Sunday, June 25, 2017

त्रीएक परमेस्वरको सिद्धान्त !

Tri=3 त्री को अर्थ तीन हो ।
nity= unity निटि को अर्थ युनिटी अर्थात एकता भन्ने बुझिन्छ ! त्यसैले यी दुई शब्द जोड्दा त्रीनिटी बनेको हो ! त्रीनिटिको अर्थ तीन ब्याक्तीत्व एक परमेस्वर हो ।



1 पिता परमेस्वर
2 पुत्र परमेस्वर
3 पबित्र आत्मा परमेस्वर ।

यी तिनै ब्यक्तित्वको परमेस्वरमा बराबर अधिकार र शक्ति छ । साथै तह पनि बराबर छ । कुनै एक ब्याक्ती अर्को भन्दा ठूलो छैन तर बराबर छन । हामिलाई पिता परमेस्वर चाहिँ ठूलो लाग्नु स्वाभाविक हो तर उहाँका सबै ब्याक्तित्व बराबर  नै छन  । हरेक ब्याक्तिका आआफ्नै छुट्टाछुट्टै कामहरु छन ।


1, पिता (Father) = उहाँ योजनाकार (Planner) हुनुहुन्छ ।

2, पुत्र (Son) = उहाँ काम गर्ने हुनुहुन्छ ।

3, पबित्र आत्मा (Holy Spirit) = काम गर्नलाई शक्ति दिने हुनुहुन्छ ।

तीन जना परमेस्वर बराबर भए पनि एक अर्कामा आदर गर्दछन र भर पनि पर्दछन ।

4, जब आदमको पतन भयो त्यसपछि त्रीएक परमेस्वरको बैठक भयो र यश कुरामा सल्लाह गर्नुभयो कि हामी यसलाई कसरी बचाउने ? यहाँ संसारमा पुत्रलाई पठाउने उहाँहरुको निर्णय भयो र त्यही अनुरुप येशु ख्रीस्ट संसारमा आउनुभयो । त्यहाँ अध्यक्षको रुपमा परमेस्वरले काम गर्नुभयो !

5, यदि येशु ख्रीस्ट पुत्रको रुपमा आउनुभएको भए स्वर्गको भासा, परिवेश  बेग्लै खालको हुने थियो ।उदाहरण : मानौ कमिला संग कुरा गर्नुपर्छ भने त्यहाँ भएको चिजबिज थोक जस्तैः मेच, टेबुल, बेन्च इत्यादिले काम गर्न सक्दैनन अथवा गाई, गोरु, भैंसी इत्यादि पशुहरुले पनि काम गर्न सक्दैनन । त्यसका लागि एउटै उपाय छ कि कमिलासंग कुरा गर्न कमिला नै बन्नुपर्छ । अझ विशेष प्रकारको कमिला भएर होइन तर त्यही कमिला नै भएर जन्मनुपर्छ ।

6, यदि कमिला राजा भएर जन्मेको भए उनिहरुले स्वीकार गर्न गाह्रो हुने थियो । उनिहरुलाई मन खोलेर कुरा गर्न पनि गाह्रो हुने थियो । यहि कारणले उहाँ पनि साधारण जे हुनुपर्ने, जस्तो हुनुपर्ने त्यही भएर जन्मनुभएको थियो ।

7, उहाँ संसारमा यहुदी भएर आउनुभयो र यहुदीहरुको भेसभुसा, रहन- सहन चालचलन जे जस्तो छ त्यही प्रकारले काम गर्नुभयो । उहाँ यश संसारमा गरिब यहुदी भएर जन्मनुभयो । उत्पत्ति 3:15 मा उहाँ संसारमा आउनुभएको निर्णय यशप्रकार छ ।

यहि कारणले गर्दा उहाँ गरिब नागरिक, सर्बसाधारण नागरिक भएर क्रुसमा मर्नुभयो । जब आदमले पाप गर्यो, विशेष रुपमा त्रीएक परमेस्वरलाई ठूलो चोट पर्यो र एकदमै जघन्य अपराध, क्रोध खन्याइयो । यो क्रोधलाई सान्त पार्नको निम्ति येशु ख्रीस्ट आफैले आफैलाई क्रुसमा बलिदान दिनुभयो । किनकी कुनै पनि मानिसले यो क्रोधलाई सान्त पार्न सक्दैन थियो । यो कुरा उहाँलाई थाहा थियो त्यसैले उहाँ दिन र नम्र भएर यश संसारमा आएर क्रुसमा होच्याइनुभयो ।

Friday, June 16, 2017

एउटा यस्तो तस्विर जसलाई बुझ्न संसारलाई धेरै समय लाग्यो ।

 विश्लेषकहरु पनि यति दोधारमा परे कि जबसम्म चित्रकार स्वयंले यो तस्विर पछाडिको रहस्य खोलेनन् । कारण तँपाईं हामी सजिलै देख्छौं कि यो तस्विरको कलामा नग्नता छ , छाडापन छ । तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति बृद्ध मानिसले गरे ? जब यो तस्विरको वास्तविकता बुझ्नु हुनेछ तब पक्कै पनि तँपाईंहरुको आँखाबाट दुई थोपा आँसु तँपाईहरुलाई थाहै नदिई बग्नेछ ।

तलको तस्विर युरोपका एक प्रख्यात चित्रकार ( मोनरो ) ले बनाएका थिए । उक्त तस्विरमा यूरोपको कुनै एक देशमा एक जना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायलयले सुनाएको थियो । जबसम्म भोकले बृद्ध मर्देनन् तबसम्म उनलाई जेलमा भौके राख्नुपर्ने थियो । एक दिन उक्त बृद्धकी छोरीले न्यायलय समक्ष आफ्ना बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् । माग भए अनुसार न्यायलयले उनलाई हरेक दिन जेलमा आफ्नो बृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो । जेलमा हरेक दिन आफ्नो बाबुलाई भेट्न जानु भन्दा पहिले उनको शरिर , झोला सबैको खानतलासी हुन्थ्यो कारण झोला या शरिरमा कुनै खानेकुरा लुकाएर उनकी छोरीले आफ्नो बृद्ध बाबुलाई लगेर नदिउन् भन्ने थियो ।

उनकी छोरीले उनलाई भेट्न जाँदा कैंयौं दिन देखि खाना नखाएका आफ्नो बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई ज्यूँदो राख्नका लागि उनले आफ्नो दूध पिलाउन लागिन् । कैंयौं दिन , महिना बिते तर ति बृद्ध भोकले मरेनन् । यो देखेर जेलरलाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए । यसरी चियो गर्दा ति छोरीले आफ्नो दूध पिलाएर उक्त बृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो । रहस्य खुलेपछि छोरी माथि पनि मुद्दा चलाईयो । फैसलामा उक्त देशको न्यायलयले कानून छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु छोरी दुबैलाई रिहा गरिदियो । भनिन्छ माथीको तस्विरमा सोही कुरा देखाईएको छ र यो तस्विर त्यति बेला निकै महङ्गो दाममा बिक्री भएको थियो ।
www.prerananepal.blogspot.com

Sunday, June 4, 2017

पृथ्वीमा पहिलो भुकम्प कहिले गएको थियो ?

 पहिला हेर्यौ कि परमेश्वरको इच्छा बिरुद्ध जाने र उहाँ बिरुद्ध गनगन गर्ने मानिसहरुलाई भूकम्पले कसरी निलेको थियो । भुकम्प परमेश्वरले कसैलाई दण्ड दिनुपर्यो भने पठाउने गर्नुहुन्छ । जव परमेश्वर  रिसाउनुहुन्छ, उहाँले भूकम्प पठाएर सजायँ दिनुुहुन्छ । नूहको समयको जलप्रलय भूकम्पको कारण भएको थियो । उत्पत्ति ७ः११ । तर यी भूकम्पको बारे बुझ्नुपर्दा बिशेष तरिकाले बिचार गर्नुपर्छ । परमेश्वरले पृथ्वीलाई किन हल्लाउनुहुन्छ त ? बाइबल अनुुसार पृथ्वी मुनि अत्तलकुण्ड  छ । त्याहाँ प्रभुलाई बिश्वास नगरेका मानिसहरु जान्छन । अत्तलकुण्डलाई प्रकास २०ः १ र २ मा  अगाधँको खाँद (अगे्रजीमा बटमलेस पिट), हिब्रुमा नरक (सिओल) र ग्रीकमा हेडेस भनिएको छ । यो चाहिँ अबिश्वासीहरु बस्ने अस्थायी स्थान हो । एक हजार बर्षको राज्यपछि मात्र तिनीहरु नरमा  जानेछन । गेहेना चाहिँ अन्तिम नरक हो । जसलाई अन्नि कुण्ड पनि भनिन्छ । (प्रकास २०ः१४) । 

अत्तलकुण्ड पृथ्वीको भित्री भागमा छ । यो पृथ्वीको सतहदेखि सातहजार किमी भित्र छ । त्याहा कोही पनि जान सक्दैन । बैज्ञानिकहरुमा अनुसार त्याहाको तापक्रम छ हजार दुईसय डिग्री सेल्सियस हुन्छ । मानिसहरुलाई नरकको चेतावनी दिन पनि उहाले भुकम्प पठाउनुहुन्छ । भूकम्पचाहिँ परमेश्वर रिसाउनुभएको संकेत पनि हो । (मत्ति २४ः ७) ।  जति जति ख्रीष्टको आगमन नजिकिदै जान्छ उति उति धेरै भूकम्पहरु जानेछन । यो संसार पाप र अधर्मले भरिएको छ । जसको कारण क्रोधित पनि बन्नुभएको छ । भूकम्प जाँदा पृथ्वीमुनिबाट लाभा र गन्धकहरु बहिर आउने गर्छन । त्यसको वरिपरि यो गन्हनाउने गर्छ । यसरी परमेश्वरले चेतावनी दिदैं हुुनुहुन्छ कि हेर तिमीहरुले यदि मलाई बिश्वास गरेनौ भने नरकमा यस्तै आगो र गन्धक भरिएको गन्हाउने ठाँउमा जानुपर्छ । यस्तै गन्धकले तिमीहरुलाई पर्खिरहेको छ । त्यसैले बिपत्तिले तिमीहरुलाई निल्नु अगाडि नै म काँहा आउँ । म तिमीहरुलाई नयाँ र अनन्त जीवन दिनेछु । मलाई बिश्वास गर्यौ भने शरीरको मृत्यु जुन  कारणले भएपनि तिमीहरुले फेरि नयाँ शरीर पाउँनेछौ । अर्थात साँचो उद्धार पाउने छौ । यो भूकम्पमा ज्यान गुमाए झै तिमीहरुले आफूूँलाई गुमाउने छैनौ । यी कुरा बुझ र होसियार रहो ।
यूएस जिओलोजिकल सर्भेको ठूल्ठुला भूकम्प गएको रेकर्ड हेरौ । १८९० देखि १८९९ सम्म एकपटक । १९०० देखि १९०९  सम्म एकपटक । १९२० देखि १९२९ सम्म दुईपटक । १९३० देखि १९३९ सम्म पाँचपटक । १८४० देखि १९४९ सम्म चारपटक । १९५० देखि १९५९ सम्म नौपटक । १९६० देखि १९६९ सम्म तेह्रपटक । १९७० देखि १९७९ सम्म छपन्न पटक । १९८० देखि १९८९ सम्म चौहत्तर पटक । १९९० देखि १९९५ सम्म एक सय पच्चिस पटक ।
सन् २००४ मा इन्डोनेसियामा ९.१ रेक्टर स्केलको भुकम्पपछि सुनामीले दुईलाख तिस हजार मानिसको ज्यान लियो । त्यस्तै सन् २०११ मा जापानमा ९ रेक्टरको भूकम्पले पन्ध्र हजार भन्दा बढीको र सोहि बर्ष हाइटीमा ७ रेक्टरको भूकम्पले दुईलाख तिस हजारको ज्यान लियो । यसरी नै सन् २००१ मा भारतको गुजरातमा ७.६ रेक्टरको भूकम्पले बिस हजारको, सन् २००५ मा पाकिस्तानमा ७.६ कै भूकप्कले ८७ हजारको र हालैको नेपालको भूकम्पले आठहजार भन्दा धेरैको ज्यान लिएको छ । अचम्म छ कि जिवित छदैं उद्धार पाउनुपर्ने मानिसलाई मरेपछिको ज्यानको उद्धार गर्न सास्ती पाएको हामीले हालै नेपालमा नै देख्यौ । यसरी मानिसलाई यसले परमेश्वरमा फर्कन व्यापक चेतावनी दिइरहेको छ ।

माथिको आँकडा अनुसार हरेक दश बर्षम ठूला भूकप्पहरु गएका छन । पछिल्लो समय यी ठूला भुकम्पहरुको सख्या झन झन बढिरहेकोले के देखाउँछ भने येसू ख्रीष्ट्रको आगमन नजिकिदै गएको छ । यसले प्रसव बेदना सुरु भैसकेको अनुभव गराइरहेको छ । प्राय जसो मुसलमान देशहरुमा धेरै भूकम्प आएका छन । टर्की देश पहिलो शदाव्दीमा सुसमाचार सुनाईएको र प्रकासको पुस्तक अनुसार सातैबटा मण्डली भएको देश हो । तर आज त्याहाका मानिसहरुले प्रभुलाई बिश्वास गरेका छैनन । दोश्रो भूकम्प बढी आएको देश इटली हो । त्याहा पनि परमेश्वरले धेरै अनुग्रह देखाउनुभएको ठाँउ हो । तर यी मुस्लिम देश भए । उनीहरुले बिश्वासीहरुलाई सताउने काम गरे । १९९० मा टान्जिन शहमा ठूलो भूकम्प आउँदा पाचलाख भन्दा धेरै मानिस मरे तर उनीहरुले यो कुरा गोप्य राख्ने प्रयास गरे पनि पछि सबैलाई थाहा भयो । जापान पनि धेरै भूकप्प जाने देशमा पहिलोमा आउँछ । त्याहाँ धेरै मानिस देवीदेवता मान्ने मानिसहरु छन । ख्रीष्टियनहरु त एक प्रतिशतको हाराहारी मात्र छन । इण्डोनेशिया पनि ख्रीष्टियनलाई धेरै नै सताउने देश हो । यसरी हामी प्राय यस्तै प्रभुलाई सताउने र बिश्वास नगर्ने देशहरुमा बढी भूकम्प आएको देख्छौ । यो त वास्तवमा सुरुवात मात्र हो । येसूको आगमनपूर्व अझ धेरेै र ठूला भुकम्पहरु जानेछन । भूकम्पबिद्हरुको अनुमान पनि यस्तै छ ।
उत्पत्तिको पुस्तक अनुसार परमेश्वरले पृथ्वीमा पानी र जमिनको भाग छुट्उनुभयो । पानीको भागले सूर्यकोे प्रकास सोस्छ र तापक्रम नियन्त्रण गर्छ । त्यसकारण त्यस समयको बातावरण मानिसको लागि एकदमै राम्रो थियो । बैज्ञानिकका अनुसार त्यस समय अदनको बगैचाको तापक्रम १८ डिग्री थियो । जुन मानिसको लागि साह्रै उपयुक्त मानिन्छ । जव तापक्रम एउटै हुन्छ हुरी बतास चल्दैन । तापक्रम फरक फरक भए मात्रै हुरी बतास चल्दछ । यसरी अदनको तापक्रम एउटै भएकोले हावा चलेन, बादल लाग्यो, पानी परेन । उत्पत्ति २ः ४ र ५ । त्यसकारण शायद परमेश्वरले बिचार गर्नुभयो कि यो पानीको सतहलाई हटाउँछु र जलप्रलयको लागि प्रयोग गर्छु । त्यसकारण परमेश्वरले भुकम्प पठाउनुभयो । उत्पत्ति ७ः११ । भूकम्पले पृथ्वीलाई हल्लाएपछि पृथ्वी फुटेर भित्रका लाभाहरु निस्के ।  अनि अगाधका मूलहरु पनि फुटेर निस्के । लाभाका धूलो खरानी जस्ता रसायनिक पदार्थहरु निस्केर आकासमा भएको पानीको बादलसँग मिले फलस्वरुप पानी गह्रौ भएर बर्षाको रुपमा झर्न थाल्यो । पानी यति धेरै पर्यो कि पृथ्वीलाई नै ढाक्यो  । यसरी प्रलयपूर्वको पानीको सतह सबै हरायो । पृथ्वीको बातावरणमा यति धैरै परिवर्तन आयो कि एक हजार बर्ष बाँच्न सक्ने मानिस केवल एक सय बिस बर्ष मात्र बाँच्न सक्ने भयो । त्यसपछि पृथ्वीको तापक्रम एउटै भएर रहेन । बतास घुम्न चल्न थाल्यो । फलस्वरुप फरक फरक रितुहरु पनि सृष्टि भए । उत्पत्ति ८ः२ । यसप्रकारले पृथ्वीमा भएको यही पहिलो भूकम्पले व्यापक परिवर्तन ल्यायो । अहिलेसम्म पनि परमेश्वरले भुकम्पलाई आफ्नो क्रोध र सजायँ दिने चिन्हको रुपमा रहिरहन दिनुभएको छ । यति मात्र होइन यो अन्त्यको दिन अर्थात उहाँ फेरि फर्केर आउने समयको सकेत पनि हो । उहाँले अत्तलकुण्ड भित्र (कैदी भएका) र बाहिर सम्पूर्ण ब्रम्हाण्डमा राज्य गर्नुहुन्छ । भजन ६८ः१८, एफिसी ४ः ८ देखि १० । सबै कुरा उहाँको शक्ति, अधिन र नियन्त्रणमा छन ।

Monday, May 22, 2017

नमस्कार !

नमस्कार, जब म कसैलाई नमस्कार गरिरहेको हुन्छु नि तब त्यो ब्याक्तीमा रहेको अलौकिक सक्तिलाई आदर गरिरहेको हुन्छु, अलौकिक भन्दा कतिसम्म अलौकिक ? यसको कुनै नाप तौल छैन !


जब कि हामिले एउटा हवाइजहाजलाई हेरेर सोच्ने गर्छौं कि ओहो ! यो कसरी र कस्ले बनायो होला ? यो बनाउने मान्छेको दिमागलाई त मान्नै पर्छ ! हो आज बैज्ञानिकहरुले विभिन्न रहस्यमय कुराहरु पत्ता लगाइरहेका छन ! र उनीहरूले यो कुरा नकारेका छैनन कि there is a God, who created us. त्यहाँ एउटा अलौकिक शक्ति छ जसले हामिलाई बनाउनुभयो । जुन अलौकिक सक्तिलाई हामी परमेस्वर भन्ने गर्दछौं ।


बैज्ञानिकहरुले जब परमेस्वर हुनुहुन्छ भनी proof गर्दा उनिहरुले the God of the Bible भनी भनेका थिए !
 #यशैया 44:24
 “परमप्रभु यसो भन्‍नुहुन्‍छ– तेरा उद्धारक, जसले तँलाई गर्भमा रच्‍नुभयो: म परमप्रभु हुँ, जसले सारा थोकलाई बनायो, जसले एकलै आकाशलाई फैलायो, जसले आफै पृथ्‍वीलाई फिँजायो ।


यसलाई हेर्दा हामी थाहा पाउन सक्छौं कि परमेस्वर पहिलो कि बैज्ञानिक ? भनेर ! बैज्ञानिक को कुरा गर्नु पर्दा बल्ल १९२९ मा एड्रीन भबल भन्ने ब्याक्तिले पृथ्वीलाई शून्यमा अड्याएर राखिएको छ भन्ने कुरा पत्ता लगाएका थिए !


तर यसैया त येशु ख्रीस्ट पृथ्वीमा आउनु भन्दा ७०० बर्स अघि नै लेखिएको थियो ! २०१७+७००= २,७१७ बर्स अघि नै लेखिएको कुरा लाई बल्ल बैज्ञानिकहरुले पत्ता लगाइरहेका छन ! जुन अघि नै बनाइएको छ तर अझै गुप्त छन !


बैज्ञानिकहरुको खोज, अनुसन्धानलाई पनि नकार्न भने सकिन्न तर पनि उनिहरुलाई परमेस्वरको स्थानमा राख्न भने कदापी सकिन्न ! किनकी बैज्ञानिकहरुको पनि सृष्टिकर्ता हुनुहुन्छ ! यस्तो महान परमेस्वर जसले सबै कुरालाई समेटेर स्थिर गर्न सक्नुहुन्छ जसलाई धेरैजनाले गुरुत्वकर्सण बल भनी भन्दछन ! अनि त्यो सक्तिलाई हामी परमेस्वर भन्दछौं !


अनि त्यही परमेस्वरले तपाइँ र मलाई प्रेम गर्नुहुन्छ ! यो कुरा अति अचम्मित छ कि त्यत्रो ठूलो सर्बसक्तिमान परमेस्वरले हामिजस्तालाई प्रेम गर्नु भनेको आफैमा महान हो !

बाइबलमा एक ठाउँमा यसरी लेखिएको छ

कलस्सी 1:15-17
 उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ,

 किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌।

 उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌ ।


यस्तो महान परमेस्वरले आज तपाइँ र मलाई प्रेम गर्नुहुन्छ ! यो कुरा मलाई अति नै पन पर्छ कि एउटा महान सृष्टिकर्ताले म जस्तो एउटा अति नै सुक्ष्म Galaxy भित्रको मानिसलाई उहाँले महत्त्वपूर्ण ठान्नुहुन्छ ! बाइबल मा धेरै ठाउँमा लेखिएको छ जहाँ परमेस्वरले  भन्नुहुन्छ  I love you, I care about you.

अनि अर्को ठाउँमा येस्तो पनि लेखिएको छ कि म तँलाई तेरो आमाको गर्भमा हुनभन्दा अघि नै अर्थात पृथ्वी को सृष्टि अघिनै म चिन्दछु ! अथवा सृष्टि को अघि नै उहाँले मेरो बारेमा सोच्नुहुन्थ्यो । त्यसकारण आउनुहोस् एक पटक सोच्नुहोस को होला त्यो परमेस्वर ? कहाँ भेटिएला त उहाँलाई ? उहाँ भन्नुहुन्छ म तेरो छेउमै छु ! आमेन

Wednesday, April 26, 2017

वास्तविकतामा को हुन साधु सुन्दर सिंह ?

भारतको लुधियान शहर नजिकै रामपुर भन्ने गाउँको एक सिख परिवारमा साधु सुन्दरको जन्मा भएको थियोे । सुन्दर सिहँको बुबा पेसाले किसान हुनुहुन्थ्यो । आमा घरायसी काममा छोराछोरी लाई हुर्काउनमा सहयोग गर्नुहुन्थ्यो । सुन्दर लाई आमाले असाध्यै माया गर्नुको साथै उनको भबिस्य प्रती निकै चिन्ता गर्नुहुन्थ्यो । सुन्दर सानै देखि सिख परिवार हुर्केकोले उहाँ लाई पुजापाठ, धर्म्कर्मा सम्बन्धि आमाले धेरै सिकाउनु भएको थियोे । आफ्नो धर्मको परम्परा अनुसार प्राय बाबा ज्योतिष कहाँ गैइ सुन्दरको भबिस्यमा कस्तो हुन्छ भनेर सोधपुछ गर्नुहुन्थ्यो । आफ्नै भबिस्यबाणी थाहा नभएको बाबाहरुले सुन्दरको जीवनको केही भबिस्यबाणी बोल्थे तरै पनि सुन्दरकि आमाले विस्वास विस्वास लाग्थ्यो ।



जब सुन्दर १२ बर्षको हुनुभयो उहाँलाई माया गर्ने आमाले संसार सधैभरीको लागि छोडनु भयो । अब भने सुन्दरको जीवन निकै निरास जनक रहन थाल्यो । शारीरिक रूपमा निकै दुब्लो हुनुहुन्थ्यो । सुन्दरम अरुहरुको दुख हेर्नै नस्क्ने स्वभाव बाल्यकाल मै थियोे । उहाँ कुनै मानिसलाई सहयोगको खाचो छ भने आफुसग जे छ त्यो दिएर सहयोग गरिहाल्ने स्वभाव थियोे । कयौं पटक उहाँको बुबाले सुन्दरले सहयोग गरेको देखेर गाली गर्नुहुन्थ्यो ।
आमाको मृत्यु पछी सुन्दर लाई बुझ्ने, प्रेम गर्ने कोही भएनन् । उहाँको जीवन दिनदिनै खराव हुँदै गयो । उहाँको बुबाले सुन्दरलाई आफ्नै गाउँमा रहेको एक मिसनेरी स्कुलमा राखिदिनुभयो । स्कुलमा कोर्सको किताबको साथै केही बाइबलको पनि पढाई हुन्थ्यो । सुन्दरलाई आफू सिख परिवार जन्मिएको र बाइबल पढ्दा पाप हुन्छ जस्तो खाल्को गलत संस्कार सिकाइएको थियोे ।


 त्यसकारण उनी बाइबलको बिरोध गर्थे । एकदिन आफ्नो अभिभावक लगाएत छिमेकीलाई भने हामी सिखलाई बाइबल पढ्ाउछ सरले भनेर भन्दा अबिभावकले सबै मिलेर बाइबल जलाई देउ भन्ने सल्लाह दिन्छ्न । जवान सुन्दर केही साथीहरू लाई बटुलेर बाइबल जलाउदै बिरोध गर्छ्न । इसाई लाई सतावट दिन थाल्छन् ।
यो कार्यगर्दा सुन्दरको जीवन झन बिग्री दै गयो । उहाँको निम्ति ख्रीष्टियानहरुले निरन्तर प्रार्थना गरिराख्नुभएको थियोे । केही समय पछी सुन्दर सिह जीवन देखि हार खाएर आत्मा हत्या गर्ने योजना जानुभयो । यो कुरा सुन्दर बाहेक कसलाई थाहै थिएन । उहाँले आफ्नो पुस्तकमा लेख्नुहुन्छ । सुन्दर सिहँ प्रार्थना गरे “हे खुदा तपाईं साचो ईश्वर हुनुहुन्छ भने मकहा प्रकट हुनुहोस् नत्र म आत्मा हत्या गर्छु ” भन्दै रुदै परमेस्वर लाई प्रार्थना गर्नुहुन्छ । परमेस्वरले उहाँको प्रार्थना सुनुहुन्छ । पबित्र आत्माले सुन्दरको हृदय परिवर्तन गर्नुहुन्छ । उहाँले बिरोध गरेको येशू ख्रीष्टको बिसयमा उहाँ बाइबलको बिषयमा बुझ्न पुरानै प्रीन्सिबल कहाँ जानू अगुवाइ गर्नुहुन्छ ।


 सुन्दर गएर विस्वास गर्नुभयो ।
प्रीन्सीपलले उहाँलाई बाइबल दिनुभयो । सुन्दरले रातदिन बाइबल पढ्थल्नुुभयो । येशूलाई विस्वास नगरेको आत्मा नरक जाने रैछ भनी बुझेर मानिसको बिना डर घरघर गैइ येशूको सुसमाचार प्रचार गर्नुभयो । उहाँले प्रभुमा आफ्नो जीवन समर्पित गर्नुभयो । प्रेम दयाँ र उहाँको अनुग्रहको भरपुरमा पुरै गाउँमा ख्रीष्ट प्रचार गर्नुहुन्थ्यो । यो कुरा सबैलाई बिस्तारै थाह हुन लाग्यो । उहाँको परिवारलाई सुन्दरले बिश्वास गरेको कुरा थाहा भयो । उहाँले येशूलाई विस्वास गरेको खातिर परिवार समाझमा ठुलो बिरोध भयो । उहाँको मिसनेरी स्कुललाई जवर्जस्ती धर्म परिवर्तन गराए भनी झुठो मुद्दा लगाई अदालत लगियो । परिवारले थुप्रै धनसम्पतीको लोभ देखाई ख्रीष्टलाई छोडने हुकुम गर्नुभयो तर उहाँको निम्ति येशू नै सबैभन्दा ठुलो धन भैसकेको थियोे । कुनै उपाय नचल्दा उहाँको बुबा आफन्त र समाजले उहाँ लाई कुटपिट गरि घर बाट निकालि दिए ।



सुन्दरको साथमा प्रभु हुनुहुन्थ्यो । प्रभुले उहाँको जीवन द्वारा ठुलो काम गर्दै हुनुहुन्थ्यो । उहाँले त्यति ठुलो बिरोध थुकाई कुटपिट सहेर पनि त्यो समाजमा ख्रीष्ट नै मुक्ति दाता हुनुहुन्छ ।उहाँ हाम्रो पापको निम्ति क्रुसमा मर्नुभ्यो, गाडिनुभयो र तेस्रो दिनमा जिवित हुनुभयो भनेर सिख (सरदार) हरुलाई गवाही दिइनै रहनुभयो ।
१९०३ म उहाँको बुबाले घरबाट निकाले पश्चात् हिमाल चल प्रदेशको राजधानी सिम्ला जानुभयो । त्यहाँ एउटा चर्चमा गरिव, बिरामीको सेवा गर्नुभयो । १९०५ म उहाँले पिता,पुत्र, र पबित्र आत्माको नाममा डुब्काउ बप्तिस्मा लिनुभयो । उहाँले सिमलाको विभिन्न गाउँहरुमा येशू ख्रीष्टको सुसमाचार प्रचार गर्नुभयो । उहाँको प्रचार बाट धेरैले प्रभुलाई विस्वास गरे ।



१९०८ म उहाँ भारत हुँदै तिब्बत जानुभयो । तिब्बतको थुप्रै गाउँहरुमा सुसमाचार प्रचार गर्नुभयो । सुसमाचार प्रचारको क्रममा त्यहाँको धर्म बिपरित भयो भनी त्यहाँको राजाले मृत्यु दण्डको सजाय दियो । सुन्दर लाई एउटा ठुलो इनार जस्तो खाल्डामा हालियो । जहाँ बिछी आदिद्वारा टोकाउनालाई राखिएको थियोे । हर कोइहीलाई मृत्यु दण्ड दिनु छ भने त्यहीँ खाल्डा फालिन्थ्यो र कहिल्यै पनि त्यहा बाट मानिस जिवित आउदैथ्यो । सुन्दर सिहको जीवन आस्चॠ पुर्ण तरिकाले त्यहाँ बाट परमेस्वरले उनलाई बचाउनुहुन्छ । उहाँ लाई बाहिर ल्याउनु हुन्छ । सुन्दरले फेरि पनि त्यहीँ सतावट भएको ठाँउमा प्रभु प्रचार गर्नुहुन्छ । उहाँ लाई पक्रेर खाल्डाम हाल्ने मानिसहरुले अचम्म मानेर राजालाई भन्छन् र राजाले सुन्दर लाई बोलाएर साच्चिकै सुन्दरको प्रभु साच्चो प्रभु हुनुहुन्छ भनी बुझेर केही सुसमाचारको वचन तिब्बती भाषाम अनुबाद गरि प्रचार गर्न दिनुहुन्छ ।
करिब ३ बर्ष तिब्बतमा प्रचार गरेपछि १९१२ म उहाँ नेपालमा पनि आउनु भयो ।



यो समयमा समबभ नेपालको प्रधानमन्त्री चन्द्रसमशेर थिए । नेपालमा उहाँ लाई ठुलो सतावट दिएको थियोे । मृत्युको मुखबाट बचाइनु भयो । नेपालमा प्रचार गर्दै उहाँ तिब्बत जानुभयो । उहाँले थुप्रो पुस्तक लेख्नु भएको छ । Religion and Reality, cross and Heave …… आदि….
यहाँ सम्म पढ्नु भएको लागि धन्यवाद ।
प्रभुले तपाईंलाई आशिष दिनुभएको होस ।