Tuesday, November 24, 2015

म हुँ भन्ने अधिकार येसुलाई मात्र छ ! यदि तपाईं र मैले म हुँ भन्छौं भने हामी घमण्ड गर्दछौं ।

आजकल सामाजिक संजालमा होस या जुनसुकै ठाउँमा पनि धेरै भन्दा धेरै बिस्वासी जनहरुले परमेस्वरको सुसमाचार प्रचार कार्यमा लगनशीलता देखाएको हामी पाउदछौं । यो असाध्यै राम्रो कुरा हो । तर हामीले यो महान कार्यमा आफुले जानेको परमेस्वरको बारेमा एक ले अर्कालाई सिकाउदै अनि आफू पनि सिक्दै अगाडि बढ्नु पर्दछ । जब हामी आफ्नो ज्ञान को निम्ति म हुँ भन्दछौं भने हामी घमण्ड गर्दछौं ।


हामिलाई राम्रोसँग थाहा छ कि सैतान स्वर्गबाट फ्याकिनु भन्दा पहिला परमेस्वरको महिमा प्रसंशा गर्ने र परमेस्वरको सबैभन्दा नजिक को स्वर्गदुत थियो । तर त्यो स्वर्गदुत मा जब म हुँ भन्ने घमण्ड पस्यो तब त्यसले स्वर्ग बाट पाताल सम्मै फ्याकिनु पर्यो । किनकी उस्ले आफ्नो सुन्दरता को घमण्ड साथै म हुँ भन्न थाल्यो ।


यसैया १४:१२-१५ सम्म मा हामी पाउदछौं कि सैतान ले आफुलाई पटक म हुँ भनी आफुलाई परमेस्वर सामु घमण्डी प्रस्तुत गर्द छ ।
१, म स्वर्गमा उक्लने छु ।
२, म मेरो सिंहासन उच्च पार्नेछु ।
३, म उत्तरको पल्लो छेउसम्म सभामण्डलको पर्बतमा बिराजमान हुनेछु ।
४. म बादलको उचाई भन्दा माथी उक्लनेछु ।
म परमेस्वर जत्तिकै हुनेछु ।

हेर्नुहोस यसरी सैतानले म हुँ भनी आफुलाई परमेस्वर सामु घमण्ड गरेको पाउदछौं । यहि उस्को घमण्ड को कारण आखिरमा यसैया १४:१५ पद्य मा सैतान पातालको तल्लो छेउसम्मै होच्याईन्छ । यो कुरा ईजिकिएल २८:१२-१५, १७ पद्य मा पनि पाउदछौं ।


त्यसकारण हामिले आफुले आफैलाई नम्र बनाएर प्रभुको राज्यबिस्तारमा लागि पर्नु पर्दछ । किनकी हाम्रो बिस्वास काम द्वारा पनि सिद्द हुन जरुरी छ । ( याकुब २:२६ )। हामी कोहि पनि सर्बज्ञानी छैनौं हामिलाई ज्ञान दिनुहुने परमेस्वर नै हुनुहुन्छ । याकुब १:५ ले भन्दछ यदि तिमीहरु मध्ये कसैलाई बुद्दिको कमि छ भने उद्दार चित्त संग नझर्की दिनुहुने परमेस्वर संग त्यस्ले मागोस र त्यस्लाई सो दिइनेछ ।
अब उसो हामिले याकुब ४:१० अनुसार आफैलाई परमप्रभु को सामने विनम्र तुल्याऔं र उहाँले हामिलाई उच्च पार्नुहुने छ ।


सर्बसक्तिमान परमप्रभु परमेस्वरलाई मात्रै म हुँ भन्ने पुर्ण अधिकार छ । जब मिश्र देशमा ४०० बर्स सम्म करिब ६,००,००० इज्राएलीहरु दासत्वमा थिए तब परमेस्वरले मोसालाई ती ४०० बर्स सम्म मिश्र देशमा दासत्वमा परेका ६,००,००० इज्राएलीहरुलाई छुटाउन भनी पठाउन लागे त्यस बेला मोसाले परमेस्वर लाई सोध्छन हेर्नुहोस अब म इज्राएलीहरु कहाँ गएर तिनीहरुलाई भन्नेछु तिमीहरुका पिता पुर्खाका परमेस्वरले मलाई पठाउनुभएको हो, तब इज्राएलीहरुले उहाँको नाउँ के हो त ? भनि सोधे भने मैले तिनीहले सोधे भने मैले के जवाफ दिउ ?


परमेस्वरले भन्नुभयो " म हुँ जो म हुँ । " फेरि उहाँले भन्नुभयो इज्राएलीहरुलाई तैले यसो भन्नू म हुँ भन्नेले तिमीहरु कहाँ मलाई पठाएको हो । यहाँ परमेस्वरले पहिलो पटक म हुँ भन्नुभएको थियो । त्यही म हुँ भन्ने परमेस्वर नै पछि तपाईं र मेरो पापको लेखी मर्नलाई यश संसारमा आउनुहुदा येसु ख्रीस्ट कहलाइनु भयो । र तिनै अब्राहम, इसाहक र याकुबका परमेस्वर आज तपाईं र मेरो पनि परमेस्वर उद्दार्कर्ता, मुक्तिदाता हुनुहुन्छ ।


अनि उहाँले फेरि यश संसारमा आउँदा पनि म हुँ भनी आफ्नो परिचय दिनुभयो । येसु ख्रीस्ट ले प्रष्ट रुपमा म नैं परमेस्वर हुँ भनी दाबी गर्नुभयो । यसैया, यर्मिया आगमबक्ताले गरेका आगमबाणिहरु एक एक गरि पूरा भए । अनि येसुले आफैंलाई ७ पटक सम्म म हुँ भनी परमेस्वर भएको प्रमाणित गर्नुभयो ।


१, युहन्ना ६:३५ ( जिवनको रोटि म हुँ ) ।
२, युहन्ना ८:१२ ( संसारको ज्योती म हुँ ) ।
३, युहन्ना १०:११ ( असल गोठालो म हुँ ) ।
४, युहन्ना १०:९ ( जिवनको ढोका म हुँ ) ।
५, युहन्ना ११:२५ ( पुनरुथ्थान र जीवन म हुँ ) ।
६, युहन्ना १४:६ ( बाटो, सत्य र जीवन म हुँ ) ।
७, युहन्ना १५:१ ( साँचो दाखको बोट म हुँ ) ।

यसरी येसु ख्रीस्ट ले परमेस्वर बाट पुर्ण अधिकार पाएर आफैलाई म हुँ भनी सत्य साबित गर्नुभयो । अनि हाम्रो सारा पापको निम्ति उहाँ क्रुस मा बलि हुनुभयो । अब उसो हामिले मोसालाई परमेस्वरले दिनुभएको ब्यावस्थामा अल्झिरहन आवस्यक छैन । हिब्रु ८:१३ अनुसार यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहरयाउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ भन्नुभयो ।

तर गलत अर्थ नलागोस कि येसु संसारमा ब्यावस्था भंग गर्नलाई आउनु भएन तर ब्यावस्था पूरा गर्नलाई आउनुभयो । मत्ती ५:१७
‘म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ।


किन भने ब्यावस्था मोसा बाट दिइयो, अनुग्रह र सत्यता चाहिँ येसु ख्रीस्ट बाट आयो । युहुन्ना १:१७ । त्यसै गरि गलाती ५:१८ । रोमि ३:२१ ले भन्दछ तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्।


अन्त्यमा अब हामिले कुरा बुझौं र सिक्ने सिक्ने कुरामा सधै एक अर्काको निम्ति प्रार्थना गर्दै अगाडि बढौं । प्रभुले हामिद्वारा यी नै कुरा चाहानुहुन्छ । १ पत्रुस ३:१५ तर तिमीहरुको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिनीहरु प्रत्येकलाई व्याख्या दिन संधै तैयार बस जसले तिमीहरुसंग भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ ।


अब हामी म हुँ भन्ने अहम भावना बाट अलग भएर एक ले अर्कोलाई संगतिमा प्रोत्साहित गर्दै अगाडि बढौं । हिब्रु १०:२५ अनुसार । किनकी हामिले बुझ्यौं म हुँ भन्ने अहम घमण्डले गर्दा परमेस्वरले सबैभन्दा आफ्नो ठूलो र नजिकैको स्वर्दुतलाई पत्ताल सम्मै फ्याँक्नुभएको थियो । र त्यसले सैतान को रुप धारण गरेको थियोे भने तपाईं र म आफ्नो ज्ञान को घमण्ड गर्ने को हौं र ? म हुँ भन्ने पुर्ण अधिकार येसु ख्रीस्ट जो परमेस्वरको पुत्र हुनुहुन्छ उहाँलाई मात्र छ । जो हुनुहुन्थ्यो, हुनुहुन्छ र रहिरहनुहुनेछ । हामी सबैलाई यो वचन बढाइ मा प्रभुले आशिष् दिनुभएको होस । आमेन । ( भुल चुक माफ पाउ तपाईहरुकै हितैसी आत्मिक मित्र #जोसन_लिम्बू )

Saturday, November 21, 2015

"पबित्र बाइबल" बारे छोटो जानकारी !!

पबित्र बाइबल मा जम्मा दुई वटा नियमहरु छन ।
१/ नयाँ नियम ।
२/ पुरानो नियम ।
यी दुई नियमहरु गरि पबित्र बाइबल मा ६६ वटा पुस्तकहरू छन । ती मध्ये पुरानो करारमा ३९ वटा पुस्तकहरू छन, भने नयाँ करारमा २७ ओटा पुस्तकहरू समाबेश छन । पुरानो नियममा ९२९ वटा अध्यायहरु छन भने, नयाँ नियममा २६० वटा अध्यायहरु गरि पुरै बाइबल मा १,१८९ वटा अध्यायहरु रहेका छन । यसको शुचि यसप्रकार रहेको छ :-
पुरानो करार:-
पुस्तकहरु :- अध्यायहरु :- ====================== १, उत्पती ५० २, प्रस्थान ४० ३, लेवि २७ ४, गन्ती ३६ ५, ब्यावस्था ३४ ६, यहोसु २४ ७, न्यायकर्ता २१ ८, रुथ ४ ९, १ समुएल ३१ १०, २ समुएल २४ ११, १ राजा २२ १२, २ राजा २५ १३, १ इतिहास २९ १४, २ इतिहास ३६ १५, एज्रा १० १६, नहेम्याह १३ १७, एस्तर १० १८, अय्युब ४२ १९, भजनसंग्रह १५० २०, हितोपदेस ३१ २१, उपदेशक १२ २२, श्रेष्ठ गित ८ २३, यसैया ६६ २४, यर्मिया ५२ २५, बिलाप ५ २६, इजिकिएल ४८ २७, दानियल १२ २८, होसे १४ २९, योएल ३ ३०, आमोस ९ ३१, ओबदिया १ ३२, योना ४ ३३, मिका ७ ३४, नहुम ३ ३५, हबकुक ३ ३६, सपन्याह ३ ३७, हाग्गै २ ३८, जाकरिया १४ ३९, मलाकी ४ =================== जम्मा = ९२९
नयाँ करार :-
पुस्तकहरु :- अध्यायहरु :- ====================== १, मत्ती २८ २, मर्कुस १६ ३, लुका २४ ४, युहन्ना २१ ५, प्रेरित २८ ६, रोमि १६ ७, १ कोरिन्थी १६ ८, २ कोरिन्थी १३ ९, गलाती ६ १०, एफिसी ६ ११, फिलिप्पी ४ १२, कलस्सी ४ १३, १ थेस्लोनिकी ५ १४, २ थेस्लोनिकी ३ १५, १ तिमोथी ६ १६, २ तिमिथी ४ १७, तितस 3 १८, फिलेमोन १ १९, हिब्रु १३ २०, याकुब ५ २१, १ पत्रुस ५ २२, २ पत्रुस ३ २३, १ युहन्ना ५ २४, २ युहन्ना १ २५, ३ युहन्ना १ २६, यहुदा १ २७, प्रकाश २२ ======================= जम्मा = २६०
पुरानो करार + नयाँ करार
९२९ +२६० ====== जम्मा = १,१८९ अध्यायहरु पुरै बाइबलमा रहेका छन । भने :-
३५,६६,४८० वटा अक्षरहरु छन । ८,१०,६९७ वटा सब्दहरु छन । ३१,१७५ वटा पद्यहरु छन ।
#बाइबल मा सबैभन्दा लामो अध्याय भजनसंग्रह ११९ हो भने, सबैभन्दा छोटो वा बिचको अध्याय भजनसंग्रह ११७ हो ।
#बाइबल मा सबैभन्दा बिचमा पर्ने अध्याय भजनसंग्रह ११८ को ८ औं पद्य हो ।
#बाइबल मा ४६,६७२ पटक "र" को प्रयोग गरिएको छ ।
#बाइबल मा सबैभन्दा लामो पद्य एस्तर ८:९ हो ।
#बाइबल मा सबैभन्दा छोटो पद्य युहन्ना ११:३५ हो ।
* पुरानो करारमा " परमेस्वर " या यसको बराबर सब्द " यहोवा " ७,६९८ पटक लेखिएको छ । अथवा "परमेस्वर" १,८५३ पटक लेखिएको छ ।
#एस्तर को पुस्तकमा "परमेस्वर" शब्दको प्रयोग गरिएको छैन । तर सम्पुर्ण पुस्तकको अध्यायहरुमा बुद्दी , ज्ञान, पबित्रता र प्रेम उल्लेख गरिएको छ ।
तर सौभाग्य को कुरा आज हामिले आफ्नै सरल नेपाली भासामा बाइबललाई पढ्न पाएका छौँ । हामिले आफैलाई भाग्यमानी सम्झौं । कि बाइबल यो अवस्था सम्म आईपुग्न कति मानिसहरुले आफ्नो प्राण गुमाएका छन जेल चलान गरिएको छ, बनिबास भएका छन, अनएकौं दु:ख कस्ट भोगेका छन । तर तपाईं र मैले कुनै सतावट बिना नै बाइबल पढ्न पाइरहेका छौं
तपाईले कहिले सोच्नुभएको छ ? कि बाइबल पहिलो ३ भासामा लेखिएको थियोे । १, ग्रिक २, आरमाइक ३, हिब्रु
# पुरानो करार ग्रिक आरमाइक भासामा लेखिएको थियो भने,
# नयाँ करार हिब्रु भासामा लेखिएको थियोे ।
अनि पुरानो करार र नयाँ करार बिचको अवधी ४०० बर्स रहेको छ । जमा ४० जना लेखकहरु द्वारा लेखिएको बाइबल पूरा लेखिसक्नु लाई १६०० बर्स लागेको थियोे । बाइबल को लेखक हरु कोहि मछुवा कोहि गोठालो त कोहि डाक्टर आदि थिए । बाइबल पबित्र आत्माको सक्तिले मानिस द्वारा लेखिएको थियोे ।
अर्को कुरा ती तीन भासालाई अंग्रेजी मा अनुबाद गर्नलाई हिब्रु भासा पुरै अनि अंग्रेजी पनि पुरै, आरमाइक भासालाई अंग्रेजी मा अनुबाद गर्न आरमाइक र अंग्रेजी दुबै भासा जानेको त्यस्तै गरि हिब्रु भासालाई अंग्रेजी मा अनुबाद गर्न हिब्रु भासा र अंग्रेजी दुबै भासाको ज्ञान भएको मानिस हुन पर्थ्यो । अनि अंग्रेजी लाई नेपालिमा अनुबाद गर्न त्यो मानिसले अंग्रेजी र नेपाली भासा पुरै जानेको हुन पर्थ्यो । अनि बल्ल अंग्रेजी भासाको बाइबल लाई नेपालिमा अनुबाद गर्न सक्षम हुन्थ्यो ।
हेर्नुहोस, सोच्नुहोस बाइबल त्यति सजिलै हाम्रो हात सम्म आइपुगेको छैन । त्यसको लागि धेरै त्याग र तपस्या हाम्रो अग्रज हरुले गरेका छन । बाइबल लाई नस्ट गर्न खोज्नेहरु आफै पतन भएका छन । कतिले अन्त्यमा येसु सत्य हुन भनी पस्चताप गरेर मरेका छन । तर आज तपाइँ र मैले बिना सतावट नैं स्वतन्त्र रुपमा बाइबल अध्ययन गर्न पाईराखेका छौँ । प्रभुलाई धन्यवाद होस । यो सौभाग्य को निम्ति !!
अन्त्यमा - यि सब बाइबल को बिवरणहरु गुगल बाट मैले लिएको हुँ । हामी बिस्वासिहरुको बाइबल अध्ययन को उत्साहको निम्ति । आसा छ यहाँ बाट तपाईले केही ज्ञान प्राप्त गर्नु भएको छ । भुल चुक माफ पाउँ । जयमसिह !!

Sunday, November 1, 2015

निरन्तर को बाइबल अध्ययन ले आफुमा परिवर्तन को महसुस गर्नुहोस !!

यहाँ फोटोमा तपाईं देख्दै हुनुहुन्छ । म र रेस्लर रोमन रिङ्ग लाई, मेरो बडि हेरि रोमनको बडि धेरै ज्याङ्गो यानिकी ठुलठुला छन । कारण थाहा छ तपाईहरुलाई ? आखिर हाम्रो शरीरमा नसाहरु उति नै छन, र हाम्रो सरिरको हड्डीहरु को संख्या पनि बराबर त्यही २०६ ओटा नै छन ।
तर फरक यति हो कि किन रोमन को बडि निकै सकृय र ठुलो देखिन्छ ? मेरो भने निष्क्रिय र सानो देखिन्छ ? किनकी रोमनले आफ्नो बडि ठूलो बनाउन को लागि डाइट गर्छन प्रत्येक दिन आफ्नो बडिको निम्ति समय समयमा सारिरिक ब्यायाम पनि गर्छन त्यसकारण उहाँको बडि सक्रिय र ठुला भएका छन ।
अर्को तिर म मेरो बडिको ख्याल राख्दिन समय समयमा ब्यायाम अनि प्रोटिन युक्त खानाहरु खादिन अन्ततः मेरो बडि निष्क्रिय र सानो भएको छ । आखिर हाम्रो शरीरमा नसा र मांसपेशी अनि हड्डीहरु भने बराबर नै छन तर जस्ले आफ्नो स्वास्थको ख्याल गरि दैनिक सरिरको ख्याल गर्छन तिनीहरु हेर्दै लोभ लाग्दा र सक्रिय देखिन्छन् र हुन्छन पनि ।
यहाँ मैले तपाईहरुलाई बताउन खोजेको प्रसङ्ग अर्कै छ कि परमेस्वरले पनि तपाईं र मलाई उहाँकै स्वरुपमा उहाँकै प्रतिरुपमा सृष्टि गर्नु भएको छ । तपाईं र मेरो सरिरमा उतिनै नसा मांसपेशी र हड्डिहरु अनि दिमाग छ । हामी अरु प्रभुका जनहरुलाई हेरेर यो त कत्ती बाइबल को बारे जान्ने छ मलाई त बाइबल को बारे केही आउदैन म केही जान्दिन भनेर आफैलाई आफ्नो आत्मबल कमजोरी नबनाउँ तर जसरी निरन्तरको को सारिरिक ब्यायामले रेस्लर खेलाडीहरुको शरीर सक्रिय र ठुलठुला हुन्छन । त्यसरी नै हामी पनि दैनिक बाइबल अध्ययन र खोज अनुसन्धान बाट अरु बाइबल बिदहरु जस्तै बन्न सक्छौं ।
तर हामिमा निरन्तर लगनशीलता भने हुन जरुरी छ । सबैले एकै पल्ट जानेर आएका छैनन । ती हाम्रा अग्रजहरु ले पनि धेरै बाइबल अध्ययन खोज अनुसन्धान बाट नै ती सब ज्ञान हाँसिल गरेका हुन । हामी पनि बाइबल पढौं सकेसम्म सेवा संगतिमा जाने कोसिस गरौं हाम्रो आत्मिक वृद्धिमा परिवर्तन आफै आउँछ । जस्तै निरन्तर को ब्यायाम ले शरीर मा परिवर्तन आउँछ ।
किन भने परमेस्वरले तपाईं र मलाई उतिनै सरिरको अंगहरु दिनुभएको छ । अब ती अंगहरुलाई कसरी चलाउने त ? त्यो तपाईं र मेरो जिम्मामा छ । त्यसकारण प्रभुको राज्यको खोज हामी निरन्तर गरौं आत्मिक युद्दको निरन्तर अभ्यास गरौं । निरन्तरको आत्मिक अभ्यासले हाम्रो आत्मिक जिवनमा अवस्थ परिवर्तन आउने छ । अनि पहिलाको जीवन भन्दा बिस्वास र निरन्तर बाइबल अध्ययन खोज अनुसन्धान पछिको जीवन मा पक्का हामी ठूलो परिवर्तन को अनुभव गर्नेछौं ।
जब हामी शरीरमा भन्दा बाहिर आत्मामा मन लगाउछौं नि तब हामिले अर्कै दु:ख अनि आनन्द को महसुस गर्छौं । किनकी हामी सारिरिक कुराको चिन्ता र फिकृले आफ्नो आत्मालाई भने पल पल तड्पाई रहेका हुन्छौं । परमेस्वरको बचनले भन्छ शरीरमा मन लगाउनु मृत्यु हो भने आत्मामा मन लगाउनु चाहिँ जीवन हो ।
अन्त्यमा : आउनुहो हामी धार्मिकताको खोजी गरौं जसरी निरन्तर को सारिरिक ब्यायाम ले हाम्रो सरिरको ढाँचा बदलिन्छ त्यसरी नै निरन्तरको बाइबल अध्ययन र ईस्वरको तिर्खाले हाम्रो आत्मिक जीवनलाई पल पल सृष्टि कर्ताको सामु लगिरहेको हुन्छ । साँगुरो बाटोमा डोर्याइरहेको हुन्छ । अनि हामी पनि आत्मिक जीवन प्रती उत्सुक र ज्ञानी बन्छौं ।धन्यवाद ! जयमसिह !!
( यो मेरो ब्याक्तिगत बिचार हो, भुल चुक माफ पाउँ )

Wednesday, October 28, 2015

कुन धर्मका मानिसहरुले बढी आफ्नो धर्मको प्रचार गरे ? इतिहास र वर्तमान दिउँसो १२ बजेको घाम जतिकै छर्लङ्ग छ !!

म धेरै पढ्न र लेख्न रुचाउने मान्छे हुँ । चाहे त्यो बिज्ञान सम्बन्धित होस या धार्मिक सम्बन्धित होस सबै कुराहरुको जानकारी राख्न मलाई मन पर्छ । कतिपय हामी मानिसहरू संसारिक जिवनको मात्र वास्ता फिक्री गरिराखेका हुन्छौं । तर हाम्रो मृत्यु पश्चात् पनि हाम्रो अस्तित्व छ भन्ने कुरालाई भुलिरहेका हुन्छौं कि त त्यस्ता कुरालाई सिधै नकारी दिन्छौं ।
यहाँ हामिले बुझ्नुपर्ने कुराहरु धेरै छन कि यो हाम्रो जीवन भनेको रहस्यमय तरिकाले सृष्टि गरिएको छ । हामी जन्म लिन्छौं हुर्कन्छौं बिवाह गर्छौं सन्तान जन्माउछौं आफ्नो संसारिक जिवनको लागि केही गर्छौं बुढेसकालले छुन्छ अन्त्यमा मर्छौं । यसरी हाम्रो जीवन चक्र घुमिरहेको छ । तर हामिले भुलेका भनौं या त नबुझेको या त वास्ता नगरेको हाम्रो अर्कै आत्मिक जीवन पनि छ ।
हामी जन्मेदेखी बाँचुन्जेल नमरेसम्म विभिन्न धर्म कर्म देखि लिएर पाठ पुजाहरु गर्छौं । ती सब आखिर के का लागि त ? यहाँ बाट हामिलाई प्रष्ट हुन्छ कि ती सबै कार्यहरु हामिले संसार छोडेर गएपछिको अर्को आत्मिक जिवनको लागि हो । संसारमा रहुन्जेल दिनभरी काम गर्यो रातभर सुत्यो फेरि भोलिपल्ट उठ्यो त्यही काम दोहोर्‍याए भइगो नि । बाँच्नुको लागि काम गर्ने खाना खाने, किन धर्म कर्म गर्नु पर्यो ? तर मानिस जाती मात्र त्यस्तो प्राणी हो जो संग आत्मा छ ।
ख्रीस्टियनहरुको मुख्य उदेस्य भनेको जहिले पनि उद्दार, मुक्ती नपाइ संसारिक थोक संसारिक मोज मज्जामा भौतारिरहेका आत्माहरुलाई सुसमाचार द्वारा आफ्नो सृष्टि कर्ता परमेस्वर संग टुटेको सम्बन्धलाई पुनस्थापित गराउनु हो । यो महान कार्यमा आज भन्दा हजारौं बर्स अघिदेखि हाम्रा अग्रजहरु लागिपरेका थिए, आज हामी पनि त्यही महान कार्यलाई निरन्तरता दिंदै यो अवस्था सम्म आईपुगेका छौँ ।
यहाँ सम्म आईपुग्दा ख्रीस्टियनहरुले धेरै बाधा अवरोधहरुको सामना गर्नु परेको छ । आफ्नै देस मा सरणार्थी को जीवन जिउनु परेको छ । कति झुटा आरोप प्रत्यारोपहरुको सामना गर्दा गर्दै कति ख्रीस्ट का अनुयायीहरुले आफ्नो ज्यान गुमाउनु परेको छ । हाम्रै नेपालमा आफ्नै दाजुभाइहरु द्वारा धर्म प्रचारको आरोप खेपिरहनु परेको छ । के साँच्चिकै ख्रीस्टियनहरुले मात्रै नेपालमा आफ्नो धर्मको प्रचार गरेका छन त ? इतिहास र बर्तमान दिउँसो १२ बजेको घाम जस्तै छर्लङ्ग छ । कि नेपालको सन्दर्भमा ख्रीस्टियनहरुले भन्दा अन्य धर्मका मानिसहरूले पनि आफ्नो धमको कम प्रचार गरेका छैनन् । क
ख्रीस्टियनहरु वास्तवमा धर्मको होइन तर मुक्तिको प्रचार गर्दछौं । धार्मिकता र सत्यताको प्रचार गर्दछौं । तर ख्रीस्टियनहरुलाई मात्रै धर्मको प्रचार गर्यो भनेर भन्ने अन्य धर्मलवम्बिहरुलाई म अवगत गराउन चाहान्छु कि पशुपतिनाथ जस्ता ठुलठुला मन्दीरहरु नेपालकै ठूलो सहर काठ्माण्डौको बिच बिचमा खडा गरिएका छन त्यो धर्म प्रचार होइन ? ठुला ठुला आवाज निकाली, शहरै थर्किने गरि पुरान वाचन गरेको धर्म प्रचार होइन ? बस, ट्रक हरुमा " पशुपतिनाथ कि जय " " कनकाई माइ कि जय " दक्षिण काली कि जय " लेखेर पुर्व मेचीदेखि पश्चिम् महाकालीसम्म घुमाइएको धर्म प्रचार होइन ? नाग पन्चमिको नाउँमा गाउँ गाउँ घुमेर दुई चार मन्त्र फलाक्दै साँपको फोटो सबैको घर घरमा टाँस्दै हिंड्नु के धर्म प्रचार होइन ? शंख बजाएर रातभरी घुम्नु धर्म प्रचार होइन ? संचार माध्यमहरु बाट स्वस्थानी लगायत विभिन्न हिन्दु सम्बन्धी प्रवचन प्रसारण गर्नु के धर्मको प्रचार होइन ? रेडियो नेपालबाट बिहान-बिहान ५ बजे गायत्री स्तुति भन्दै प्रसारण गर्नु धर्म प्रचार होईन ?
यदि यी सब धर्मकै प्रचार हो भने तपाईलाई प्रस्टै थाहा भैसकेको छ कि आजसम्म कुन धर्मको मानिसहरुले धेरै आफ्नो धर्मको प्रचार गरेका रहेछन् ? वास्तविक कुरा, सत्य सबैलाई तितो लाग्छ । ख्रीस्टियनहरु येसु सत्य हुन भन्छौं येसु बाहेक अरु कसै द्वारा उद्दार मुक्ती छैन भनी दाबी गर्छौ । कि कुनै पनि धर्मको प्रबक्ताले म उद्दार दिन्छु मुक्ती म द्वारा छ भनी दाबी गरेको कुनै पबि धर्मको धर्मग्रन्थमा पढ्न पाइदैन । तर ख्रीस्टियन मत अदित्तिय छ ।
त्यसकारण हामी धर्मको हैन धार्मिकता, वास्तविकता, उद्दारकर्ता को सत्यतालाई प्रचार गर्छौं । धर्म परिवर्तन गर्ने नैसर्गिक अधिकार सनैलाई छ । मलाई कुन धर्मको आस्था सत्य लाग्छ म त्यो धर्म अंगाल्न पाउँछु । कति पल्ट ख्रीस्टियनहरुलाई डलरको आरोप लाग्यो तर वास्तविक तथ्य हेर्ने हो भने ख्रीस्टियनहरु नैं गरिब छन । होला त्यस्ता धर्मको नाउँमा कलंक मच्चाउनेहरु, डलर को खेती गर्नेहरु म मेरो गोरुको बाह्रै टक्का भन्दिन । तर एक दुई जनाको गैर जिम्मेवारीपुर्ण कार्यले गर्दा सिंगो इसाई जगत लाई नै आरोप मा मुछ्नु उनिहरुले गरेको असल कार्यको ढाकछोप गर्नु हो ।
नेपालमा ख्रीस्टियनहरुले अनाथ आश्रम खोले त्यहीँ धर्म परिवर्तन को आरोप लाग्यो । ग्रामीण भेगमा स्कुल बनाइए त्यहीँ धर्म परिवर्तन को आरोप छ । भोकालाई भोजन दिए, नाङ्गालाई बस्त्र दिए, गरिबहरुलाई सहयोग गरे अन्त्यमा धर्म परिवर्तन कै आरोप खेप्नु परेको छ । कतिपय त्यस्ता खोलिएको इसाई संथाहरु छन जहाँ अन्य धर्मको मानिसहरुले लाभ पाइरहेका छन ।
ख्रीस्टियनहरुले गरेको लाखौं राम्रा काम नेदेख्ने जहिले गल्ती पर्खेर बस्ने हाम्रा अन्य धर्मलवम्बिहरुलाई मेरो अनुरोध छ । सक्नुहुन्छ गर्नुहोस् सक्नुहुन्न गर्नेलाई अवरोध नपुर्यानुहोस । घर्मकै नाउँमा बखेडा झिकेर आरोप प्रत्यारोप मै अल्झी राख्नु भन्दा सत्य के हो बुझ्ने तिर पो लाग्ने हो कि ? धर्मको पछि हामी धेरै कुद्यौं, अब धार्मिकतालाई अंगाल्ने कि ? किन भने धर्मले होइन धार्मिकताले देश लाई माथी उचाल्छ । मनमा कुरा धेरै छन समय थोरै छ आजलाई यती नैं । येसु सत्य थिए, सत्य छन, र सत्य नै रहिरहने छन । किनकी उहाँले भन्नुभएको छ बाटो, सत्य र जीवन म नै हुँ । म द्वारा बाहेक अरु कोहि द्वारा मानिस स्वर्ग जान सक्दैन । पबित्र बाइबल युहुन्ना १४:६ /
आउनुहोस् पापमय संसारबाट फर्कनुहोस येसुलाई बिस्वास गर्नुहोस् । तपाइले कुनै मूल्य तिर्नु जरुरी छैन मात्र येसुलाई आफ्नो ब्याक्तिगत मुक्तिदाता धनी आफ्नो हृदयले स्वीकार गर्नुहोस् । परमेस्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ । उहाँ आफुसंग भएको १०० ओटा भेडाहरु मध्ये ९९ ओटा भेडाहरु संग भन्दा हराएर फेरि भेटिएको एउटा भेडा संग धेरै खुसी हुनुहुन्छ । आमेन
( यो सब मेरो बाइबलमा आधारित ब्याक्तिगत बिचारहरु हुन, कसैलाई चित्त दुखे माफी चाहान्छु ) धन्यवाद !!

Monday, October 26, 2015

यो अनुग्रह को समय हो, पाप गर्नको निम्ति लाइसेन्स होईन !!

बाइबल मा रोमि ३:२३ पदले भन्दछ, सबैले पाप गरेका छन र परमेस्वरको महिमा सम्म पुग्न बाट चुकेका छन । यहाँ बाट हामी के थाहा पाउन सक्छौं भने हामी सबै पापी छौँ । अनि अर्को पद रोमि ६:२३ मा जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।
यहाँ हामिले बुझ्नु पर्ने कुरा के छ भने हामी जन्मदै पापी छौं । हामी पापीहरुको पाप क्षमा कुनै सांडे बोकाहरुको रगत ले असम्भव छ । त्यसकारण हाम्रो अथवा मानिसहरूको पाप क्षमा गर्न मानिस को बलिनै चाहिथ्यो, त्यो मानिस तपाई र म जस्तो नभएर कन्ने केटिको गर्भ बाट जन्मेको जीवन मा कुनै पाप कर्म नगरेको हुनु पर्दथ्यो । त्यही भएको कारण परमेस्वरले तपाइँ र मेरो पाप क्षमा को निम्ति येसु ख्रीस्ट लाई कन्ने मरियमको गर्भको माध्यम बाट बलि हुन यश संसारमा पठाउनु भयो ।
युहुन्ना ३:१६ ।अब यहाँ भनिएको छ कि परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई संसारको निम्ति दिनु भयो। ताकी उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश नहोस, तर त्यसले अनन्त जीवन पाओस ।
हामी सबै पापी हुँदाहुँदै पनि परमेस्वरले हामिलाई यति धेरै प्रेम गरेर आफ्नो एउटा मात्र पुत्र लाई पनि तपाईं र मेरो पाप क्षमा गर्न को निम्ति क्रुस मा टाँग्नलाई दिनुभयो कि उहाँको रगतले हाम्रो पाप क्षमा भएको छ, उहाँको चोटले हामी निको भएका छौं, उहाको मृत्युले आज हामिले अनन्त जीवन त्यो पनि सित्तैमा पाएका छौ । तर एउटा मात्र कुरा छ त्यो हो येसुमा बिश्वास गर्नु । जब हामी येसुलाई हाम्रो ब्याक्तिगत मुक्तिदाताको रुपमा आफ्नो हृदय मा स्वीकार गर्छौ तब उहाँको नाउ द्वारा परमेस्वरले हाम्रा सारा पाप क्षमा गरिदिनुहुन्छ ।
अनि अर्को कुरा कुनै पनि धर्मसास्त्रमा नलेखिएको कुनै पनि धर्मको प्रबक्ताले म यस्तो प्रकारको पाप क्षमा दिन सक्छु भनेर दाबी गर्न नसकेको कुरा बाइबल मा परमेस्वरले तपाईर मलाई भन्दै हुनुहुन्छ, त्यो हो परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिउँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू उन जस्तो सेतो हुन सक्छौ। यसैया १:१८ ।
यहाँनेर परमेस्वर स्वंम ले भन्नुहुन्छ आउ तिमीहरूको पाप को बारे छलफल गरौं । तपाईं र मलाई उहाले बोलाउनु हुन्छ कि आउ संगै बसौं तिमीहरूको पाप को बारे छलफल गरौ भन्नुहुन्छ यहाँ बाट के थाहा पाउन सक्छौं भने परमेस्वरले मात्र हाम्रो पाप क्षमा गर्न सक्नुहुन्छ ।
कुनै पनि धर्मको धर्म गुरुलाई सोध्नुभयो भने वा धर्म सास्त्रको अध्ययन गर्नुभयो भने पनि त्यहाँ उद्दार को बारेमा स्पस्ट बताइएको पाउनुहुन्न । तर बाइबल मात्र त्यस्तो सत्य परमेस्वरको जिवित वचन हो त्यहाँ तपाइँले उद्दार मुक्ती, मानिसहरुको र सारा ब्रह्माण्ड को उत्पतिको बारेमा छर्लङ्ग हुने गरि सरल भासामा पढ्न जान्न पाउनुहुन्छ । अनि सोही समयमा येसु ख्रीस्ट ले हामिलाई भन्नू हुन्छ कसैले गर्न भन्न नसकेको कुरा दाबी गर्नु हुन्छ कि बाटो, सत्य र जीवन म नै हुँ । म द्वारा बाहेक कोहि द्वारा पनि मानिस स्वर्ग जान सक्दैन । युहुन्ना १४:६ ।
आउनुहोस् सोच्नुहोस जीवन तपाइँको हो, यो जिवनको निर्णय पनि तपाईकै हुनुपर्छ । कि आज हामी कहाँ जान लागेका मानिस हौं तर कुन बाटो बाट यात्रा गरिरहेका छौं ? आज हामिले पछ्याउँदै गरेको बाटोले अन्त्यमा अनन्त जीवन मा पुर्याने हो या अनन्त मृत मा ? यो परमेस्वरले दिनुभएको अनुग्रह को समयमै निर्णय गर्नुहोस् । अनुग्रह को समयलाई पाप गर्ने लाइसेन्स नबनाउनुहोस । ? सबैलाई प्रभुले आशिष् दिउन । आमेन
#जोसन_लिम्बु