Tuesday, March 8, 2016
प्रभुमा आदरणीय पाष्टर तथा अगुवाजन ज्यू, सम्पूर्ण मण्डली परिवारजनहरुमा . ख्रिष्टिय अभिवादन ! जयमसिह !
विषय ः आर्थिक सहयोगसहित प्रार्थना गरिदिनुहुन ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सम्पूर्ण जातजाति भाषा, भाषी, धर्म संस्कार, संस्कृति आदिको समान अधिकार रहन्छ । आफ्नो पहिचान र अस्तित्वको संरक्षण सम्बद्र्धन र विकास गर्दै स्वतन्त्रता (हरेक समुदायमा अरुलाई असर नपारी) अभ्यास गर्ने अधिकार पनि कानुनत सुरक्षित छ । संघीयता, गणतन्त्र र धर्म निरपेक्ष राज्य भइसकेपछि हरेक समुदायलाई स्वतन्त्र रुपमा संगठित हुने अधिकार पनि प्रत्यायोजन गरिएको छ । सार्वभौमसत्ता जनतामा निहीत यस राष्ट्रमा राष्ट्रियता जनतन्त्र र जनजीविकाको सवालमा सचेत समुदायको योगदानले मुलुकमा सकारात्मक स्थायी शान्ति र दिगो विकासमा मद्दत पुर्याउने उद्देश्यले ख्रिष्टियन विश्वासमा आस्थावान विभिन्न सञ्चार माध्यममा कार्यरत व्यक्तिहरुको ०७१ फागुन १७ गते झापाको दमकमा भएको प्रथम राष्ट्रिय भेला सम्पन्न भई एक वर्ष पुरा भएको छ ।
स्वतन्त्र पे्रसको रक्षाका लागि पत्रकारिताको गहनतम् जिम्मेवारी पूरा गर्दै नेपालभर आमसञ्चार माध्यममा कार्यरत ख्रिष्टियन पत्रकारहरुलाई एक सुत्रमा आवद्ध गरी राष्ट्रिय विकासको प्रवाहमा संलग्न गराउन, सुचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका नागरिक अधिकारलाई आत्मासाथ गर्दै पारदर्शी र न्यायपूर्ण लोकतन्त्रको संस्थागत विकास गर्दै पारदर्शी र न्यायपूर्ण लोकतन्त्रको संस्थागत विकासको पक्षमा क्रियाशील हुन राष्ट्र र समाजको हितका लागि व्यवसायिक एवं स्वस्थ पत्रकारिताको विकास गर्दै स्वच्छ पत्रकारिताका आदर्शहरु परिपालन गर्न, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पत्रकारिता क्षेत्रमा क्रियाशील संघ, संस्था तथा व्यक्तिहरुसंग सौहार्दपूर्ण सम्बन्ध कायम गर्दै नेपाली ख्रिष्टियन पत्रकारहरुको हक हितको संरक्षण गर्न, देशको मुल कानुनले तय गरेका संघीय राज्यहरुमा समेत नेपाल ख्रिष्टियन पत्रकार संघको संगठनात्मक संरचना खडा गर्ने प्रतिबद्धता व्यक्त गर्दै हाम्रो संगठन नेपाल ख्रिष्टियन पत्रकार संघ केन्द्रीय समितिको ०७२ फागुन १६ गते आराधना बप्तिस चर्च, धरानमा विस्तारित बैठक सम्पन्न भएको छ । संघका संयोजक श्री गिदोन लामिछानेको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय महाधिवेशन आगमी ०७३ बैशाख १२ र १३ गते दमकमा गरिने निर्णय भएको छ । अधिवेशनका लागि कुल १ लाख ५० हजारको बजेट अनुमान गरिएको छ । महाधिवेशन सम्पन्न गर्न अनुमानित खर्च खाना तथा खाजा खर्च ५० हजार, प्रचार प्रसार खर्च २५ हजार, आवास खर्च १० हजार, मञ्च व्यवस्थापन २५ हजार, अतिथि सत्कार १० हजार, बैठक तथा तयारी १० हजार र विविध खर्च २० हजार आवश्यक रहने अनुमान गरिएको छ । सोका लागि यहाँहरुसमक्ष हामी यथासक्य आर्थिक सहयोगका निम्ति अनुरोध गर्दछौं । महाधिवेशनबाट ३ वर्षका लागि नयाँ नेतृत्वको चयन गर्नुका साथै मण्डलीहरुमा विशेष सरसहयोग गर्ने र सुसमाचारको अभियानलाई निरन्तरता दिने कार्यक्रम रहेको हुँदा यस महान अभियानमा निरन्तर प्रार्थना गरिदिनुहुन विनंम्र अनुरोध गर्दछौं । सहयोगका लागि धन्यवाद । प्रभुले प्रशस्त आशिष दिनुहोस् । आमेन !
...................
गिदोन लामिछाने
संयोजक
नेपाल ख्रिष्टियन पत्रकार संघ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment