Thursday, July 1, 2021

नयाँ नेपालमा आदिवासी महिलाको भुमिका ''नयाँ नेपाल र आदिवासी महिलाहरु''

           ✍️  कल्पना योङ्गहाङ्ग (लिम्बु )



           हाम्रो समाजको वर्तमान अवस्था अर्धसामन्ती चरित्रको छ । यो अवस्थाबाट पूँजीवादतर्फ संक्रमणको परिस्थिति अहिलेको यथार्थता हो । यस्तो अवस्थामा महिलाइरूको स्थिति पहिलाको तुलनामा केही सुधार भएका महिलाहरू केवल पुरुषको सहयोगी, विज्ञापनका साधन र पुरूषप्रधान समाजको कठपुतलीकै अवस्थामा रहनु यो चरणको चरित्र हो । नेपाल एक बहुसाँस्कृतिक, बहुभाषिक एवं बहुधार्मिक मुलुक भएकोले यहाँ विभिन्न जाति तथा समुदायका मानिसहरू आपसमा सहकार्य र अन्तर्क्रिया गरी बस्दै आएका छन् । सामाजिक रूपमा जातीय विभाजनको असर छ । यसले समाजमा असमानताका खाडलहरू सिर्जना गरिरहेको छ । साँस्कृतिक रूपमा देशभित्र कथित उच्च संस्कृति र बाहिरबाट आयातित पश्चिमी संस्कृतिको प्रभाव रहेको छ । यद्यपि यहाँको आदिवासी जनजातिहरू हरतरहले आफ्नो संस्कृतिलाई जोगाउन कसरत गरिरहेका छन् । यसमा आजको विश्वव्यापीकरणको प्रभावले आफ्नो साँस्कृतिक अस्तित्व बचाउन धेरै कठिनाइ परिरहेको छ । भाषिक रूपमा नेपाली भाषाको वर्चश्व छ । अन्तरिम संविधानमा देशलाई धर्मनिरपेक्ष राज्य घोषणा गरिए तापनि व्यवहारमा पूरानै धर्मसापेक्ष राज्यको प्रभाव कायमै रहेको छ 

          राजनीतिक रूपमा देशको राज्यसत्ता तिनै कथित उच्च जातिहरूमा सीमित रहेको छ । राजनीति जसको हातमा रहन्छ, कर्मचारी वा सरकारी प्रशासन पनि तिनै जाति तथा समुदायको मुठ्ठीमा रहनु स्वभाविक हो। त्यसैगरी लैडङ्गि दृष्टिकोणले हेर्दा देशको नीति निर्माणदेखि विकास र कार्यान्वयनमा अझै पनि पुरूषकै एकछत्र हालीमुहाली छ। यसो हुनु यहाँको सबै चरित्र समावेशी नभई एकात्मक र एकाधिकारवादी हुनुले नै हो। 

          अहिले आएर जतिसुकै समावेशी चरित्र, र समानता वा समताको कुरा गरिए पनि व्यवहारिक चरित्रको संकेत त्यस्तो देखिँदैन । अझै पनि शोषित-पीडित पक्षले आफ्नो हकअधिकारको लागि आफै सचेत भएर आफ्नो मुक्तिकोलागि आफै अधि नसर्ने हो भने युगौँ बिते पनि अरूले पीडित वा बहिष्कृत पक्षको लागि केवल भाषण र कागजी व्यवस्थाबाहेक व्यवहारमा केही गरीदिने सम्भावना देखिदैन।

          यो समग्र देशको अवस्थालाई सही मार्गमा रूपान्तरण गर्न आदिवासी जनजाति महिलाहरूको कस्तो भूमिका रहनसक्छ ? यसबारेमा गैर-जनजाति  महिला र जनजाति महिलाबीचमा रहेको साँस्कृतिक वा सामाजिक भिन्नताबाट केही कुरा निक्यौल गर्न सकिन्छ । अझै पनि गैर-जनजाति महिलाभन्दा जनजाति महिलाहरू सामाजिक र साँस्कृतिक रूपमा केही स्वतन्त्र र जिम्मेवार  नै भएको पाइन्छ । गैर-जनजाति पुरूषहरूमा आफूहरू शासक, प्रशासक र नीतिनिर्माता वा हिन्दु दर्शनले निर्देशन गरेअनुसार आफू माथिल्लो तहमा रहने जातको भएको मानसिकता रहनु एक हो। यही प्रवृत्तिको प्रभाव गैर-जनजाति महिलामा पनि देखिन्छ । एकातिर, जनजाति समुदायमा भने प्रायः सामाजिक र साँस्कृतिक मूल्य-मान्यताहरूले महिला र पुरूषमा वा जातजातिबीचमा विभेद गर्ने खालको नभएकोले सम्पूर्ण विद्यमान समस्याको सही र स्थायी समाधानको लागि जनजाति महिलाहरूको भूमिका महत्वपूर्ण छ । यसमा केही जनजाति समुदाय वा महिलाहरूमा पनि त्यही हिन्दू संस्कृतिको प्रभावले ग्रसित छैनन् । तर यो न्यून मात्र छ र रूपान्तरणको क्रममा पनि छ ।


           देशको सबै क्षेत्र र निकायहरूम आदिवासी जनजाति महिलाहरूको पहुँच कम मात्र छ। यसको कारण देशको एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्था र केही त त्यही समुदायको कमजोर चेतनास्तर एवं आर्थिक अवस्थाको कारणले हो । आजसम्म शासक वर्गलाई आदिवासी महिला त के समस्त जनजाति समुदायलाई नै आफै पछाडि परेको पछौटे समुदायको आरोप लगाएर शासन व्यवस्थामा आउन अयोग्य ठानी उनीहरूमाथि सधै शासन मात्र गरिरहनुले हो ।अर्को कुरा आफ्नो देशको शासनब्यवस्थाबाट एक नागरिकले पाउनु पर्ने साधारण सेवा सुविधासम्म पनि नपाएपछि आदिवासी जनजाति समुदायहरू विदेशिनु बाध्य हुनुपर्यो । सचेत आदिवासी जनजाति धेरैजसो युवाहरू शैक्षिक क्षेत्रमा नलागी विदेशिनु थालेपछि झनै उनीहरूको सोचबाट राजनीतिक चेतनानै मरेर गयो । जुन अहिले आएर ब्युझने क्रममा छ, यो आशालाग्दो संकेत हो । कुनै बेला अग्रेजविरोधी आन्दोलनका भारतीय अगुवा महात्मा गान्धीले चर्खा आन्दोलन चलाएका थिए । घरघरमा आफूलाई चाहिने कपडा आफै उत्पादन गराई स्वावलम्बनको पाठ भारतीय जनताले महात्मा गान्धीबाट प्राप्त गरे र भारत विकासको बाटोमा अग्रसर हुँदै गयो। नेपाली समाजमा किरात लिम्बू समुदायको पनि आफ्नै विशिष्ट खालको कला र संस्कृति छ । त्यसैले विसं १९८८ सालमा महागुरू फाल्गुनन्दको नेतृत्वमा लिम्बुवानमा एक चुम्लुङ गरी अब उप्रान्त सबैले आफ्नै घरेलु तानबाट बुनेको कपडा लगाउने भन्ने निर्णय गरिएको थियो, जसलाई 'सत्यधर्म मुचुल्का' को एउटा बुँदा पनि भनिन्छ । लिम्बू जातिहरूमा तान लगाई खाँडी कपडा र छिट तयार गर्नु र ढाका कपडाको पुरूष महिलाले लगाउने सुन्दर वस्त्र बनाउने परम्परा छ । यो परम्परालाई राज्यले सम्बर्द्धन गरेन। अबको परिवर्तनपछि के महात्मा गान्धीको जस्तै स्वावलम्वनको नीति राज्यले ल्याउन सक्छ ? मलाई लाग्छ, यो हुनुपर्छ । लिम्बू समुदायका कलाजस्तै अनेकौ समुदायको आ-आफ्ना परम्परागत सीप र कला छन् । ती सीप र कलालाई राज्यले संरक्षण, सम्बर्द्धन गर्नुपर्छ। यसो गरे मात्र मुलुक विकासको मार्गमा अघि बढ्नसक्छ ।

          म आफू पनि एक लिम्बू महिला भएकोले मेरो अनुभवमा यस तान बुन्ने पेशाको माध्यमबाट पनि जीवन निर्वाह गर्न सकिन्छ । यो सीप आमाहरूले छोरीहरूलाई सिकाउने चलन छ । भन्नैपर्दा, म आफै पनि आफ्नै आमाबाट गाउँघरमा सानै उमेरमा तान बुन्न सिकेर यही पेशाबाट दुःख-सुख जीवन निर्वाह गर्ने एक जनजाति लिम्बू महिला हूँ। परम्परागत घरेलु तानबाट उत्पादित ढाकाका अनेकौं वस्त्रहरू तयार गरी मुलुकभित्र र बाहिरका देशहरूमा जस्तै अमेरिका, हङकङ, दक्षिण अफ्रिका, बेलायत, फ्रान्स र जापान लगायतका मुलुकहरूमा बिक्री-वितरण गरी नेपालका आदिवासी जनजातिहरुको परम्परागत सीप र कलाको प्रचारका साथै आयआर्जन पनि गर्न सकिदोरहेछ भन्ने अनुभव आफैले पनि संगालेको छु । यो कामबाट चार दर्जनभन्दा बढी गरीब, असहाय र निमुखा महिलाहरूको रोजीरोटीको गर्जो टरेको छ । यो एउटा उदाहरण मात्र हुनसक्छ । हामी आदिवासी जनजाति, मधेसी र दलित समुदायका अनेकौ परम्परागत सीप र कलाहरू छन् । यी कला र सीपहरूले नेपाल र नेपालीहरुलाई आर्थिक रूपमा स्वावलम्बी बनाउनुका साथै आर्थिक उन्नतिमा टेवा पुन्याउँदछ। यसो गर्दा स्वदेशमा मात्र नमई विदेशमा पनि राम्रो प्रचार-प्रसार हुन्छ । त्यसैले हामीले आफ्नो ठाउँमा निरन्तर प्रयत्न गरिरहनु पर्छ । यसमा राज्यले पनि सोही प्रकारको नीति र कार्यक्रम बनाउनु पर्छ । यतिका समयसम्म राज्य यस विषयमा अदेखा रह्यो र हामी कुण्ठित रह्यौ । र हाम्रो परम्परागत सीप र कला प्रायः समाप्त भयो । अब हामीले सही पाठ सिकेर अगाडि बढ्नु हाम्रो कर्तव्य भएको छ ।


          आदिवासी जनजाती महिलाहरूमा लिम्बू समुदायका महिलाहरूको इतिहास हेर्दा उनीहरूले आय आर्जनमा पुरूषहरूलाई पनि सहयोग गर्ने किसिमको सीपमूलक कार्यहरू गर्दथे । घरमै तान बुनेर, व्यापार गरेर र पशुपालन गरेर यो समस्याको समाधान गरिन्थ्यो । उनीहरूले सही नियत र पवित्र आत्माले जाँड रक्सीको व्यापार गरी पैकार गरिन्थ्यो । त्यसैले परिवार चलाउन पुरूषहरूलाई महत्वपूर्ण सहयोग पुग्दर्यो । यस्तो पेशा अपनाई अर्थआर्जन गरेर सुनचाँदी किनी अविवाहित महिलाहरूले आफ्नो भविष्यको लागि आफै आर्थिक जोहो गर्दथे । उनीहरूमा आफै स्वावलम्बी बनी अरूको आशा गर्नुहुन्न वा अरूसँग मात्र भर पर्नुहुन्न भन्ने बुझाइ हुन्थ्यो । तर अहिले यी क्रियाकलापलाई आधुनिकीकरण, पश्चिमीकरण र विश्वव्यापीकरणले गर्दा आफ्नो मौलिकपनमा सङ्कट आएको छ। त्यसैले यसतर्फ बेलैमा नसोचे हाम्रो भावी सन्तानमा यसको नराम्रो असर पर्दै जाने निश्चित छ । यसैले हामीले राज्यलाई आफ्नो सम्पूर्ण हक अधिकारको निमित्त दबावमूलक कार्यक्रमका साथ अहिलेको संविधानसभालाई सार्थक रूपमा सम्पन्न गराई यसको सदुपयोग गर्न आवश्यक छ। यसमा जनजाति महिलाहरूको अभूतपूर्व योगदान छ र रहनुपर्छ।

          आम महिलाहरूले ०६२/०६३ को जनआन्दोलनको एक पाटोको रूपमा ऐतिहासिक आन्दोलन सिर्जना गरे। यो अत्यन्तै गौरवको विषय हो । महिलाहरू किन लागे भने अबका नेपाली महिलाहरू आफ्नो हक अधिकारप्रति सचेत छन् । उनीहरू अधिकारको लडाइँ र राजनीतिक परिवर्तनप्रति एकदम जागरूक छन् । बरू पुरूषहरू ननिदाए पनि निदाएका बहानामा सुतिरहन्छन् तर महिलाहरू केवल एक पटकमात्र सचेत र जागरूक हुन पाए भने उनीहरू सधैभरिलाई जागै रहन सक्छन् । महिलाहरूलाई केवल पूजापठ र पुरूषको भक्ति तथा ब्रतमा भुलाएर राखिन्छ । तर उनीहरूलाई सचेतना र जागरूकताका पाठहरू कमै मात्र सिकाइन्छ । महिला र पुरूषहरू समान तबरले अघि बढ़न सकियो भने सफलताका सिढीहरू चढ्न सर्किदो रहेछ भन्ने पाठ विगतका आन्दोलनहरूले सिकाएको छ ।

          हिजोआज धेरैजसो आफ्ना सम्पूर्ण आवश्यक पूर्वाधारहरू आफ्नै घरमा तयार वा उत्पादन गरेर जीवन निर्वाह गर्ने आदिवासी जनजाति महिलाहरू आज आएर विभिन्न सामाजिक तथा साँस्कृतिक संघ संगठनहरूमा लाग्दै गरेको देखिन्छ । यसको कारणमा एक त घरेलु पेशा वा उत्पादनका साधनहरूको बजार विदेशी आयातीत साधनले लिनु हो । अर्को कारण आफ्नो मानवीय तथा सामाजिक, साँस्कृतिक सम्पत्तिहरू भाषा, संस्कृति र धर्म आदि लोप हुने अवस्थामा पुग्नुले हो। ढिलो भए पनि आखिरीमा आएर यो चेतना आई आफ्नो

अस्तित्व र हक अधिकारको लागि अगाडि बढ्नु खुसीलाग्दो कुरा हो । राजनीतिक रूपमा निरङकुश राजतन्त्रात्मक व्यवस्थाको विरूद्धको २०६२/२०६३ को लोकतान्त्रिक आन्दोलनमा महिलाहरूको अभूतपूर्व सहभागिता रहेको थियो । यस आन्दोलनमा सेतु वि.क. जस्ता विराङ्गनाहरूले बलिदानीपूर्ण शहादत र हजारौ महिलाहरूको आन्दोलनमा भएको सहभागिताले महिलाहरूको राजनीतिक र सामाजिक चेतनाको स्तर बढेको स्पष्ट हुन्छ। जनजाति महिलाहरूको सामाजिक, आर्थिक र राजनीतिक उन्नतिका लागि समतामूलक किसिमको, भेदभावरहित किसिमको नीतिनियम वा कानूनी प्राकधानहरूको व्यवस्था हुनुपर्दछ । महिलाहरूलाई विभेदमा पार्ने र बहिष्करण तथा सीमान्तीकृत गर्ने खालका सम्पूर्ण परम्परागत मूल्य, मान्यता र कानूनहरूलाई पूर्णरूपमा परिवर्तन गर्नुपर्दछ ।   नेपाल सरकारले महिला सम्बन्धी सम्पन्न भएको विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सम्झौता, निर्णय र घोषणाहरूमा सहमति जनाई हस्ताक्षर गरे पनि त्यसको सही कार्यान्वयन हुनसकेको छैन । यो बिडम्बना हो । अहिले आएर जनआन्दोलन-२ ले निर्देशित गरेको मार्गचित्र अनुसार सार्थक र सफल संविधानसभाको निर्वाचन गरी चाडै युग, परिस्थिति र देशको चरित्र सुहाउँदो संविधानको निर्माण गर्नु राज्यको प्रमुख दायित्व रहेको छ । यूगौदेखि विद्यमान एकात्मक शासन र केन्द्रीकृत राज्यलाई परिवर्तन गरी संधीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना हुनु नयाँ नेपालको सूत्रपात हुनु हो। हाल नयाँ नेपाल र राज्यको पुनर्संरचनाको प्रसंग आउने वित्तिकै आर्थिक आधारको कुरा गरिन्छ । राज्यको पुनरसंरचना गर्दा त्यहाँका जाति तथा राष्ट्रलाई ओझेलमा पार्न क्षेत्रीय र भौगोलिक आधारको कुरा भइसकेको छ ।यसले सही संघात्मकताको परिभाषा देला भन्न सकिन्न।


          कुनै पनि देशको आर्थिक अवस्था भनेको त्यहाँको मानिसहरूको जाँगर, ज्ञान र सीपमा भरपर्ने कुरा हो । त्यसैगरी त्यस क्षेत्रको प्राकृतिक स्रोत साधनहरूको भूमिका पनि महत्वपूर्ण रहन्छ ।। नेपालको आर्थिक उन्नतिका प्रमुख आधार भनेको यहाँको आदिवासी जनजाति समुदायहरूको परम्परागत वा आदिवासी ज्ञान, सीप, जोसजाँगर वा परिश्रममा भर पने कुरा हो । नेपालकै आदिवासीमध्ये पूर्वी भेगमा आदिमकालदेखि नै बस्दै आएका लिम्बू जातिहरूले हिजो अस्तिसम्म आफ्नो आवश्यकताको करिब ७५ प्रतिशत अंश आफ्नै घरेलू तान, पशुपालन र पैकारको माध्यमबाट पूरा गर्दथे । लिम्बू जातिहरूको भावनात्मक र साँस्कृतिक पक्षसँग अन्योन्याश्रित रूपमा जोडिएको यो तान बुन्ने पेशा वा प्रचलन आज आएर गाउँघरबाट लोप भएर कतै कतै सहर बजारमा मात्र सीमित रहनपुगेको छ । त्यसमा पनि आदिवासी महिलाहरूलाई मजदूरको रूपमा प्रयोग गरेर सीमित वर्गको अकुत सम्पत्ति कमाउने माध्यमको रूपमा रहेको छ। यस पेशालाई सरकारी तबरबाटै पहिचान, प्रवर्द्धन र विकास गरेर लैजान सके यसले देशकै आर्थिक उन्नतिमा ठूलो योगदान दिनसक्ने सम्भावना छ। आदिवासी जनजाति महिलाले परम्परागत रूपमा गर्दै आएको पैकार पेशालाई आज बहुराष्ट्रिय कम्पनीका विभिन्न पेय पदार्थहरूले विस्थापित गरेको छ। यसलाई पनि हामीले सही रूपले प्रवर्द्धन र विकास गर्न सक्दा विदेशको पेय पदार्थ आयात गर्नुको सट्टा आफैले निर्यात गर्न सकिन्थ्यो । त्यस्तै वन अतिक्रमण र अनधिकृत फडानीले पशुपालन व्यवसाय धरासायी बनेको छ ।

यसतर्फ पनि अवको नयाँ नेपालको निर्माण कार्यका लागि ध्यान जान र कार्य गर्न आवश्यक छ। यी सबै कार्यहरू सहकारिताको माध्यमबाट पनि गर्न सकिन्छ। यो आजको विश्वमा देखिएको नयाँ आयाम पनि हो।  सबै सामाजिक तथा राजनीतिक कार्यकर्ताहरूमा सही सास्कृतिक वा राजनीतिक संस्कारको अवलम्बन र विकास हुनु जरूरी छ । राज्य पक्षले सर्वसत्तावादी सोचमा बहिरो हुनु र पीडित पक्षले बन्द र चक्काजाम जस्ता विरोधका क्रुर शैलीहरू अपनाउन बाध्य हुनु बिडम्बना हो । सबै पक्षबाट खास समस्याको पहिचान गरी सही समाधानको बाटो अपनाएर समावेशी र समतामूलक समाज तथा संस्कृतिको विकास गर्न सके स्थायी शान्ति र दिगो दिकासको बाटो तय हुने थियो । 

          अन्त्यमा हाम्रो देश र हाम्रो समाज धेरै अल्पसंख्यक जातजातिहरु समेत भएको मुलुक हो । जहाँ धेरै प्रकारको भाषा, संस्कृति, धर्म र परम्परा छ। शाहवंशीय राजा र तिनका कारिन्दा शासक वर्गले अत्यन्तै लामो समयदेखि एक भाषा, एक धर्मको हवाला दिएर अन्य धेरै भाषा, जाति र धर्ममाथि निरंकुश दमन गरी आएको र राज्य सत्ताको पहुँचबाट टाढा राखी जनजाति, दलित र महिला समुदायलाई अधिकार र कर्तव्यबाट बञ्चित गरेको हुनाले आज यो आवाज उठिरहेको छ। सारमा वर्गीय, जातीय, भाषिक, धार्मिक, साँस्कृतिक, भौगोलिक र लैङ्गिक समस्याहरूलाई सही किसिमले राज्य र राजनीतिक दलहरूले अब बन्ने नयाँ सेविधानमा समावेश एवं संशोधन गर्नुपर्दछ । नत्र फेरि अर्कोपल्ट फेरबदल हुने जनआन्दोलन सिर्जना हुनसक्छ । तसर्थ हामी जसले अहिले न्यायपूर्ण मागहरू उठाइरहेका छौ । उक्त मागहरू हाम्रा अधिकार हुन । अधिकार प्राप्तिका निमित्त हामीले हाम्रो कर्तव्य नभुलीकन आफ्नो ठाउँ, तोकिएको मितिमा संविधानसभाको चुनाव सम्पन्न गर्न लागि परौ । लागि पर्नेको विजय अवश्य हुन्छ । 

Friday, June 18, 2021

हिन्दु धर्मग्रन्थहरुले पनि बाइबल को पुर्णतालाई बताइरहेका छन !

 रक्षा बन्धनको अर्को मन्त्रले भन्छ–

यनवद्ध वलिराजा दान इन्द्रोमहावल तेनताम् प्रतिविन्दामी रक्षामा चलमा चल ।

भावार्थ– यन अथवा त्यो परमेश्वर नै बलिराजा हो जसले आफैलाई बलि दिन्छ, र त्यही बलिराजाद्धारा मात्र कोही रक्षामा जान्छ, अर्थात अमर जीवन पाउँछ । तर रक्षामा नजाने व्यक्ति हरेक साल पापको धागो मै बाधिरहेका हुन्छन् ।

स्कन्ध पूराण केदार खण्डको माघ माहात्म्य (स्वथानी ब्रतकथा) पहिलो अध्यायले भन्छ,–

यम ब्रम्हा बरुरुद्र रेन्दमरुतै स्तेवन्तु देव्यैसबै

वेदै सागंपिदै उपनिषदै गायन्ती यम सामगा

ध्याना पश्चित् पसेन मनुषा पश्यन्तीयम यगिनो

तेस्यम ती पसेन सुरसुरगणा देवाय तस्मै नमह ।। 

अर्थात ब्रम्हा बिष्णु महेश्वर तेत्तिसकोटी देव देवगण देवीहरु सबैले उनै पूर्ण परमात्मा परमेश्वरको बारेमा गाईरहेका छन्, तर प्राप्त गर्न सकिरहेका छैनन, सधैभरि गाईरहेका छन् ।

माघमा महिनाको स्वथानी ब्रतकथामा ३३ कोटी भगवान र जालन्धरको बिचमा लडाई भएको वृतान्त पाईन्छ । जालन्धरकी पत्नी विष्णु भगवानकी आराधिका हुन्छिन । आफ्नो पतिव्रताको शक्तिले उनी प्रत्येक पल्ट विजय गरेर आउदछन् । देवताहरुले हरेक पल्ट हार खाएपछि विष्णुलाई गुहार माग्न जान्छन् । आफ्नै भक्त वृन्दालाई छल गरेर विष्णु जालन्धरको रुप धारण गरी पतिव्रता वृन्दाको सत्यहरण गर्दै भोगविलास गर्दछन् । त्यसै समयमा जालन्धरको शिरकाटिएर विष्णुरुपि जालन्धर र वृन्दाको अगाडि खस्तछ त्यो देखी वृन्दाले विष्णुलाई ४ वटा श्राप दिन्छिन् । १. ढुङ्गो हुन परोस् । २. घाँस हुनु परोस् । ३. झार हुनु परोस् । ४. कल्पवृक्ष हुनु परोस् । अब यी श्रापित (पापका) बस्तुहरु पूजा गरेर मुक्ति मिल्ला त ? यसकारण बिष्णु र उनका मतियार देवताहरु अनन्तका सत्य परमेश्वर भए छली, श्रापित र सत्यहरण गर्ने चरित्रहीन हुने थिए र ? यसको समाधान उपनिषदले दिन्छ । ब्रम्ह बिद्या उपनिषद २९ पद–

ब्रम्हबिद्या परोक्षामी सर्वज्ञानम् मरुत्तमम्, त्रैउत्पति लयम चैव ब्रम्हा बिष्णु महेश्वर ।। 

भावार्थ– त्रैउत्पते अर्थात चर्तुमुखी ब्रम्ह बिष्णु महेश्वर पनि सृष्टि गरिएका व्यक्ति हुन् र यिनीहरुको पनि एकदिन लय हुनेछ, अर्थात नाश भएर जानेछन् ।

म्ह उपनिषद ५२ पदले पनि यही कुरा बताउँछ, कि ब्रम्ह बिष्णु र महेश्वर, यिनीहरु पूर्ण परमात्मा होइनन् । यिनीहरु सृष्टि गरिएका प्राणी हुन् र एकदिन नास भएर जानेछन् । हेर्नूहोस्–

यथा ब्रम्हा बिष्णुश्च रुद्रश्च सर्वभूत जायत

नाशमेवानु धावन्ती शालीनारेव वारवम् ।। 

उदाहरणको लागि– बृहद अरन्यक उपनिषदका अनुसार आदिमा जलभित्र भएको सुनको अण्डबाट बिष्णुको सृष्टि भएको हो । हरि ओम् हिरण्य गर्भ गर्भस्य... बिष्णु बिष्णु बिष्णु..... भारत खण्डे... जम्मु द्धिपे... आदि आदि ......।


(ग) पापको बन्धनबाट कसरी छुटकारा पाउने ?

हामीले देख्यौ कि देवीेदेवताहरु समेत पापमै रहेछन् । उनीहरुले पनि उनै सत्य परमात्मा मिलनको खोजी गरिरहेका रहेछन् । तर पाउन सकिरहेका रहेनछन् । अब, उनीहरुमा बिश्वास, भक्ति र पूजा गरेर कसले उद्धार पाउला ?

तर पनि पापको बन्धनबाट छुटकारा पाउन मानिसको ज्ञान र बुद्धिद्धारा बिभिन्न किसिममा बाटोहरु सुझाईएको छ । जस्तै कर्म मार्ग, ज्ञान मार्ग, योग मार्ग र भक्ति मार्ग ।

कर्मको अर्थ धेरै प्रकारको छ । यसमा व्यक्तिगत कर्म वा कार्यहरु पर्दछन् । ती कर्महरु हुन्-

 १. सात्विक (सत् / सत्य) कर्म, 

 २. राजषी (अहम/Pride) कर्म, 

 ३. तमाषिक (दुष्ट) कर्म ।

यसलाई त्रिगुण, कर्मसमय वा कर्मचक्र पनि भनिन्छ । यसै चक्रलाई फेरि कर्मयोग, निष्काम कर्म या कर्महरु पनि भन्ने गरिन्छ । व्यक्तिगत कर्मको पनि बर्गहरु छन् :

१. सन्चित कर्म : सन्चित कर्म भनेको त्यो कर्म हो जुन पूर्वजन्मद्धारा प्राप्त हुन्छ । यस पूर्नजन्म चक्रमा आत्मा स्वत समावेस हुन्छ ।

२. क्रियामन कर्म : यसमा असल या दुष्ट कामहरु पर्दछन् जुन आत्माको लागि (भविष्यको लागि) जम्मा भएको हुन्छ।

३. प्रराव्ध कर्म : यो कर्मले आत्माको गन्तव्य तोक्दछ ।

यी कुराबाट यही बुझिन्छ कि जन्म चक्र भनेको बिगत वा बर्तमान जन्ममा गरिएको असल वा खराव कामको फल हो । यो शिक्षा अनुसार त कोही पनि यसबाट मुक्त हुन सक्दैन । किनभने कसैले पनि पूर्वजन्म र अहिलेको समय कति असल र कति दुष्ट काम गर्यो भनेर जाच्न र सच्याउनै सक्दैन । तसर्थ उसको भविष्यमा अन्योलको छाप लागेको हुन्छ । किनकि यो उसको नियन्त्रणमा हुदैन । त्यसकारण पुर्नजम्मको चक्रमा घुमेर वा कर्मले मुक्ति दिन सक्दैन ।

एकपटक दूध दुहेपछि फेरी त्यो दूधलाई कचौडामा भर्न नमिले जस्तै, दूधबाट नौनी निकालेपछि फेरि त्यो नौनीलाई दूधमा मिसाउन नमिले जस्तै, झरेको फूलबाट फेरि फूल बन्न नसके जस्तै कुनै पुरुष वा महिला एकपटक पृथ्वीमा जन्मेपछि पटकपटक कसरी फेरि संसारमा जन्मिन सक्छ र ?


(घ) धर्म  र कर्मबाट मुक्ति छैन

ब्राम्हणहरुको अन्तिम मन्त्र यस्तो हुन्छ,–

कायेन वाचा मन सिन्द्रयर वा वद्धत मनावा प्रकृति स्वभावत् 

करोमि यद्धत् सकलम् परस्मै नरयण यति समर्पयत् ।।

भावार्थ– काया भनेको यो फोहोर मैला, शरीर शुद्धताका लागि परमेश्वर (येन) भन्नुहुन्छ, जसरी तिम्रो मन, हृदय, विचार शुद्धिको लागि तिम्रो ज्ञान र वुद्धि व्यर्थै हुन्छन् । त्यसरी नै कुनै पनि प्राकृतिक सृष्टिभित्र भएका थोकले शुद्ध गर्न सकिंदैन । तर कोही एक सिद्ध हुनुहुन्छ जो शरीर मानिस र ईश्वरको संयुक्तरुप मिलेर बनिएको हुन्छ । उहाँद्धारा नै तिमीले मोक्ष पाउछौं । उहासँग गएर आफ्नो मुक्तिलाई लिएर ढुक्क होऊ, (यो मन्त्र पढ्दा कुशको क्रूसमा पूजा पनि गरिन्छ)। यो मन्त्रले भन्न खोजे अनुसार त्यस्तो मुक्तिदिने हिन्दूधर्मशास्त्रले मानेका ३३ कोटी देवता मध्ये (स्वर्गबाट झारिएका एक तिहाई स्वर्गदूत हुन् कि?) कोही पनि देखिएका छैनन् । तर वाइवल पवित्र शास्त्रमा येशू ख्रीष्ट नामले चिनिनु भएको व्यक्ति मात्र यस्तो प्रकारको व्यक्ति देखिनुहुन्छ ।   साभार


Thursday, March 11, 2021

सुसमाचारहरु कहिले लेखिए ?

                 येशूको मृत्युको कैयौँ वर्षपछि सुसमाचारहरू लेखिएकाले तिनमा दन्त्यकथाहरू थपिएका छन भनि आलोचकहरू दोष लगाउने गर्छन् । अलौकिकतामा विश्वास नगर्ने पूर्वाग्रहीहरू सुसमाचारका पुस्तकहरू ख्रीष्टाब्द ७० पछि मात्र लेखिएका हुन् भनी दाबी गर्छन् । मत्ती २४, मर्कूस १३ र लूका २१ मा अभिलिखित भविष्यवाणी गर्ने क्षमता येशूमा थिएन भनी तिनीहरू बताउँछन् । तर येशूको मृत्युभन्दा केही वर्षपछि मात्र सुसमाचारहरू लेखिए भन्नका लागि हामी सँग दरिला कारणहरू छन् ।


लिवरल ईश्वरशास्त्रीहरू पनि विश्वास गर्छन् कि मर्कूसको सुसमाचार ७० को दसकमा, मत्ती र लूकाको ८० र यूहन्नाको ९० को दसकमा लेखिए। तर नयाँ करारका प्रवीणतर विद्वान्हरूको विश्वास अनुसार सुसमाचारहरू अझै पहिले लेखिएका हुन् भनी पुष्टि गर्ने दरिला साथै प्रशस्त साक्षीहरू छन् ।


पहिलो, यरूशलेमको मन्दिरको विनाशको विषयमा येशूले गर्नुभएको भविष्यवाणी सुसमाचारहरूमा अभिलिखित छन् (मत्ती २४;मर्कूस १३; लूका २१) । इतिहास अनुसारख्रीष्टाब्द ७० मा यरूशलेमको मन्दिर नष्ट भयो । तर सुसमाचारहरूले येशूको भविष्यवाणीको समाप्तिलाई अभिलिखित गरेका छैनन् । यहूदी इतिहासमा भएको यस महत्त्वपूर्ण घटनालाई सुसमाचारका लेखकहरूले समावेश नगर्नु अनौठो हुन जान्छ । यहूदी धर्ममा मन्दिर मुख्य थियो । यहाँ परमेश्वरको वास हुन्थ्यो भनी विश्वास गरिन्थ्यो र पापका निम्ति बलिदानहरू यहीँ नै चढाइन्थे । यस्तो महत्त्वपूर्ण घटनालाई समावेश नगर्ने इतिहासकारलाई नेपालको इतिहास लेख्ने तर दरबार हत्याकाण्डको विषयमा उल्लेख नगर्ने इतिहासकारसँग तुलनागर्न सकिन्छ । सुसमाचारिय लेखकहरूले येशूको भविष्यवाणीको समाप्तिलाई किन उल्लेख गरेनन् ? सबैभन्दा तर्कसङ्गत कारण यही होकि तिनीहरूले सुसमाचार लेख्दा यो घटना घटेको थिएन ।


दोस्रोमा, प्रेरितको पुस्तक ख्रीष्टाब्द ६२–६४ को बिचमा लेखिएको थियो भनी पुष्टि गर्नका लागि शक्तिशाली कारणहरू पेस गर्न सकिन्छन् ।उदाहरणार्थ, लूकाले प्रेरितको पुस्तकमा यस्ता चिरस्मरणीय घटनाहरू उल्लेख गरेका छैनन्, यदि ती घटनाहरू भएपछि तिनले लेखेका भए जुन समावेश गरिन्थे । ती घटनाहरू हुन्—यरूशलेमको पतन (ख्रीष्टाब्द ७०), ६० को दसकमा भएको ख्रीष्टियानहरूमाथि नेरोको अत्यचार, याकूब, पावल र पत्रुसको सहादत(क्रमश: ६२, ६४ र ६५), ख्रीष्टाब्द ६६ देखि थालिएको रोमीहरूको विरुद्धमा यहूदी युद्ध ।यसका अतिरिक्त, प्रेरितको पुस्तकमा भएका धेरै अभिलिखित विवरणहरू ज्यादै सुरुका हुन् ।लूकाद्वारा लिखित दुई ओटा पुस्तकमध्ये प्रेरितको पुस्तक दोस्रो भएकोले तिनको पहिलो पुस्तक(लूकाको सुसमाचार) ६० को थालनीमा लेखिएको हुनुपर्छ । यो भनेको येशूको मृत्युको३० वर्षभित्रमा नै हो । मर्कूसको सुसमाचार बाट लूकाले केही जानकारीहरू उल्लेख गरेकाले मर्कूसको सुसामचार अझै पहिले लेखिएको हो ।


अन्त्यमा, यो बुझिएको हुनुपर्छ कि पावलका झण्डै सबै पत्रहरू लेखिएपछि मात्र सुसमाचारहरू लेखिए । पावलले झण्डै ख्रीष्टाब्द ४८ बाट लेख्न थालेका थिए । तिनका धेरैजसो पत्रहरू ५० को दसकमा लेखिए । पहिलो ख्रीष्टियान मण्डलीबाट प्राप्त विश्वासका सारहरूर भजनहरूलाई पावलले आफ्ना पत्रहरूमा समावेश गरेका छन् । तीमध्ये ऐतिहासिक येशूको सम्बन्धमा १ कोरिन्थी १५ अध्याय सर्वाधिक महत्त्वपूर्ण विश्वासको सार हो । पावल लेख्छन्, “किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो । उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो” (पदहरू ३–४) ।


अलेक्ज्याण्डर महान्को विषयमा सबैभन्दा पहिले लेखिएका दुई ओटा जीवनीका लेखक एरिअन र प्लुटार्क हुन् । अलेक्ज्याण्डरको मृत्यु ३२३ ख्रीष्टपूर्वमा भयो । तर यी जीवनीकारहरूले तिनको मृत्युको ४०० वर्षपछि मात्र तिनको बारेमा लेखे । यति हुँदाहुँदै पनिइ तिहासकारहरूले ती जीवनीलाई साधारणत:भरोसायोग्य ठान्छन् । यो साँचो हो कि अलेक्ज्याण्डरको जीवनमा काल्पनिक कथाहरूको विकास भए तर यी दुई लेखक पश्चात् मात्र ।


प्राचीन संसारमा काल्पनिक कथाको वृद्धि भई मुख्य ऐतिहासिक सच्चाइलाई तोड्न दुई पुस्ताको समय अन्तर पर्याप्त थिएन भनी अक्सफोर्ड विश्वविद्यालयका इतिहासकार ए.एन. शेर्विन ह्वाइटले बताएका छन् । कुनै घटना वा व्यक्तिको सम्बन्धमा उही पुस्तामा दन्त्यकथाको विकास भई साधारणत: त्यसलाइ स्वीकार गरिएको तथ्य जानकारीमा आएको छैन ।


Thursday, September 26, 2019

बाँध्ने र फुकाउने सिद्धान्त !!

हामी परमेश्वरका जनहरु विभिन्न चुनौतीहरु सामना गर्दै परमेश्वरमा उद्धेश्यपूर्ण जीवन जिउनु पर्दछ । जीवनमा विभिन्न प्रकारका संघर्षहरु अनि आत्मिक लडन्तहरु भईरहेको हुन्छ । शायद तपाईंको जीवनमा आत्मिक लडन्त गरीरहनु भएको छ होला । शरारिक, आत्मिक, भौतिक, आर्थिक अनेक प्रकारका चुनौती र समस्यासँग जुधेर आत्मिक लडन्तको अनुभव गर्नुभएको होला । तर ख्रीष्ट येशूमा हाम्रो लागि विजयको जीवन छ । ख्रीष्ट येशूमा हाम्रो लागि अधिकार र शक्ति प्रदान गरिएको छ । हामीसँग बाँध्ने अनि फुकाउने अधिकार छ । यस अर्थमा तपाईं र मैले के लाई बाँध्ने र के फुकाउने भन्ने कुरा स्पष्ट हुन सके अर्थात बाँध्ने र फुकाउने सिद्धान्त जीवनमा प्रयोग गर्न सके हामी हर प्रकारका आत्मिक लडन्त र समस्यामाथि विजय बन्न सक्दछौं । बलियो मानिस जो शैतान हो त्यसलाई बाँध्ने कुरा बताईएको छ । अनि हामीलाई बाँध्ने र फुकाउने सिद्धान्तका कुरा पनि बताईएको छ । यसैले हामीले ख्रीष्ट येशूमा उहाँको आदेश पालन गर्दै विजयी र आशिषमय जीवन जिउनु हरेक विश्वासीको दायित्व र कर्तव्य हो ।

“पहिले बलियो मानिसलाई नबाँधीकन त्यसको घरभित्र पसेर कसले त्यसको धनमाल लिएर जान सक्छ? त्यस वलियो मानिसलाई बाँधेपछि मात्र त्यसको धनमाल लुट्न सक्छ ।” मत्ती १२:२९

यहाँ येशूले बलियो मानिसलाई बाँध्नु पर्ने कुरा बताउनु भयो । वलियो मानिसलाई नबाँधीकन त्यसको धनमाल खोस्न सकिदैन भनेर येशूले भन्नु भयो । यहाँ येशूले वलियो मानिस भनेर कसलाई भन्नु भएको हो त? यो वलियो मानिस भनेर येशूले शैतानलाई उल्लेख गर्नुभएको हो । वास्तवमा येशूले भूतहरुलाई निकाल्ने सन्दर्भमा यो कुरा बताउनु भएको थियो । निश्चय पनि वलियो शैतानलाई हामीले बाँध्नु जरुरी छ । जब हामी शैतानलाई बाँध्दछौं तब त्यसले लगेका कुराहरु हामी खोस्न सक्षम हुन्छौं । हामी आफ्नो शक्ति र सामाथ्र्यको कारण होईन तर ख्रीष्टको शक्तिको कारण हामी त्यस वलियो मानिस शैतानलाई बाँध्न सक्षम हुन्छौं ।

हामीलाई थाह हुनुपर्छ कि आत्मिक क्षेत्रमा दुईवटा मात्र राज्य छन् । एउटा परमेश्वरको राज्य र अर्को शैतानको राज्य । कुनै पनि मानिस आत्मिक रूपमा तटस्थ रहन सक्दैन । कारण कि उ परमेश्वरको राज्यमा उभिन्छ कि उ शैतानको राज्यको बन्धनमा पर्दछ ।

यहाँ येशूले वलियो मानिसलाई बाँध्ने कुरा बताउनु भयो । त्यो वलियो मानिस भनेको शैतान हो । जो पतित स्वर्गदूहरुको समूह हुन् । अनि दुष्ट आत्माहरु पनि भनेर हामीले बुभ्mन जरुरी हुन्छ । जोहरु आत्मिक अन्धकारको राज्यमा बलिया हुन्छन् । जो वलियो मानिसको प्रतिनिधित्व गर्दछन् । यहाँ वलियो मानिसको घरमा गएर त्यसलाई बाँध्नु पर्ने कुराको उठान गरिएको छ ।

वलियो मानिसको घरमा त्यसलाई बाँध्नु पर्ने कुरा गरिएको छ । वलियो मानिसको घर भनेको परिवार, साथी, अनि संसार हुन सक्दछ । जहाँ त्यसले घर बनाएको हुँदछ । किनकि त्यसको आप्mनो शरीर हुँदैन । दुष्ट आत्मा अनि शैतानको आप्mनो भौतिक शरीर नभएकोले त्यसले शरीर भएको प्राणीलाई प्रयोग गर्न चाहन्छ । त्यस वलियो मानिसलाई बाँध्नु जरुरी छ । त्यसको शक्तिलाई परास्त गर्नु जरुरी छ । त्यो वलियो मानिसलाई बाँध्नलाई हामी विश्वासी तयार रहनु पनि आवश्यक छ । हामीले त्यो बलियो मानिस जो शैतान, दुष्ट आत्मा हो, त्यसलाई बाँधेर अनि उसले लगेका सबै कुरा खोस्नु आवश्यक हुन्छ । कति मानिसको जीवनको स्वस्थ्य, कतिको आर्थिक आशिष, कतिको मनको शान्ति, कतिको मेलमिलापको कुरा लगायत धेरै कुरा त्यसले मानिसबाट लगेको हुनाले त्यसबाट यी सबै कुरा खोस्नु आवश्यक छ । जसरी हामी कोरस गाउँछौं, “शैतानको शिविरमा जाओं र खोसौं, त्यसले जे लग्यो त्यो, खुट्टा मुनि, शैतान खुट्टा मुनि” निश्चय पनि शैतानले हामीसँग लगेको कुरा सबै खोस्नु जरुरी छ । कतिचोटी हामी विश्वासी भएर पनि त्यो बलियो शैतानलाई बाँध्न नसकेको अनि शैतानको बन्धनमा रहेको अवस्थामा भेट्टाउन सकिन्छ । यो एउटा विश्वासीको लागि नराम्रो संकेत हो । येशूले हामीलाई बाँध्ने र फुकाउने अधिकार पनि दिनुभएको छ । यो अधिकार प्रयोग गर्नु पनि जरुरी छ ।
“म तिमीहरुलाई स्वर्ग राज्यको साँचाहरु दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔंला, सो स्वर्गमा फुकाईनेछ ।” मत्ती १६:१९ ।
यहाँ परमेश्वरका जनहरुलाई स्वर्गका साँचाहरु दिईएको छ । यो साँचोहरु भनेको अधिकार अनि शक्तिको कुरा हो । जसको साँचो हो त्यसले मात्रै खोल्ने अधिकार हुन्छ । यो अधिकार विश्वासी जनलाई दिईएको छ । परमेश्वरको शक्ति विश्वासीजनलाई दिईएको छ । यो साँचोले जे हामीले पृथ्वीमा बाँध्छौं, त्यो स्वर्गमा पनि बाँधिने र जे पृथ्वीमा हामीले फुकाउँछौ त्यो स्वर्गमा पनि फुकाईनेछ भनेर भनिएको छ । हामीले बाँध्ने र फुकाउने सिद्धान्तलाई आत्मिक जीवनमा प्रयोग गर्नु अति आवश्यक छ ।


येशूले दुष्टआत्माहरुलाई निकाल्ने सम्बन्धमा पनि कुरा गर्नु भएको छ । उहाँले बाँध्ने र फुकाउने सिद्धान्तको विषयमा पनि चेलाहरुलाई विशेष जोड दिएको कुरा पाइन्छ । तपाईंले दुष्टको शक्तिलाई बाँध्नु पर्दछ । शैतानको शक्तिलाई बाँध्नु पर्दछ । किनभने दुष्ट शैतानले तपाईंको जीवनमा अनि तपाईंको परिवार, अनि तपाईंको घर, समुदायलाई उसले अधीनमा राख्ने अनि बन्धनमा राख्ने काम गर्न सक्दछ । हामीले यो बलियो मानिस जो दुष्ट शैतानको प्रतिनिधित्व गर्दछ त्यसलाई बाँध्नु आवश्यक हुन्छ । त्यसैले पनि हाम्रो निम्ति बाँध्ने फुकाउने कुरा जान्नु आवश्यक छ । जस्तो एउटा ठूलो कुकुरलाई साङ्लोमा बाँधेर राखिन्छ । किनकि यदि त्यो ठूलो अनि भोटे कुकुरलाई नबाँधी छोडियो भने उसको अगाडि आउने सबैलाई टोकी दिन्छ । त्यसै कारण यदि त्यस कुकुरलाई बाँधेर राखेको खण्डमा त्यसको प्रभाव पार्ने क्षेत्रहरु सीमित हुँदछ । जति साङ्लो लामो छ त्यति क्षेत्रभित्र मात्रै उसको प्रभाव हुन सक्दछ । उसैको छेउमा जानेलाई मात्रै उसलाई टोक्दछ । उसको छेउमा नजानेलाई टोक्न सक्दैन । यस अर्थमा हामीले पनि शैतानको क्षेत्रलाई सीमित तुल्याउनु पर्दछ । त्यसको प्रभाव क्षेत्रलाई सीमित तुल्याउनु आवश्यक छ । त्यसैकारण पनि दुष्ट शैतानलाई येशूको नाममा हामीले बाँध्नु पर्दछ । येशूको रगतले त्यसको शक्तिलाई बाँध्नु पर्दछ । किनकि हामीलाई शैतानलाई बाँध्ने अधिकार साँचोहरु दिनु भएको छ ।


अनि फुकाउने सिद्धान्तमा जो मानिसहरु पापको बन्धनमा छन् तिनीहरुको पापको बन्धनबाट फुकाउनु पर्दछ । दुष्टको तनाव, अनि निराशाको बन्धनबाट पनि हामीले तिनीहरुलाई फुकाउनु पर्दछ । हरेक परिस्थितिमा, हरेक समस्यामा, हरेक चुनौतीहरुमा हामीलाई साँचोहरु दिईएको छ कि हामीले त्यस साँचो अधिकार प्रयोग गरेर दुष्टको बन्धनबाट मानिसहरुलाई छुटकारा दिलाउने, त्यसको बन्धन फुकाउने कार्यमा तीब्र रूपमा लाग्नु आवश्यक छ ।
हरेक विश्वसीजनहरुसँग बाँध्ने र फुकाउने अधिकार दिईएको छ । तथापि यसप्रति सम्बेदनशील हुनु आवश्यक छ । किनकि अधिकार नभएको व्यक्तिले दुष्टको कामलाई बाँध्न सक्दैन । अनि त्यसको बन्धनबाट मानिसहरुलाई फुकाउनु पनि सक्दैन । जस्तो एउटा ट्राफिकले दश रुपैयाँको सिठ्ठी फुकेर लाखौं पर्नेहरु गाडीहरु रोक्दछ । किन त? यदि हामीहरु कोही कुनै सडकको चोकमा उभिएर सिठ्ठी फुकेर के सबै चालकले गाडी रोक्छन् त? के सोच्लान त गाडी चालक र दर्शकहरुले? निश्चय पनि यो मानिसको तार खुस्केको रहेछ भनेर सोच्लान् । कसैले पनि जो पायो त्यसले सिठ्ठी फुक्दा गाडी रोक्दैनन् । तर एउटा ट्राफिकले सिठ्ठी फुक्दा मन्त्रीको गाडी पनि रोकिनु पर्दछ । किनकि उसले अधिकार पाएकोले उसको आदेशमा रोकिनु पर्ने हुन्छ । आज परमेश्वरले पनि हामीलाई अधिकार दिनु भएको छ । हामीले जब त्यो अधिकार प्रयोग गरेर दुष्टलाई बाँध्छौं । त्यसको क्षेत्र र शक्तिको प्रभाव खुम्चिएर जान्छ ।
हामीले बलियो मानिस जो दुष्ट आत्मा शैतान हो । त्यसलाई बाँध्नलाई आफू पनि तयारी अवस्थामा रहनु पर्दछ । हामी प्रभुमा बलियो बन्नु पर्दछ । आत्मामा प्रभुको नजीक हुनु जरुरी छ । परमेश्वरको बचन अनुसारको जीवन व्यतित गर्नु आवश्यक छ । प्रेरित १९:१३–१६ मा हामीले हेर्ने हो भने यहुदी प्रधान पुजहारी स्केवासको सात जना छोराले दुष्ट आत्मा शैतानको बन्धनमा परेकालाई पावलले प्रचार गरेका येशूको नामद्धारा म तँलाई निस्कने आज्ञा दिदँछु भनेर भनेका थिए । तर भुतात्माले भन्यो, पावललाई म चिन्छु । येशूलाई पनि चिन्छु । तर तिमीचाहिं को हौ ? त्यो भुतात्मा लागेको मानिस उफ्रदै तिनीहरुमाथि जाई लाग्यो र तिनीहरुलाई वशमा पारेर पछारेयो र तिनीहरु त्यस घरबाट नाङ्गो र घाईते भएर भागे । निश्चय पनि दुष्टात्मा शैतान वलियो छ । त्यसले परमेश्वरको जनलाई पनि चिन्छ । त्यसले येशूलाई पनि चिन्छ । तर येशूमा नभएका, परमेश्वरको वचन अनुसार नजिउने, पापमा जिउने, नामधारी विश्वासीलाई पनि चिन्छ । तपाईं कस्तो प्रकारको मानिस हो भनेर त्यसले जान्दछ । के तपाईं त्यो वलियो मानिसलाई बाँध्नलाई सक्षम हुनुहुन्छ? आज हामीले आफुलाई जाँच बुझ गर्नु आवश्यक छ ।


 हामीले शैतान दुष्टलाई बाँध्न र बन्धनमा परेका मानिसलाई फुकाउनलाई तयारी भएर लाग्नु जरुरी छ । अन्यथा त्यो वलियो शैतान दुष्टले तपाईंलाई पछार्न सक्छ । त्यसले तपाईंलाई उसको अधीनमा राख्न सक्दछ । घाईते र नाङ्गो पार्न सक्दछ । आदम र हब्बाले जब परमेश्वरको नजरमा पाप गरे अनि शैतानको अधीन र बन्धनमा परे । तिनीहरु नाङ्गै बने । उनीहरुले नेभाराको पातहरु लगाए । उनीहरुले परमेश्वरले दिनुभएको अधिकार गुमाए । निश्चय पनि दुष्ट आत्मा शैतानले तपाईं को हो भनेर चिन्दछ । उसले पावललाई पनि चिन्दथ्यो । उसले येशूलाई पनि चिन्दछ । उसले येशूमा नभएको मानिसलाई पनि चिन्दछ । याकुब २:१९ मा याकुबले भन्दछन्, “तिमीहरु विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ । त्यो असल हो । भुतात्माहरु पनि विश्वास गर्दछन् र थरथर काम्दछन् ।” यहाँ भुतात्माहरु, दुष्ट शैतानले पनि परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्दछन् मात्रै होईन तिनीहरु थरथर काम्दछन् भनेर भनिएको छ । हामीले परमेश्वरको सुरक्षाको घेरामा बसेर उहाँले दिनु भएको आत्मिक हात हतियारले सुसज्जित भएर आत्मिक लडन्तमा विजय बन्नै पर्दछ ।
हामी आत्मिक रूपमा तयारी भएर शैतानलाई बाँध्नु पर्दछ । हामीले शैतानका चाल र छललाई बाँध्नु पर्दछ । त्यसको दुष्ट र सेनामेनालाई येशूको रगतको शक्तिमा, उहाँको बचनको शक्तिमा र येशूको नामको शक्तिमा बाँध्नु आवश्यक छ । किनकि हरेक विश्वासीहरुलाई यो अधिकार र शक्ति दिईएको छ । कहिले कहिं हाम्रो पापको कारण हाम्रो अधर्मको कारण पनि शैतानले समस्या ल्याउने मौका पाउँदछ । हामी शैतानको बन्धनमा पर्न सक्दछौं । त्यसप्रति सजग भएर हामी पश्चताप गरी प्रभुमा फर्कनु आवश्यक हुन्छ ।


प्रायजसो दुष्ट आत्मा अनि शैतान मानिसलाई बन्धनमा पार्न, निराशा तुल्याउन, नाश पार्न अनि चोर्न आउँदछ । यूहन्ना १०:१० मा शैतानलाई चोर भनिएको छ । जसले चोर्न, मार्न र नाश पार्न आउँछ तर ख्रीष्ट येशूचाहिं जीवन दिन अनि त्यो पनि प्रशस्तताको जीवन दिनलाई उहाँ आउनु भयो भनेर भनिएको छ । यस अर्थमा अन्धकारको शक्तिलाई बाँध्नु आवश्यक छ । परमेश्वरले बाँध्ने फुकाउनलाई हामीलाई उहाँको नाउँमा अधिकार दिनु भएको छ । यस अधिकारलाई प्रयोग हामी दुष्टतालाई बाँध्ने र बन्धनमा परेका हर मानव जाति र क्षेत्र अवस्थाहरुलाई फुकाउनु पर्दछ । परिवार, देश र व्यक्तिगत जीवनका हर बन्धनका कुरालाई येशूमा हामीले फुकाउनु पर्दछ । यसरी ख्रीष्टमा हामी सबैले विजयी जिउन सक्नेछौं । बाँध्ने र फुकाउने सिद्धान्तलाई हामी सबै विश्वासीले जानौं र हामी जीवनमा यसलाई लगाएर प्रभुमा आशिषित जीवन यापन गरौं ।

Tuesday, September 24, 2019

दाउदले शाउलको ज्यान छोडिदिए !

दाउदले शाउलको ज्यान छोडिदिए  !

परमप्रभुको अभिषिक्त जनमाथि हात उठाउनु पाप हो ।

१ शमुएल २४:१-२२

बल्ल बल्ल आफ्नो शत्रु माथि बदला लिन पाएको मौकालाई कसले छोड्छ ? मानिसहरु त आफ्नो शत्रुसँग बदला लिने मौका पर्खिरहेका हुन्छन् । तर दाउदले त्यस्तो मौका कहिल्यै खोजेनन् । पाएको मौकालाई प्रयोग गर्नु पनि उनले अपराध ठाने । त्यसैले आफ्नै प्राण लिन खोज्ने शत्रुले पनि दाउदको प्रशंसा गरे र भने, “तिमी म भन्दा धर्मी मानिस रहेछौ । …अब मलाई यो थाहा भयो कि तिमी निश्चय नै राजा हुनेछौ । इस्राएलका राज्यले तिम्रो शासनमा उन्नती गर्नेछ (१७-२० पद) ।”

शत्रुको ब्यवहार देख्दा हामीलाई अवस्य रिस उठ्छ । तर के हामी शत्रुमाथि बदला लिएर आफै पतित हुने ? कि परमेश्वरलाई आफ्नो काम गर्न दिने ? पावल लेख्दछन्, “प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनभने, लेखिएको छ, ‘बदला लिने काम मेरो हो, म नै बदला लिनेछु’ परमप्रभु भन्नुहुन्छ । बरु, ‘तिम्रो शत्रु भोकाएको छ भने त्यस्लाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ (रोमी १२:१९-२०) ।’” ब्यवस्था ३२:३५ र हितोपदेश २५:२१-२२ को यस वचनलाई दाउदले बुझेका थिए । त्यसै अनुसार उनले काम गरे र धर्मी ठहरिए । हाम्रा शत्रुहरुका आँखामा धर्मी ठहरिन आज हामीले कस्तो ब्यवहार गर्नुपर्ला ? धेरै विश्वासीहरुले यो कुरा बिचार  गर्दैनन् । उनिहरु आफ्ना शत्रुहरुसित झगडा गर्छन् र बदनाम हुन्छन् । हामी त्यस्ता नहोउँ ।

तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ। यदि तिमीले यसो गरयौ भने त्यो मानिस लाजमा पर्नेछ । यो उसको टाउको माथि बल्दै गरेका कोइलाहरू राख्नु बराबर हो अनि परमप्रभुले तिम्रो क्षतिपूर्ति गर्नु हुनेछ । (हितोपदेश २५:२१-२२)

प्रार्थना: प्रभु येशू, मेरा शत्रुहरुसित झगडा गर्ने होइन तर तिनिहरुलाई क्षमा दिएर मित्रवत व्यवहार गर्न सिकाउनुहोस् ।