Sunday, October 17, 2021

येशूको पापहीनताबारे प्रसिद्ध भनाइहरू !!

येशु  पूर्णत: निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरू साथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो।


                महात्मा गान्धी, भारतीय स्वाधीन अभियानका सर्वश्रेष्ठ अगुवा :-


येशूले यस धर्तिमा एक करोड पचास लाख मिनेटको जीवन बिताउनु भयो । उहाँले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो । तरै पनि पृथ्वीमा जन्म लिनुभएदेखि क्रूसमा प्राणत्याग नगरुन्जेलसम्म उहाँको हरेक विचार, हरेक कार्य, हरेक उद्देश्य, हरेक काम जुन व्यक्तिगतरूपमा गरिएका हुन् वा सार्वजनिक रूपमा गरिएका हुन् ती सबै नै परमेश्वरद्वारा अनुमोदित थिए । एकै पटक पनि हाम्रा प्रभुले पापको स्वीकार गर्नुभएन किनकि उहाँमा कुनै पाप थिएन।


विल्बर स्मिथ :-


येशूको जीवनबाट हामीले प्राप्त गर्ने पहिलो प्रभाव भनेकै पापले भरिएको संसारको बिचमा उहाँको सिद्ध निर्दोसिता र पापहीनता हो । निष्कलङ्क बाल्यावस्थाको पापरहित शुद्धतालाई उहाँले मात्र युवावस्था र प्रौढावस्थासम्म जोगाउनुभयो ।तसर्थ, थुमा र ढुकुर उहाँका उपयुक्त प्रतीकहरूहुन् ।


फिलिप स्काफ, प्रसिद्ध मण्डली इतिहासकार :-


                 


पापरहित सिद्धता र सिद्ध पापरहितत्व त्यो कुरो हो जुन अवतारी परमेश्वरबाट हामीले अपेक्षा गर्नुपर्छ र येशूमा हामी यो पाउँछौँ ।


बर्नाड र्‍याम :-


पृथ्वीमा येशूभन्दा अरु निष्पाप व्यक्ति कोही बाँचेन ।उहाँले कसैलाई चोट पुर्‍याउनुभएन; उहाँले कसैबाट कुनै फाइदा लिनुभएन; उहाँले कहिल्यै अनुचित वचन बोल्नुभएन; उहाँले कहिल्यै गलतकाम गर्नुभएन ।


फिलिप स्काफ, प्रसिद्ध मण्डली इतिहासकार :-


तब यो प्रष्ट छ कि जसरी येशूले आफू मसीह रपरमेश्वरका पुत्र हुनुभएको विश्वास गर्नुभयो त्यसैगरी उहाँले आफू पापरहित हुनुभएको विश्वासगर्नुभयो ।


जोन स्टट :- 


[येशू ख्रीष्ट] सदाचारी र मिलनसार मानिस हुनुहुन्थ्यो । उहाँले प्रचार र अभ्यास गर्नुभएको नैतिकता सबैभन्दा बढी उपकारी किसिमको थियो ।


थोमस पाइने :- 


ख्रीष्टको पापहीनता हामीलाई उदाहरणको लागि मात्र होइन । यो हाम्रो उद्धारको लागि आधारभूत र अपरिहार्य छ । यदि ख्रीष्ट “निष्खोट थुमा”हुनुहुन्थेन भने उहाँले कसैको उद्धारलाई सुरक्षितराख्न नसक्नुहुने मात्र होइन तर उहाँ आफैलाईमुक्ति दाताको खाँचो पर्थ्यो । येशूले क्रूसमा बोक्नु भएको मनग्गे पापहरूका लागि एउटा सिद्धबलिदानको खाँचो पर्थ्यो । त्यो बलिदान त्यस्तो व्यक्तिले गर्नुपर्थ्यो जो सिद्ध हुनुहुन्थ्यो ।


आर. सी. स्प्रौल :-


उहाँको पापहीनता बाट नै येशूले आफैलाई हाम्रा पापको निम्ति सिद्ध बलिदानको रूपमा योग्य ठहराउनुभयो । ... येशू असिद्धहरूका निम्ति सिद्ध र पापीहरूका निम्ति पापरहित मानिसको रूपमा मात्र मर्नुभएन तर उहाँले हाम्रो उद्धारको निम्ति आवश्यक सिद्ध आज्ञापा लनको जीवन पनि जिउनु भयो ।


आर. सी. स्प्रौल :- 


तब उहाँ [येशू] को मिसनसाथै एकैनासको चालचलन र सुस्पष्ट समर्पणबाट यो सत्यतानिर्विवाद छ कि ख्रीष्टले आफैलाई पाप र दोषबाट मुक्त भएको रूपमा चिन्नुहुन्थ्यो । यस सत्यताको लागि एउटै मात्र तर्कसङ्गत व्याख्या यही हो कि ख्रीष्ट पापी हुनुहुन्थेन ।


फिलिप स्काफ, प्रसिद्ध मण्डली इतिहासकार :-


येशूको चेतनामा यस्तो कुनै कुरो छैन जसले उहाँकुनै पापको दोषी हुनुहुन्थ्यो भनी अङ्कित गर्छ ।


सी. ई. जेफरसन :-


अहिलेसम्म देखा पर्ने सबै मानिसहरूमध्ये येशू सर्वाधिक सिद्ध हुनुहुन्छ ।


राल्फ वाल्डो इमर्सन:-


उहाँ [येशू] सद्गुणको महानतम नमुना मात्रहुनु भएको छैन तर यसको अभ्यासको लागि सर्वाधिक मजबुत प्रेरक व्यक्तित्व पनि बन्नु भएकोछ ।


Friday, October 15, 2021

बाइबलला उपलब्ध १० ओटा बैज्ञानिक सत्यताहरु !!

 बाइबल आधुनिक समयमा लेखिएको वैज्ञानिक पाठ्यपुस्तक होइन  तर प्राचीन समयमा लेखिएको धार्मिक ग्रन्थ हो । तरै पनि बाइबलले यस्ता वैज्ञानिक सत्यताहरूलाई अभिलिखित गरेको छ जसले एउटा सचेत, तार्किक साथै बौद्धिक व्यक्तिलाई छक्क पार्छन् । आधुनिक समयमा पत्ता लगाइएका ती मनग्गे वैज्ञानिक आविष्कारहरूलाई बाइबलले हजारौँ वर्ष पहिलेनै उल्लेख गरेका थिए भन्ने सत्यताले हाम्रोआश्चर्यको सिमा झनै बढ्छ । यहाँ हामी दसओटा त्यस्ता आविष्कारलाई सङ्क्षिप्त रूपमाध्यान दिनेछौँ ।


१. यो विश्व–ब्रम्हाण्डको एउटा निश्चित बिन्दुमा आरम्भ भयो । 


बाइबलको पहिलो पदमा नै लेखिएको छ, “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । स्मरण रहोस्, यो हजारौँ वर्ष पहिले लेखिएको कथन हो ।वैज्ञानिकहरू लगायत सामान्य मानिसहरूले लामो समय देखि यो विश्व अनन्त छ अर्थात यसको सुरु पनि छैन र अन्त्य पनि छैन भनी विश्वास गर्दै आएका थिए । तर बिसौँ शताब्दीका नयाँ खोजहरूले त्यस सिद्धान्तलाई झट्का दिए। सम्पूर्ण समय, सम्पूर्ण पदार्थ र सम्पूर्ण अन्तरिक्षको एउटा निश्चित बिन्दुमा आरम्भ भएको छ भन्ने महानतम वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तल गायत अन्य नव वैज्ञानिक खोजहरूले विश्व–ब्रम्हाण्डको एउटा निश्चित बिन्दुमा आरम्भ भएको छ भनी पुष्टि गर्छन् ।


२. सूर्यले परिक्रमा गर्छ ।


३,००० वर्षअगि भजनका लेखकले यी वचनहरू कोरे, “आकाशको एक छेउमा उस [सूर्य] कोउदय हुन्छ, र अर्को सीमासम्म परिक्रमा गर्छ” (भजनसंग्रह १९:६) । पृथ्वीले सूर्यको परिक्रमा गर्छ तर सूर्य आफै भने स्थिर छ भनी वैज्ञानिकहरूले लामो समयदेखि विश्वास गर्दै आएका थिए । तर पछिल्ला खोजहरूले उदाङ्गोपारेका छन् कि सूर्य पनि स्थिर छैन जस्तो बाइबलमा लेखिएको छ । सौर्यमण्डलमा भएकासबै ग्रह, उपग्रह र आकाशिय पिण्डहरूलाई साथमा लिई प्रतिघन्टा ६ लाख माइलको गतिमा सूर्य आकाश गङ्गाको वरिपरि घुमिरहेको छ । 


३. यो विश्व–ब्रम्हाण्ड अदृश्य तत्त्वबाट बनेकोछ ।


२,००० वर्षअगि हिब्रूका लेखकले लेखे, “विश्वासद्वारा हामी बुझ्दछौं कि सारा विश्वपरमेश्वरको वचनद्वारा सृष्टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो” (११:३) । सम्पूर्ण पदार्थ परमाणुहरूबाट बनेका छन् । विगतमा यस विषयबारे विज्ञान पूर्णत: अज्ञान थियो ।हालै मात्र विज्ञानले पत्ता लगाएको छ कि हामीले देख्ने हरेक कुरो हाम्रा नाङ्गा आँखाले देख्न नसक्ने मसिना कणहरूबाट बनेका छन् जसलाई परमाणु भनिन्छ ।


४. आकाशमा ताराहरू अनगिन्ती छन् ।


२,५०० वर्षअगि यर्मियाले लेखे, “आकाशका तारा गन्न नसकिने र समुद्रका किनारका बालुवा जोखिन नसकिने ...” (यर्मिया ३३:२२) छ ।सत्रौँ शताब्दीमा ग्यालिलियो ग्यालिलीलेदूरदर्शक यन्त्रको आविष्कार गर्नुअगि धेरैविद्वान्हरूले ताराहरूको सङ्ख्या गन्न कोसिस गरे र तिनीहरूले करिब १,००० ओटा ताराको सूची लगाए । तर आज हामीलाई थाहा छ कि आकाशमा ताराहरू खरबौँको सङ्ख्यामा छन्।  


५. पृथ्वी शून्यतामा झुण्डिएको छ ।


अय्यूबले लेखे, “उहाँ [परमेश्वर] ले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ, र शून्यतामा पृथ्वीलाई झुण्डयाउनुहुन्छ” (अय्यूब २६:७) ।आजभन्दा ३,५०० वर्ष पहिले नै यसलाई लेखिएको थियो । पृथ्वीलाई एउटा अजिङ्गर  वा एटलस नाउँ गरेको राक्षसले बोकेकोथियो भनी प्राचीन समयका मानिसहरूले विश्वास गर्थे । वैज्ञानिक ज्ञान नभएका मानिसहरूका बिचमा यस्तै खालकाअवधारणाहरू अझै पनि विद्यमान छन् ।बाइबलले भनेजस्तै गरी पृथ्वी शून्यतामा झुण्डिएको छ भन्ने सत्यता पोल्यान्डका गणितज्ञ साथै खगोलविद् निकोलस कोपर्निकस(१४७३–१५४३) को समयदेखि वैज्ञानिक साँचो ठहरिएको छ । गुरुत्वाकर्षणको शक्तिले गर्दा यो पृथ्वी हावामा तैरन सकेको हो भनी आज विज्ञानको साधारण विद्यार्थीलाई पनि थाहा छ ।


६. पृथ्वी गोलो छ ।


यशैयाले लेखे, “उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुनुहुन्छ” (४०:२२) । २,८००वर्ष अगि लेखिएको यस पदले पृथ्वी गोलो छभनी बताउँछ । एउटा यस्तो समय थियो जुन समयमा पृथ्वी चेप्टो थियो भनी साधारणतया विश्वास गरिन्थ्यो । जनमानस बिच त्यस्तो विश्वास भए तापनि क्रिस्टोफर कोलम्बस(ख्रीष्टाब्द १४५१–१५०६) लाई पृथ्वीको जलयात्रा गर्न बाइबल धर्मशास्त्रले नै प्रेरणा दिएको थियो । आज विज्ञानको साधारण चिन्तकलाई पनि थाहा छ कि पृथ्वी वास्तवमै गोलो छ, चेप्टो होइन ।


७. जीवको उत्पत्ति जीवबाट मात्रै हुन्छ ।


जीवको उत्पत्ति जीवबाट मात्रै हुन्छ निर्जीव वस्तुबाट होइन भन्ने नियमलाई विज्ञानको भाषामा जीवजननको नियम भनेर चिनिन्छ । थप रूपमा यस नियमले बताउँछ कि जीवले सधैँ उही किसिमको जीवलाई जन्म दिन्छ, अर्कोकि सिमको जीवलाई होइन । प्राचीन समयका वैज्ञानिक अरस्तुले अजैविक पदार्थबाट जीवको उदय हुन्छ भनी सिकाएका थिए जसलाई लुईपास्चरको समयसम्म विश्वास गरिन्थ्यो । तर उन्नाइसौँ शताब्दीका वैज्ञानिक पास्चरले अजैविक पदार्थबाट जीवको उदय हुँदैन भनीप्रयो गात्मक रूपमा सिद्ध गरिदिए । उत्पत्ति१:११–१२; २४–२५ मा यस पुस्तकका लेखक मोशाले जीवजननको नियमलाई उल्लेख गरेकाछन् ।


८. पानीको एउटा चक्र छ ।


३,५०० वर्षअगि लेखिएको थियो, “उहाँले समुद्रबाट पानीको थोपा खिँच्नुहुन्छ, र आफूले बनाउनु भएको मेघबाट झरी बर्साउनुहुन्छ ।वृष्टिको मेघले मुसलधारा पानी बर्साउँछ,मानिस–जातिमाथि ती झरी भएर झर्छन्” (अय्यूब ३६:२७–२८) ।  खोला, नदी हुँदै समुद्रमा झर्ने ती करडौँ लिटर पानी कहाँ जान्छ ?यसको उत्तर दिन्छ जलचक्रले । सूर्यको तापको कारणले गर्दा पानी बाफमा परिणत हुन्छ अनि आकाशमा बादलको रूप धारण गरी वृष्टि बनेरफेरि पृथ्वीमा खस्दछ । सोर्‍हौँ/सत्रौँ शताब्दीसम्म पानीको यस चक्रलाई पूर्णत:स्वीकार गरिएको थिएन । 


९. जीवधारीको प्राण त्यसको रगतमा हुन्छ ।


३,४०० वर्ष अगि मोशाले लेखे, “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ” (लेवी १७:११) । आजयो स्थापित सत्यता हो कि तपाईंले आफ्नो शरीरको रगत प्रचुर मात्रामा गुमाउनुभयो भनेतपाईंले आफ्नो जीवन गुमाउनुहुन्छ । प्राचीन कालदेखि उन्नाइसौँ शताब्दीसम्म डाक्टरहरूले बिरामीको रोगको उपचारको लागि उसको शरीरबाट रगत बग्न दिन्थे जुन अज्ञानताको परिणाम थियो । आज जीवन दिने रगतको महत्त्व छर्लङ्ग भएको छ । 


१०. समुद्रका पिँधहरूमा पहाडहरू छन् ।


समुद्रको गहिराइमा पुगेका योनाले व्यक्त गरे, “मत डाँडाहरूका फेदीसम्मै तल डुबें” (योना २:६) ।योनाले यो पुस्तक झन्डै २,८०० वर्षअगि लेखे काथिए । विगतमा समुद्रका पिँधहरू चेप्टा छन्भनी विश्वास गरिन्थ्यो । तर हालैका खोजहरूले समुद्रका पिँधहरूमा डाँडा–काँडाहरू रहेछन भनि देखाएका छन् ।

के उहाँ तपाईको लागि मर्नुभयो ?

प्रसिद्ध  जर्मन चित्रकार स्टेनवर्गले एउटी जिप्सी ठिटीलाई देखेपछि उसको चित्र बनाउन साह्रै मन गन्यो । उसले त्यस ठिटीलाई आफ्नो स्टुडियोमा आउने निमन्त्रणा दियो ।


त्यो ठिटी भोलिपल्ट आफ्नो चित्र उतार्न भनी स्टेनवर्गको सामुन्ने खडा भई यतिकैमा उसले स्टुडियोको एक कुनामा येशू खीष्टको अपूर्ण चित्र देखिन् र भनिन, शायद यी मानिस औधिनै दृष्ट थिए होलान् । किनकि उसलाई त्यसरी नझुण्डयाउनु पर्ने थियो ! त्यतिकैमा स्टेनबर्गले भने;

तिमीले गलत कुरा भनिरहेकीछ्यौ ।

 यथार्थमा येशू ख्रीष्ट मानिसहरुमा सबैभन्दा नम्र र दीन थिए । उनले अरु मानिसहरुको निम्ति आफ्नो प्राण दिए ।



त्यो सानो ठिटीले अति सरल तथा सोझो प्रश्न गरिन;- के तपाईको लागि पनि मर्नुभयो ?

ठिटीको यो सरल र अवोध प्रश्नले स्टेनवर्गको हृदयको तहसम्म छोयो । स्टेनवर्ग स्वयं क्रिश्चियन थिएनन् । यसपछि उनी येशू ख्रीष्टलाई प्रेम गर्न लाग र विश्वास गरी क्रिश्चियन भए । 


आज त्यही प्रश्न तपाइलाई पनि छ; के उहाँ तपाईको लागि मर्नुभयो ?


Friday, August 27, 2021

ᤁᤢᤎᤰ ᤛᤰ - कुधक् सक् (व्यञ्जन वर्ण)

ᤁᤢᤎᤰ ᤛᤰ - कुधक् सक् 
                (व्यञ्जन वर्ण)

ᤁ           ᤂ            ᤃ             ᤅ    
क          ख            ग              ङ    

ᤆ           ᤇ            ᤈ              ᤏ
च           छ           ज              न

ᤋ           ᤌ            ᤍ              ᤎ     
त           थ            द              ध      

ᤐ          ᤑ            ᤒ              ᤓ
प           फ            ब              भ     

ᤔ          ᤕ             ᤖ              ᤗ
म          य             र               ल

ᤘ          ᤛ             ᤜ              ᤄ
व          स             ह               घ

Saturday, August 7, 2021

हिन्दु धर्मको सत्यानाश बाहुनले नै गरेका हुन l


श्यामजँग खत्री



बाहुन भन्ने बितिक्कै अहिले नाक खुम्च्याइनु बाहुनका बिषयमा धेरै जोक बन्नु बाहुनकै बिरुद्द राजनैतिक पाटी खुल्नु राजनीतिको मूल बिषय नै बाहुनका चर्चा परीचर्चामा बित्नु भनेको बाहुनका सन्तानहरु  आफैले गती छोडेर हो ।

कुनै जमाना थियो भाले बास्दा  उठी सक्ने बाहुन अरु समाज उठ्दा नुहाएर पुजा पाठ गरी सक्थे ।

अहिले उनिहरुका सन्तान भाले बास्दा  सम्म रक्सी धोकेर बसेका हुन्छन |पुजा पाठ त परको कुरा यो देसमा जनै सस्किर्ती भित्र्याउने बाहुनहरु कै सन्तानले जनै लगाएका हुँदैनन । म हिन्दु धर्मको रक्षा गर्छु भनेर सडक तताउने हरुको काँधमा जनै हुदैन ।

नुहाएर धाराबाट पानी बोकेर आएको बाहुन लाई सारा गाउले ले सन्मान का साथ बाटो छोडी दिन्थे । अहिले उनिहरु का सन्तान लाई नि गाउले ले बाटो त छोडी दिन्छन बिहानै धोकेर यो बाटो नि मेरो त्यो बाटो नि मेरो भन्दै एउटा जुत्ता डिल मुनी अर्को डिल माथी बनाएर ओल्लो छेउ र पल्लो छेउ भएर हिडेको हुन्छ बाटो नछोडी सुख नै छैन् । र बाटो छोड्छन अहिले पनि ।

माछा मासु लसुन छुँदै नछुने बाहुन का सन्तान अहिले यो फेसबूक मा गाइ लाई राष्ट्रीय जनवार मान्न सकिन्न भन्दै कुर्लेर बसेका छन किनकी खान का लोभी यीनिहरु ले मिठो हुन्छ भन्ने सुनेर मन थाम्न नसकेर खाइ सके उहिले नै । आफ्नै दाजु भाइ ले रक्सी मासु खायो भन्ने सुनेको भर मा जात झारेर दलित बनाउने यीनै बाहुन हुन ।

हिन्दू धर्म को रक्षा गर्ने बाहुन हरु धेरै अहिले यीनिहरु का सन्तान देस मा धर्म निरेपेक्ष हुनु पर्छ भन्छन किनकी यीनिहरु ले पैसा खाएर पादरी भए । हिन्दू राष्ट्र हटाउने मा सहीछाप गर्ने सबै कथित कातिके बाहुन नै थिए |

ब्राामण के हो ?

काँसीमा पढेर आचार्य पास गरेर हिन्दू सस्कार अनुसार कर्म काण्ड गराउन सक्ने ब्याक्ती नै ब्रामण हो । यो कुनै जात होईन पद हो । यदी यो पद भए पछी कसरी एउटा जड्या ले आफ्नो बाउ बाहुन भएकै आधार मा आफु बाहुन हु भनेर गर्ब गर्न मिल्छ यो त पाइलट को छोरा ट्याक्टर ड्राइभर ले म पाइलट हु भनेर गर्ब गरे जस्तो भएन र ? ? ? ?

पहिले बाहुन हरु सात्विक भोजन गर्थे , टुपी पाल्थे अध्यायन सिल हुन्थे , रामायण, गिता , पुराण का श्लोक हरु पाठ गर्थे ।

अहिले त बुडो भैसी को मम नभै छाक टर्दैन , कपा॥ रातो कालो सेतो पहेलो रँगाएर कसैले घिच्चुक मा रााख्छन टुपी कसैले कन्सिरी मा । वाईनको बोतल बोकेर जानी नजानी अँग्रेजी पप गाउछन । यिनिहरु कसरी बाहुन भए ??

बाहुन थर हुनै सक्तैन जसरी पादरी का सन्तान ले म पादरी हु भनेर पादरी लेख्दैन् जसरी भिक्षु थर हुदैन जसरी फेदाङ्बा थर हुन्न मुलवी थर हुदैन , मौलाना थर कहिले सुनिएन तर समाज मा आफ्नो प्रतिस्ठा जोगाइ राख्न बाहुन का सन्तान नि बाहुन नै हु भनेर बसे र आज बद्नामी कमाए ।

अहिले देशको पुनर्सँरचना गर्ने भन्दै , छदाखादाँ को देश लाई चिरफार गर्न ब्यस्त राजनैतिक दल ले जातिय बिभेद हटाउन लाई कहिल्यै सोचेका छैनन । बाँचुन्जेल सम्म जातिय बिभेद को बिरुद्ध काम गरेको नेता ले नै आफुभन्दा सानो जात लाई घरमा छिर्न दिदैन । किनकी उसको छोरा ले पनि त्यै बिषयमा राजनीति गरेर जिबन चलाओस भन्ने उसको भित्री धारणा हुदो रहेछ । यदी जातिय बिभेद को अन्त्त गरियो भने कमाईखाने भाँडो नै सकिन्छ भनेर यिनिहरु सजग हुदा रहेछन ।

आआफ्नो धर्म यदी जोगाउने भए अब हिन्दू धर्मालम्बी ले बाहुन को परिभासा खोज्ने बेला भएको छ ।

नभए बाहुन जात उचो हो भनेर यी १३% बाहुन बोकेर हिन्दू धर्म जोगिने वाला छैन ।

कुनै सँस्कृत बिस्व बिधालय मा पढेर हिन्दू धर्म अनुसार को कर्म काण्ड गराउने लाई बाहुन भनेर बाकी लाई आर्य भनेर बिगत मा छुटेका दबिएका र अहिले दलित भनिएका हरु लाई एउटै बर्ग मा राखेर समाज को पुन सम्रचना नगरी हिन्दू धर्म ले अव सम्मान पाउन गार्हो छ ।

हिटलरको बिजय यात्रा र पतन !

त्यसबेला जर्मनीका शासक हिटलरले अष्ट्रियामाथि विजय प्राप्त गरे र जर्मनीमा गाभे । पहिले जर्मनीमै रहेको अष्ट्रियामाथिको आक्रमण र विजयलाई बेलायत र अमेरिकाले पनि ‘कम्प्रमाइज’ गरे, ठीकै छ नि त भनेर वास्ता गरेनन् । 



अव हिटलर पोल्याण्डमाथि आक्रमण गरी जित्न चाहन्थे । पोल्याण्ड र बेलायतबीच तेस्रो कुनै देशले आक्रमण गरे मिलेर सामना गर्ने सम्झौता थियो । पोल्याण्डमाथि आक्रमणको कुनै निहुँ हिटलरसँग थिएन । हिटलरले आइडिया लगाए–जर्मनीको एउटा रेडियो स्टेशनमा पोल्याण्डका सेनाबाट आक्रमण गराउने र त्यसलाई जर्मनीमाथि आक्रमण भएको प्रचार गरी पोल्याण्डलाई हान्ने । 


हिटलरले आफ्नै जर्मनी सेनालाई पोल्याण्डका सेनाको कम्ब्याट ब्यवस्था गरे र जर्मनीको रेडियो स्टेशनमाथि कब्जा जमाउन लगाए । पोल्याण्डको सैनिक ड्रेसमा रहेका जर्मनी सेनाले रेडियो स्टेशन कब्जा गरे र कब्जा भएको रेडियोबाटै घोषणा गरे– ‘हामी पोल्याण्डका सेना हौं र अहिले सफलतापूर्वक जर्मनीको रेडियोस्टेशनमाथि विजय प्राप्त गरेका छौं । अव कोही जर्मनीले हामीसँग आत्मसमर्पण गर्नुपर्नेछ ।’


जर्मनीभरी रेडियोको यो सन्देश फैलिएपछि तत्कालै जर्मनी सेनाले पोल्याण्डमाथि आक्रमण सुरु गरे, विजय पनि पाए । तर, झुठ प्रचारको जमीनबाट सुरु भएको जर्मनीको त्यही विजय हिटलरको अन्त्यको कारण बन्न पुग्यो । अष्ट्रियमाथि जर्मनीको कब्जामा आँखा चिम्लेका बेलायत, फ्रान्स, अमेरिका र रुस सवै हिटलरको विरुद्ध उभिए । हिटलरले खोपीमा आत्महत्या गरेर मर्नुपर्यो । 


सबै मिलेर गरिएको आक्रमण ब्यहोर्न नसकेपछि हिटलरले आत्महत्या गरे, पोल्याण्डमाथिको त्यो जित यसरी हिटलरको नाजीवाद समाप्तिको कारण बन्न पुग्यो ।

Monday, August 2, 2021

के साँच्चै ख्रीस्टियन बने बापत डलर पाइन्छ ?



आजकल कति मिडियाहरुमा, समाचारपत्रपत्रिकाहरुमा प्रकासित भईरहेको अनि कति आफ्नै साथीहरू बाट पनि सुनिदै आईएको क्रीस्चियन प्रतिको खेद अनि जघन्य आरोप ( डलर को कुरा ) प्रती मेरो घोर बिरोध छ ।  अनि जबर्जस्ति धर्म परिवर्तनको कुरा छ । 


अहिलेको यो सताब्दिसम्म आईपुग्दा पनि को लाटो होला र ? सजिलोसँग अरुको कुरा मान्ने जस्ले जे गर भन्छ त्यही गर्ने ? यहाँ गहन कुरा पहिला बुझ्न जरुरी छ कि नेपाल का मानिसहरुले मात्र नभई बिस्वको ईतिहासलाई नियाल्दा अहिले सम्म किन मानिसहरुले christianity अंगालिरहेका छन ? यसको मुख्य कारण के डलर पाएरै हो त ? 


यदि क्रीस्चियन हुँदा डलर पाउने फ्री मा बिल्डिङ्ग बनाईदिने भए नेपाल को को चैं होला क्रीस्चियन नबन्ने ? होला कतिपयले डलर पाए होला म क्रीस्चियनहरु गलत छैन पटक्कै भन्दिन । कति क्रीस्चियनहरु मैले देखेको छु कि पैसाको नाउमा धर्म गरिरहेको छन जस्तो अहिले धर्मको नाउमा कमल थापाले राजनीति गरिरहेका छन ।


तर एउटा कुरा बुझ्न जरुरी छ गैर क्रीस्चियनहरुले कि एक दुई जनाले कुमार्ग रोजेको देख्दैमा सिंगो इसाई समुदायलाई नैं दोसि चाहिँ भन्न, देख्न पाईन्न । जसले सत्यलाई बुझेका छन जो परिवर्तन चाहान्छन जो समाजमा सबैलाई सम्मान ब्यावहार गर्ने आधार खोजिरहेका छन तिनीहरु नैं हुन christianity अंगाल्नेहरु । अनि जसले अरुलाई पनि त्यही सत्य र सहि बाटोमा डोर्‍याउन चाहान्छन । 


 यहाँ कोहि पनि जबर्जस्त रुपमा क्रीस्चियन बनेका छैनन प्राय: होलान कति दबाबमा परेका तर अधिकतम क्रीस्चियनहरु स्वेच्छाले क्रीस्चियन बनेका छन जस्तै म स्वयम् पनि । अरुको परिवर्तन भएको देखेर डाह गर्ने भन्दा किन यिनिहरुले यो बाटो अंगालिरहेका छन त ? भन्ने तिर सोच गए पक्कै आफुमा परिवर्तन आउँछ । अनि क्रीस्चियनहरु आफुले जानेको सत्यताको बारे र आफुले पाएको मुक्ति को बारे अरुलाई सुनाउन आतुर हुन्छन किनकी आफुके जानेको कुरा अरुलाई पनि सिकाउने आफू हिडिरहेको सत्यताको बाटो मा अरुलाई पनि डोर्‍याउने उनिहरुको राम्रो पक्ष हो ।


किनकी सत्य पाउन र बुझ्न धेरै गाह्रो छ जति अरुलाई बुझाउन गाह्रो छ । तर जसले सत्यताको बारे कुरा गर्दा पैसा अथवा कुनै पनि लोभ लालच को कुरा गर्छ भने कुरा बुझ्नुहोस त्यो सच्चा क्रीस्चियन हुँदै होईन । क्रीस्चियन हुनु भनेको परमेस्वर संग टुटेको सम्बन्धलाई फेरि स्थापित गर्नु हो । बतासे परेवा घर फर्कनु जस्तै हो । 


आउनुहोस तपाईको मनमा लागेको कुरालाई खुल्ला राख्नुहोस छलफल गरौं बाइबल पढ्नुहोस एकपल्ट, तपाई क्रीस्चियन नै बन्नु पर्छ भन्ने छैन तर तपाईले बाइबल को बारे जान्न बुझ्न सक्नुहुन्छ । त्यहा तपाईलाई कसैले तानेर घिसारेर लगेर पानीको बप्तिस्मा दिने कुरा हुन्न । न त तपाईले क्रीस्चियन बने बापत पैसा पाउनुहुनेछ । क्रीस्चियन बने मात्र मुक्ति पाउने कुरा पनि छैन, पहिलाको जीवन भन्दा अझ गह्रौ छ क्रीस्चियन जीवन जिउन त्यो कुरा तपाईहरुले पहिला नैं बुझे हुन्छ । डलर पाउने कुरा त मस्तिष्क बाटै हटाई दिनुहोस ।


अन्त्यमा क्रीस्चियन बन्नु सम्पती कमाउनु धनी बन्नु कुसंस्कार अंगाल्ल्नु नभएर साचो तपाईं र मेरो सृष्टिकर्तालाई भेट्टाउनू हो संसारका सारा कुमार्ग हरु त्यागेर येसुको क्रुस बोकेर उहालाई पच्याउनु हो । क्रुस भन्दा यहाँ भित्र धेरै कुराहरु पर्द छन दु:ख कस्ट अपहेलना ईत्यादी । परमेस्वरले भन्नुभएको छ मैले संसारलाई यति धेरै प्रेम गरें कि आफ्नो एक मात्र पुत्रलाई दिएं ताकी उसलाई बिस्वास गर्ने प्रत्येककले उद्दार पाउन । तर बिश्वास नगर्ने दोसि ठहरिने छ । त्यसकारण यहाँनेर बुझ्नु पर्ने कुरा के छ भने " एक मात्र पुत्र को कुरा छ जो येसु ख्रीस्ट हुनुहुन्छ कि उहाँ बाहेक अरु कसैमा मुक्ति छैन । बाइबल मा युहुन्ना 3:16

Monday, July 19, 2021

सबैले चिन्नुपर्ने झुटा सिक्षा - यहोवाका साक्षिहरु !!

 


"@यहोवाका साक्षीहरू" (Jehovah's Witnesses) नाम गरेको समूहका मानिसहरू भन्छन्, येशू ख्रीष्ट परमेश्वर होइनन्। तिनीहरूको शिक्षाअनुसार, येशू त यहोवा परमेश्वरद्वारा सृजित केवल एक सृष्टि मात्र हुन्। उक्त शिक्षामा बसालिएकाहरूको दृष्टिकोणमा यहोवा नाउँ परमेश्वरको सबैभन्दा पवित्र नाउँ हो। यो नाउँ एकमात्र साँचो परमेश्वरको सम्बन्धमा मात्र प्रयोग गरिन उचित छ भन्ने उनीहरूको मान्यता भए तापनि उनीहरू येशूको ईश्वरत्वलाई इन्कार गर्ने भएका हुनाले, यो ईश्वरीय नाउँ यहोवा कहिल्यै पनि येशूलाई जनाउन प्रयोग गरिएको छैन भन्ने उनीहरूको जोडदार दाबी रहेको छ। प्रभु येशूलाई यहोवा भन्नु त उनीहरूलाई असोचनीय हुन्छ किनकि उक्त नाउँ केवल परमेश्वरलाई मात्र प्रयोग गरिनुपर्छ (तर येशू परमेश्वर हुनुहुन्छ भनी उनीहरू विश्वास गर्दैनन्)।


यस अध्ययनमा हामी एउटा महत्त्वपूर्ण प्रश्न सोध्न गइरहेका छौं—"के यहोवा नाउँ येशू ख्रीष्टलाई जनाउनलाई उचित हुन्छ?" के बाइबलले यो ईश्वरीय नाउँलाई कतै येशू ख्रीष्टको सम्बन्धमा प्रयोग गरेको छ? हामी पवित्र शास्त्रलाई ध्यानपूर्वक केलाऔं र यसको जवाफ पत्ता लगाऔं।


सर्वप्रथम त हामी यहोवाका साक्षीहरूसित एउटा कुरामा सहमत छौं: यो नाउँ यहोवा (जसलाई नेपाली पुरानो नियममा "परमप्रभु" भनी जनाइएको छ) यस्तो नाउँ हो जुन नाउँ केवल परमेश्वरलाई बाहेक अरू कसैलाई प्रयोग गरिएको छैन। "यहोवा भनिने उपनाम परमेश्वरकै महान्, विशिष्ट र कसैलाई दिन नमिल्ने उहाँकै निजी नाउँ हो। यो नाउँ पवित्र शास्त्रमा सृष्टि गरिएको कुनै पनि प्राणीलाई प्रयोग गरिएको छैन न ता कुनै पनि तर्कले त्यसो गर्न नै सकिन्छ किनकि उक्त नाउँले सर्वोच्च परमेश्वरकै अस्तित्वको अनिवार्यता, स्वतन्त्रता र वास्तविकतालाई औंल्याउँदछ" (सर्ले)।


परमप्रभु स्वयम् उक्त नाउँको सम्बन्धमा ज्यादै डाही हुनुहुन्छ भन्ने कुरा यी खण्डहरूबाट प्रस्टै देखिन्छ:


१) भजन सङ्ग्रह ८३:१८ -- "र तपाईं, जसको नाम मात्र 'यहोवा' हो, सम्पूर्ण पृथ्वीमाथि परमप्रधान हुनुहुन्छ भनी मानिसहरूले जानून्।"


२) यशैया ४२:८ -- "म परमप्रभु [यहोवा] हुँ, मेरो नाउँ त्यही हो। मेरो महिमा अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ।"


येशू ख्रीष्टलाई आधिकारिक रूपमा यहोवा भन्न मिल्छ भन्ने कुरा प्रमाणसहित प्रस्तुत गर्न सकियो भने, ख्रीष्टको ईश्वरत्वलाई प्रमाणित गर्नलाई योभन्दा ठूलो प्रमाण अर्को चाहिँदैन। अर्को शब्दमा भन्ने हो भने, यहोवा नाउँ कतिपय ठाउँमा ख्रीष्टलाई प्रयोग गरिएको छ भन्ने कुरा हामीले देखाउन सक्यौं भने, ख्रीष्ट स्वयम् परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा प्रमाणित भएको ठहरिन्छ (किनकि परमेश्वरलाई बाहेक अरू कसैलाई पनि परमेश्वरको नाउँले जनाइँदैन!)।


निम्न खण्डहरूलाई विचार गरौं:


१. जकरिया १२ मा यहोवा बोल्दैहुनुहुन्छ (पद १ र ४)। पद १० मा यहोवा भन्नुहुन्छ, "तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका छन्।" यो त ख्रीष्टबाहेक अरू कसैको विषयमा लेखिएको हुनै सक्दैन (तुलना गर्नुहोस् १९:३७ र प्रकाश १:७ सित)।


२. पुरानो नियममा यहोवाले आफू आदि र अन्त हुँ भनी घोषणा गर्नुभएको छ, "इस्राएलका महाराजा र उद्धारक र सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ। मबाहेक अरू परमेश्वर छैन" (यशैया ४४:६; साथै, ४१:४; ४८:११-१२)। नयाँ नियमका पन्नाहरूमा शुरू र अन्त, प्रथम र अन्तिम भनेर कसलाई जनाइएको छ (प्रकाश १:८,११,१७,१८; २२:१३ मा पढ्नुहोस्)?


३. यशैया ६:५ मा अगमवक्ताले भने, "मेरा आँखाले सेनाहरूका परमप्रभु [यहोवा] राजालाई देखेको छु!" पछिबाट प्रेरित यूहन्नाले उक्त घटनाको उल्लेख गर्दै यशैयाले देखेका व्यक्ति वास्तवमा येशू ख्रीष्ट नै हुनुहुन्थ्यो भन्ने कुरा प्रस्टै बताएका छन्--"उहाँ [ख्रीष्ट] को महिमा देखेर उहाँको विषयमा बोल्दाहुँदि यशैयाले यी कुराहरू भने" (यूहन्ना १२:४१।


४. भजन सङ्ग्रह २३:१ मा दाऊदले भेडाहरूका महान् गोठाला यहोवा हुनुहुन्छ भनेर घोषणा गरे। नयाँ नियमअनुसार भेडाहरूका महान् गोठाला को हुनुहुन्छ (यूहन्ना १०:११,१४; हिब्रू १३:२०)? साथै पुरानो नियममा यहोवालाई पटक-पटक इस्राएलका चट्टान भनिएको छ (व्यवस्था ३२:३,४,१८; भजन सङ्ग्रह १८:२; भजन सङ्ग्रह ६२:१-२ आदि)। नयाँ नियमले यस चट्टान येशू नै हुनुहुन्छ भनेर प्रस्टै बताएको छ (१ कोरिन्थी १०:४)।


५. प्रस्थान ३:१४-१५ मा यहोवाले "म हुँ" भन्नुभएको पाइन्छ। यूहन्नाको सुसमाचारअनुसार "म हुँ" भन्ने को हुनुहुन्छ (यूहन्ना ६:३५; ८:१२; ८:२४; ८:५८; १०:९; १०:११; ११:२५; १४:६; १८:५-६)?


६. यशैया ४३:१०-११ र ४५:२१ मा यहोवाले आफू स्वयम् नै एकमात्र मुक्तिदाता हुनुभएको घोषणा गर्नुभएको छ। उहाँबाहेक अन्य कुनै मुक्तिदाता छैन! नयाँ नियमअनुसार एकमात्र मुक्तिदाता को हुनुहुन्छ (प्रेरित ४:१०-१२)?


७. यशैया ४५:२१-२३ मा यहोवा भन्नुहुन्छ, "हरेक घुँडा मेरै अगि टेकिनुपर्नेछ। हरेक जिब्रोले मेरै नाउँ लिएर शपथ खानेछ।" फिलिप्पी २:९-११ मा यशैयाको उक्त खण्ड ख्रीष्टको सम्बन्धमा प्रयोग गरिएको छ जसकै सामु एक दिन सबैजना झुक्नेछन्!


८. यशैया २४:२३ र सपन्याह ३:१५-१७ मा हामी सिक्छौं, भावी राज्यमा यहोवा आफैंले यरूशलेममा राज्य गर्नुहुनेछ अनि उहाँ आफ्ना जनहरूका बीचमा हुनुहुनेछ। उक्त भावी हजार वर्षे राज्यको राजाको विषयमा नयाँ नियमले के बताएको छ (प्रकाश १९:११-१६; २०:४-६)?


९. यशैया ४०:३ मा बप्‍तिस्मा दिने यूहन्नाले आउनुहुने यहोवाको बाटो तयार पार्ने भविष्यवाणीको उल्लेख छ। मर्कूस १:१-३ मा यही खण्ड ख्रीष्टलाई प्रयोग गरिएको छ। बप्‍तिस्मा दिने यूहन्नाले ख्रीष्टका निम्ति बाटो तयार गरे।


१०. यशैया ८:१३-१४ को भविष्यवाणीअनुसार यहोवा "एउटा ढुङ्गा हुनुहुनेछ जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोष्टन लगाउँछ।" १ पत्रुस २:७-८ मा यी पदहरू येशू ख्रीष्टको सम्बन्धमा प्रयोग गरिएका छन्।


११. योएल २:३२ लाई प्रेरित २:२१,३६ सित र रोमी १०:९,१३ सित दाँज्नुहोस्। पापीहरूले पुकारा गर्नुपर्ने परमप्रभु [यहोवा] को हुनुहुन्छ?


अन्तमा डा. लुइस् स्पेरी चेफर (Dr. Lewis Sperry Chafer) लाई उद्दरण गरौं:


"ख्रीष्ट नै यहोवा हुनुहुन्छ भन्ने कुराको प्रस्ट र बृहत प्रमाणस्वरूप नयाँ नियमले येशू ख्रीष्टलाई प्रभु भन्ने उपनामले एक हजार भन्दा बढी पटक जनाएको कुराबाट देखिन्छ। यहोवा त हिब्रू शब्द हो जुनचाहिँ नयाँ नियममा आगन्तुक शब्दको रूपमा ल्याइएको पाइँदैन। यसको बराबरीमा आउने ग्रीक शब्द हो कुरिअस् (प्रभु) जुन उपनामचाहिँ पिता र [पवित्र] आत्मालाई जनाउन पनि प्रयोग गरिएको छ। पुरानो नियमको यहोवा नाउँलाई यसको विशेष अर्थमा नयाँ नियममा आएर प्रभु (कुरिअस्) भन्ने उपनामले निरन्तरता दिएको भनेर लिनु न्यायोचित प्रक्रिया नै हो। थुप्रै उच्च घोषणाहरूको सोझो अर्थ यही हुनुपर्छ भन्ने देखिन्छ: 'सबैका प्रभु' (प्रेरित १०:३६); 'सबका प्रभु' (रोमी १०:१२); 'महिमाका प्रभु' (१ कोरिन्थी २:८), र 'राजाहरूका राजा, र प्रभुहरूका प्रभु' (प्रकाश १७:१४; १९:१६)।"


निष्कर्षमा यो भन्न सकिन्छ, एक दिन येशूलाई सबैले प्रभु भनेर स्वीकार गर्नेछन् -- फीलिप्पी २:११ मा पढ्नुहोस्। उहाँ यहोवा येशू हुनुहुन्छ भन्नु उचित नै हो!


पवित्र शास्त्रले छर्लङ्गसित ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भनेर देखाएको हुनाले, हामीले अब उहाँमाथि विश्वास नगर्न, उहाँलाई प्रेम नगर्न, उहाँका आज्ञा नमान्न, उहाँको सेवा नगर्न र उहाँको आराधना नगर्न कसरी सक्छौं र? के थोमाले जस्तै तपाईंले पनि उहाँलाई यसरी सम्बोधन गर्न सक्नुहुन्छ, "मेरा प्रभु र मेरा परमेश्वर"? के यही एक मात्र जीवित परमेश्वर नै तपाईंको व्यक्तिगत परमेश्वर र मुक्तिदाता हुनुहुन्छ ?

Tuesday, July 6, 2021

चटपटे नेपाल !


चट्पटे भन्ने बित्तिक्कै सबैको मुख रसाउछ । नाम चट्पटे भए पनि त्यहाँ भित्र धेरै प्रकारको चिज हरुको मिश्रण छ । जस्तै पिरो, अ्इलो नुनिलो, गुलियो टर्‍ओ ईत्यादी । 


अनि यी सबै थोकहरु बाट तयार बनेको चिजलाई हामी चट्पटे भन्ने गर्छौं । एउटा चट्पटे बनाउनलाई धेरै थोक को आवस्यकता पर्छ अनि तिनै धेरै प्रकारका थोकहरु मिलेर नै मीठो चट्पटेको  सम्भभ भएको हो । 


त्यस्तै हाम्रो नेपाल मा पनि अहिले चलिरहेको बिबादास्पद कुराहरु चट्पटे जस्तै हुन । सबै कुरालाई समान रुपले मिलाउन सक्यो भने भोलि हाम्रो देस नेपाल पनि जसरी चट्पटे भन्ने बित्तिक्कै मुख मा  र्‍याल आउछ तेसरी नै नेपाल भन्ने बित्तिक्कै अरु देस को मस्तिष्क मा झड्का लाग्ने बन्न सक्छ ।


हाम्रो नेपाल भनेको बहु धार्मिक, बहु भाषिक, र बहु संस्कृतिक भएको एउटा आफैमा सुन्दर देस हो । यहाँ अब हामिले एक धर्मले अर्को को एक जातिले अर्को को बिरोध हैन जसरी चट्पटे बनाउदा एउटै भांडामा सबै किसिमको स्वाद मिलाए तयार गरिन्छ, त्यसरी नै हामी पनि सबै धर्म, जाती अनि संस्कृतका मानिसहरु मिलेर यो नेपाल देस लाई बिस्वसामु चट्पटे को रुप मा चिनाउन जरुरी छ ।


चट्पटे बनाउन आवस्यक सामाग्रीहरु हामी संग पर्याप्त  मात्रामा छन तर त्यस्लाई सन्तुलित तरिकाले समिस्रण गर्ने जिम्मा हाम्रै कांध मा आएको छ । हामी अब यो युग मा आएर पनि मानवताको परिचय दिन सकेनौ भने मानव भएर जन्म लिनुको कुनै अर्थ छैन ।


पुरानै सोच पुरानै भाकामा हैन अब नयाँ सोच र नयाँ उमंग नया जोस आज हाम्रो देस को आधारभुत आवस्यकता हो । जब सम्म हामी नेपालिहरु एक अर्का प्रती नम्र बन्न सिख्दैनौं जान्दैनौं अग्रसर हुन्नौ तब सम्म हाम्रो देस ले खासै ठूलो परिवर्तनको खुड्किलो उक्लन सक्दैन । 


एउटा आस्था को कुरा लाई लिएर देस मा अराजक मच्चाउने संकोच सोच लिएका हाम्रा नेता भनौदाहरुले बिकास को सट्टामा देसलाई बिनासतिर दिनदिनै धकेलिरहेका छन । अब कुरा बुझ्ने पालो तपाईं र मेरो हो । उनिहरुले हाम्रो समज सक्तिलाई मन्द बनाई दिएका छन । अब घर बाहिर निस्किनु होस कोठा बहिर दिउँसो भैसकेको छ । कति दिन अन्धकार को सिकार बन्ने हो हामी ?


नेताको ठूलो स्वर को पछि नलागौ हामी सबै नेपाली हौं । सबैलाई नेपाल को माया लाग्छ ।  बकम्फुसे नेताको कुराले हामी जनतामा कुनै फुट नाआओस । दिन भरी नेताको पछि नारा लाउदै हिड्नुहुन्छ राती आफ्नै घरको खोले खानु हुन्छ । खै तपाईंको दिउँसो भासण गर्ने नेताले तपाईको घरमा माना पाथी भरी दिएको ? त्यस बारेमा तपाईंले कहिले सोच्नु भएको छ ? 


अन्त्यमा :- अब सोच्ने बेला आएको छ, हामी आफुसंग भएका क्षमता, दक्षता लिएर अघि बढ्ने दिन आएको छ । हामी सबै नेपाली हौं । सबै भासा, धर्म संस्कृतिको सम्मान गर्दै एक ले अर्को संग हातेमालो गर्दै हामी नेपाली हौं भन्ने अहम भावना लिएर अब चट्पटे नेपाल निर्माणकार्य मा जुटौं । यो नै हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हुने छ । सबै धर्म भासा संस्कृती को सम्मान हुने नेपाल को नामङ्कन गरौं । धर्म नेरपेक्ष रास्ट्र नेपाललाई सबैले जोड दिऔं ।


#DRL

मानव शरिर सम्बन्धी १०० रोचक तथ्य !!



 १. जब तपाईं आफ्नो प्रियलाई हेर्नुहुन्छ, तपाईंको आँखाको नानी फैलन्छ र घृणा गर्ने व्यक्तिलाई हेर्दा आँखाको नानी खुम्चन्छ ।
२. जन्मदा मानिसको टाउको जम्मा उचाईको एक तिहाई हुन्छ । तर, जब मानिस वयस्क हुन्छ, टाउकोको उचाई शरीरको ८ भागको एक भागमात्र हुन्छ ।
३. निलो आँखा भएको मानिसको धेरै कपाल हुन्छ । सामान्य मानिसको १ लाख कपालको जरा हुन्छ, हरेक जरामा मानिसको जीवनभर २० वटा रौं निकाल्ने क्षमता हुन्छ । तर, निलो आँखा भएको मानिसको १ लाख ४६ हजार जरा हुन्छन् । काला कपाल भएका मानिसमा १ लाख १० हजार जरा हुन्छन् । रातो कपाल भएका मानिसको भने कम अर्थात् ८६ हजार मात्र जरा हुन्छन् ।
४. जीवनकालमा मानिसले २ वटा स्वीमिङ पुल भरिन सक्ने ¥याल निकाल्छ ।
 ५. मानिसको रक्त कोषिकालाई बिच्छयाउने हो भने ६० हजार माइल परसम्म पुग्न सक्छ ।
६. मुटले दैनिक २ हजार ग्यालेन रगत पम्प गर्छ ।
७. छातिमा रौं नभएको मानिसलाई कलेजोको सिरोसिस हुने सम्भावना बढी हुन्छ ।
८. मानवको दिमागमा इन्साइक्लोपिडिया ब्रिटानिकाभन्दा ५ गुण्ाँ बढी सूचना अटाउन सक्छ ।
९. मानिसको पेटमा भएको एसिडले रेजर ब्लेडसमेत पगाल्न सक्छ ।
१०. मानिसको नाकले ५० हजार फरक गन्ध थाहा पाउन सक्छ ।
११. सामान्यतः पुरुषभन्दा महिला ५ इन्च होचा हुन्छन् ।
१२. एक खुड्किलो चढ्न मानिसको २ सय वटा मांसपेशी प्रयोग हुन्छ
१३. मानव शरीरको ठूलो कोष महिलाको अण्ड हो भने सानो पुरुषको वीर्य हो । १४. मानिसमा जति बढी आइक्यु क्षमता हुन्छ, उति बढी सपना देख्छन् ।
१५. मानिसको शरीरको प्रतिवर्ग इन्चमा चिम्पाञ्जीको जस्तै थुप्रै रौं हुन्छन्, तर, सबैलाई हामी देख्न सक्दैनौं । 
१६. महिलाको मुटुको ढुकढुकी पुरुषको भन्दा छिटो हुन्छ ।
१७. धुमपान छाडेको तीनबर्ष पछि मानिसमा हृदयाघात हुने सम्भावना धुमपान कहिल्यै नगरेको मानिस जत्तिकै हुन्छ ।
१८. हातको साईलीऔंला लामो भएको पुरुषमा हृदयाघात हुने सम्भावना कम हुन्छ ।
१९. मानिसको देब्रे फोक्सोभन्दा दाहिने फोक्सो ठूलो हुन्छ । मुटुनजिकै रहेका यस्तो भएको हो ।
२०. एक समयमा मानिसको मुटु भावनाले नियन्त्रित हुन्छ भनेर सोचिन्थ्यो ।
२१. अमेरिकामा पुरुषभन्दा महिला दुई गुणा बढी डिप्रेसनबाट पीडित भइरहेका हुन्छन् ।
२२. मानिसले सासबाट लिएको अक्सिजनमध्ये २० प्रतिशत दिमागमा जान्छ ।
२३. मानिस ३५ बर्ष पुगेपछि दैनिक ७ हजारका दरले दिमागका कोशिका मर्न थाल्छन् र तिनीहरु कहिल्यै पलाउदैनन् पनि ।
२४. मानिस आफूले आफैंलाई काउकुती लगाउन सक्दैन, दिमागको सेरेबेलम भन्ने भागले बाँकी दिमागलाई काउकुती लगाउदैंछ है भनेर सन्देश दिन्छ । दिमागले थाहा पाइसकेपछि तपाईले काउकुतीको अनुभव गर्न सक्नुहुन्न ।
२५. चिन्ताले नै अमेरिकामा सबैभन्दा धेरै मानसिक रोग भएको पाइएको छ
२६. मानिसको दिमाग ८० प्रतिशत पानीले बनेको हुन्छ ।
२७. मानिसको दिमाग दिनमा भन्दा राति बढी सक्रिय हुन्छ ।
२८. क्याण्डी बिस्तारै खाँदा क्याभिटी हुने सम्भावना बढी हुन्छ ।
२९. बाहिरबाट हेर्दा कडा देखिएपनि मानिसको हाड भित्रपट्टी नरम हुन्छ र तिनीहरु ७५ प्रतिशत पानीबाट बनेका हुन्छन् ।
३०. स्वस्थ हड्डी विकास गर्न गार्डेनिङ सबैभन्दा राम्रो उपाय हो ।
३१. मानिसको थाईको हड्डी कंक्रिट भन्दा बलियो हुन्छ ।
३२. एक पिन्ट रगत दानले चार जना मानिस बचाउन सक्छ ।
३३. आदिवासी अमेरिकीहरु रगतलाई पेन्ट गर्न प्रयोग गर्छन् ।
३४. महिलाको शरीरमा ४.५ लिटर रगत हुन्छ, जबकि पुरुषको शरीरमा ५.६ लिटर हुन्छ ।
३५. पुरुषको तुलनामा महिलाले दोब्बर बढी आँखा झिम्क्याउछन् ।
३६. अमेरिकामा वयस्कहरुलाई अन्धोपन हुने मुख्य कारण मधुमेह हो ।
३७. मानिसले पत्रिकामा भन्दा कम्प्युटरमा २५ प्रतिशत ढिलो पढ्छन् ।
३८. बच्चा जन्मदा रंग चिन्न सक्ने हुदैनन् ।
३९. रुदा नाकबाट समेत सिंगान बग्ने कारण आँखाबाट बगेको आँसु नाकबाट झर्नु हो ।
४०. मानिसले हाच्छयु गर्दाको गति १६५ किलोमिटर प्रतिघण्टा हुन्छ ।
४१. आँखा नचिम्लिई हाच्छयु गर्न असम्भवजस्तै हुन्छ ।
४२. रौं र नङ बन्ने तत्व एउटै हुन् ।
४३. मोबाइल प्रयोग गर्ने मानिसलाई दिमागमा क्यान्सर हुने सम्भावना साढे दुई गुणा बढी हुन्छ ।
४४. ९० प्रतिशत रोगहरु तनावका कारण हुन्छ, या जटिल बनाउछ ।
४५. मदिरा सेवनले महिलामा स्तन क्यान्सरको सम्भावना बढाउछ ।
४६. मोटोपनको समस्याबाट अमेरिकामा बर्सेनि ३ लाख मानिसको मृत्यु हुने गरेको छ ।
४७. धूमपान नगर्नेभन्दा गर्नेहरु ६ बर्षअघि मर्ने सम्भावना बढी हुन्छ । दैनिक एक प्याकेट चुरोट सेवन गर्ने मानिसका हरेक दश बर्षमा दुईवटा दाँत झर्छन् ।
४८. अनिद्राका कारण शरीरको रोग प्रतिरोधी प्रणालीमा समस्या आउछ ।
४९. ४ करोड अमेरिकीमा श्वास गन्हाउने समस्या 
५०. आगलागीको समयमा निस्कने धुवामा हुने कार्बनमोनोअक्साइडबाट मानिस १५ मिनेटभित्रै मर्छ ।
५१. हरेक दिन मानिसको पेटले २ लिटर हाइड्रोक्लोरिक एसिड उत्पादन गर्छ । ५२. हाँस्नु प्रभावकारी पेनकिलर हो ।
५३. पहिलोपटक इशापूर्व २००० तिर इजिप्सियनले गोहीको गोबरलाई गर्भनिरोधक औषधिको रुपमा प्रयोग गरेका थिए ।
५४. गर्भवती महिलाको दाँतको समस्याले गर्भमा रहेको बच्चालाई असर पर्न सक्छ ।
५५. चुम्बनले दाँत सड्नबाट बचाउछ । चुम्बनका क्रममा निस्कने थप ¥यालले मुख सफा राख्ने भएकाले दाँतको सडनबाट बच्न सकिन्छ ।
५६. कालो छाला भएको मानिस गोरो छाला भएको मानिसभन्दा ढिलो चाउरी पर्छ ।
५७. धुमपान नगर्नेभन्दा गर्ने मानिस १० गुणा बढी चाउरिन्छन् ।
५८. अमेरिकाका १० बर्ष उमेर पुगेका ८० प्रतिशत बालिकाहरु डाइट गर्छन् ।
५९. सामान्यतः एक मानिसले एक रातमा ७ पटक सपना देख्छ ।
६०. एक मानिस दिनमा कम्तीमा १५ पटक हाँस्छ ।
६१. महिनामा तीनपटक चकलेट खाने मानिस बढी चकलेट खाने मानिसभन्दा बढी बाँच्ने सम्भावना हुन्छ ।
६२. एउटा मानिससंग सामान्यतः ५ हजार देखि ६ हजार शब्दको भण्डार हुन्छ ।
६३. एउटा मानिस आफ्नो जीवनकालभर पृथ्वीलाई दुईपटक घुम्ने दुरीजति हिड्छ ।
६४. विश्वका १० प्रतिशत मानिस देब्रे हात प्रयोग गर्छन् ।
६५. मानिसको एउटा रौेंले ३ किलो वजन धान्न सक्छ ।
६६. ३० बर्षपछि मानिस विस्तारै कुप्रिन थाल्छ ।
६७. मानव हड्डी स्टीलभन्दा बलियो हुन्छ । तर, ५० गुणा हलुका हुन्छ ।
६८. मानव शरीरको कुल तौलको १४ प्रतिशत हड्डी हुन्छ ।
६९. मानिसको दिमाग सुपर कम्प्युटरभन्दा तीब्र हुन्छ, जसले एकै सेकेण्डमा अर्बौ संकेतहरु प्रशोधन गर्छ । भारतका विश्वनाथ आनन्दले चेस प्रतियोगितामा कम्प्युटरलाई समेत जितेका थिए ।
७०. खुट्टामा भएको हड्डीले शरीरको हड्डीको २५ प्रतिशत ओगट्छ ।
७१. मानिसको जन्मदेखि नै कहिल्यै नबढ्ने अंग कान हो ।
७२. एक मानिसको टाउकोमा सामान्यतः १ लाखदेखि डेढ लाखसम्म रौं हुन्छन् ।
७३. मानिसको जीवनकालमा मुटुले १० लाख ब्यारेल रगत पम्प गर्छ, जो तीन ट्यांकर भर्न काफी हुन्छ ।
७४. मानव ब्रेनको चौडाई १४० मिलिमिटर हुन्छ ।
७५.बर्षको ३६५ दिनमध्ये मानिस सालाखाला १२२ दिन सुत्छ ।
७६. मानिसको आत्मपहिचान गर्ने मानव ब्रेन दाहिनेपट्टीको हो ।
७७. पुरुषले दाहिनेपट्टीको ब्रेनमार्फत् सुन्छन् भने महिलाले दुवै पट्टीको ब्रेन प्रयोग गर्छन् ।
७८. गर्भमा रहदादेखि नै शिशुमा सुन्ने क्षमताको विकास हुन्छ ।
७९. मानिसको कानमा बन्ने कानेगुजी तेल र पसिनाबाट बनेको हुन्छ ।
८०. महिलाको शरीर आफ्नो जीवनकालमा ३५ बालबालिकालाई जन्मदिन सक्ने क्षमताको हुन्छ ।
८१. मानिसको स्पाइनल कर्डले १० अर्ब स्नायु काृषलाई नियन्त्रण गर्छ, तर, यो दुई फिट लामो मात्र हुन्छ ।
८२. मध्य दिनमा हाम्रोे आँखा बढी चम्किलो हुन्छ ।
८३. हाच्छयु आउदा नाकको धुलो सफा हुन्छ ।
८४. भर्खर जन्मेको शिशुमा २६ अर्ब सेल हुन्छ ।
८५. मानव बोली निस्कदा ७२ वटा मांशपेशी प्रयोग हुन्छ ।
८६. मानिसको दिमागले डरको स्मरणलाई भण्डार गरिराख्छ ।
८७. ठूलो स्वरले पढ्दा बालबालिकाको दिमागको विकास हुन्छ ।
८८. मानिसको रौं ०.३ देखि ०.५ मिलिमिटर दैनिक बढ्छ ।
८९. मानिसमा २० देखि ३० लाख पसिना ग्रन्थी हुन्छन्, जसले गर्मीको दिनमा १३ लिटरसम्म पसिना उत्पादन गर्छन् ।
९०. मानिसको टाउकोमा १०००००००००००० स्नायु सेल हुन्छन् ।
९१. मानिसको नङको सेतो भागलाई लुनुला भनिन्छ ।
९२. मानिसको दिमागले २० प्रतिशत रगत र अक्सिजन प्रयोग गर्छ ।
९३. स्वस्थ कलेजोले दैनिक ७२० लिटर रगत प्रशोधन गर्छ । ९४. ब्रस गरेको ६ घण्टापछि नै दाँतमा मैलो जम्मा हुन सुरु गर्छ ।
९५. मानव शरीरमा रक्त नलीहरुको लम्बाई ५९ हजार ९ सय ५१ माइल हुन्छ ।
९६. मानिसको नर्भस सिस्टमले ब्रेनलाई १८० माइल प्रतिघण्टाको गतिमा सन्चार गर्छ ।
९७. महिलाहरुको सुघने क्षमता पुरुषमा भन्दा बढी हुन्छ ।
९८. मानिसको आँखाले १० करोड रंग पहिचान गर्न सक्छ ।
९९. मानिसको शरीरमा एउटा किला बनाउन मिल्ने फलाम हुन्छ ।
१००. नवजात शिशुहरु जन्मेको तीन देखि ६ हप्तासम्म आँसु नझारिकन रुन्छन् ।

Thursday, July 1, 2021

नयाँ नेपालमा आदिवासी महिलाको भुमिका ''नयाँ नेपाल र आदिवासी महिलाहरु''

           ✍️  कल्पना योङ्गहाङ्ग (लिम्बु )



           हाम्रो समाजको वर्तमान अवस्था अर्धसामन्ती चरित्रको छ । यो अवस्थाबाट पूँजीवादतर्फ संक्रमणको परिस्थिति अहिलेको यथार्थता हो । यस्तो अवस्थामा महिलाइरूको स्थिति पहिलाको तुलनामा केही सुधार भएका महिलाहरू केवल पुरुषको सहयोगी, विज्ञापनका साधन र पुरूषप्रधान समाजको कठपुतलीकै अवस्थामा रहनु यो चरणको चरित्र हो । नेपाल एक बहुसाँस्कृतिक, बहुभाषिक एवं बहुधार्मिक मुलुक भएकोले यहाँ विभिन्न जाति तथा समुदायका मानिसहरू आपसमा सहकार्य र अन्तर्क्रिया गरी बस्दै आएका छन् । सामाजिक रूपमा जातीय विभाजनको असर छ । यसले समाजमा असमानताका खाडलहरू सिर्जना गरिरहेको छ । साँस्कृतिक रूपमा देशभित्र कथित उच्च संस्कृति र बाहिरबाट आयातित पश्चिमी संस्कृतिको प्रभाव रहेको छ । यद्यपि यहाँको आदिवासी जनजातिहरू हरतरहले आफ्नो संस्कृतिलाई जोगाउन कसरत गरिरहेका छन् । यसमा आजको विश्वव्यापीकरणको प्रभावले आफ्नो साँस्कृतिक अस्तित्व बचाउन धेरै कठिनाइ परिरहेको छ । भाषिक रूपमा नेपाली भाषाको वर्चश्व छ । अन्तरिम संविधानमा देशलाई धर्मनिरपेक्ष राज्य घोषणा गरिए तापनि व्यवहारमा पूरानै धर्मसापेक्ष राज्यको प्रभाव कायमै रहेको छ 

          राजनीतिक रूपमा देशको राज्यसत्ता तिनै कथित उच्च जातिहरूमा सीमित रहेको छ । राजनीति जसको हातमा रहन्छ, कर्मचारी वा सरकारी प्रशासन पनि तिनै जाति तथा समुदायको मुठ्ठीमा रहनु स्वभाविक हो। त्यसैगरी लैडङ्गि दृष्टिकोणले हेर्दा देशको नीति निर्माणदेखि विकास र कार्यान्वयनमा अझै पनि पुरूषकै एकछत्र हालीमुहाली छ। यसो हुनु यहाँको सबै चरित्र समावेशी नभई एकात्मक र एकाधिकारवादी हुनुले नै हो। 

          अहिले आएर जतिसुकै समावेशी चरित्र, र समानता वा समताको कुरा गरिए पनि व्यवहारिक चरित्रको संकेत त्यस्तो देखिँदैन । अझै पनि शोषित-पीडित पक्षले आफ्नो हकअधिकारको लागि आफै सचेत भएर आफ्नो मुक्तिकोलागि आफै अधि नसर्ने हो भने युगौँ बिते पनि अरूले पीडित वा बहिष्कृत पक्षको लागि केवल भाषण र कागजी व्यवस्थाबाहेक व्यवहारमा केही गरीदिने सम्भावना देखिदैन।

          यो समग्र देशको अवस्थालाई सही मार्गमा रूपान्तरण गर्न आदिवासी जनजाति महिलाहरूको कस्तो भूमिका रहनसक्छ ? यसबारेमा गैर-जनजाति  महिला र जनजाति महिलाबीचमा रहेको साँस्कृतिक वा सामाजिक भिन्नताबाट केही कुरा निक्यौल गर्न सकिन्छ । अझै पनि गैर-जनजाति महिलाभन्दा जनजाति महिलाहरू सामाजिक र साँस्कृतिक रूपमा केही स्वतन्त्र र जिम्मेवार  नै भएको पाइन्छ । गैर-जनजाति पुरूषहरूमा आफूहरू शासक, प्रशासक र नीतिनिर्माता वा हिन्दु दर्शनले निर्देशन गरेअनुसार आफू माथिल्लो तहमा रहने जातको भएको मानसिकता रहनु एक हो। यही प्रवृत्तिको प्रभाव गैर-जनजाति महिलामा पनि देखिन्छ । एकातिर, जनजाति समुदायमा भने प्रायः सामाजिक र साँस्कृतिक मूल्य-मान्यताहरूले महिला र पुरूषमा वा जातजातिबीचमा विभेद गर्ने खालको नभएकोले सम्पूर्ण विद्यमान समस्याको सही र स्थायी समाधानको लागि जनजाति महिलाहरूको भूमिका महत्वपूर्ण छ । यसमा केही जनजाति समुदाय वा महिलाहरूमा पनि त्यही हिन्दू संस्कृतिको प्रभावले ग्रसित छैनन् । तर यो न्यून मात्र छ र रूपान्तरणको क्रममा पनि छ ।


           देशको सबै क्षेत्र र निकायहरूम आदिवासी जनजाति महिलाहरूको पहुँच कम मात्र छ। यसको कारण देशको एकात्मक तथा केन्द्रीकृत शासन व्यवस्था र केही त त्यही समुदायको कमजोर चेतनास्तर एवं आर्थिक अवस्थाको कारणले हो । आजसम्म शासक वर्गलाई आदिवासी महिला त के समस्त जनजाति समुदायलाई नै आफै पछाडि परेको पछौटे समुदायको आरोप लगाएर शासन व्यवस्थामा आउन अयोग्य ठानी उनीहरूमाथि सधै शासन मात्र गरिरहनुले हो ।अर्को कुरा आफ्नो देशको शासनब्यवस्थाबाट एक नागरिकले पाउनु पर्ने साधारण सेवा सुविधासम्म पनि नपाएपछि आदिवासी जनजाति समुदायहरू विदेशिनु बाध्य हुनुपर्यो । सचेत आदिवासी जनजाति धेरैजसो युवाहरू शैक्षिक क्षेत्रमा नलागी विदेशिनु थालेपछि झनै उनीहरूको सोचबाट राजनीतिक चेतनानै मरेर गयो । जुन अहिले आएर ब्युझने क्रममा छ, यो आशालाग्दो संकेत हो । कुनै बेला अग्रेजविरोधी आन्दोलनका भारतीय अगुवा महात्मा गान्धीले चर्खा आन्दोलन चलाएका थिए । घरघरमा आफूलाई चाहिने कपडा आफै उत्पादन गराई स्वावलम्बनको पाठ भारतीय जनताले महात्मा गान्धीबाट प्राप्त गरे र भारत विकासको बाटोमा अग्रसर हुँदै गयो। नेपाली समाजमा किरात लिम्बू समुदायको पनि आफ्नै विशिष्ट खालको कला र संस्कृति छ । त्यसैले विसं १९८८ सालमा महागुरू फाल्गुनन्दको नेतृत्वमा लिम्बुवानमा एक चुम्लुङ गरी अब उप्रान्त सबैले आफ्नै घरेलु तानबाट बुनेको कपडा लगाउने भन्ने निर्णय गरिएको थियो, जसलाई 'सत्यधर्म मुचुल्का' को एउटा बुँदा पनि भनिन्छ । लिम्बू जातिहरूमा तान लगाई खाँडी कपडा र छिट तयार गर्नु र ढाका कपडाको पुरूष महिलाले लगाउने सुन्दर वस्त्र बनाउने परम्परा छ । यो परम्परालाई राज्यले सम्बर्द्धन गरेन। अबको परिवर्तनपछि के महात्मा गान्धीको जस्तै स्वावलम्वनको नीति राज्यले ल्याउन सक्छ ? मलाई लाग्छ, यो हुनुपर्छ । लिम्बू समुदायका कलाजस्तै अनेकौ समुदायको आ-आफ्ना परम्परागत सीप र कला छन् । ती सीप र कलालाई राज्यले संरक्षण, सम्बर्द्धन गर्नुपर्छ। यसो गरे मात्र मुलुक विकासको मार्गमा अघि बढ्नसक्छ ।

          म आफू पनि एक लिम्बू महिला भएकोले मेरो अनुभवमा यस तान बुन्ने पेशाको माध्यमबाट पनि जीवन निर्वाह गर्न सकिन्छ । यो सीप आमाहरूले छोरीहरूलाई सिकाउने चलन छ । भन्नैपर्दा, म आफै पनि आफ्नै आमाबाट गाउँघरमा सानै उमेरमा तान बुन्न सिकेर यही पेशाबाट दुःख-सुख जीवन निर्वाह गर्ने एक जनजाति लिम्बू महिला हूँ। परम्परागत घरेलु तानबाट उत्पादित ढाकाका अनेकौं वस्त्रहरू तयार गरी मुलुकभित्र र बाहिरका देशहरूमा जस्तै अमेरिका, हङकङ, दक्षिण अफ्रिका, बेलायत, फ्रान्स र जापान लगायतका मुलुकहरूमा बिक्री-वितरण गरी नेपालका आदिवासी जनजातिहरुको परम्परागत सीप र कलाको प्रचारका साथै आयआर्जन पनि गर्न सकिदोरहेछ भन्ने अनुभव आफैले पनि संगालेको छु । यो कामबाट चार दर्जनभन्दा बढी गरीब, असहाय र निमुखा महिलाहरूको रोजीरोटीको गर्जो टरेको छ । यो एउटा उदाहरण मात्र हुनसक्छ । हामी आदिवासी जनजाति, मधेसी र दलित समुदायका अनेकौ परम्परागत सीप र कलाहरू छन् । यी कला र सीपहरूले नेपाल र नेपालीहरुलाई आर्थिक रूपमा स्वावलम्बी बनाउनुका साथै आर्थिक उन्नतिमा टेवा पुन्याउँदछ। यसो गर्दा स्वदेशमा मात्र नमई विदेशमा पनि राम्रो प्रचार-प्रसार हुन्छ । त्यसैले हामीले आफ्नो ठाउँमा निरन्तर प्रयत्न गरिरहनु पर्छ । यसमा राज्यले पनि सोही प्रकारको नीति र कार्यक्रम बनाउनु पर्छ । यतिका समयसम्म राज्य यस विषयमा अदेखा रह्यो र हामी कुण्ठित रह्यौ । र हाम्रो परम्परागत सीप र कला प्रायः समाप्त भयो । अब हामीले सही पाठ सिकेर अगाडि बढ्नु हाम्रो कर्तव्य भएको छ ।


          आदिवासी जनजाती महिलाहरूमा लिम्बू समुदायका महिलाहरूको इतिहास हेर्दा उनीहरूले आय आर्जनमा पुरूषहरूलाई पनि सहयोग गर्ने किसिमको सीपमूलक कार्यहरू गर्दथे । घरमै तान बुनेर, व्यापार गरेर र पशुपालन गरेर यो समस्याको समाधान गरिन्थ्यो । उनीहरूले सही नियत र पवित्र आत्माले जाँड रक्सीको व्यापार गरी पैकार गरिन्थ्यो । त्यसैले परिवार चलाउन पुरूषहरूलाई महत्वपूर्ण सहयोग पुग्दर्यो । यस्तो पेशा अपनाई अर्थआर्जन गरेर सुनचाँदी किनी अविवाहित महिलाहरूले आफ्नो भविष्यको लागि आफै आर्थिक जोहो गर्दथे । उनीहरूमा आफै स्वावलम्बी बनी अरूको आशा गर्नुहुन्न वा अरूसँग मात्र भर पर्नुहुन्न भन्ने बुझाइ हुन्थ्यो । तर अहिले यी क्रियाकलापलाई आधुनिकीकरण, पश्चिमीकरण र विश्वव्यापीकरणले गर्दा आफ्नो मौलिकपनमा सङ्कट आएको छ। त्यसैले यसतर्फ बेलैमा नसोचे हाम्रो भावी सन्तानमा यसको नराम्रो असर पर्दै जाने निश्चित छ । यसैले हामीले राज्यलाई आफ्नो सम्पूर्ण हक अधिकारको निमित्त दबावमूलक कार्यक्रमका साथ अहिलेको संविधानसभालाई सार्थक रूपमा सम्पन्न गराई यसको सदुपयोग गर्न आवश्यक छ। यसमा जनजाति महिलाहरूको अभूतपूर्व योगदान छ र रहनुपर्छ।

          आम महिलाहरूले ०६२/०६३ को जनआन्दोलनको एक पाटोको रूपमा ऐतिहासिक आन्दोलन सिर्जना गरे। यो अत्यन्तै गौरवको विषय हो । महिलाहरू किन लागे भने अबका नेपाली महिलाहरू आफ्नो हक अधिकारप्रति सचेत छन् । उनीहरू अधिकारको लडाइँ र राजनीतिक परिवर्तनप्रति एकदम जागरूक छन् । बरू पुरूषहरू ननिदाए पनि निदाएका बहानामा सुतिरहन्छन् तर महिलाहरू केवल एक पटकमात्र सचेत र जागरूक हुन पाए भने उनीहरू सधैभरिलाई जागै रहन सक्छन् । महिलाहरूलाई केवल पूजापठ र पुरूषको भक्ति तथा ब्रतमा भुलाएर राखिन्छ । तर उनीहरूलाई सचेतना र जागरूकताका पाठहरू कमै मात्र सिकाइन्छ । महिला र पुरूषहरू समान तबरले अघि बढ़न सकियो भने सफलताका सिढीहरू चढ्न सर्किदो रहेछ भन्ने पाठ विगतका आन्दोलनहरूले सिकाएको छ ।

          हिजोआज धेरैजसो आफ्ना सम्पूर्ण आवश्यक पूर्वाधारहरू आफ्नै घरमा तयार वा उत्पादन गरेर जीवन निर्वाह गर्ने आदिवासी जनजाति महिलाहरू आज आएर विभिन्न सामाजिक तथा साँस्कृतिक संघ संगठनहरूमा लाग्दै गरेको देखिन्छ । यसको कारणमा एक त घरेलु पेशा वा उत्पादनका साधनहरूको बजार विदेशी आयातीत साधनले लिनु हो । अर्को कारण आफ्नो मानवीय तथा सामाजिक, साँस्कृतिक सम्पत्तिहरू भाषा, संस्कृति र धर्म आदि लोप हुने अवस्थामा पुग्नुले हो। ढिलो भए पनि आखिरीमा आएर यो चेतना आई आफ्नो

अस्तित्व र हक अधिकारको लागि अगाडि बढ्नु खुसीलाग्दो कुरा हो । राजनीतिक रूपमा निरङकुश राजतन्त्रात्मक व्यवस्थाको विरूद्धको २०६२/२०६३ को लोकतान्त्रिक आन्दोलनमा महिलाहरूको अभूतपूर्व सहभागिता रहेको थियो । यस आन्दोलनमा सेतु वि.क. जस्ता विराङ्गनाहरूले बलिदानीपूर्ण शहादत र हजारौ महिलाहरूको आन्दोलनमा भएको सहभागिताले महिलाहरूको राजनीतिक र सामाजिक चेतनाको स्तर बढेको स्पष्ट हुन्छ। जनजाति महिलाहरूको सामाजिक, आर्थिक र राजनीतिक उन्नतिका लागि समतामूलक किसिमको, भेदभावरहित किसिमको नीतिनियम वा कानूनी प्राकधानहरूको व्यवस्था हुनुपर्दछ । महिलाहरूलाई विभेदमा पार्ने र बहिष्करण तथा सीमान्तीकृत गर्ने खालका सम्पूर्ण परम्परागत मूल्य, मान्यता र कानूनहरूलाई पूर्णरूपमा परिवर्तन गर्नुपर्दछ ।   नेपाल सरकारले महिला सम्बन्धी सम्पन्न भएको विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सम्झौता, निर्णय र घोषणाहरूमा सहमति जनाई हस्ताक्षर गरे पनि त्यसको सही कार्यान्वयन हुनसकेको छैन । यो बिडम्बना हो । अहिले आएर जनआन्दोलन-२ ले निर्देशित गरेको मार्गचित्र अनुसार सार्थक र सफल संविधानसभाको निर्वाचन गरी चाडै युग, परिस्थिति र देशको चरित्र सुहाउँदो संविधानको निर्माण गर्नु राज्यको प्रमुख दायित्व रहेको छ । यूगौदेखि विद्यमान एकात्मक शासन र केन्द्रीकृत राज्यलाई परिवर्तन गरी संधीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना हुनु नयाँ नेपालको सूत्रपात हुनु हो। हाल नयाँ नेपाल र राज्यको पुनर्संरचनाको प्रसंग आउने वित्तिकै आर्थिक आधारको कुरा गरिन्छ । राज्यको पुनरसंरचना गर्दा त्यहाँका जाति तथा राष्ट्रलाई ओझेलमा पार्न क्षेत्रीय र भौगोलिक आधारको कुरा भइसकेको छ ।यसले सही संघात्मकताको परिभाषा देला भन्न सकिन्न।


          कुनै पनि देशको आर्थिक अवस्था भनेको त्यहाँको मानिसहरूको जाँगर, ज्ञान र सीपमा भरपर्ने कुरा हो । त्यसैगरी त्यस क्षेत्रको प्राकृतिक स्रोत साधनहरूको भूमिका पनि महत्वपूर्ण रहन्छ ।। नेपालको आर्थिक उन्नतिका प्रमुख आधार भनेको यहाँको आदिवासी जनजाति समुदायहरूको परम्परागत वा आदिवासी ज्ञान, सीप, जोसजाँगर वा परिश्रममा भर पने कुरा हो । नेपालकै आदिवासीमध्ये पूर्वी भेगमा आदिमकालदेखि नै बस्दै आएका लिम्बू जातिहरूले हिजो अस्तिसम्म आफ्नो आवश्यकताको करिब ७५ प्रतिशत अंश आफ्नै घरेलू तान, पशुपालन र पैकारको माध्यमबाट पूरा गर्दथे । लिम्बू जातिहरूको भावनात्मक र साँस्कृतिक पक्षसँग अन्योन्याश्रित रूपमा जोडिएको यो तान बुन्ने पेशा वा प्रचलन आज आएर गाउँघरबाट लोप भएर कतै कतै सहर बजारमा मात्र सीमित रहनपुगेको छ । त्यसमा पनि आदिवासी महिलाहरूलाई मजदूरको रूपमा प्रयोग गरेर सीमित वर्गको अकुत सम्पत्ति कमाउने माध्यमको रूपमा रहेको छ। यस पेशालाई सरकारी तबरबाटै पहिचान, प्रवर्द्धन र विकास गरेर लैजान सके यसले देशकै आर्थिक उन्नतिमा ठूलो योगदान दिनसक्ने सम्भावना छ। आदिवासी जनजाति महिलाले परम्परागत रूपमा गर्दै आएको पैकार पेशालाई आज बहुराष्ट्रिय कम्पनीका विभिन्न पेय पदार्थहरूले विस्थापित गरेको छ। यसलाई पनि हामीले सही रूपले प्रवर्द्धन र विकास गर्न सक्दा विदेशको पेय पदार्थ आयात गर्नुको सट्टा आफैले निर्यात गर्न सकिन्थ्यो । त्यस्तै वन अतिक्रमण र अनधिकृत फडानीले पशुपालन व्यवसाय धरासायी बनेको छ ।

यसतर्फ पनि अवको नयाँ नेपालको निर्माण कार्यका लागि ध्यान जान र कार्य गर्न आवश्यक छ। यी सबै कार्यहरू सहकारिताको माध्यमबाट पनि गर्न सकिन्छ। यो आजको विश्वमा देखिएको नयाँ आयाम पनि हो।  सबै सामाजिक तथा राजनीतिक कार्यकर्ताहरूमा सही सास्कृतिक वा राजनीतिक संस्कारको अवलम्बन र विकास हुनु जरूरी छ । राज्य पक्षले सर्वसत्तावादी सोचमा बहिरो हुनु र पीडित पक्षले बन्द र चक्काजाम जस्ता विरोधका क्रुर शैलीहरू अपनाउन बाध्य हुनु बिडम्बना हो । सबै पक्षबाट खास समस्याको पहिचान गरी सही समाधानको बाटो अपनाएर समावेशी र समतामूलक समाज तथा संस्कृतिको विकास गर्न सके स्थायी शान्ति र दिगो दिकासको बाटो तय हुने थियो । 

          अन्त्यमा हाम्रो देश र हाम्रो समाज धेरै अल्पसंख्यक जातजातिहरु समेत भएको मुलुक हो । जहाँ धेरै प्रकारको भाषा, संस्कृति, धर्म र परम्परा छ। शाहवंशीय राजा र तिनका कारिन्दा शासक वर्गले अत्यन्तै लामो समयदेखि एक भाषा, एक धर्मको हवाला दिएर अन्य धेरै भाषा, जाति र धर्ममाथि निरंकुश दमन गरी आएको र राज्य सत्ताको पहुँचबाट टाढा राखी जनजाति, दलित र महिला समुदायलाई अधिकार र कर्तव्यबाट बञ्चित गरेको हुनाले आज यो आवाज उठिरहेको छ। सारमा वर्गीय, जातीय, भाषिक, धार्मिक, साँस्कृतिक, भौगोलिक र लैङ्गिक समस्याहरूलाई सही किसिमले राज्य र राजनीतिक दलहरूले अब बन्ने नयाँ सेविधानमा समावेश एवं संशोधन गर्नुपर्दछ । नत्र फेरि अर्कोपल्ट फेरबदल हुने जनआन्दोलन सिर्जना हुनसक्छ । तसर्थ हामी जसले अहिले न्यायपूर्ण मागहरू उठाइरहेका छौ । उक्त मागहरू हाम्रा अधिकार हुन । अधिकार प्राप्तिका निमित्त हामीले हाम्रो कर्तव्य नभुलीकन आफ्नो ठाउँ, तोकिएको मितिमा संविधानसभाको चुनाव सम्पन्न गर्न लागि परौ । लागि पर्नेको विजय अवश्य हुन्छ । 

Friday, June 18, 2021

हिन्दु धर्मग्रन्थहरुले पनि बाइबल को पुर्णतालाई बताइरहेका छन !

 रक्षा बन्धनको अर्को मन्त्रले भन्छ–

यनवद्ध वलिराजा दान इन्द्रोमहावल तेनताम् प्रतिविन्दामी रक्षामा चलमा चल ।

भावार्थ– यन अथवा त्यो परमेश्वर नै बलिराजा हो जसले आफैलाई बलि दिन्छ, र त्यही बलिराजाद्धारा मात्र कोही रक्षामा जान्छ, अर्थात अमर जीवन पाउँछ । तर रक्षामा नजाने व्यक्ति हरेक साल पापको धागो मै बाधिरहेका हुन्छन् ।

स्कन्ध पूराण केदार खण्डको माघ माहात्म्य (स्वथानी ब्रतकथा) पहिलो अध्यायले भन्छ,–

यम ब्रम्हा बरुरुद्र रेन्दमरुतै स्तेवन्तु देव्यैसबै

वेदै सागंपिदै उपनिषदै गायन्ती यम सामगा

ध्याना पश्चित् पसेन मनुषा पश्यन्तीयम यगिनो

तेस्यम ती पसेन सुरसुरगणा देवाय तस्मै नमह ।। 

अर्थात ब्रम्हा बिष्णु महेश्वर तेत्तिसकोटी देव देवगण देवीहरु सबैले उनै पूर्ण परमात्मा परमेश्वरको बारेमा गाईरहेका छन्, तर प्राप्त गर्न सकिरहेका छैनन, सधैभरि गाईरहेका छन् ।

माघमा महिनाको स्वथानी ब्रतकथामा ३३ कोटी भगवान र जालन्धरको बिचमा लडाई भएको वृतान्त पाईन्छ । जालन्धरकी पत्नी विष्णु भगवानकी आराधिका हुन्छिन । आफ्नो पतिव्रताको शक्तिले उनी प्रत्येक पल्ट विजय गरेर आउदछन् । देवताहरुले हरेक पल्ट हार खाएपछि विष्णुलाई गुहार माग्न जान्छन् । आफ्नै भक्त वृन्दालाई छल गरेर विष्णु जालन्धरको रुप धारण गरी पतिव्रता वृन्दाको सत्यहरण गर्दै भोगविलास गर्दछन् । त्यसै समयमा जालन्धरको शिरकाटिएर विष्णुरुपि जालन्धर र वृन्दाको अगाडि खस्तछ त्यो देखी वृन्दाले विष्णुलाई ४ वटा श्राप दिन्छिन् । १. ढुङ्गो हुन परोस् । २. घाँस हुनु परोस् । ३. झार हुनु परोस् । ४. कल्पवृक्ष हुनु परोस् । अब यी श्रापित (पापका) बस्तुहरु पूजा गरेर मुक्ति मिल्ला त ? यसकारण बिष्णु र उनका मतियार देवताहरु अनन्तका सत्य परमेश्वर भए छली, श्रापित र सत्यहरण गर्ने चरित्रहीन हुने थिए र ? यसको समाधान उपनिषदले दिन्छ । ब्रम्ह बिद्या उपनिषद २९ पद–

ब्रम्हबिद्या परोक्षामी सर्वज्ञानम् मरुत्तमम्, त्रैउत्पति लयम चैव ब्रम्हा बिष्णु महेश्वर ।। 

भावार्थ– त्रैउत्पते अर्थात चर्तुमुखी ब्रम्ह बिष्णु महेश्वर पनि सृष्टि गरिएका व्यक्ति हुन् र यिनीहरुको पनि एकदिन लय हुनेछ, अर्थात नाश भएर जानेछन् ।

म्ह उपनिषद ५२ पदले पनि यही कुरा बताउँछ, कि ब्रम्ह बिष्णु र महेश्वर, यिनीहरु पूर्ण परमात्मा होइनन् । यिनीहरु सृष्टि गरिएका प्राणी हुन् र एकदिन नास भएर जानेछन् । हेर्नूहोस्–

यथा ब्रम्हा बिष्णुश्च रुद्रश्च सर्वभूत जायत

नाशमेवानु धावन्ती शालीनारेव वारवम् ।। 

उदाहरणको लागि– बृहद अरन्यक उपनिषदका अनुसार आदिमा जलभित्र भएको सुनको अण्डबाट बिष्णुको सृष्टि भएको हो । हरि ओम् हिरण्य गर्भ गर्भस्य... बिष्णु बिष्णु बिष्णु..... भारत खण्डे... जम्मु द्धिपे... आदि आदि ......।


(ग) पापको बन्धनबाट कसरी छुटकारा पाउने ?

हामीले देख्यौ कि देवीेदेवताहरु समेत पापमै रहेछन् । उनीहरुले पनि उनै सत्य परमात्मा मिलनको खोजी गरिरहेका रहेछन् । तर पाउन सकिरहेका रहेनछन् । अब, उनीहरुमा बिश्वास, भक्ति र पूजा गरेर कसले उद्धार पाउला ?

तर पनि पापको बन्धनबाट छुटकारा पाउन मानिसको ज्ञान र बुद्धिद्धारा बिभिन्न किसिममा बाटोहरु सुझाईएको छ । जस्तै कर्म मार्ग, ज्ञान मार्ग, योग मार्ग र भक्ति मार्ग ।

कर्मको अर्थ धेरै प्रकारको छ । यसमा व्यक्तिगत कर्म वा कार्यहरु पर्दछन् । ती कर्महरु हुन्-

 १. सात्विक (सत् / सत्य) कर्म, 

 २. राजषी (अहम/Pride) कर्म, 

 ३. तमाषिक (दुष्ट) कर्म ।

यसलाई त्रिगुण, कर्मसमय वा कर्मचक्र पनि भनिन्छ । यसै चक्रलाई फेरि कर्मयोग, निष्काम कर्म या कर्महरु पनि भन्ने गरिन्छ । व्यक्तिगत कर्मको पनि बर्गहरु छन् :

१. सन्चित कर्म : सन्चित कर्म भनेको त्यो कर्म हो जुन पूर्वजन्मद्धारा प्राप्त हुन्छ । यस पूर्नजन्म चक्रमा आत्मा स्वत समावेस हुन्छ ।

२. क्रियामन कर्म : यसमा असल या दुष्ट कामहरु पर्दछन् जुन आत्माको लागि (भविष्यको लागि) जम्मा भएको हुन्छ।

३. प्रराव्ध कर्म : यो कर्मले आत्माको गन्तव्य तोक्दछ ।

यी कुराबाट यही बुझिन्छ कि जन्म चक्र भनेको बिगत वा बर्तमान जन्ममा गरिएको असल वा खराव कामको फल हो । यो शिक्षा अनुसार त कोही पनि यसबाट मुक्त हुन सक्दैन । किनभने कसैले पनि पूर्वजन्म र अहिलेको समय कति असल र कति दुष्ट काम गर्यो भनेर जाच्न र सच्याउनै सक्दैन । तसर्थ उसको भविष्यमा अन्योलको छाप लागेको हुन्छ । किनकि यो उसको नियन्त्रणमा हुदैन । त्यसकारण पुर्नजम्मको चक्रमा घुमेर वा कर्मले मुक्ति दिन सक्दैन ।

एकपटक दूध दुहेपछि फेरी त्यो दूधलाई कचौडामा भर्न नमिले जस्तै, दूधबाट नौनी निकालेपछि फेरि त्यो नौनीलाई दूधमा मिसाउन नमिले जस्तै, झरेको फूलबाट फेरि फूल बन्न नसके जस्तै कुनै पुरुष वा महिला एकपटक पृथ्वीमा जन्मेपछि पटकपटक कसरी फेरि संसारमा जन्मिन सक्छ र ?


(घ) धर्म  र कर्मबाट मुक्ति छैन

ब्राम्हणहरुको अन्तिम मन्त्र यस्तो हुन्छ,–

कायेन वाचा मन सिन्द्रयर वा वद्धत मनावा प्रकृति स्वभावत् 

करोमि यद्धत् सकलम् परस्मै नरयण यति समर्पयत् ।।

भावार्थ– काया भनेको यो फोहोर मैला, शरीर शुद्धताका लागि परमेश्वर (येन) भन्नुहुन्छ, जसरी तिम्रो मन, हृदय, विचार शुद्धिको लागि तिम्रो ज्ञान र वुद्धि व्यर्थै हुन्छन् । त्यसरी नै कुनै पनि प्राकृतिक सृष्टिभित्र भएका थोकले शुद्ध गर्न सकिंदैन । तर कोही एक सिद्ध हुनुहुन्छ जो शरीर मानिस र ईश्वरको संयुक्तरुप मिलेर बनिएको हुन्छ । उहाँद्धारा नै तिमीले मोक्ष पाउछौं । उहासँग गएर आफ्नो मुक्तिलाई लिएर ढुक्क होऊ, (यो मन्त्र पढ्दा कुशको क्रूसमा पूजा पनि गरिन्छ)। यो मन्त्रले भन्न खोजे अनुसार त्यस्तो मुक्तिदिने हिन्दूधर्मशास्त्रले मानेका ३३ कोटी देवता मध्ये (स्वर्गबाट झारिएका एक तिहाई स्वर्गदूत हुन् कि?) कोही पनि देखिएका छैनन् । तर वाइवल पवित्र शास्त्रमा येशू ख्रीष्ट नामले चिनिनु भएको व्यक्ति मात्र यस्तो प्रकारको व्यक्ति देखिनुहुन्छ ।   साभार


Thursday, March 11, 2021

सुसमाचारहरु कहिले लेखिए ?

                 येशूको मृत्युको कैयौँ वर्षपछि सुसमाचारहरू लेखिएकाले तिनमा दन्त्यकथाहरू थपिएका छन भनि आलोचकहरू दोष लगाउने गर्छन् । अलौकिकतामा विश्वास नगर्ने पूर्वाग्रहीहरू सुसमाचारका पुस्तकहरू ख्रीष्टाब्द ७० पछि मात्र लेखिएका हुन् भनी दाबी गर्छन् । मत्ती २४, मर्कूस १३ र लूका २१ मा अभिलिखित भविष्यवाणी गर्ने क्षमता येशूमा थिएन भनी तिनीहरू बताउँछन् । तर येशूको मृत्युभन्दा केही वर्षपछि मात्र सुसमाचारहरू लेखिए भन्नका लागि हामी सँग दरिला कारणहरू छन् ।


लिवरल ईश्वरशास्त्रीहरू पनि विश्वास गर्छन् कि मर्कूसको सुसमाचार ७० को दसकमा, मत्ती र लूकाको ८० र यूहन्नाको ९० को दसकमा लेखिए। तर नयाँ करारका प्रवीणतर विद्वान्हरूको विश्वास अनुसार सुसमाचारहरू अझै पहिले लेखिएका हुन् भनी पुष्टि गर्ने दरिला साथै प्रशस्त साक्षीहरू छन् ।


पहिलो, यरूशलेमको मन्दिरको विनाशको विषयमा येशूले गर्नुभएको भविष्यवाणी सुसमाचारहरूमा अभिलिखित छन् (मत्ती २४;मर्कूस १३; लूका २१) । इतिहास अनुसारख्रीष्टाब्द ७० मा यरूशलेमको मन्दिर नष्ट भयो । तर सुसमाचारहरूले येशूको भविष्यवाणीको समाप्तिलाई अभिलिखित गरेका छैनन् । यहूदी इतिहासमा भएको यस महत्त्वपूर्ण घटनालाई सुसमाचारका लेखकहरूले समावेश नगर्नु अनौठो हुन जान्छ । यहूदी धर्ममा मन्दिर मुख्य थियो । यहाँ परमेश्वरको वास हुन्थ्यो भनी विश्वास गरिन्थ्यो र पापका निम्ति बलिदानहरू यहीँ नै चढाइन्थे । यस्तो महत्त्वपूर्ण घटनालाई समावेश नगर्ने इतिहासकारलाई नेपालको इतिहास लेख्ने तर दरबार हत्याकाण्डको विषयमा उल्लेख नगर्ने इतिहासकारसँग तुलनागर्न सकिन्छ । सुसमाचारिय लेखकहरूले येशूको भविष्यवाणीको समाप्तिलाई किन उल्लेख गरेनन् ? सबैभन्दा तर्कसङ्गत कारण यही होकि तिनीहरूले सुसमाचार लेख्दा यो घटना घटेको थिएन ।


दोस्रोमा, प्रेरितको पुस्तक ख्रीष्टाब्द ६२–६४ को बिचमा लेखिएको थियो भनी पुष्टि गर्नका लागि शक्तिशाली कारणहरू पेस गर्न सकिन्छन् ।उदाहरणार्थ, लूकाले प्रेरितको पुस्तकमा यस्ता चिरस्मरणीय घटनाहरू उल्लेख गरेका छैनन्, यदि ती घटनाहरू भएपछि तिनले लेखेका भए जुन समावेश गरिन्थे । ती घटनाहरू हुन्—यरूशलेमको पतन (ख्रीष्टाब्द ७०), ६० को दसकमा भएको ख्रीष्टियानहरूमाथि नेरोको अत्यचार, याकूब, पावल र पत्रुसको सहादत(क्रमश: ६२, ६४ र ६५), ख्रीष्टाब्द ६६ देखि थालिएको रोमीहरूको विरुद्धमा यहूदी युद्ध ।यसका अतिरिक्त, प्रेरितको पुस्तकमा भएका धेरै अभिलिखित विवरणहरू ज्यादै सुरुका हुन् ।लूकाद्वारा लिखित दुई ओटा पुस्तकमध्ये प्रेरितको पुस्तक दोस्रो भएकोले तिनको पहिलो पुस्तक(लूकाको सुसमाचार) ६० को थालनीमा लेखिएको हुनुपर्छ । यो भनेको येशूको मृत्युको३० वर्षभित्रमा नै हो । मर्कूसको सुसमाचार बाट लूकाले केही जानकारीहरू उल्लेख गरेकाले मर्कूसको सुसामचार अझै पहिले लेखिएको हो ।


अन्त्यमा, यो बुझिएको हुनुपर्छ कि पावलका झण्डै सबै पत्रहरू लेखिएपछि मात्र सुसमाचारहरू लेखिए । पावलले झण्डै ख्रीष्टाब्द ४८ बाट लेख्न थालेका थिए । तिनका धेरैजसो पत्रहरू ५० को दसकमा लेखिए । पहिलो ख्रीष्टियान मण्डलीबाट प्राप्त विश्वासका सारहरूर भजनहरूलाई पावलले आफ्ना पत्रहरूमा समावेश गरेका छन् । तीमध्ये ऐतिहासिक येशूको सम्बन्धमा १ कोरिन्थी १५ अध्याय सर्वाधिक महत्त्वपूर्ण विश्वासको सार हो । पावल लेख्छन्, “किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो । उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो” (पदहरू ३–४) ।


अलेक्ज्याण्डर महान्को विषयमा सबैभन्दा पहिले लेखिएका दुई ओटा जीवनीका लेखक एरिअन र प्लुटार्क हुन् । अलेक्ज्याण्डरको मृत्यु ३२३ ख्रीष्टपूर्वमा भयो । तर यी जीवनीकारहरूले तिनको मृत्युको ४०० वर्षपछि मात्र तिनको बारेमा लेखे । यति हुँदाहुँदै पनिइ तिहासकारहरूले ती जीवनीलाई साधारणत:भरोसायोग्य ठान्छन् । यो साँचो हो कि अलेक्ज्याण्डरको जीवनमा काल्पनिक कथाहरूको विकास भए तर यी दुई लेखक पश्चात् मात्र ।


प्राचीन संसारमा काल्पनिक कथाको वृद्धि भई मुख्य ऐतिहासिक सच्चाइलाई तोड्न दुई पुस्ताको समय अन्तर पर्याप्त थिएन भनी अक्सफोर्ड विश्वविद्यालयका इतिहासकार ए.एन. शेर्विन ह्वाइटले बताएका छन् । कुनै घटना वा व्यक्तिको सम्बन्धमा उही पुस्तामा दन्त्यकथाको विकास भई साधारणत: त्यसलाइ स्वीकार गरिएको तथ्य जानकारीमा आएको छैन ।


Thursday, September 26, 2019

बाँध्ने र फुकाउने सिद्धान्त !!

हामी परमेश्वरका जनहरु विभिन्न चुनौतीहरु सामना गर्दै परमेश्वरमा उद्धेश्यपूर्ण जीवन जिउनु पर्दछ । जीवनमा विभिन्न प्रकारका संघर्षहरु अनि आत्मिक लडन्तहरु भईरहेको हुन्छ । शायद तपाईंको जीवनमा आत्मिक लडन्त गरीरहनु भएको छ होला । शरारिक, आत्मिक, भौतिक, आर्थिक अनेक प्रकारका चुनौती र समस्यासँग जुधेर आत्मिक लडन्तको अनुभव गर्नुभएको होला । तर ख्रीष्ट येशूमा हाम्रो लागि विजयको जीवन छ । ख्रीष्ट येशूमा हाम्रो लागि अधिकार र शक्ति प्रदान गरिएको छ । हामीसँग बाँध्ने अनि फुकाउने अधिकार छ । यस अर्थमा तपाईं र मैले के लाई बाँध्ने र के फुकाउने भन्ने कुरा स्पष्ट हुन सके अर्थात बाँध्ने र फुकाउने सिद्धान्त जीवनमा प्रयोग गर्न सके हामी हर प्रकारका आत्मिक लडन्त र समस्यामाथि विजय बन्न सक्दछौं । बलियो मानिस जो शैतान हो त्यसलाई बाँध्ने कुरा बताईएको छ । अनि हामीलाई बाँध्ने र फुकाउने सिद्धान्तका कुरा पनि बताईएको छ । यसैले हामीले ख्रीष्ट येशूमा उहाँको आदेश पालन गर्दै विजयी र आशिषमय जीवन जिउनु हरेक विश्वासीको दायित्व र कर्तव्य हो ।

“पहिले बलियो मानिसलाई नबाँधीकन त्यसको घरभित्र पसेर कसले त्यसको धनमाल लिएर जान सक्छ? त्यस वलियो मानिसलाई बाँधेपछि मात्र त्यसको धनमाल लुट्न सक्छ ।” मत्ती १२:२९

यहाँ येशूले बलियो मानिसलाई बाँध्नु पर्ने कुरा बताउनु भयो । वलियो मानिसलाई नबाँधीकन त्यसको धनमाल खोस्न सकिदैन भनेर येशूले भन्नु भयो । यहाँ येशूले वलियो मानिस भनेर कसलाई भन्नु भएको हो त? यो वलियो मानिस भनेर येशूले शैतानलाई उल्लेख गर्नुभएको हो । वास्तवमा येशूले भूतहरुलाई निकाल्ने सन्दर्भमा यो कुरा बताउनु भएको थियो । निश्चय पनि वलियो शैतानलाई हामीले बाँध्नु जरुरी छ । जब हामी शैतानलाई बाँध्दछौं तब त्यसले लगेका कुराहरु हामी खोस्न सक्षम हुन्छौं । हामी आफ्नो शक्ति र सामाथ्र्यको कारण होईन तर ख्रीष्टको शक्तिको कारण हामी त्यस वलियो मानिस शैतानलाई बाँध्न सक्षम हुन्छौं ।

हामीलाई थाह हुनुपर्छ कि आत्मिक क्षेत्रमा दुईवटा मात्र राज्य छन् । एउटा परमेश्वरको राज्य र अर्को शैतानको राज्य । कुनै पनि मानिस आत्मिक रूपमा तटस्थ रहन सक्दैन । कारण कि उ परमेश्वरको राज्यमा उभिन्छ कि उ शैतानको राज्यको बन्धनमा पर्दछ ।

यहाँ येशूले वलियो मानिसलाई बाँध्ने कुरा बताउनु भयो । त्यो वलियो मानिस भनेको शैतान हो । जो पतित स्वर्गदूहरुको समूह हुन् । अनि दुष्ट आत्माहरु पनि भनेर हामीले बुभ्mन जरुरी हुन्छ । जोहरु आत्मिक अन्धकारको राज्यमा बलिया हुन्छन् । जो वलियो मानिसको प्रतिनिधित्व गर्दछन् । यहाँ वलियो मानिसको घरमा गएर त्यसलाई बाँध्नु पर्ने कुराको उठान गरिएको छ ।

वलियो मानिसको घरमा त्यसलाई बाँध्नु पर्ने कुरा गरिएको छ । वलियो मानिसको घर भनेको परिवार, साथी, अनि संसार हुन सक्दछ । जहाँ त्यसले घर बनाएको हुँदछ । किनकि त्यसको आप्mनो शरीर हुँदैन । दुष्ट आत्मा अनि शैतानको आप्mनो भौतिक शरीर नभएकोले त्यसले शरीर भएको प्राणीलाई प्रयोग गर्न चाहन्छ । त्यस वलियो मानिसलाई बाँध्नु जरुरी छ । त्यसको शक्तिलाई परास्त गर्नु जरुरी छ । त्यो वलियो मानिसलाई बाँध्नलाई हामी विश्वासी तयार रहनु पनि आवश्यक छ । हामीले त्यो बलियो मानिस जो शैतान, दुष्ट आत्मा हो, त्यसलाई बाँधेर अनि उसले लगेका सबै कुरा खोस्नु आवश्यक हुन्छ । कति मानिसको जीवनको स्वस्थ्य, कतिको आर्थिक आशिष, कतिको मनको शान्ति, कतिको मेलमिलापको कुरा लगायत धेरै कुरा त्यसले मानिसबाट लगेको हुनाले त्यसबाट यी सबै कुरा खोस्नु आवश्यक छ । जसरी हामी कोरस गाउँछौं, “शैतानको शिविरमा जाओं र खोसौं, त्यसले जे लग्यो त्यो, खुट्टा मुनि, शैतान खुट्टा मुनि” निश्चय पनि शैतानले हामीसँग लगेको कुरा सबै खोस्नु जरुरी छ । कतिचोटी हामी विश्वासी भएर पनि त्यो बलियो शैतानलाई बाँध्न नसकेको अनि शैतानको बन्धनमा रहेको अवस्थामा भेट्टाउन सकिन्छ । यो एउटा विश्वासीको लागि नराम्रो संकेत हो । येशूले हामीलाई बाँध्ने र फुकाउने अधिकार पनि दिनुभएको छ । यो अधिकार प्रयोग गर्नु पनि जरुरी छ ।
“म तिमीहरुलाई स्वर्ग राज्यको साँचाहरु दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔंला, सो स्वर्गमा फुकाईनेछ ।” मत्ती १६:१९ ।
यहाँ परमेश्वरका जनहरुलाई स्वर्गका साँचाहरु दिईएको छ । यो साँचोहरु भनेको अधिकार अनि शक्तिको कुरा हो । जसको साँचो हो त्यसले मात्रै खोल्ने अधिकार हुन्छ । यो अधिकार विश्वासी जनलाई दिईएको छ । परमेश्वरको शक्ति विश्वासीजनलाई दिईएको छ । यो साँचोले जे हामीले पृथ्वीमा बाँध्छौं, त्यो स्वर्गमा पनि बाँधिने र जे पृथ्वीमा हामीले फुकाउँछौ त्यो स्वर्गमा पनि फुकाईनेछ भनेर भनिएको छ । हामीले बाँध्ने र फुकाउने सिद्धान्तलाई आत्मिक जीवनमा प्रयोग गर्नु अति आवश्यक छ ।


येशूले दुष्टआत्माहरुलाई निकाल्ने सम्बन्धमा पनि कुरा गर्नु भएको छ । उहाँले बाँध्ने र फुकाउने सिद्धान्तको विषयमा पनि चेलाहरुलाई विशेष जोड दिएको कुरा पाइन्छ । तपाईंले दुष्टको शक्तिलाई बाँध्नु पर्दछ । शैतानको शक्तिलाई बाँध्नु पर्दछ । किनभने दुष्ट शैतानले तपाईंको जीवनमा अनि तपाईंको परिवार, अनि तपाईंको घर, समुदायलाई उसले अधीनमा राख्ने अनि बन्धनमा राख्ने काम गर्न सक्दछ । हामीले यो बलियो मानिस जो दुष्ट शैतानको प्रतिनिधित्व गर्दछ त्यसलाई बाँध्नु आवश्यक हुन्छ । त्यसैले पनि हाम्रो निम्ति बाँध्ने फुकाउने कुरा जान्नु आवश्यक छ । जस्तो एउटा ठूलो कुकुरलाई साङ्लोमा बाँधेर राखिन्छ । किनकि यदि त्यो ठूलो अनि भोटे कुकुरलाई नबाँधी छोडियो भने उसको अगाडि आउने सबैलाई टोकी दिन्छ । त्यसै कारण यदि त्यस कुकुरलाई बाँधेर राखेको खण्डमा त्यसको प्रभाव पार्ने क्षेत्रहरु सीमित हुँदछ । जति साङ्लो लामो छ त्यति क्षेत्रभित्र मात्रै उसको प्रभाव हुन सक्दछ । उसैको छेउमा जानेलाई मात्रै उसलाई टोक्दछ । उसको छेउमा नजानेलाई टोक्न सक्दैन । यस अर्थमा हामीले पनि शैतानको क्षेत्रलाई सीमित तुल्याउनु पर्दछ । त्यसको प्रभाव क्षेत्रलाई सीमित तुल्याउनु आवश्यक छ । त्यसैकारण पनि दुष्ट शैतानलाई येशूको नाममा हामीले बाँध्नु पर्दछ । येशूको रगतले त्यसको शक्तिलाई बाँध्नु पर्दछ । किनकि हामीलाई शैतानलाई बाँध्ने अधिकार साँचोहरु दिनु भएको छ ।


अनि फुकाउने सिद्धान्तमा जो मानिसहरु पापको बन्धनमा छन् तिनीहरुको पापको बन्धनबाट फुकाउनु पर्दछ । दुष्टको तनाव, अनि निराशाको बन्धनबाट पनि हामीले तिनीहरुलाई फुकाउनु पर्दछ । हरेक परिस्थितिमा, हरेक समस्यामा, हरेक चुनौतीहरुमा हामीलाई साँचोहरु दिईएको छ कि हामीले त्यस साँचो अधिकार प्रयोग गरेर दुष्टको बन्धनबाट मानिसहरुलाई छुटकारा दिलाउने, त्यसको बन्धन फुकाउने कार्यमा तीब्र रूपमा लाग्नु आवश्यक छ ।
हरेक विश्वसीजनहरुसँग बाँध्ने र फुकाउने अधिकार दिईएको छ । तथापि यसप्रति सम्बेदनशील हुनु आवश्यक छ । किनकि अधिकार नभएको व्यक्तिले दुष्टको कामलाई बाँध्न सक्दैन । अनि त्यसको बन्धनबाट मानिसहरुलाई फुकाउनु पनि सक्दैन । जस्तो एउटा ट्राफिकले दश रुपैयाँको सिठ्ठी फुकेर लाखौं पर्नेहरु गाडीहरु रोक्दछ । किन त? यदि हामीहरु कोही कुनै सडकको चोकमा उभिएर सिठ्ठी फुकेर के सबै चालकले गाडी रोक्छन् त? के सोच्लान त गाडी चालक र दर्शकहरुले? निश्चय पनि यो मानिसको तार खुस्केको रहेछ भनेर सोच्लान् । कसैले पनि जो पायो त्यसले सिठ्ठी फुक्दा गाडी रोक्दैनन् । तर एउटा ट्राफिकले सिठ्ठी फुक्दा मन्त्रीको गाडी पनि रोकिनु पर्दछ । किनकि उसले अधिकार पाएकोले उसको आदेशमा रोकिनु पर्ने हुन्छ । आज परमेश्वरले पनि हामीलाई अधिकार दिनु भएको छ । हामीले जब त्यो अधिकार प्रयोग गरेर दुष्टलाई बाँध्छौं । त्यसको क्षेत्र र शक्तिको प्रभाव खुम्चिएर जान्छ ।
हामीले बलियो मानिस जो दुष्ट आत्मा शैतान हो । त्यसलाई बाँध्नलाई आफू पनि तयारी अवस्थामा रहनु पर्दछ । हामी प्रभुमा बलियो बन्नु पर्दछ । आत्मामा प्रभुको नजीक हुनु जरुरी छ । परमेश्वरको बचन अनुसारको जीवन व्यतित गर्नु आवश्यक छ । प्रेरित १९:१३–१६ मा हामीले हेर्ने हो भने यहुदी प्रधान पुजहारी स्केवासको सात जना छोराले दुष्ट आत्मा शैतानको बन्धनमा परेकालाई पावलले प्रचार गरेका येशूको नामद्धारा म तँलाई निस्कने आज्ञा दिदँछु भनेर भनेका थिए । तर भुतात्माले भन्यो, पावललाई म चिन्छु । येशूलाई पनि चिन्छु । तर तिमीचाहिं को हौ ? त्यो भुतात्मा लागेको मानिस उफ्रदै तिनीहरुमाथि जाई लाग्यो र तिनीहरुलाई वशमा पारेर पछारेयो र तिनीहरु त्यस घरबाट नाङ्गो र घाईते भएर भागे । निश्चय पनि दुष्टात्मा शैतान वलियो छ । त्यसले परमेश्वरको जनलाई पनि चिन्छ । त्यसले येशूलाई पनि चिन्छ । तर येशूमा नभएका, परमेश्वरको वचन अनुसार नजिउने, पापमा जिउने, नामधारी विश्वासीलाई पनि चिन्छ । तपाईं कस्तो प्रकारको मानिस हो भनेर त्यसले जान्दछ । के तपाईं त्यो वलियो मानिसलाई बाँध्नलाई सक्षम हुनुहुन्छ? आज हामीले आफुलाई जाँच बुझ गर्नु आवश्यक छ ।


 हामीले शैतान दुष्टलाई बाँध्न र बन्धनमा परेका मानिसलाई फुकाउनलाई तयारी भएर लाग्नु जरुरी छ । अन्यथा त्यो वलियो शैतान दुष्टले तपाईंलाई पछार्न सक्छ । त्यसले तपाईंलाई उसको अधीनमा राख्न सक्दछ । घाईते र नाङ्गो पार्न सक्दछ । आदम र हब्बाले जब परमेश्वरको नजरमा पाप गरे अनि शैतानको अधीन र बन्धनमा परे । तिनीहरु नाङ्गै बने । उनीहरुले नेभाराको पातहरु लगाए । उनीहरुले परमेश्वरले दिनुभएको अधिकार गुमाए । निश्चय पनि दुष्ट आत्मा शैतानले तपाईं को हो भनेर चिन्दछ । उसले पावललाई पनि चिन्दथ्यो । उसले येशूलाई पनि चिन्दछ । उसले येशूमा नभएको मानिसलाई पनि चिन्दछ । याकुब २:१९ मा याकुबले भन्दछन्, “तिमीहरु विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ । त्यो असल हो । भुतात्माहरु पनि विश्वास गर्दछन् र थरथर काम्दछन् ।” यहाँ भुतात्माहरु, दुष्ट शैतानले पनि परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्दछन् मात्रै होईन तिनीहरु थरथर काम्दछन् भनेर भनिएको छ । हामीले परमेश्वरको सुरक्षाको घेरामा बसेर उहाँले दिनु भएको आत्मिक हात हतियारले सुसज्जित भएर आत्मिक लडन्तमा विजय बन्नै पर्दछ ।
हामी आत्मिक रूपमा तयारी भएर शैतानलाई बाँध्नु पर्दछ । हामीले शैतानका चाल र छललाई बाँध्नु पर्दछ । त्यसको दुष्ट र सेनामेनालाई येशूको रगतको शक्तिमा, उहाँको बचनको शक्तिमा र येशूको नामको शक्तिमा बाँध्नु आवश्यक छ । किनकि हरेक विश्वासीहरुलाई यो अधिकार र शक्ति दिईएको छ । कहिले कहिं हाम्रो पापको कारण हाम्रो अधर्मको कारण पनि शैतानले समस्या ल्याउने मौका पाउँदछ । हामी शैतानको बन्धनमा पर्न सक्दछौं । त्यसप्रति सजग भएर हामी पश्चताप गरी प्रभुमा फर्कनु आवश्यक हुन्छ ।


प्रायजसो दुष्ट आत्मा अनि शैतान मानिसलाई बन्धनमा पार्न, निराशा तुल्याउन, नाश पार्न अनि चोर्न आउँदछ । यूहन्ना १०:१० मा शैतानलाई चोर भनिएको छ । जसले चोर्न, मार्न र नाश पार्न आउँछ तर ख्रीष्ट येशूचाहिं जीवन दिन अनि त्यो पनि प्रशस्तताको जीवन दिनलाई उहाँ आउनु भयो भनेर भनिएको छ । यस अर्थमा अन्धकारको शक्तिलाई बाँध्नु आवश्यक छ । परमेश्वरले बाँध्ने फुकाउनलाई हामीलाई उहाँको नाउँमा अधिकार दिनु भएको छ । यस अधिकारलाई प्रयोग हामी दुष्टतालाई बाँध्ने र बन्धनमा परेका हर मानव जाति र क्षेत्र अवस्थाहरुलाई फुकाउनु पर्दछ । परिवार, देश र व्यक्तिगत जीवनका हर बन्धनका कुरालाई येशूमा हामीले फुकाउनु पर्दछ । यसरी ख्रीष्टमा हामी सबैले विजयी जिउन सक्नेछौं । बाँध्ने र फुकाउने सिद्धान्तलाई हामी सबै विश्वासीले जानौं र हामी जीवनमा यसलाई लगाएर प्रभुमा आशिषित जीवन यापन गरौं ।

Tuesday, September 24, 2019

दाउदले शाउलको ज्यान छोडिदिए !

दाउदले शाउलको ज्यान छोडिदिए  !

परमप्रभुको अभिषिक्त जनमाथि हात उठाउनु पाप हो ।

१ शमुएल २४:१-२२

बल्ल बल्ल आफ्नो शत्रु माथि बदला लिन पाएको मौकालाई कसले छोड्छ ? मानिसहरु त आफ्नो शत्रुसँग बदला लिने मौका पर्खिरहेका हुन्छन् । तर दाउदले त्यस्तो मौका कहिल्यै खोजेनन् । पाएको मौकालाई प्रयोग गर्नु पनि उनले अपराध ठाने । त्यसैले आफ्नै प्राण लिन खोज्ने शत्रुले पनि दाउदको प्रशंसा गरे र भने, “तिमी म भन्दा धर्मी मानिस रहेछौ । …अब मलाई यो थाहा भयो कि तिमी निश्चय नै राजा हुनेछौ । इस्राएलका राज्यले तिम्रो शासनमा उन्नती गर्नेछ (१७-२० पद) ।”

शत्रुको ब्यवहार देख्दा हामीलाई अवस्य रिस उठ्छ । तर के हामी शत्रुमाथि बदला लिएर आफै पतित हुने ? कि परमेश्वरलाई आफ्नो काम गर्न दिने ? पावल लेख्दछन्, “प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनभने, लेखिएको छ, ‘बदला लिने काम मेरो हो, म नै बदला लिनेछु’ परमप्रभु भन्नुहुन्छ । बरु, ‘तिम्रो शत्रु भोकाएको छ भने त्यस्लाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ (रोमी १२:१९-२०) ।’” ब्यवस्था ३२:३५ र हितोपदेश २५:२१-२२ को यस वचनलाई दाउदले बुझेका थिए । त्यसै अनुसार उनले काम गरे र धर्मी ठहरिए । हाम्रा शत्रुहरुका आँखामा धर्मी ठहरिन आज हामीले कस्तो ब्यवहार गर्नुपर्ला ? धेरै विश्वासीहरुले यो कुरा बिचार  गर्दैनन् । उनिहरु आफ्ना शत्रुहरुसित झगडा गर्छन् र बदनाम हुन्छन् । हामी त्यस्ता नहोउँ ।

तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ। यदि तिमीले यसो गरयौ भने त्यो मानिस लाजमा पर्नेछ । यो उसको टाउको माथि बल्दै गरेका कोइलाहरू राख्नु बराबर हो अनि परमप्रभुले तिम्रो क्षतिपूर्ति गर्नु हुनेछ । (हितोपदेश २५:२१-२२)

प्रार्थना: प्रभु येशू, मेरा शत्रुहरुसित झगडा गर्ने होइन तर तिनिहरुलाई क्षमा दिएर मित्रवत व्यवहार गर्न सिकाउनुहोस् ।

Sunday, September 22, 2019

अचम्म छ प्रभुको लिला !



एउटा आमाको गर्भ भित्र भएको बालक ले कसरी खान्थ्यो कसरी श्वास फेर्दथ्यो कसरी हेर्थ्यो कसरी चहल पहल गर्थ्यो उसलाई थाहा हुदैन जब आमाको गर्भ बाट बाहिर आउछ उस्ले आफ्नो आमा देख्छ बुवा देख्छ।संसार देख्छ।हास्छ रुन्छ खान्छ अनि बोल्न शुरू गर्छ।बामे सर्छ टुकु टुकु हिडन शुरू गर्छ समय बित्दै गए पछि उ परिपक्व हुन्छ र सबै कुरा गर्न थाल्छ।

  त्यसरी नै अंधकारको राज्यको गर्भमा हुदा हामीले गरेको हजारौ पापहरु को चेतना थिएन किन भने शैतानले समझलाई अन्धो पारेर नदेख्ने बनाएको थियो।तर आज पबित्र आत्मा बाट नयाँ जन्म पाए पछि पाप के हो,असल के हो खराब के हो,जीबन के हो मृत्यु के हो,परमेश्वर को हुनुहुन्छ,शैतान को हो भन्ने कुरा थाहा भएको छ।

  जसरी आमाको गर्भमा भएको अन्जान बच्चालाई परमेश्वरले बाहिर ल्याएर संसार देखाउनु हुन्छ त्यसै गरि ख्रीष्ट येशूले हामीलाई पबित्र आत्मा बाट नयाँ जन्म दिनु भएर अन्धकारको राज्य बाट हामीलाई ज्योतिको राज्यमा सार्नु भएको छ।अब हामी अन्धकारमा छैनौ ज्योतिको प्रकास उज्यालो बाटो मा छौ।हामी ज्योतीका सन्तानहरु हौ।
-----------------------------------------------------
✝ *प्रभुलाई प्रेम गर्नुहुने उहाको महिमा गर्नुहुने र उहाकै प्रशंसा गर्दै प्रभुको नाऊलाई महिमित पार्नुहुने सम्पूर्ण प्रभुको जनहरुलाई येशु ख्रिस्ट को नाऊ मा जयमसीह🙏

Saturday, May 26, 2018

महत्त्वपूर्ण जानकारीहरु !

©Brightest Planet- शुक्र ग्रह
©Morning Star- शुक्र ग्रह
©Evening Star -शुक्र ग्रह
©Sister and twin planet of earth -शुक्र ग्रह
©Goddess of love and beauty- शुक्र ग्रह
©Planet of Mistery -शुक्र ग्रह
©Hottest planet- शुक्र ग्रह
©सबैभन्दा सानो ग्रह- बुध ग्रह
©बायुमण्डल नभएको ग्रह -बुध ग्रह
©सुर्यको नजिकको ग्रह- बुध ग्रह
©सजिव ग्रह- पृथ्वी ग्रह
©निलो ग्रह- पृथ्वी ग्रह
©मेटर स्टार- पृथ्वी ग्रह
©World, Mother Earth- पृथ्वी ग्रह
©Water Planet -पृथ्वी ग्रह
©रातो ग्रह -मंगल ग्रह
©सौर्यमण्डल को ठुलो ग्रह- बृहस्पति ग्रह
©ग्रहहरुको राजा- बृहस्पति ग्रह
©सबैभन्दा बढि उपग्रह- बृहस्पति ग्रह
©सबैभन्दा बेगले घुम्ने ग्रह- बृहस्पति ग्रह
©ठुलो उपग्रह भएको ग्रह -बृहस्पति ग्रह
©पँहेलो ग्रह- शनि ग्रह
©घेरायुक्त ग्रह- शनि ग्रह
©पानिमा उत्रने ग्रह -शनि ग्रह
©पश्चिमबाट सुर्य उदाउने ग्रह- अरुण ग्रह
©असफल तारा- अरुण ग्रह
©हरियो रंगको तारा- अरुण ग्रह
©चिसो ग्रह- बरुण ग्रह
©सबैभन्दा टाढाको ग्रह- बरुण ग्रह
©ले भरियर्स प्लानेट- बरुण ग्रह

चरा सम्वन्धी केही विविध रोचक जानकारीहरु
1. विश्ळको सबैभन्दा लामो पखेटा भएको चरा अल्वाटस हो।
2. सूर्यलाई सिधा आँखाले हेर्न सक्ने चरा चील हो।
3. कुकुरले झैँ भुक्ने चरा सेरीम्ब्रा हो।
4. सवै भन्दा धेरै फुल पार्ने चरा तित्रा हो।
5. फुल पारे पनि वच्चालाई दुध चुसाउने चरा प्लेटिप हो।
6. बाघको जस्तै गर्जने चरा विर्टन हो।
7. बालुवामा उतानो परेर सुत्ने चरा हुटिट्याउँ हो।
8. शरीरभन्दा हाड गह्रौँ हुने चरा परेवा हो।
9. विश्ळमा सवैभन्दा ठूलो चरा अस्ट्रीज हो।
10. विश्ळमा सवैभन्दा सानो चरा बी हमिङ्ग बर्ड हो।
11. सवैभन्दा अल्छी चरा ढुकुर हो।
12. मर्ने बेलामा गीत गाउने चरा राजहाँस हो।
13. विश्ळमा सवैभन्दा छिटो बच्चा कोरल्ने चरा सेतो लाहाँचे हो।(१० दिनमा )
14. विश्ळमा सवैभन्दा ढिलो बच्चा कोरल्ने चरा म्याली फावर(90 दिनमा )
15. मुखवाट पिसाब गर्ने चरा हेरिगंल हो।
16. जीवनभर एकपल्ट मात्र फुल पार्ने चरा काग हो |
17.बिहानपख मात्र फुल कोरल्ने चरा हास हो |
18. संसारको सबभन्दा ठुलो शिकारी चरा Kandoor नामक गिद्द हो !!

 🌹 पृथ्वीमा रहेका ७ महादेशहरुका केही जानकारीहरु 
<b>
१) एसीया महादेश
- क्षेत्रफल >> ४३९९९००० वर्ग कि. मि
-विषेशता >> सबै भन्दा ठुलो
-अबस्थिति >> १०° दक्षिण देखि ७८° ऊत्तरी अक्षांश र २५ं पुर्व देखि १७०° पूर्बी देशान्तरबीच
- उत्तर दक्षिण चौडाई>> ८६०० Km
-पुर्व पश्चिम लम्वाई >> ९६०० Km
- सबै भन्दा लामो हिमनदि>> सियाचेन
-सबै भन्दा लामो नदि >> यान्जे नदि
-जनसंख्या >> ५४%
-विश्बको ओगटेको भाग >> २९.९२%
-धेरै भाषा बोलिने देश >> भारत
-ठुलो देश >> चिन(एसियाको)
-विषमताको देश >> एसिया
- Home of man >> एसिया

२) अफ्रिका
- दोस्रो ठुलो महादेश
- क्षेत्रफल >> २९७८५००० Km
-अबस्थिति>> ३७° उत्तर देखि ३५° दक्षीण अक्षांश र २०° पश्चिम देखि ५०° पूर्वी देशान्तरबीच
-विषेशता >> कालो अध्यारो महादेश
-किन कालो अध्यारो  महादेश >> काला जातिको बाहुल्यता धेरै भयको कारणले
-उत्तर दक्षिण लम्वाई >> ८००० km
-पूर्व पश्चिम चौडाई >> ७४४० km
- लामो हिमनदि - किलिमाञ्जरो
-यो महादेशको जानाकारी गराउने पहिलो व्याक्ती
>> डेभिड लेभिङ स्टोन
- घासे मैदान >> भेल्ड
- सबै भन्दा बढि भाषिक बिबिधता भयको
- विश्वको ठुलो मर्भुमी यसैमा छ (सहारा)
- सर्बोच्च शिखर >>किलिमाञ्जरो(५८९५m)
- ऊच्च समस्थलको महादेश भनेर चिनिने
-ठुलो देश >> अल्जेरिया
-सानो देश >> सेसेल्स
- सबै भन्दा ठुलो हिरा खानी यहि छ (किम्वरखान )
- यश महादेशलाई झन्डै भुमध्य रेखाले बीचबाट काटेको छ
- सबै भन्दा होचो भाग >> लेक असाल
- उष्ण सदाबहार जंगललाइ के भनिन्छ
>> Rain Forest

३) उत्तर अमेरीका

-तेस्रो ठुलो महादेश
- बिशेषता >>नया संसार भनि चिनिने महादेश
-क्षेत्रफल >> २४३२००००  वर्ग Km
- ओगटेको क्षेत्रफल >> १६.९%
-उत्तर दक्षिण लम्वाई >> ७२०० km
- पूर्व पश्चिम  चौडाई >> ४८०० km
-लामो नदि >> मिसिसिपि मिसौरि(६२४०)
-लामो हिमनदि >> हवार्ड
- यो महादेश कसले पत्ता लगायका
>> क्रिस्टोफर कोलम्बश (सन् १४९२ मा )
- ठुलो देश >> क्यानडा
-सानो देश>> सेन्ट किट्स एन्ड नेभिस
-अग्लो चुचुरो >> मेकिन्ले(६१६४ m Usa)
-होचो भाग >> डेथ भ्याली (अमेरीका )
-ताजा पानिको ताल >> सुपेरियर (यसैमा छ )
-विश्वको सबै भन्दा ठुलो गुम्बज >> एस्ट्रोडम
- पश्चिमी गोलार्धको महादेशले पनि चिनिने
- बिश्वको ठुलो नेशनल पार्क रहेको(उड बफेलो)

४) दक्षिण अमेरीका
- चौथो ठुलो महादेश
- क्षेत्रफल >> १७७९८५०० वर्ग कि मि
- ओगटेको भुभाग >> ११.९ %
-उत्तर दक्षिण लम्वाई >> ७४४२ कि मि
-पूर्व पश्चिम चौडाई >> ५२२१ किमि
-लामो हिम नदि >> पेरिटो मोरिनो
- सबै भन्दा अग्लो एन्जल झरना रहेको
-उच्च भुभाग >> माउन्ट एकान्कागुआ
-होचो भुभाग >> Peninsula valdes
- उचाईमा रहेको ताल >>
 टिटिकाका(३८१०m ) पेरु
- सबै भन्दा ठुलो नदि यसैमा छ (अमेजन )
-ठुलो देस >> ब्राजिल
- सानो देस >> ट्रिनिडाड एन्ड टोवागो
- सबै भन्दा जाडो हुने ठाउ >> रिकाडाभिया

५) अन्टार्कटिका

- पाचौ ठुलो महादेश
- क्षेत्रफल >> १३०००००० वर्ग किलोमिटर
-ओगटेको भुभाग >> ८.९%
- विश्वको ९०% हिउँ रहेको छ (९८% ढाकेको छ )
-बिशेषता >> मानव बसोवास नभएको
- Ice sheet उपनामले चिनिने
- सुन्दरि पंक्षि किवीका लागि प्रसिद्ध महादेस
-अग्लो भुभाग >> भिन्सन म्यासिफ
- होचो भुभाग >> बेन्टले सब ग्लासिएल ट्रेन्च

६) यूरोप
- छैटौ ठुलो महादेश
- क्षेत्रफल >> १०४९८००० वर्ग किमि
-ओगटेको भुभाग >> करिव ७%
-पूर्व पश्चिम लम्बाई >> ६४०० km
-उत्तर दक्षिण चौडाई >> ४८०० km
- बिशेषता >> प्रायद्धिप हरुको पनि प्रायद्धिप ( तीन तिरवाट पानिले एक तिरवाट जमिनले घेरिएको जमिनलाई प्रायद्धिप भनिन्छ )
- ठुलो राष्ट्र >> रुस
- सानो राष्ट्र >> भ्याटिकन सिटि
- लामो हिमनदि >> भट्नाजोकुल
- लामो नदि >> भोल्गा
- ठुलो ताल >> लाडोगा (रुस)
- भुपरिवेष्ठित राष्ट्र  >> १८ वटा छन
- Buffar Zone of Europe भनेर चिनिने देश 

७) अस्ट्रेलिया
- सबै भन्दा सानो महादेश
-टापु महादेश तथा कंगारुको महादेश
- क्षेत्रफल >> ७६८६३०० वर्ग कि मि
-ओगटेको क्षेत्रफल >> ५.३ %
- पूर्व पश्चिम सरदर लम्वाई >> ३९०० कि मि
-उत्तर दक्षिण चौडाई >> ३१५० किमि
अस्ट्रेलियाको घासे मैदानलाई >> डाउन्स भनिन्छ
- ठुलो नदि >> मरे डार्लीङ (३७५० किमि)
- नुनिलो पानिको ताल >> आइरा ताल
- अग्लो शिखर >> माउन्ट कोस्कियुस्को
- अग्लो भुभाग >> जाया पन्कक
- होचो भुभाग >> आईरा ताल
- सर्वाधिक मात्रमा उन उत्पादन हुने महादेश

☪☪☪☪☪☪☪☪☪☪☪☪☪☪☪☪☪
नेपालमा विभिन्न जिल्लामा रहेका तालहरु
✡✡✡✡✡✡✡✡✡✡✡✡✡✡✡✡✡✡
🔒कास्कि
🔊फेवा रुपा
🔊बेगनास
🔊दिपाङ
🔊मैदि
🔊स्यार्खु
🔊खास्टे
🔊शान्ति kunda
🔒दाङको
🔊बाह्रकुने ताल
🔊स्याङलाङ दह
🔊भोटे दह
🔊चरिङ्गे दह
🔊किच्किनी दह
🔒रसुवा
🔊गोसाईकुण्ड
🔊भैरवकुण्ड
🔊सरस्वतीकुण्ड
🔊सुर्यकुण्ड
🔊गणेशकुण्ड
🔊दुधकुण्ड
🔊नागकुण्ड
बाग्लुङ
🔊rudra ताल
🔊jalpa ताल
🔊गनाउने
🔊भूडिफुट्टा ताल
🔒म्याग्दी
🔊भाले बास्ने ताल
🔒चितवन
 🔊कसरा ताल
🔊नन्दभाउजु ताल
🔊 गडुवा ताल
🔊तमोरघैला ताल
🔊मुजुरा ताल
🔊बीसहजारी ताल
🔊16000 ताल
🔒डोल्पा
 🔊फोक्सुण्डो ताल
🔊पृथा दह जगदुल्ला
🔒पाल्पा
 🔊सुकेताल
🔊नन्दन ताल
🔊सत्यवती ताल
🔒पर्वत
🔊खरीबराह ताल
🔒मुगु
🔊राराताल
🔊पाप कुण्ड
🔊छायानाथ दह
🔒गोरखा
🔊रुन्चे ताल 
🔊काल ताल
🔊नाग ताल
🔒काठमाडौं
🔊कमलपोखरी
🔊नागपोखरी
🔊रानीपोखरी
🔊पानीपोखरी
🔊कटुवाल दह
🔊टौदह
🔒सिन्धुपाल्चोक
🔊तारा खसेको पोखरी
🔊सिपापोखरी
🔒मुस्ताङ
 🔊दामोदरकुण्ड
🔒मनाङ
🔊तिलिचो ताल
🔊पुगिन ताल
🔒kailali
 🔊घोडाघोडी ताल
🔒खोटांग
🔊बराह ताल
🔒सङ्खुवासभा
🔊सभापोखरी
🔊 सिद्धपोखरी
🔊मच्छेपोखरी
🔒भोजपुर
🔊साल्पापोखरी
🔊barahi पाेखरी
🔒डोटी
🔊खप्तड ताल
🔊सुनदह
🔒इलाम
 🔊माईपोखरी
🔒सल्यान
🔊कुभिन्डेदह
🔒सुर्खेत
 🔊बुलबुल ताल
🔊simri दह
🔊मुरली दह
🔒दोलखा
 🔊जटापोखरी ताल
🔊cho rolpa tal
🔒बझाङ
🔊सुर्मा सरोवर
🔒धनुषा
 🔊ज्ञान कुण्ड
🔊ganga सागर
🔊रत्नसागर
🔒धादिङ
🔊गंगाजमुना कुण्ड
🔒जुम्ला
🔊गिरी दह
🔊sake दह
🔊 बिष्ट दह
🔒कन्चनपुर
🔊बेतकोट  दह
🔊jhilmila taal
🔊बन्दा ताल
🔒लमजुङ
🔊देउ पोखरी
🔊indra पोखरी
🔒रुकुम
🔊स्यार्पु दह
🔊रुक्मणी दह
🔊rukumkot दह
🔒पाँचथर
🔊जोरपोखरी
🔒बर्दिया
🔊बढैयाताल
🔒ओखलढुंगा
🔊दुधकुण्ड
🔒अर्घाखाँची
🔊ठाडा दह
🔊स्याङ्लाङ दह
🔒बारा
🔊 कामिनी दह
🔒पर्सा
🔊बन्जारि ताल
🔊 छपकैया पोखरी
🔊बैद्मिमानी पोखरी
🔒सिराहा
 🔊पातरी पोखरी
🔒सुनसरी
🔊सूर्यकुण्ड
🔒मोरङ
🔊चुली पोखरी
🔒रामेछाप
🔊दिमिपोखरी
🔒रुपन्देही
 🔊गजेडि ताल
🔒तेह्रथुम
🔊चिङलिङ पाेखरी
 🔒उदयपुर
  🔊रौताह पोखरी
 🔊जोगिदह
🔒ताप्लेजुङ
🔊सिज्मे ताल
🔊जलजले पोखरी

कुन वस्तुमा कुन तत्व पाईन्छ..!!
🔷🔷🔹🔷🔹🔷🔹🔷🔹🔷🔷
✴सुर्ती➡➡निकोटिन
✴कफी➡➡क्याफिन
✴रक्सी➡➡इथानोल
✴खुर्सानी➡➡क्याप्साइटिन
✴चिया➡➡टेनिन
✴दूध➡➡ कोजिन
✴सुर्यमुखि फुल➡➡अक्सिन
✴हरियो पात➡➡क्लोरोफिल
✴बारुला/मौरीले टोक्दा➡➡एसिटिक एसिड
✴जुनकिरीको पुच्छरमा प्रकाश➡➡लुसिफेरिन
✴काँक्रोको फेदि तितो हुने कारण➡➡कुकुरबेटासिन
✴कमिलाले टोक्दा➡➡मेथोनोईक
✴कोकाकोलामा➡➡थायोब्रोमिन
✴बेल कडा हुने कारण➡➡मार्मेलोप्सिन
✴अश्रूग्यासमा➡➡कार्बोनपेक्रिन
✴मुला लाम्चो हुने कारण➡➡आईसोसाईनेट
✴कागती अमिलो हुने कारण➡➡साईट्रिक एसिड

घोषणा/सन्धी र तिनका धाराहरु...!!
📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖📖
©UNO घोषणा पत्रमा, १११ धारा
©सार्क वडापत्रः१० धारा
©मानवअधिकार घोषणापत्रः ३० धारा
©क्योटो घोषणापत्रः २७ धारा
©सुगौली सन्धीः ९ धारामा
©थापाथली सन्धीः १० धारा
©साप्टाः २५ धारा
©कोशी सम्झौताः१८ धारा
©महाकाली सन्धीः १२ धारा
©१२बुँदे शान्ति सम्झौताः १० धारा
©भारतसँगको BIPPA सम्झौताः१६ धारा
©नेपालको संविधान २०७२: ३०८ धारा
©नेपालको अन्तरिम संविधान २००७ : ७३ धारा (शुरुमा ४७ धारा)
©नेपाल सरकार वैधानिक कानुन २००४ : ६८ धारा

    ⏬────██████────⏬

[अब हुने केही प्रमुख खेलकुद तथा स्थान ]
     
💠💠💠💠💠💠💠💠💠💠💠
♻ग्रिष्मकालिन ओलम्पिक२०२०
➡जापान टोकियो
♻शितकालिन ओलम्पिक २०१८
➡दक्षिण कोरिया
♻शितकालिन ओलम्पिक २०२२
➡वेईजिङ ,चिन
♻कमनवेल्थ गेम्स २०१८
➡अष्ट्रेलिया
एसियन गेम्स २०१८
➡इण्डोनशिया (जाकार्ता)
♻हकि विश्वकप २०१८
➡भारत (नया दिल्ली)
♻फिफा विश्वकप २०१८
➡रुस
♻फिफा विश्वकप २०२२
➡कतार
♻ICC विश्वकप २०१९
➡इंग्ल्याण्ड
♻ICC विश्वकप २०२३
➡भारत
♻ICC विश्वकप T20 २०१८
 ➡अष्ट्रेलिया
♻ICC World Test championship २०१७
➡इंग्ल्याण्ड (प्रथम पटक)

महत्वपूर्ण मिति
१. कोशी सम्झौता - सन् १९५४ अप्रिल २५
२. गण्डक सम्झौता - सन् १९५९ डिसेम्बर ४
३. कोत पर्व - वि.सं. १९०३ असोज २
४. भण्डारखाल पर्व - वि.सं. १९०३ कार्तिक १२
५. अलौ पर्व - वि.सं. १९०४ श्रावण
६. थापाथली सन्धि - वि.सं. १९१२
७. गोरखापत्रको प्रकाशन - वि.सं. १९५८ बैशाख २४
८. सती प्रथाको अन्त्य - वि.सं. १९७७ असार २५
९. दासत्व मोचन - वि.सं. १९८१ वैशाख १
१०. सरकारी कामकाज नेपालीमा गर्ने निर्णय - वि.सं. २०२१ बैशाख २
११. सिहदरवारमा आगलागी - वि.सं. २०३० असार २५
१२. ऎतिहासिक जनमत संग्रह - वि.सं. २०३७ बैशाख २०
१३. कमैया मुक्तिको घोषणा - वि.सं. २०५७ साउन २
१४. नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा - वि.सं. २०६३ जेठ २१
१५. हलिया प्रथाको उन्मुलन - वि.सं. २०६५
१६. कालापत्थरमा मन्त्रीपरिषदको बैठक - वि.सं. २०६६ मंसिर १९
१७. सार्वजनिक स्थलमा धूम्रपान निषेध - वि.सं. २०६८ साउन २२
१८. भारतिय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण - वि.सं. २०७१ श्रावण १८ र १९ गते

क्र.सं. जोड्ने स्थान राजमार्गहरू दूरी कि.मि.
१ पूर्व– पश्चिम महेन्द्र राजमार्ग १०२७.६७
२. सिरसिया– त्रिपुरेश्वर त्रिभुवन राजपथ १८९
३. सुनौली–पोखरा सिद्धार्थ १८१.२२
४. माइतिघर–मितेरीसाँधु अरनिको राजमार्ग ११३
५. नौबिसे–पोखरा पृथ्वी राजमार्ग १७३
६. जमुना दह–वीरेन्द्रनगर रत्न राजमार्ग ११३
७. लामो साँघु–जिरी – १०५
८. धरान–धनकुटा मदन भण्डारी मार्ग ५२
९. काठमाडौं–चक्रपथ चक्रपथ २७.२
१०. काठमाडौं–धुन्चे पासाङल्हामु मार्ग ११७.१०
११. सातदोबाटो–टिका भैरव लक्ष्मीप्रसाद देवकोटा मार्ग १२
१२. जनकपुर–ढल्केवर जनक मार्ग १९
१३. जनकपुर–जलेश्वर विद्यापति मार्ग १८
१४. लामोसाँघु–रामेछाप पुष्पलाल मार्ग १३०
१५. डुम्रे–बेशीसहर भानुभक्त आचार्य मार्ग ४२.७७
१६. स्याउले (डडेलधुरा)–बैतडी (झुलाघाट) दशरथ चन्द मार्ग १०५
१७. सुनवल–परासी टंकप्रसाद आचार्य मार्ग ८.९५
१८. धनगढी–डडेलधुरा भीमदत्त पन्त मार्ग १३५
१९. आँबुखैरनी–गोर्खा अमरसिंह थापा मार्ग २४.६९
२०. मलेखु–धादिङ कालु पाँडे मार्ग १९.९०
२१. नारायणघाट–मुग्लिङ मदन–आश्रित मार्ग ३६.१६
२२.स्याउले–सिलगढी के.आई.सिंह मार्ग ६५
२३.खोड्पे–बझाङ जयपृथ्वीबहादुर सिंह मार्ग ११०
२४.सामाखुशी–चक्रपथ रोम मार्ग –
२५.पोखरा–बागलुङ सहिद थिरबम योगेन्द्रमान मार्ग ७३
२६. बेनीबजार–जोमसोम भूपि शेरचन मार्ग ६५
२७.धरान–विराटनगर भक्ति मार्ग ४०
२८.भोटेबहाल–कालीमाटी पुल सहिद शुक्र मार्ग –
२९.कालोपुल–चाबहिल सहिद धर्मभक्त मार्ग –
३०.कटारी–ओखलढुंगा खण्ड सिद्धिचरण मार्ग ३५
३१.लुम्बिनी–तौलिहवा गौतमबुद्ध मार्ग १७
३२. कमलपोखरी–ज्ञानेश्वर बालकृष्ण सम मार्ग –
३३.पोखरा–सुर्खेत (प्रस्तावित) – ४०७
३४. केचना–ताप्लेजुङ मेची राजमार्ग २६७
३५. रानी–हिले कोशी राजमार्ग १११
३६. बांगेसिमल–जुम्ला कर्णाली राजमार्ग (नि.) २१०
३७. अमेलिया–मुसिकोट राप्ती राजमार्ग १९६
३८. स्याउले बजार–समुवागढ सेती राजमार्ग ६४
३९. कदमाह–सोलु, सल्लेरी सगरमाथा राजमार्ग (नि.) २६५
४०.भिट्टामोड–धुलिखेल धुलिखेल–सिन्धुली–भिट्टामोड(नि.)१९८
४१.मोहनापुल–दार्चुला महाकाली राजमार्ग ३२००
target loksewa

🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱🔱

⏬────██████────⏬
🌹सेयर गरेर सुरक्षित राख्नुहोला 🌹
⏬────██████────⏬