Thursday, March 3, 2016

के हामी परमेस्वरबाट टाढिएको कारण उहाँले हामिलाई त्याग्नुभएको छ ?

आजकल हामी धेरै युवायुवतीहरु प्राय आफ्नो परिवार या त मण्डली परिवार बाट बाध्यताले टाढिएर बस्न बाध्य छौं । यो कसैको रहर नभएर परिस्थिति को उपज हो । यो टाढा बसाईको समयमा हामी बिस्वासिहरुले विभिन्न कारणवस परमेस्वरको सेवाकाई गर्न असमर्थ भइरहेकाछौं । हाम्रो परमेस्वर बाट टाढा हुनु को आआफ्नै कारणहरु छन । कसैले उपयुक्त समय नमिलेको कारण त कसैले आफुले परमेस्वर प्रती गरेको पापको कारण, कसैले जाँड रक्सी या कुनै कुलतमा फसेको कारण त कसैले आफुले गरेको ब्याभिचारको कारण हुनसक्छ ।


आज म यहाँनेर तपाईहरुलाई यो छोटो लेख मार्फत उत्साह प्रदान गर्न चाहान्छु कि तपाईले जतिनै परमेस्वर प्रती पाप गरेको भएता पनि उहाँले तपाईलाई त्याग्नुभएको छैन । हुनसक्छ तपाईले सोच्नुभएको होला अब म परमेस्वरबाट त्यागिसकेको छु, तर यो गलत हो परमेस्वर भन्नुहुन्छ म तिमीहरूलाई कुनै रितिले त्याग्ने छैन । त्यसकारण प्रीय हो अब उसो हामिले जस्तोसुकै पाप उहाँको बिरुद्द गरेता पनि फेरि उहाँ प्रती हाम्रो नजर फर्काउं र फेरि पाप गरि नबसौं ।


किन कि तपाईले एउटा ढुङ्गालाई जत्ती टाढा सम्म पुर्याउनु चाहानुहुन्छ नि त्यत्ती नै त्यो ढुङागालाई पछि तिर लान जरुरी छ । त्यसकारण के तपाईं परमेस्वर बाट यदि तपाईं पछि हट्नुभएको छ भने आजै देखि अगाडि बढ्ने प्रयास गर्नुहोस तपाईं पहिलेको स्थान भन्दा अझ धेरै अगाडि सम्म पुग्नुहुनेछ । किनकी तपाईं अघि नै पछाडी तिर गैसक्नुभएको छ । किनको एउटा  धनुस को ढुङगालाई जति टाढा पुर्याउनु छ त्यतिनै पहिला पछितिर तान्न जरुरी पर्दछ ।


त्यसकारण तपाईं हामी मध्ये जो कोहि परमेस्वरबाट पछि हटेका छौं अब साहसको साथ अघि बढौं ताकी हामिलाई परमेस्वरले पहिलाको भन्दा आफ्नो बिश्वासमा दरिलो भएर अझ अगाडि बढ्न सहायता गर्नुहुनेछ । ती सबै हामिलाई परमेस्वरबाट टाढा हुन बाध्य गराउने तत्वहरुलाई अहिले नै परमेस्वरको हातमा सुम्पेर अब उसो त्यो गल्ती नदोहोर्‍याउन प्रतिज्ञा गरौँ । तपाईलाई परमेस्वरले त्याग्नुभएको छैन त्याग्नु हुन्न ।
आफैले आफुलाई बिस्वासिलो बनाउनुहोस म परमेस्वर प्रती सक्षम छु बिश्वास मा दरिलो छु भनी उहाँ प्रती हरदम अडिग बिस्वासमा रहनुहोस उहाँले तपाईलाई अवस्य बिजयी घँषणा गर्नुहुन्छ ।

जब मोसालाई पनि 6,40,000 इज्राएलीहरुलाई मिस्र देसबाट छुटाएर ल्याउने परमेस्वरको आज्ञा भयो तब प्रस्थानको पुस्तक मा परमेस्वर प्रती भन्दछ परमेस्वर मलाई त बोल्न पनि राम्रो संग आउदैन म भकभकिन्छु कसरी मैले के बोल्ने ? तब परमेस्वरले मोसालाई भन्नुभयो त नडरा म त मा भएर बोल्नेछु ! तब त्यो पछाडि मोसाले कहिले भकभकिएर बोलेन किनकी परमेस्वर मोसामा भएर बोल्नुभयो । ती सबै इज्राएलीहरुले मोसाको कुरा बुझ्दथे ।


अन्त्यमा तपाईं हामी पनि यदि कुनै कारण या बाध्यताबस परमेस्वर बाट टाढिएका छौ भने आज बाट परमेस्वरलाई पुर्ण बिस्वास गरि आफ्नो बिस्वास मा ध्रीडताको साथ अगाडि बढौं अब परमेस्वरले तपाईं हामिलाई पहिलाको हाम्रो बिस्वास भन्दा अझ माथिल्लो उचाईसम्मै उचाल्नुहुनेछ । यो छोटो लेख बाट तपाईहरुले आशिष् पाएको महसुस गर्नुभएको छ भन्ने मा म पुर्ण बिस्वस्त छु अनि तपाईको परमेस्वरप्रती टाढिएको बिस्वासलाई पुनस्थापना गराउन सहयोग पुगेको छ भन्ने पनि बिस्वास गर्दै अहिले भने बिदा हुन चाहान्छु । तपाईहरुको आत्मिक मित्र #जोसन #लिम्बु ।
भुल चुक माफ पाउँ यो लेख पढाईमा हामिसबैलाई परमेस्वरले आशिष् दिनुभएको छ । आमेन ।

No comments:

Post a Comment