Tuesday, July 4, 2017

'वास्तवमा 666 भनेको के हो ?

www.prerananepal.blogspot.com

आउनुहोस, आज यस विषयमा केही कुराहरू म तपाईंहरुको बीचमा सेयर गर्न चाहन्छु,
कृपया तपाईंहरुले पनि सक्दो सेयर गरिदिनु होला जानकारीको लागि तपाईंको एक सेयरले कुनै विश्वासी शैतानको यो छापबाट बाच्नसक्छन, ल आउनुहोस सुरु गरौ, यो 666 भनेको शैतानको छाप हो बाइबलमा हामीलाई प्रकाशको पुस्तकमा भनेको छ यो छाप लाउनेहरु परमेश्वरको राज्यमा जान सक्दैनन् भनेर भनेको छ यो प्रकाश १३ अध्यायमा तपाईंहरु हेर्नसक्नु हुन्छ, यो तीनवटा 666 चाहिँ शैतानको रुप हो मतलव त्यसको अनुहार हो, अब यो पृथ्वीमा हुदा जसले ख्रीष्ट येशुलाई पाएको छैन तिनिहरु निश्चय पनि यो छाप लाउछन्, ,तर हामी विश्वासीहरुले यो छाप लाउनु हुदैन कारण हामी शैतानको होइनौ ख्रीष्ट येशुको हौ। हामीमा त पवित्र आत्माको छाप लगैएको छ र लागिएको हुनुपर्छ अब हामीले बुझ्नुपर्ने कुराचाहि के हो भने हामी होसियार हुनुपर्छ कारण शैतानले हामीलाई झुकाउनु सक्छ, बाइबलमा हामीले हेर्छौ भने उत्पत्तिको पुस्तकमा शैतानले आदम र हव्वालाई छल गरेको कुरा हामी पाउछौ। त्यस्तै आजपनि धेरैजनालाई शैतानले छल गरेको छ अब यो 666 को छापमा पनि शैतानले धेरैजनालाई छल गर्छ र गरीसकेको छ र अहिले यस्ताखालको मण्डली पनि आएको छन जुन मण्डलीका विश्वासीले चाहिँ 666 को छाप लाउनैपर्ने अनि यी मण्डलीहरुले यो 666 को छापलाई के भन्छन् भने येशुको नाउँलाई नै हामीले छाप लगैएको हो भनेर भन्छन् अब अहिले यो छाप सुरु भैसकेको छ यसको सिम्पलचाहि हामी कहाँबाट पाउछ भने, मानिसहरुको अऊलाबाट दुनियाँमा धेरै किसिमको फेसन आउँछ, र डिजाइन आउँछ, विभिन्न स्टाईल आउँछ र त्यो स्टाईलमध्ये अहिले बढी मात्र चलिरहेको स्टाईल हो फोटो खिच्ने मानिसहरुमा अहिले यो फेसबुकले गर्दा आफ्नो फोटो खिच्न बोहुत आतुर गर्छन,

www.prerananepal.blogspot.com

हो यो फोटो खिच्ने क्रम आज धेरैजनाले शैतानको रुपलाई उचाल्दै छन् मानिसहरुले आज यो दुईवटा अऊला देखाएर धेरैजनाले फोटो खिच्छन तर उनीहरूलाई यसको अर्थ भने थाहा छैनन् यो दुईवटा अऊला देखाउनुको मतलव चाहिँ शैतानको दुईवटा सिङलाई उचाल्नु हो अथवा देखाउनु हो र यो तीनवटा अऊला देखाएर फोटो खिच्नुचाहि शैतानको रुपलाई देखाउनु हो अथवा 666 को छापको सख्त हो तपाईंहरु हेर्दै जानुहोस। जसरी मानिसहरु अहिले यो दुईवटा अऊला र तीनवटालाई देखाएर फोटो खिच्नेलाई एकप्रकार स्टाईल हो भनेर खिच्दै छन त्यसरी नै एकदिन शैतानको यो छापलाई एउटा स्टाईल हो भनेर प्रयोग गर्छन् हामीले बुझ्नुपर्ने मुख्य कुरा नराम्रो खराब कुराहरू जति पनि छन त्यसको पिता भनेको सैतान हो जति पनि असल कुराहरुचाहिँ परमेश्वरको हो त्यसैले हामी कुनचाहिँ बाटोमा हिड्दै छौ खराब कि असल यदि हामीले हाम्रो जीवनमा असल कुराहरूलाई बाँस गर्न दिइएको छैनौ भने हामीलाई शैतानले छल गर्न केही समय पनि लाग्दैन बाइबलले हामीलाई भन्छन् तिमीहरू यो ससारका ढाचामा नचल भनेर यो किन भनेको थाहा छ हाम्रो फाइदाको लागि भनेको ससारका मानिसहरुमा सबै शैतानका खराब कुराहरू हुन्छन् उनीहरूको बोली खराब हुन्छ, उनीहरूको सोचाइ खराब हुन्छ, उनीहरूको हरेक थोक खराबहुन्छ भने, के उनीहरूले गरेको कुराहरू हामी पनि गर्ने त? उनीहरूको जस्तै चालमा हामी पनि चल्ने त? आज धेरैजना विश्वासीहरु चलिरहेको पनि छन, आज ससारमा धेरै नयाँ कुराहरू आएको छन, अनि यसको पछाडि धेरैजना कुदिरहेका छन तर राम्रो नराम्रो के हो केही नबुझी मानिसहरु फसिरहेको छन दिनदिनै ससार खुला हुदै जादै छ धेरैजना दिदि बहिनीहरुलाई ससारका नयाँ कुराहरूले नाङ्गादै छ र दाजु भाइहरुलाई विभिन्न किसिमको बन्धनमा फसिरहेका छन त्यसले हामी बाइबलअनुसारको जीवन जिउदैनौ भने हामीलाई छल गर्न शैतानले सजिलोसग सक्छ। त्यसैले हामीले हाम्रो जीवन यो पारामा र ससारको ढाचामा चलाउने होइन, तर परमेश्वरको वचनको ढाँचामा चलाउनुपर्छ हाम्रो जीवन हामीले जिउने होइन, हाम्रो जीवनमा येशुलाई जिउनु दिनुपर्छ तपाईंहरु सबैले यो पढेर अरुलाई पनि सेयर गरिदिनु होला जतिसक्दो धेरैजनालाई सेयर गरिदिनु होला !

www.prerananepal.blogspot.com


Friday, June 30, 2017

सत्य कथामा आधारित एक कथा !



एक जना लङगडो मानिस धेरै जसो आफ्नै साथिहरुबाट आपमानित हुने गर्दथ्यो किनकी ऊ
प्रभुलाई बिश्वास गर्ने उहाँको साथीहरू अबिस्वासि थिए ।


एक दिन उसको साथीहरूले फेरि उसलाई पुरस्कार दिने इच्छा गर्दछन । उनिहरुले लङगडो मानिसलाई उनिहरुको अगाडि बोलाए अनि भने "जवान केटा यता आऊ यो जीपको साँचो लेउ र जाऊ अनि जीपलाई पार्कको अगाडि पार्क गर। "लङगडो मानिसले भन्यो,"साथीहरू म गाडी चलाउन सक्दिन, किनकी म लङगडो छु। तर साथीहरूले जवाफ दिए,"त्यसो भए ठिकै छ तेरो प्रभुलाई मद्धत माग हामिलाई देखाउ कि तिम्रो प्रभु अस्तित्वमा छ भनेर।"

तेसपछी लङगडो केटाले जीपको चाबी लियो अनि जीप भित्र पसेर प्रभुमा प्रार्थना गर्न थाल्छ।
जवान लङगडो केटोले जीपलाई साथीहरूले चाहेको र भनेअनुसारकै ठाउँमा पार्क गरिदिन्छ।
जब उनी जीपबाट बाहिर निस्केर आउछन तब सबै जना रोइरहेको देख्दछन । र साथीहरू सबै जनाले एकै चोटि भन्दछन,"हामी तिम्रो परमेस्वरको सेवा गर्न चहान्छौ।

***"परमेस्वरको महिमा होस!*
तर जवान लङगडो केटा छक्क पर्छ र सोध्यो के हुँदै थियो?
What Was Going On ?
त्यत्तिकैमा रोइरहेको साथीहरूले ढकन खोल्छ किनकि जीपको ब्रेकफेल भैसकेको हुँदछ ।
त्यस पछि जवान लङगडो केटाले जवाफ दिदछ,"हेर्नुस् यही हो मेरो प्रभु जसको म सेवा गर्छु उहाँ अचम्मको परमेस्वर हुनुहुन्छ ।
जस्ले अस्तित्वमा नहुने कुराहरुलाई जीवन दिन सक्नुहुन्छ।


तपाईं सोच्नुहुन्छ होला कुनै कुनैकुराहरु अझै पनि असम्भव नै छ तर प्रभुमा सबथोक सम्भव छ।(मत्ती 19:26) येशूले तिनीहरूमाथि दृष्टि लगाई भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको
लागि सबै कुरा सम्भव छ।

Jesus looked at them and said, "With man this
is impossible, but with God all things are possible."

तपाईहरु जत्तिजनाले यो पढ्दैहुनुहुन्छ म प्रार्थना गर्दछु। परमप्रभुले तपाईहरुको जीवनमा आज नै अचम्म अनि उदेकको काम येशुको उच्च अनि पवित्र नाउमा गर्नुभएको होस्।

आमेन…✞
www.prerananepal.blogspot.com

Wednesday, June 28, 2017

सबैलाई आफुलाई झैँ प्रेम गरौं !

"प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ। प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ। परमेश्‍वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि पुत्रद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो।


 प्रिय हो, यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ। परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। यदि हामीले एउटाले अर्कोलाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ।


 उहाँले हामीलाई आफ्‍ना आत्‍माबाट दिनुभएको छ, र यसैकारणले हामी यो जान्‍दछौं कि हामी उहाँमा रहन्‍छौं र उहाँ हामीमा रहनुहुन्‍छ। हामीले देखेका छौं, र गवाही दिन्‍छौं, कि पिताले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाता हुन पठाउनुभएको छ। जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, त्‍यसमा परमेश्‍वर वास गर्नुहुन्‍छ, र त्‍योचाहिँ परमेश्‍वरमा। यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं।


  परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर त्‍यसमा रहनुहुन्‍छ। न्‍यायको दिनको निम्‍ति हामी पूर्ण भरोसासाथ बस्‍न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध हुन्‍छ। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी पनि यस संसारमा त्‍यस्‍तै छौं।प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन। हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।


 यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन। हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ त्‍यसले आफ्‍नो भाइलाई पनि प्रेम गर्नुपर्छ।" १ यूहन्ना    ४:७-२१ ( पवित्र बाइबल )
www.prerananepal.blogspot.com

Tuesday, June 27, 2017

के नोआको जल प्रलय विश्वव्यापी वा स्थानीय थियो ?



 जलप्रलयसँग सम्बन्धित बाइबलको संदर्भले यो स्पष्ट गर्दछ कि यो विश्वव्यापी थियो। उत्पत्ति 7:11 भन्छ कि, "प्रलयबाट बाँच्नको निम्ति नोआ आफ्नो छोराहरू अनि पत्नी र बुहारीहरू लिएर जहाजभित्र पसे।" उत्पत्ति 1:6-7 र 2:6 ले हामीलाई बताउद छ कि जल प्रलय आउनु भन्दा पहिलाको वातावरण आजको समयमा अनुभव गरिनु भन्दा धेरै भिन्नको थियो। यो र बाइबलको अन्य विवरणहरुको माथि आधारित भएर, यस तर्कलाई निकाल्नु यथाचित हुन्छ कि कुनै एउटा समयमा पृथ्वी पूर्ण रुपले पानीको एउटा छतले ढाकिएको थियो। हुन सक्छ कि यो छत कुनै प्रकारको एउटा भापको छत रहेको, वा हुन सक्छ कि छल्लाले बनेको हो, केहि सीमा सम्म शनिको बर्फवाला घेरा जस्तै निर्मित होला। यसको साथ, भूमिको तलको पानीको स्तर, भूमि माथि खोली दिनु (उत्पत्ति 2:6) परिणामस्वरूप विश्वव्यापी जल प्रलयको कारण बन्यो होला।

जल प्रलयको लागि सीमालाई प्रगट गर्नको लागि सबैभन्दा स्पष्ट वचन उत्पत्ति 7:19-23 मा पाइन्छ। पानीको सम्बन्धमा, "पानी यति साह्रो बढ्यो अग्लो-अग्लो पहाडहरू पनि पानीले ढाकिए। एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरू पनि पानीमा बीस फिट डुबे। पृथ्वीमा बस्ने सबै पुरुष र स्त्रीहरू घरेलु पशुहरू, र जंङ्गली पशुहरू, पृथ्वीमाथि उड्ने सबै प्राणीहरू अनि सबै सजीव वस्तुहरू जो सुख्खा भूमिमा थिए मरे। यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरू पशुहरू, घस्रिने जन्तुहरू अनि आकाशमा उड्ने प्राणीहरू परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरूलाई पृथ्वीबाट नष्ट गरियो। केवल नोआ र उनीसँगै जहाजमा भएका मानिसहरू र अन्य प्राणीहरू मात्र जीवित रहे।"

यस उपरोक्त संदर्भमा, हामी न केवल यस शब्द "सबै" लाई पटक-पटक दोहोरएको पाउछौ, तर हामीले साथै नै "सारा धरती भरि जति पनि ठूलो पहाड़ थिए, सबै डुबे," "जल बीस हात भन्दा माथि बढियो र पहाड़ डुबे," र "जतिको नाकमा जीवनको श्वास थियो, सबै मरे," को पाइन्छ। यो विवरणले स्पष्ट वर्णन गर्छ कि पुरै पृथ्वी विश्वव्यापी जल प्रलयले ढाकिएको थियो। यसको साथै, यदि जल प्रलय स्थानीय हुँदो हो त, किन परमेश्वरले नोआलाई जहाज बनाउनको लागि भन्नु हुन्थ्यो यसको अपेक्षा उहाँले उसलाई र पशुहरुलाई कुनै अरु स्थान तर्फ जानको भन्नु हुन्थे न र? र किन उहाँले नोआलाई यति ठूलो जहाज बनाउनको लागि निर्देश गर्नु भयो जसमा यस पृथ्वीमा रहने सबै किसिमका जनावरहरुलाई रहनेको लागि पर्याप्त मात्रामा स्थान थियो? यदि जल प्रलय विश्वव्यापी न हुँदो हो त, फेरी त्यहाँ निर जहाज बनाउनुको कुनै आवश्यकता नै थिएन।

पत्रुसले पनि 2 पत्रुस 3:6-7 मा जल प्रलयको विश्वव्यापी हुनुको वर्णन गर्छन, त्यहाँ उनीले यस्तो भन्छन, "तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो। अनि परमेश्वरको त्यही बचनले आकाश अनि पृथ्वी आगोले नष्ट पार्न राखिएको छ। आकाशहरू अनि पृथ्वी न्यायको दिनको निम्ति साँची राखिएको छ अनि परमेश्वरका विरुद्धको सबै मानिसहरू विनाश गरिनेछन्।" यी वचनहरुमा पत्रुसले आउने वाला न्यायको तुलना नोआको समयमा आएको "विश्वव्यापी" जल प्रलयसँग गर्छन र भन्छन कि त्यस समयको संसार जो अस्तित्वमा थियो त्यो पानीको प्रलयले भरिएको थियो। यसको अतिरिक्त, बाइबलको धेरै लेखकहरुले विश्वव्यापी जल प्रलयको इतिहासिक हुनुको स्वीकार गर्छन (यशैया 54:9; 1 पत्रुस 3:20; 2 पत्रुस 2:5; हिब्रू 11:7)। अन्तमा, प्रभु येशु ख्रीष्टले विश्वव्यापी जल प्रलयको हुनुमा विश्वास गर्नु भयो र उहाँले यसलाई उहाँको पुन आगमनको समय यस संसारको आउने वाला नाशको प्रतीकको रूपमा लिनु भयो (मत्ती 24:37-39; लूका 17:26-27)।

यसको साथै धेरै अतिरिक्त-बाइबल आधारित प्रमाण पनि छन् जसले विश्वव्यापी महाविपत्तिको तर्फ संकेत गर्दछ जस्तै कि विश्वव्यापी जल प्रलय। प्रत्येक महाद्वीपमा विशाल मात्रामा जीवाश्महरुको कब्रिस्तान पाइएको छ र यति विशाल मात्रामा कोइलाको भण्डार पाइयो जुन शीघ्रताको साथ वनस्पतिको मात्रालाई आफ्नो तल छोपी राख्न सक्छ। समुद्रीय जीवाश्म संसारको पहाड़ शिखरहरुको चारै तर्फ पाइयो। संसारको सबै भागको संस्कृतिहरुमा कुनै न कुनै तरिकाले जल प्रलयको कहानीहरु पाइन्छ। यो सबै सत्यता र अनेक अन्य विश्वव्यापी जल प्रलयको प्रमाण हो ।
www.prerananepal.blogspot.com

Sunday, June 25, 2017

त्रीएक परमेस्वरको सिद्धान्त !

Tri=3 त्री को अर्थ तीन हो ।
nity= unity निटि को अर्थ युनिटी अर्थात एकता भन्ने बुझिन्छ ! त्यसैले यी दुई शब्द जोड्दा त्रीनिटी बनेको हो ! त्रीनिटिको अर्थ तीन ब्याक्तीत्व एक परमेस्वर हो ।



1 पिता परमेस्वर
2 पुत्र परमेस्वर
3 पबित्र आत्मा परमेस्वर ।

यी तिनै ब्यक्तित्वको परमेस्वरमा बराबर अधिकार र शक्ति छ । साथै तह पनि बराबर छ । कुनै एक ब्याक्ती अर्को भन्दा ठूलो छैन तर बराबर छन । हामिलाई पिता परमेस्वर चाहिँ ठूलो लाग्नु स्वाभाविक हो तर उहाँका सबै ब्याक्तित्व बराबर  नै छन  । हरेक ब्याक्तिका आआफ्नै छुट्टाछुट्टै कामहरु छन ।


1, पिता (Father) = उहाँ योजनाकार (Planner) हुनुहुन्छ ।

2, पुत्र (Son) = उहाँ काम गर्ने हुनुहुन्छ ।

3, पबित्र आत्मा (Holy Spirit) = काम गर्नलाई शक्ति दिने हुनुहुन्छ ।

तीन जना परमेस्वर बराबर भए पनि एक अर्कामा आदर गर्दछन र भर पनि पर्दछन ।

4, जब आदमको पतन भयो त्यसपछि त्रीएक परमेस्वरको बैठक भयो र यश कुरामा सल्लाह गर्नुभयो कि हामी यसलाई कसरी बचाउने ? यहाँ संसारमा पुत्रलाई पठाउने उहाँहरुको निर्णय भयो र त्यही अनुरुप येशु ख्रीस्ट संसारमा आउनुभयो । त्यहाँ अध्यक्षको रुपमा परमेस्वरले काम गर्नुभयो !

5, यदि येशु ख्रीस्ट पुत्रको रुपमा आउनुभएको भए स्वर्गको भासा, परिवेश  बेग्लै खालको हुने थियो ।उदाहरण : मानौ कमिला संग कुरा गर्नुपर्छ भने त्यहाँ भएको चिजबिज थोक जस्तैः मेच, टेबुल, बेन्च इत्यादिले काम गर्न सक्दैनन अथवा गाई, गोरु, भैंसी इत्यादि पशुहरुले पनि काम गर्न सक्दैनन । त्यसका लागि एउटै उपाय छ कि कमिलासंग कुरा गर्न कमिला नै बन्नुपर्छ । अझ विशेष प्रकारको कमिला भएर होइन तर त्यही कमिला नै भएर जन्मनुपर्छ ।

6, यदि कमिला राजा भएर जन्मेको भए उनिहरुले स्वीकार गर्न गाह्रो हुने थियो । उनिहरुलाई मन खोलेर कुरा गर्न पनि गाह्रो हुने थियो । यहि कारणले उहाँ पनि साधारण जे हुनुपर्ने, जस्तो हुनुपर्ने त्यही भएर जन्मनुभएको थियो ।

7, उहाँ संसारमा यहुदी भएर आउनुभयो र यहुदीहरुको भेसभुसा, रहन- सहन चालचलन जे जस्तो छ त्यही प्रकारले काम गर्नुभयो । उहाँ यश संसारमा गरिब यहुदी भएर जन्मनुभयो । उत्पत्ति 3:15 मा उहाँ संसारमा आउनुभएको निर्णय यशप्रकार छ ।

यहि कारणले गर्दा उहाँ गरिब नागरिक, सर्बसाधारण नागरिक भएर क्रुसमा मर्नुभयो । जब आदमले पाप गर्यो, विशेष रुपमा त्रीएक परमेस्वरलाई ठूलो चोट पर्यो र एकदमै जघन्य अपराध, क्रोध खन्याइयो । यो क्रोधलाई सान्त पार्नको निम्ति येशु ख्रीस्ट आफैले आफैलाई क्रुसमा बलिदान दिनुभयो । किनकी कुनै पनि मानिसले यो क्रोधलाई सान्त पार्न सक्दैन थियो । यो कुरा उहाँलाई थाहा थियो त्यसैले उहाँ दिन र नम्र भएर यश संसारमा आएर क्रुसमा होच्याइनुभयो ।