Saturday, February 20, 2016

हाम्रो प्रेम सेलाएर गएकै हो ?

केही दिन अघि काठ्माण्डौ रंगशाला मा प्रभुको सेवक चेत ब. खरेल द्वारा येसुख्रीस्टको नाउँमा मानिसहरुले चंगाई पाएका समाचार पढ्न पाइयो । म पनि राम्ररी चिन्दछु उहालाई । यो बिसयलाई लिएर केही ब्याक्ती बिस्वासिहरुले आफ्नो फेसबुक वालमा बिरोधाभाष लेख पढ्न पाईयो । कुरा सहि पनि हो चेत ब. खरेल को फोटो धेरै प्रचार गरियो सहर सहर गल्ली गल्ली मा भन्ने । तर जे भएनी चंगाईकर्ता येसु हुनुहुन्छ ।
चेत ब. खरेल मार्फल त्यो सक्तिसाली काम प्रभुले गर्नुभएको हो । तर एति हजार उपस्थित हुने हल्ल थियो करिब 2 हजार उपस्थित भए भन्दै आफ्नै बिश्वास को खिल्ली उडाएको लेख पढ्न पाउँदा आफुले अरुलाई सिकाउन खोज्ने आफै चाहिँ नियम उल्लंघन गर्ने जस्तो मलाई लाग्यो । किनकि बाइबल ले भन्दछ अरुको न्याय नगर अनि तिम्रो पनि गरिने छैन ।
त्यसकारण अरुको खिल्ली उडाउने काम बन्द गरेर आफुले आफ्नै परिवर्तन गर्न तिर पो लाग्ने हो कि ? आफू ठिक छौँ भने अरुको किन खैरो खन्ने ? यी सबै खराव कामको लेखा प्रभु संग छ । गल्ती सबैको हुन सक्छ तर त्यो गल्ती लाई संबंधित मान्छेलाई भेटेरै पनि त यो कार्य गलत छ भन्न सक्छौं नि हैन र ? तं एस्तो उस्तो भनेर सामाजिक संजाल तिरै पोस्ट गर्नु अलि गैर जिम्मेवारी काम होला । यो मेरो नितान्त ब्याक्तिगत बिचार हो यश द्वारा कसैको दिल मा चोट पुगे म क्षमा चाहान्छु । ( यो संबंधित लेख पोस्ट गर्ने मानिस को नाम उल्लेख गर्न चाहिन )
#जोसन_लिम्बू

Friday, February 12, 2016

ख्रीस्टियनहरु पनि मर्छन र ?

केही दिन अघि मेरो चर्च को प्रभुमा अतिनै आदरणीय मिलनसार एल्डर याम ब. राई र उहाँको श्रीमती धनु राईको इटहरी हलगडामा सवारी दुर्घटनामा परि ज्यान गयो । अनि उहाँहरुको आत्माको चिर सान्तिको कामना सहित हार्दिक श्रदान्जली को पोस्ट मेरो फेसबुक पेज mission impossible मा पोस्ट गरें । अनि एक जना साथिले कमेन्ट मा लेख्नुभएको रहेछ के ख्रीस्टियनहरु पनि मर्छन र ? विशेष आजको यो छोटो लेख उहाँको लागि लेख्दै छु । पहिलो कुरा बाइबल ले भन्दछ सबै मानिशरुले पाप गरेका छन र पमेस्वरको महिमा सम्म पुग्न चुकेका छन । अनि पापको ज्याला मृत्यु हो । रोमि 3:23/ रोमि 6:23 ।
यहाँ सबैभन्दा पहिला हाम्रो सृष्टिको सुरुको पुर्खाहरु आदम र हव्वाले परमेस्वरको आज्ञा उल्लंघन गरेको कारण मानिसमा मृत्यु आयो । त्यस कारण हामिहरु मर्नै पर्दछ चाहे हाम्रो मृत्यु जुनसुकै प्रकारए होस त्यो उहाँकै हातमा छ ।


 तर यहाँ हामिले खास बुझ्नुपर्ने कुरा के छ भने हामी सधैको निम्ति मर्दैनौ तर आत्मामा जिवित हुदछौं । जब पापको कारण मृत्युले हामिमा बाँस गर्यो तर हाम्रो परमेस्वर एति महान हुनुहुन्छ कि उहाले फेरि दोस्रो जीवन दिनुहुन्छ त्यो हो आत्मिक जीवन । हामिलाई अचम्म लाग्न सक्छ के हो आत्मिक जीवन कहाँ छ त्यो ? कसरी प्राप्त गर्ने ? बाइबल मा परमेस्वरले प्रस्टै भन्नुहुन्छ । परमेस्वरले संसारलाई येस्तो प्रेम गर्नु भयो कि उहाले आफ्नो एक मात्र पुत्रलाई संसारको निम्ति दिनुभयो ताकी उहाँ माथी बिश्वास गर्ने कोहि पनि नास नहोस तर त्यस्ले अनन्त जीवन पाओस् । युहुन्ना 3:16 ।
अब उसो हामी जजस्ले येसुलाई आफ्नो हृदय द्वारा बिश्वास गरेका छौँ हामी मरे पनि हाम्रो आत्मा उहाँ द्वारा सुरक्षित गरिने छ । किन कि उहाले मृत्युलाई जितेर बौरी उठ्नुभएको छ । उहाँ भन्नुहुन्छ मृत्यु र पत्तालका साँचाहरु मशीत छन । 1 कोरिन्थी 15: 51-57 । अनि उहाँलाई बिस्वास गर्नेहरु मरेका होइनन् विश्राम लिइरहेका हुन भनी बाइबल ले भन्दछ । यसैया 57:1-2 । किनकी तिनिहरु उठाईलगिन्छन ।


ख्रीस्टियनहरु मर्दैनन भनेर कस्ले भन्यो ? ख्रीस्टियन आस्थाको बारेमा अलिकति पनि नबुझी कुरा गर्न मिल्छ ? तपाईं अबिस्वासिहरुलाई पनि परमेस्वरले त्यति नै प्रेम गर्नुहुन्छ उहाँ तपाईंको पर्खाइमा हुनुहुन्छ जब उहाँलाई तपाईं बिश्वास गर्नुहुन्छ तब उहाँ तपाईंको हृदय मा आएर बास गर्नुहुन्छ । हर समय उहाले तपाईलाई पर्खिरहनुभएको छ । प्रकाश 3:20 । यो विषयमा बहस गर्दा बर्सौं लाग्न सक्छ तर म अति छोटकरीमा लेख्न प्रत्यनरत छु ।
 
 
 आज सम्म संसारमा भएको जति पनि धर्महरु छन ती धर्मका प्रबक्ताहरुले कहिँ कहिले पनि मानिसलाई मुक्तिको बारेमा स्पस्ट र भर पर्दो बिश्वास दिएका छैनन । कि मानिसले आत्माको मुक्ति पाउन के गर्नुपर्छ ? मानिस आत्मिक प्राणी हो मरे पछि हाम्रो आत्मा कहाँ जान्छ ? किनकी हाम्रो आत्मा मरणसिल होईन । मानिस मरे पछि कस्ले देखेको छ कहाँ जान्छ भनी आफैंले मूर्ख प्रस्न नगर्नुहोस् । तपाईलाई सृष्टि गर्नुहुने कोहि एक ईस्वर हुनुहुन्छ । उहाँ को हुनुहुन्छ ? के तपाईले उहाँको बारेमा कहिले एकान्तमा सोच्नुभएको छ ? यदि छैन भने ढिला नगरी आजै अहिले बाट सोच्न सुरु गर्नुहोस । येसु मात्रै त्यस्तो अदित्तिय ब्याक्ती हुन जो स्वयं परमेस्वर हुनुहुन्छ । उहाँले मात्रै तपाईं र मलाई स्वर्ग लाने बाचा गर्नुभएको छ । तिमिहरुले मलाई बिश्वास मात्रै गर म स्वयं तिमिहरुलाई लिन पृथ्वीमा आउछु भन्नुभएको छ । तर अरु धर्मको प्रबक्ताहरुले खाली यो यो काम गर अनि स्वर्ग जान सक्छौ कि भनी भनेका छन किनकी उनिहरु आफ्नो बासस्थान स्वर्ग होईन । तर स्वर्ग र पृथ्वी मैले बनाएं भनी दाबी गर्नुहुने हाम्रो परमेस्वर मात्रै हुनुहुन्छ । ख्रीस्टियन बिश्वास हाम्रो सारिरिक मृत्यु पछिको आत्मिक जीवन संग संबंधित छ । आज हाम्रो गलत बुझाईले गर्दा मानिस मानिस बिच बिश्वास मा ठूलो फाटो आएको छ । हामिले ख्रीस्टियन बिश्वास को बिरोध गर्नुभन्दा पहिला त्यस्को गहिरिएर एक पल्ट अध्ययन गरे अवस्य जीवन ले परिवर्तनको बाटो पक्रने थियो । संसारको दुष्ट बाटो त्यागेर परमेस्वर तिर फर्क भनी उहाँ हामिलाई भन्नुहुन्छ जो फर्कन्छ उस्ले परमेस्वरबाट क्षमा पाउदछ । यसैया 55:7 । अन्त्यमा म के भन्न चाहान्छु भने हामी बिस्वासी अबिस्वासी सबै एक दिन मर्नु पर्छ तर फरक यति हो बिस्वासिहरु येसु ख्रीस्ट द्वारा उठाईलगिन्छन अबिस्वासिहरु छोडिन्छन । जो उठाई लगिन्छन तिनीहरु येसुको साथमा सदासर्बदा अनन्त परमधाम स्वर्गमा रहन्छन ।
 
 
 प्रकाश 21:4 / प्रकाश 22:4-5 अनि जो छोडिन्छन तिनीहरु अनन्तको मृत्यु मा प्रबेस गर्नेछन जहाँ अनन्त पीडा र दाह्रा किटाई हुनेछ त्यो दोस्रो मृत्यु हो । मति 25:41 आउनुहोस् तपाईं पनि येसुलाई बिश्वास गरि अनन्त जीवन को भागिदार बन्नुहोस । हामी सबै मर्दछौ तर मृत्यु पश्चात् आफ्नो काम र बिश्वास अनुसार अनन्त जीवन अथवा अनन्त मृत्युका भागिदार बन्दछौं । भुल चुक माफ पाउं ।
 
 #जोसन_लिम्बू ।

Wednesday, December 30, 2015

येसु ख्रीस्ट संसारमा आउने बारे पहिलो भबिस्यबाणी उत्पत्ति 3:15 !!

महान प्रभु येसु ख्रीस्टको पहिलो भबिस्यबाणी गरिएको उत्पत्तिको पुस्तक उत्पत्ति 3:15 पद्य भएको कुरा आज मैले विभिन्न खोज अध्ययन बाट पत्ता लगाउन सकें । केही दिन अघि मलाई एक जना साथिले येसुको पहिलो भबिस्यबाणी बाइबल को कुन पुस्तकमा गरिएको छ ? भनी सोध्नुभयो मैले यसैया को पुस्तक भनें कि मलाई थाहा रहेनछ । लामो समयको प्रार्थना अध्ययन र खोज द्वारा आज मलाई यो कुरा प्रष्ट भयो कि उत्पति 3:15 पद्य पुरै बाइबल को मेरुदण्ड पो रहेछ । गहिरिएर यसलाई अध्ययन गर्ने हो भने पूरा बाइबल को अस्तित्व नैं यो पद्यमा अडिग रहेछ । हाम्रो महान परमेस्वरले उत्पत्ति मै आफ्नो पुत्रलाई दिने कुरा सांकेतिक रुपमा 3:15 गरिसक्नुभएको रहेछ । तर हामिले बाइबल को बचनहरुलाई गहिरिएर अध्ययन नगरेको कारण सुक्ष्म कुराहरु भने बुझिरहेको हुदैनौं रहेछ । आज ख्रीस्टमस को बारे या येसुको बारे मानिसहरूले असङ्ख्यौं लेख रचनाहरु गरेका छन तर अझैसम्म अपुरो नै छन ती लेख रचनाहरु किनकी परमेस्वर अदित्तिय हुनुहुन्छ । ( म तँ र त्यस स्त्रीमाझशत्रुता सृष्टि गर्नेछु।तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनिशत्रुता सृष्टि गर्नेछुजसले गर्दा त्यसका सन्तानहरूले तेरो टाउको किच्याउने छन्अनि तेरा सन्तानहरूले पनि तिनीहरूको कुर्कुच्चामा डस्ने छन्।” ) उत्पत्ति 3:15 यो पद्यमा त्यो स्त्री भन्नाले कन्ने मरियम सर्प सैतान भनेर बताइएको हामी बुझ्न सक्छौं भने स्त्री को सन्तान हामी र सर्प सैतानको बिचमा सत्रुता अनि हामिले सैतान को टाउकोमा कुल्चिनु भन्नाले येसु यश संसारमा आउनु भयो हाम्रो सारा पापको खातिर क्रुसमा बलि हुनुभयो त्यो सैतानको सिर कुच्याउनु हो अनि आफैलाई फेरि जिवित पारेर मृत्युलाइ सधैको निम्ति जित्नुभयो ताकी अब उसो उहामा बिस्वास मात्र गर्नेहरुले पनि मर्नु पर्दैन । यहाँ मर्नु पर्दैन भन्नाले आत्मिक कुराको चर्चा गरिएको छ । त्यसकारण आउनुहोस् आज नै कत्ती पनि ढिला नगरी येसुलाई बिस्वास गर्नुहोस र अनन्त जिवनको भागिदार बन्नुहोस । त्यो परमेस्वर तपाईं र मेरो निम्ति संसारमा आएर हाम्रो सारा पाप क्षमा को निम्ति एक पल्ट क्रुस मा मरि सक्नुभएको छ, र र हामिलाई अनन्त जीवन दिन तेस्रो दिनमा बौरी उठिसक्नु भएको छ । अब उसो हामिले कुनै धर्म कर्म गरेर मुक्तिको बाटो खोजिरहन पर्ने जरुरी छैन । मात्र येसु ख्रीस्टलाई आफ्नो ब्याक्तिगत जीवन को मुक्तिदाता हुनुहुन्छ भनी आफ्नो हृदयमा बिस्वास गरे हुन्छ । परमेस्वरले तपाईं र मलाई प्रेम गर्नुहुन्छ । उहाँ हाम्रो ढोका मै बसेर ढोका ढक्ढक्याइ रहनुभएको छ । त्यो ढोका तपाईंको घरको नभएर तपाईंको हृदय को हो । यसरी सृष्टिको सुरुवातमै सर्बसक्तिमान हाम्रो परमेस्वरले हामी प्रती गर्नुभएको प्रतिज्ञालाई ढिलो नगरी पूरा गर्नुभयो । किन कि उहाँ बिस्वास योग्य परमेस्वर हुनुहुन्छ । अन्त्यमा उत्पत्ति 3:15 ले सारा कुराको अस्तित्व बोकेको छ, यो बाइबल को मेरुदण्डको रुपमा रहेकोे छ भन्दा पनि फरक नपर्ला । यो छोटो लेख बाट केही कुरा बुझ्ने अवसर पाउनुभएको छ भन्ने बिश्वास को साथ भुल चुक माफी चाहान्छु । ( जोसन लिम्बू )

Thursday, December 17, 2015

नचिनिएको तर अदित्तिय ब्याक्ती !!

सबै कुरा आउँछन जान्छन, मलाई मतलब छैन,
तर मलाई मेरै उमेर ले किन पर्खिरा छैन ?
सबै कुरा त्याग्न सक्छु, पक्रेर हुने नै के छ र ? अफसोस लाग्छ सोच्दा नि, मरि लानु के नै छ र ?
सास रहुन्जेल आस भन्छन, एक मुठ्ठी सासले साथ दिएकै छ ! शरीर दुर्बल छ आत्मा तयार छ, संसारले जहर पिएकै छ ! फटाउनेहरु फटाइरहेछन सिउनेहरुले सिएकै छन ! सहनेहरु सहिरहन्छन, सताउनेहरुले दु:ख दिएकै छन !
संसार फस्यो भङ्गालोमा, डुङ्गा अब खियाउनै छ ! बादल पारी सान्ती छ रे, सबलाई त्यहाँ छिराउनैछ ! खै के हो माया प्रेम ? कता गयो मानवता ? स्वार्थी भए सारा संसार, बाँकी रह्यो दानबता !
चारै तिर घुमी हेरें सान्ती कहाँ छ ? खोजिहेरें उसलाई पो थाहा छ कि ? सोधिहेरें भौतारिंदै दौडिरहें, दलदले हिलोभरी पौडिरहें येसुमा रहेछ सबै मेरा अभिलाषा अब दुबो झैं मौलिरहें ।।
#जोसन_लिम्बू

Saturday, December 12, 2015

ग्यास्ट्रिक समस्याका लागि घरेलु उपचार

अनियमित र दुषित खानपानका कारण अहिले ग्याष्ट्रिकको समस्या सामान्य झै भइसकेको छ । लगातार कब्जियतका कारण ग्यास्ट्रिकको समस्या हुन्छ र यो ग्यास्ट्रिक अन्य अनेक समस्याको कारण बन्छ । ग्यास्ट्रिकबाट पीडित व्यक्तिलाई टाउको दुख्ने, कम्मर दुख्ने, पेट दुख्ने, छाती दुख्ने जस्ता अनेक समस्या हुन्छन् । खैर, ग्यास्ट्रिकको मूल कारण केही बानी र अनियमितता दिनचर्या हो । ग्यासको समस्याका केही सामान्य लक्षणहरु यसप्रकार छन्
क. वान्ता आउनु ख. लगातार हिक्क हिक्क आउनु ग. पेट दुख्नु
यहाँ ग्यास्ट्रिकबाट बच्ने केही सजिलो उपायहरु बताइएको छन् ।
प्रसस्त पानी पिउनुहोस् :थोरै पिउनु पनि यस समस्याको एउटा ठूलो कारण हो । ग्यासको समस्या भए पनि नभए पनि दिनमा आठ गिलास पानी अवश्य पिउनुस् । अदुवा: ग्यासको समस्यामा अदुवा सबभन्दा राम्रो औषधि हो । अलिकति सुकेको अदुवा चियामा हालेर पिउनाले ग्यासमा तत्काल राहत पुग्छ । अदुवामा एन्टी बैक्टिरियल र एन्टी इन्स्लामेट्री तत्व पाइन्छ । अदुवा खानाले ग्यासको समस्या उत्पन्न गर्ने जिवाणु समाप्त हुन्छ । अदुवाको एक टुकडा घ्यूमा तताएर बीरे नूनसँग खाँदा ग्यासबाट छुटकारा पाइन्छ । पाइनएपल : पाइनएपलमा पाचक एन्जाइम्स पाइन्छ । पाइनएपल पाकेको मात्र खानुपर्छ । काचो पाइनएपलले पेटलाई झन नोक्सान नै पुर्‍याउछ । मही: अलिकति मेथी दाना, बेसार, हिंग, जिरा मिलाएर पिनेर राख्नुस् । बिहान खाना खाएपछि महीमा यो पाउडर मिलाएर पिउनुस् । ग्यास र एसिडीटीको समस्या समाप्त हुन्छ । जीरा: जीरा खानाले पनि डायजेस्टिव सिस्टमको समस्या समाधान हुन्छ । त्यसैले ग्यासको समस्या हुँदा एक चम्चा जीरा पाउडर चीसो पानीमा घोलेर पिउनुस् । बेसार: बेसार एन्टी इन्स्लामेन्ट्री र एन्टी फगल तत्व पाइन्छ । यो अनेक विमारीमा औषधिको काम गर्छ । अलिकति बेसार पाउडर चिसो पानीसँग लिनुस् र यसपछि केरा वा दही खानुस् । नरिवल पानी: नरिवल पानीमा भिटामीन ए पोषक तत्व भरपुर हुन्छ तर साथै यसले ग्यासको समस्यामा औषधिको काम गर्छ । तुलसी: तुलसीले अनेक विमारीमा औषधिको काम गर्छ । प्रत्येक दिन पाँच तुलसीको पात खानाले ग्यासको समस्याका साथ साथ पेटको अनेक समस्याहरुको पनि समाधान गर्छ । तुलसीको चिया बनाएर वा त्यसको रस पिउनाले पनि तत्काल फाइदा हुन्छ । ल्वांग: ल्वांग चुस्दा वा ल्वांग पाउडर महकासाथ लिनाले पनि ग्यास समस्यामा राहत पुग्छ । मेवा: मेवामा बीटा केरोटीन भरपुर मात्रामा पाइन्छ । यसमा खाना चाडै पचाउने तत्वहरु पाइन्छ । यसमा पेपिन नामको एन्जाइम पनि पाइन्छ । यो शरीरको लागि अत्यन्तै लाभदायक हुन्छ । ग्यासको समस्या भए खाना थोरै खानुस् र खाना पछि अलिकति बिरे नूनका साथ मेवा खानुस् । कब्जियत र ग्यास दुवै समस्याबाट छुटकारा पाइन्छ । पुदिना स् पुदिनाको पात चपाउनुस् वा पुदिनाको चिया बनाएर पिउनुस् ग्यासको समस्याबाट छुटकारा पाइन्छ । मरिच: अलिकति मरिचको धुलोमा मह मिलाएर लिदा ग्यासमा राहत मिल्छ ।