुको अपरिहार्यता यस अर्थमा कि युवाहरुमा जुनसुकै कार्य गर्ने हैसियत र सामर्थ्य हुन्छ। युवाहरुका भूमिकाले एउटा निर्दिष्ट दिशा अथवा मार्गलाई समातेर लक्ष प्राप्तिको लागि अगाडि बढ्न उत्तम सत्य साबित भईरहन्छ। राजनैतिक क्षेत्रमा, प्रशासनिक क्षेत्रमा औधोगिक क्षेत्रमा, सुरक्षा सेवाको क्षेत्रमा, संचार क्षेत्रमा, हरेक विकास निर्माणको क्षेत्रमा र धार्मिक क्षेत्रमा युवाहरुले पुर्याएको देनले युवाहरुको महत्वपूर्णता कति छ भन्ने कुरा पुष्टि हुन्छ।
अतः मण्डलीहरुले युवाहरुप्रति कस्तो खालको द्रष्टिकोण राखेका छन्? ख्रीष्टियान युवाहरुले आफ्ना मण्डलीहरुमा कस्तो प्रकारको भूमिका निभाएका छन् त? ख्रीष्टियान युवाहरुले राष्टलाई ख्रीष्टियान भएको हैसियतले कस्तो प्रकारको देन दिईरखेका छन् त? यी तमाम प्रश्नंहरुले ख्रीष्टियान युवाहरुबाट सकारात्मक उत्तर खोजीरहेका छन्।
संसारिक मोहबाट ग्रसित किन?
कति ख्रीष्टियान युवाहरु संसारिकताको मोहबाट ग्रसित भएर ख्रीष्टियान मूल्य मान्यताको अवमूल्यान गरिदिएको दुःखद घटनाहरु पनि प्रशस्तै छन्। ख्रीष्टियान युवाहरु संसारिकताको जञ्जालसँग सम्झौताको जीवनले गर्दा ख्रीष्टियान समुदायका खम्बाहरु सम्भिmएका माझमा विकृति र विसंङ्गतिले पश्रय पाईरहेको हुन्छ। संसारसँग एउटै हलोमा ननारिओ भन्ने बाइबलीय सन्देशको विपरीत नराम्रो व्यवहारमा चुर्लुम्मै डुवीरहेका छन्। संसारिकता भनेको मानिसलाई परमेश्वरको वचन विपरित काम गर्न लगाउने तत्वहरु हुन् । संसारिकता भनेको संसारको रमझम क्षणिक आनन्दी रमाईलो कुराहरु हुन्। यसैकारण ख्रीष्टियान युवाहरुले ख्रीष्टियान प्रभाव संसारमा छाड्नुको सट्टा संसारिकताको प्रभाव वेजोड तरिकाले उनीहरुको जीवनमा हावी भईरहेको भान हुन्छ। यस्तै तरिकाले ख्रीष्टियान विश्वासलाई च्यातचुत परीदिने हो भने परमेश्वरप्रति हाम्रोर् इमान्दारिता कति रहन्छ त? हामी संसारमा छौं, तर संसारले दिने प्रभाव हामीले ग्रहण गर्ने होईन कि हामीले हाम्रो जिउँदो येशूको प्रभाव अर्थात ख्रीष्टियान प्रभाव संसारलाई दिन सक्नुपर्दछ। यो परमेश्वरको महान आज्ञा पूरागर्ने क्रम वन्न सक्छ।
जोशमा होश राख्ने कि ?
युवाहरुले जोशमा होश राख्न सक्नुपर्दछ। आज हामी नेपालमा आन्दोलनमय वातावरणमा बाँचीरहेका छौं। सडक, क्याम्पसमा हरेक क्षेत्रमा ढुङ्गा मुढा हानाहान गर्दै प्राय युवा जमातहरु कुदीरहेको देख्छौं। उनीहरु सरक्षाकर्मीहरुको कडा दवावको वावजूद पनि चर्को गगनभेदी नाराहरु घन्काउँदै जोखिमको पर्वाह नगरी दौडीरहेको देख्छौं। वुढाहरु संयम हुनुपर्छ भने पनि युवाहरु उत्तेजित तरिकाले प्रस्तुत भएको देख्दछौं। आज ख्रीष्टियान युवाहरुले पनि कति पटक जोशमा होस हराएका छन्। भावानात्मक जोशमा आएर कति पटक गलत निर्णय गरीपठाउँछन्। जसले गर्दा युवाहरुको जीवनभरी नपुरिने खाडलको रुपमा श्राप वनीरहेको पाउँछौं। जोशमा होस राखी गरिएको कार्य नै परमेश्वरलाई महिमा दिने योग्यको हुन्छन्। अतः हामी ख्रीष्टियान युवाहरु आवेगमा आएर कहिल्यै निर्णय गर्नुहुँदैन । अर्थात वेहोशी कार्य गर्नुहुँदैन। हामीले प्रत्येक जीवनको लेखा परमेश्वरलाई बुझाउनु पर्छ भन्ने भयसाथ युवाहरुले काम गर्नुपर्दछ। युवा जोशमा हामीले होश राखेर काम गरिएको खण्डमा परमेश्वरले हाम्रो जीवनमा भरपूर आशिष दिनुहुन्छ।
जिम्मेवारी बोध हुनुपर्छ
युवाहरु राष्ट्रका खम्बाहरु हुन्। युवाहरु मण्डलीका गहनाहरु हुन्। युवाहरुको विनाको समुदाय खल्लो र नरमाईलो हुन्छ। युवाहरुबाट मण्डली, राष्टले थुप्रै आशाहरु गरीरहेका हुन्छन्। शक्ति, योग्यता, क्षमता प्रशस्त हुने भएकोले युवाहरुले जे पनि गर्न सक्छन् भन्ने कुराको विश्वास सवैलाई हुन्। अतः ख्रीष्टियान युवाहरुको काँधमा ठूलो जिम्मेवारी रहेको हुन्छ। यस जिम्मेवारीबाट कोही पनि विमुख वन्न मिल्दैन। युवाहरुले ख्रीष्टिय गवाही, साक्षी सकारात्मक रुपले प्रवाहित गर्ने जिम्मेवारी बहन गर्नुपर्दछ। जुन बर्गबाट ठूलो काम हुन्छ भन्ने आशा गरिएको हुन्छ, त्यही बर्ग नै निष्क्रिय भईदियो भने अब मण्डलीले, राष्टले के आशा गर्ने? परमेश्वरले प्रत्येक ख्रीष्टियान युवाहरुले आफ्नो ख्रीष्टिय आस्थाको जगेना गर्दै बाइवलीय अवधाराणा र सिद्धान्तमा प्रतिवद्धता भएर ख्रीष्टको ज्योति चम्काउँदै परमेश्वरको राज्य विस्तार गर्ने कार्यमा युवाहरुको अग्रपंक्तिको भूमिका हुनुपर्छ । यसैकारण युवाहरुले आफ्नो जिम्मेवारी वोध गर्नैपर्छ।
नैतिकताको प्रश्नं.
नैतिकताको प्रश्नं. प्रत्येक ठाउँमा उठिरहेको छ। जटिल विषयवस्तु वनेर यो हाम्रो सामु आईरहेको छ। जहाँ नैतिकताको अभाव हुन्छ, त्यहाँ विकृति र विसंगतिको थुप्रो हुन्छ। नैतिकताको अभाव भयो भने मान्छेको माझमा लाज हुँदैन। दिन दहाडै मान्छेले मान्छेको विरुद्धमा घात गरीरहेका हुन्छन्। आज जुनसुकै क्षेत्रमा नैतिकताको अभावमा भद्रगोल वनीरहेका हुन्छन्। नैतिकता भएन भने मान्छेको मूल्य र मान्यता गौण वनेर जान्छन्। आज ख्रीष्टियान युवाहरुले आफ्नो नैतिकता गुमाउनु हुँदैन। आफ्नो जीवनशैली, वोली वचन, रहन सहन, हिंर्डाई, वर्साईर् इत्यादि क्षेत्रहरुमा नैतिकताको आवश्यता पर्दछ। युवाहरुले "आफ्नै गोरुको बाह्रै टक्का" भन्ने मान्यतालाई परित्याग गरी उदाहरणीय ख्रीष्टिय जीवन जिएर समाजले ख्रीष्टियान युवाहरुप्रति उठाएका तमाम नैतिकताको प्रश्नं.हरुलाई मेटाउनुपर्दछ। नत्रभने जहिल्यै पनि समाजमा गलत प्रकारको नकारात्मक छाप रहीरहने अवस्था हुनेछ। नैतिकता मानव जीवनमा हुनुपर्ने अमूल्य चीज पनि त हो।
सकारात्मक कुराको नक्कल गर्ने कि?
युवाहरुले सकारात्मक कुराको देखासेखी गर्नुपर्ने टड्कारो आवश्यक्ता पर्दछ। खानेदेखि लिएर लाउने कुरा सम्ममा समयको विकाससँगै परिवर्तन आएको कुरा हामीले देखीरहेका छौं। यस्ता यवात परिवर्तनलाई युवाहरुले सजिलै ग्रहण गरीदिन्छन्। भनिन्छ, "संगत गुनाको फल" हामी जस्तो व्यक्तिसँग सम्वन्ध गर्र्छौ त्यस्तै हुन्छौं। संगतले चरित्र, स्वभाव वदलीदिन्छ। चोरसँग लागे चोर, विद्धानसँग लागे विद्धानै भईन्छ भन्ने अहानै छ। युवाहरु परिवर्तनको प्रवाहमा प्रवाहित हुने शिलशिलामा कति समाजमा अपाच्य कुराहरु परदर्शन गर्न पुग्नु दूर्भाग्यपूर्ण हो। पश्चिमेली प्रभावले र सञ्चार माध्यमाको तीव्र विकासले गर्दा युवा जमातहरु कति प्रभावित वनीरहेका छन् भन्ने कुरा हामीले देखीरहेका छौं। युवाहरु तीब्ररुपमा विकृति र विसंगतिको वाहक वन्ने हो भने मण्डलीले, राष्टले भावी पिंडीहरुबाट आशा गर्ने ठाउँ बाँकी रहने छैन। त्यसैले नराम्रा कुराहरुको पिछालग्गु वन्ने होईन कि ! राम्रा कुराहरुको अनुशरण गरी ख्रीष्टलाई महिमा पुगने काम गर्नुपर्दछ। यही नै समयको माग पनि हो।
अन्त्यमा
आम युवाहरुको परिपक्व सवल र उदाहरणीय भूमिकाको आवश्यकता मण्डली र राष्टलाई छ। यसको लागि युवाहरु आफैलाई परमेश्वरको वचन अनुसारको जीवनशैलीमा रुपान्तरण गर्दै लैजानु जरुरी हुन्छ। पावलले जवान तिमोथीलाई यस प्रकारले सम्झाएको थिए, "जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस, तर विश्वासीहरुका अघि वोलीवचन, आचरण, प्रेममा, विश्वासमा, र शुद्धतामा तिमी एक उदाहरण वन।" १ तिमोथी ४ः१२ । पावलले तिमोथीलाई सम्झाए जस्तै हामी हाम्रो जवानीपनबाट उदाहरणीय जीवन प्रस्तुत गरी ख्रीष्टको असल साक्षी वन्नु नै सर्वोत्तम हुनेछ। परमेश्वरले सवैलाई आशिष देऊन्।
No comments:
Post a Comment